Thursday, August 16, 2012

नेपाली युनिकोड




सँस्कृत-मंगल युनिकोड फन्ट

                             
S              V             U              #       <
                               
r               %            h               H             `
                           
^               &             *               (              )
                         
t               y              b               w             g
                         
k              K             a               e              d
                    
o              /               n               o
                    
z               I       ;               x
क्ष             त्र             ज्ञ
I               q              !



केही सिम्बोलहरु :

letter
symbol
=
example

letter
symbol
=
example
J

को

L

की
]

के

:
ट्ठ

लट्ठ
V


'

कु
A

आमा

"

कू
W
ड्ढ



?
रु

रुकुम
E

ऐरावत

श्र

श्रावण
R
द्ब

विद्बान

M
ड्ड


T
ट्ट

भट्ट

N
द्य

पद्य
Y
ठ्ठ

लठ्ठ

C

ऋषि
U

ऊनी

X
ह्य

ह्यभियर
S
ङ्क

अङ्क

Z
क्क

दिक्क
D
ङ्ग

अङ्ग

@


F

कँडेल

F

अँ
G
द्द

रद्द

B

पौडेल
l
ि

कि

|

सं
k\/ = प् ‌+ = प्र





           m     :     पुनः
       र्+  र्‍   र्‍याल
       -   औ  औतार
shift +   -   ओ  ओखर
यस फण्टमा नपाइएको अक्षर , र ?
१ २ ३ ४ ५ ६ ७ ८ ९ १० (1-10)



Sunday, August 5, 2012

मित्रता


–    संप्रस पौडेल “दिवस”
       “मित्रता अर्थात् फ्रेण्डसिप । दुई मन मिलेपछि कुनै पनि नाता मित्रतामा बदलिन्छ ।” यो राजेश हमालको डाइलग होइन, वास्तविकता नि हो । मित्रता गाँस्नलाई उमेर, धन, शिक्षा, औकात र नाता केहीले पनि छेक्दैन । नातागोतामा पनि मित्रता उत्तिकै हावी हुन्छ । त्यसैले सत्तरी बर्षे वृद्ध पनि कालले लत्तरी हुने बेलामा पाँच वर्षे नातीसंग मित्रता गाँस्छन् । अढाई बर्षे छोरालाई बुई चढाएर बाबु गधा बन्छन्, जीवनभर श्रीमती श्रीमानको स्याहार सुसारमा जिन्दगी गुजार्छिन्, आमाहरु छोराछोरीको लागि घर छोडी वृद्धाश्रममा बसोबास गर्छन्, त्यसैले मित्रता लिनुमा हैन दिनुमा रहेछ ।

पाँच व्यंग्य लेखहरु (five satires)

गाइजात्रामय गाइजात्रा
–     संप्रस पौडेल “दिवस”
उहिले उहिले बर्षमा एक दिन मनाइने गाइजात्राको धेरै महत्व थियो । सबैजना त्यही दिन कुरेर बस्थे । उहिले शासक कडा थिए, त्यसैले गाइजात्रा पनि कलाकार र व्यंग्यकार जस्ता थोत्रामोत्रा कारहरुले चलाउँथे, आजकल प्राडो, स्यान्ट्रो, पजेरो जस्ता कार चढ्ने र सरकारमा हुने खकारहरुको दिनदिनैको गाइजात्रे व्यंग्यले व्यंग्यकारको व्यंग्यमाथि धोती लाइदिएको छ ।

विकटका जनता पखालाले रोइरहँदा नेताहरु मतदातालाई पखालाले सताएकोमा चिन्ता गर्छन् ।
महंगीले डाँडो काट्यो, विकासले उहिल्यै घात गर्‍यो, विद्वताको कदर हुने जमाना रहेन, छिमेकी पनि शत्रुको व्यवहार गर्न थाले यसैले एउटा चस्का दिउँ कि ?
 पानीको दाम २० रुपैयाँ, १० रुपियाँको रक्सी,
पिच गरेको ६ महिनामा बाटो बन्छ कच्ची ।
विद्वता हाम्रा ओरालो लागे, दक्षता विदेश भागे,
आफ्नै छिमेकी आरिसे छन्, भन्छौं शत्रु लागे ।
सरकार, भू.पु. संसद, शितलनिवास, निर्मल निवास, जि.वि.. को विकासदेखि नगरपालिकाको हतारको निर्माण मात्र होइन, गा.वि.स. को बैठक र योजनादेखि टालटुले निर्माणले बर्खे विकासको गाइजात्रा उदाङ्गो पारेर लम्पसार पर्दै नाङ्गिएको छ । सर्वत्र समस्या छ, कुनै निकास दिन नसक्ने भित्ते राष्ट्रपतिदेखि असारमा पानी दिन नसक्ने कान्लामुनीको भ्यागुतासम्म अनी आउट अफ डेटेड संविधान सभा र सभासदसम्मलाई गाइजात्राले गिज्याइरहेको छ ।

हुन त कहाँको सम्माननीय राष्ट्रपति, कहाँको ट्यार ट्यार कराउने भ्यागुतो ? खाँटी कुुरो के भने संविधान नबनेर तलब, भत्ता, खानापिना, रवाफ, शान, गाडी, महल इत्यादी टुङ्गिएको सभासद र धानको बिउ राख्न नसकी धान उब्जाउ र मल नपाएर समस्यामा परेकाले परिवारमा अनिकाल ल्याउला कि भन्ने पिरले किसान चिन्तित छन् । कलमवीरहरुको त कामै लेख्ने, ठूला र साना सबैका दुख देख्ने । अली गिज्याएर लेख्न सके दुई चार छाक टर्ला कि भन्ने आश ।

       यसपाला नेताहरुको गाइजात्राले कलाकारको गाइजात्रा नै खल्लो हुने भएको छ । पत्रिकादेखि रेडियो, टि
.भि. देखि कम्प्युटरसम्म गाइजात्रै गाइजात्रा । विज्ञापनदेखि जनचेतनासम्म, गीतदेखि फिल्मसम्म, विद्यार्थीदेखि शिक्षकसम्म, धर्मदेखि जातसम्म, निरंकुशदेखि लोकतन्त्रसम्म र जनतादेखि नेतासम्म गाइजात्रै गाइजात्रा ।

डिग्रीको सर्टिफिकेट लिएर देशमा काम नपाएपछि भाँडा माझ्न र भेडा चराउन विदेश छिर्नेको संख्या दिनानुदिन बढ्दो छ । देशमा बेरोजगारी मौलाएर पिपल चौतारी भएको बेलामा अपहरण, हत्या, लुटपीट, चन्दा आतङ्क र बलात्कारले बढावा पाएको छ । बन्दुक छ्याप्छ्याप्ती छन्, शहर त्रासमय छ आज, गाउँको त कन्तविजोग नै छ । भगवानको निगाहले भन्ने कि भाग्यको खेल भन्ने बाँच्नेहरु धन्न बचेका छन् । भि
.आई.पि. कै असुरक्षा धेरै छ, सुरक्षा गार्ड नपाउने जनताको के चाला होला ? यहाँ लोकसेवाको फर्म भर्न र डि.भि.को फर्म भर्न लागेको लाइनले मेची–महाकाली यात्रा तय गरेको छ । 
माइला बाले पसल खोले डि.भि. भराउन,
काइला दाई विदेश छिरे भेडा चराउन,
रोले दाजु बन्दुक देख्दा छोडे डराउन,
छोराछोरी अपहरणमा थाले हराउन ।
हर्लिक्स खाएमा उचाइ बढ्छ भनेर हाम्रा टि.भि. रेडियोमा विज्ञापन बजेका बज्यै छन् । बाँस बढेको हर्लिक्स खाएर हो र ? अग्लो जनावर जिराफलाई कसले हर्लिक्स चटायो होला ? ग्रिन टि पिएर कंगारु र खरायो स्लिम भएको हो भन्नु र च्यवनप्रास खाएर अमिताभ बच्चन फुर्तिलो भएको भन्नु उही गधालाई धोएर गाई बनाउनु जस्तै हो । चक्लेट खाएर खोकी निको हुनु र हर्लिक्स खाएर बलियो हुनु भनेको सगरमाथा चढ्न माल्दिभ्सतिर लाग्नु जस्तै हो ।

गाइजात्रे नेपालमा बाँदरको हातमा नरिवल र नेताको हातमा गणतन्त्र उस्तै उस्तै भएको छ । यस समयका असफल नेताहरुको वास्तविकता उदाङ्गो हुँदा पनि देवता मान्दै पछि लागेकाहरु कुकुर स्तुति गर्दैछन् । त्यसो त कुकुरलाई खान नदिए पनि मालिककै वरिपरी कुइँकुइँ गर्दै बस्छ, त्यसलाई लाउन दिनु पनि नपर्ने । त्यसै हुनाले असफल नेताका लंगौटी समाती पछि लागेकाहरुलाई यहाँभन्दा सम्मान गर्न गाइजात्राको बाउले पनि सक्दैन । लोकतन्त्रमा नेताको पछि लाग्नेले अनुचित फाइदा लिँदै नाङ्ले पसलदेखि म्यानपावरसम्म खोल्न भ्याए, नेताकै आड भरोसामा संस्थानका प्रमुख र दाम आउने ठाउँमा सरुवा र बढुवा पनि भए । त्यसैले दलका नीति र बिधि जति घोडाका लिदीमा मिसाई आफ्नो गिदीमा हालेपछि नेताहरु कतिसाह्रो जिद्दी भएका हुन् भनेर साध्य छैन ।

द्वन्द्वकालमा स्कूल पढ्दापढ्दै मात्रै होइन आमाबाबुको काखबाटै अपहरण गरी लगेका बालबालिकाहरु माओवादीबाट मात्र नभई देशबाटै अस्वीकृत लडाकुरुपी कार्यकर्ताहरु गाउँ फर्किए । माओवादीमा लागेर देश नै उलटपुलट गर्ने सपना बोकेर माइला दाईको घरबार बिचल्ली पारेर पार्टी प्रवेश गर्ने साँहिली भाउजुहरुको बेहाल छ आज । कार्यकर्ताको सुझाउ नेता नमान्ने, नेताको उर्दी कार्यकर्ता नमान्ने । साँढेको मालिक साँढे भएका छन् । सबै बयान गर्दा नेता महात्म्यको महाकाव्य नै बन्ने हुँदा यहाँ नेताको निगाहले भएका फाइदा र बेफाइदाका बारे एउटा चस्का हान्नु उचित लाग्योः 
फोके काकाको म्यानपावरमा लगानी छ आज,
साँहिली भाउजु रेडलाइटमा बेच्छिन् आफ्नो लाज ।
सुगा जस्तो नेता हाम्रो भाषण मात्रै जान्ने,
धेरै भए ठूलाबडा कल्ले भन्या मान्ने ?
भगवानको घरमा पूराना जुत्तासँग नयाँ साटिन्छ, ‘खसीको मासु पाइन्छ’ लेखेको ठाउँमा बुढी बाख्री काटिन्छ । यसैलाई नै लोकतन्त्र पो भन्ने हो कि ? ‘नयाँ नेपाल’ मा गाइजात्रे परिवर्तन हुँदा मेरो देशमा चल्ला पनि भाले हुन थाले, एउटै मानिस हाकिम र पाले हुन थाले । नयाँ नेपाल बनाउने क्रममा राष्ट्रको धनले सगरमाथा चढ्ने र विश्व भ्रमण गर्ने निहुँमा कमाउने धन्दा सहज भएको छ ।
बाजे बस्ने अमेरिका, बज्यै जापानतिर,
बाको काम मलेसिया, आमा कतारतिर,
जेठी छोरी ग्रिनल्याण्ड बस्ने, कान्छी बस्ने हल्याण्ड
काका बस्ने आयरल्याण्ड, काकी बस्ने पोल्याण्ड
जेठो छोरा हङकङ हुँदा, कान्छो लण्डन बस्ने,
सालासाली जापान कस्ने, भान्जा इराक पस्ने
नाती पढ्ने अष्ट्रेलिया, नातिनी चै जर्मन,
मेचीकाली जो पुग्दैन, उसको विश्व भ्रमण ।
कि कसो ? २०६९ श्रावण १९‚ संमृद्ध समाज दैनिक‚ हेटौंडा

जये व्याकर्ण जये गाईजात्रा
–संप्रस पौडेल “दिवस”
सजिलोका लागि मान्छे एक माना चिराइतोको झोलको सट्टा एउटा सिटामोल ट्याब्लेट खाने भयो । यस्तै भाषा र व्याकरणमा तीन चारवटा अक्षर मिली बनेका शब्दका सट्टा सजिला शब्द लेखिनाले वास्तविक शब्दको बनावट नै बेपत्ता भएको छ । शब्दको मौलिकता गुमेकोमा लेखक, साहित्यकार, सम्पादक र प्रकाशकहरुको आ–आफ्नै टाउको दुखाई देखिएको छ । पुरानो ढर्रा छोडेर अग्रगामी व्याकरणतर्पm उन्मुख हुँदै भाषिक छलाङ मार्नु र भाषाको दुनियाँमा विकट नेपालबाट निकट सिंगापुरको विनिर्माण हुनु नै ठूलो उद्देश्य हुनुपर्ने हो ।

यस्तै हुने हो भने हाम्रा ठेट नेपाली शब्दले आफ्नो मौलिक पहिचान गुमाउने छन् । आजकल अक्षर, शब्द, व्याकरण र भाषाका न्वारान हुँदैछन् । केही मौलिक शब्दहरु जस्तोः लोर्के, घरुवा, सिप्रिङ्ग, लोटा, सिलौटा, लोहोरो, कोर्के, कोदे, ज्यापु, दाम्लो, पोयो, ल्याप्चे, ल्याइते, रखौटी, झोरा, खुँगा, ढडिया, बुढीकन्या, सुसुपाल, सोताला, झपेत्रो, झटारो, कात्रो, घत, कल्चौंडो, काट्टे, खलाती, क्वाँटी, असारे, बेसारे, काकताली, अशौच, अस्तु, खुर्पेठ्याक, अर्मल (अरमल), गुजुल्टो, बाइफाला, कुकुना, वनकीरो, कुरुवा, खोरिया, बिस्कुन, बुख्याचा, गुन्द्रुक, पोटा, छुसी आदिमध्ये धेरैको प्रयोग नै हराइसक्यो । आधुनिक पुस्तकहरुमा त यस्ता शब्दहरु न्युन मात्रामा प्रयोगमा छन्, विकल्पमा अन्य प्रयोगमा देखिन्छन् ।

कतिपय निजी विद्यालय पढ्ने बालबालिकाहरुमा नेपाली विषय बोझ भैदिएको छ । त्यसो त चाहे निजी वा सरकारी जुनसुकै विद्यालय होस्, आजकल शब्दहरु गजबले परिवर्तन गरेरै लेख्ने शैली पचिसक्यो । जस्तो ः शहिद–सहिद, शहर–सहर, स्कूल–स्कुल, कानून–कानुन, असूल–असुल, दूत–दुत, आपूm–आफु इत्यादि ।

हाम्रा किताब पढेर भाइ बहिनीहरुले के सिक्ने ? के आधारमा व्याकरणको प्रयोग गर्ने ? ठूलो अन्यौल रहेको छ । पत्रिका र पुस्तकमा यस्ता गल्ती गरेको प्रशष्तै देखिन्छ । जस्तो ः पनि–पनी, दुर्गा–दूर्गा, पानी–पानि, वन–बन, लाई–लाइ, शङ्ख–संख, शङ्का–सङ्का, तृतीय–त्रितिय, गीता–गिता, जीवन–जिवन, शरीर–सरिर, शोषण–सोसण, पीडित–पिडित, परीक्षा–परिक्षा, विद्या–विध्या, भेष–भेस, ठोस–ठोश, सम्वत्–समवत, ठूलो–ठुलो, स्थायी–स्थाइ, कृष्ण–क्रिस्न, देवी–देवि, द्वन्द्व –द्धन्द्ध, दर्शन–दर्सन, गम्भीर–गम्भिर् इत्यादि । शिक्षाकै कारणले उच्च ओहदामा पुगेका कैयन व्यक्तिहरु भाषा र व्याकरणभित्र छिरेपछि निस्कने बाटो देख्दैनन् । मानौ उहाँहरुलाई हेलिकप्टर नै चाहिन्छ, शब्द भुमरीबाट उत्रिन । यसरी मनलादो लेखिदिँदा पढ्नेले के बुझ्ने ? के सिक्ने ? कहिलेकाँही किताबमा लेखिन्छ, ‘कुलेखानी जलविद्युत आयोजना चितवनमा पर्छ ।’ यहाँ हामीले बुझ्नुपर्छ कुलेखानी किताबमा होइन कि मकवानपुरमा पर्छ । किताबहरुमा ‘कुकुरको संख्या’ लेख्नुपर्नेमा ‘कुकुरको जनसंख्या’ लेखिएको भेटिन्छ, ‘कुखुराको व्यापार’ भन्नुपर्नेमा ‘कुखुराजन्य’ भनिन्छ भने त्यो भाषामाथिको पूर्ण अवहेलना पनि हो । यसो हुँदा साइकलले दुध दिनु र भैंसीको खोलफिट (मर्मत) हुने विज्ञापनको व्यंग्य हुन्छ ।

आजकल नेपाली भाषा र यसका शब्द तथा वर्णविन्यासलाई यति कुरुप पारिएको छ कि ऐनकेन प्रकारेण परीक्षामा उत्तीर्ण हुनु बाहेक यसको महत्व नै स्वाहा भएको छ । त्यसैले एउटा निश्चित मापदण्ड निर्धारण गर्ने राष्ट्रिय भाषा तथा व्याकरण निर्धारण समितिको खाँचो खड्किएको छ ।

केही शब्द सुन्दा उस्तै लागे पनि लेख्दा फरक हुने (श्रुतिसमभिन्नार्थक शब्द) प्रशष्तै छन् । जस्तो ः पूरा–पुरा, मुनी–मुनि, सित–सीत, सिता–सीता, फुल–पूmल, जाति–जाती, लागि–लागी, होश–होस् इत्यादि । ‘गोरुले फुल खायो ।’ यसको अर्थ गोरुले अण्डा खाएको हुन्छ, तर यो फुल (ह्रस्व) लाई पूmल (दीर्घ) लेखिदिएको भए वास्तविक अर्थ दिन्थ्यो । त्यसैले भातको सिता र नाम सीता फरक खालका सिता÷सीता हुन् । त्यसो त ऋषीमुनी र चकटीमुनि फरक फरक मुनि÷मुनी हुन् ।

जातधर्ममा पनि व्यापक बिग्रँदो शब्दजाल छ । सार्कीलाई मिजार, चमारलाई राम वा मोची, कडौरीलाई व्याधा, दमाइलाई दर्जी वा नगर्ची लेखिदिँदा वास्तविक पहिचान नै बेपत्ता हुने त होइन ? धरान–धनकुटाको बीचमा पर्ने भेडेटार चुचुरोमा बेलायतका स्व. युवराज चाल्र्स चढेकैले त्यसको नाम चाल्र्स पोइन्ट भएको छ । माछापुच्छ्रेलाई फिशटेल, सगरमाथालाई माउण्ट एभरेष्ट, पाताले छाङ्गोलाई डेभिड फल्स लेख्ने जरुरी किन ? नेपालमा मात्र पाइने बोटविरुवा, जीवको नाम अङ्ग्रेजीमा न्वारान कसले ग¥यो ? किन नेपाली नामलाई संसारमा पैmलाउन सकिएन ? नेपालमा मात्र पाइने काँडेभ्याकुरलाई स्पाइनो ब्याब्लर भनियो । नेपालमा मात्र पाइने च्याउ ट्र्याफिना नेपालेन्सिस् तथा नेपालमा मात्रै पाउने किरा कालिस नेमिस र आप्तोगास्तर नेपालेन्सिस्को ठेट नेपाली मौलिक नाम हरायो ? विश्वकै अग्लो स्थानमा पूmल्ने नेपालको पूmल स्टरेलिया डेकुम्बेन भनी न्वारान गर्न विदेशीलाई खेताला राखियो ? अष्ट्रेलियामा आदिवासीहरुको २०० भन्दा बढी भाषामाथि लागेको प्रतिबन्धले हाल १८ वटा मात्र भाषा बाँकी रहेका छन् । यस्तै हो भने हाम्रा ५९ आदिवासी तथा जनजातीको भाषा लोप हुन कत्ति पनि बेर लाग्ने छैन । संस्कृत भाषा बोल्ने परिवार लोप भइसकेको छ । हाम्रा मौलिक, आदिवासी तथा जनजातीका भाषाहरु दिनानुदिन लोप हुँदैछन् । लोकतान्त्रिक पद्दतिमा अलोकतान्त्रिक व्यवस्था हावी छ ।

धमाधम ठेट शब्दलाई अङ्ग्रेजीमा परिणत गर्नतिर लाग्ने हो भने न हाम्रो मौलिकता रहन्छ, न त संस्कृति र परम्परा । एउटै शब्दलाई मन लागे ह्रस्व बनाइदियो, मन लागे दीर्घ । आधा काटिदिए पनि ठीक, खुट्टा काटी दिए पनि ठीक । जसलाई मन लाग्यो त्यही ग¥यो । कलेज, प्रोफेसर, लेक्चर, मास्टर, स्कूल आदि संस्था र व्यक्तिहरुले त झनै भाषालाई आपूmखुशी व्याख्या गरिदिए । त्यसमा पनि पत्रिका, किताब, व्याकरणविद्, लेखकपिच्छे फरक–फरक तर्क । अक्षर लेख्नुसम्म आधा लेख्नुपर्छ रे, “उन्नाइसौं शताब्दी हो र खुट्टा काटेर लेख्नलाई ?” एकाथरीे साहित्यकारहरुको तर्क छ । अर्काथरी साहित्यकार भन्छन्, “भाषा जस्तो जन्म्यो, उस्तै लेख्ने हो । श्रीखण्डलाई चिन्नेले औषधी बनाउँछन्, नचिन्नेले खुर्पाको बिँड ।” सरकार र सदनमा भन्दा चर्को वहस छ यहाँ, झन् चर्को विवाद छ यहाँ एकरुपतापूर्ण नेपाली व्याकरणको ।

संस्कृतबाट अधिकांश आएका (तत्सम) शब्द लाई जस्ताको त्यस्तै लेख्ने, अन्य भाषा (विदेश) बाट भित्रिएका कतिपय शब्द जस्तो उर्दुका नजीर, फकीर, उजूर, कानूनलाई दीर्घ लेख्ने, संस्कृतबाट परिवर्तन भई बनेका (तद्भव) शब्दका अक्षरहरुमा शुरु, बीच र अन्तमा ह्रस्व÷दीर्घ लेख्ने छुट्टै नियम भई केही अपवाद बाहेक बेग्लै व्याकरणीय नियम रहेको छ । तर यहाँ लेख्नेहरुबीच जथाभावी देखिएको छ ।

पोथी जनाउने शब्दलाई दीर्घ लेख्ने तर अधिकांश पुरुष जनाउने शब्द ह्रस्व भए पनि हात्ती, पशुपती, जस्ता शब्दलाई दीर्घ नै लेख्ने चलन छ । इय प्रत्यय लाग्नेमा दीर्घ र इक प्रत्यय लाग्ने शब्दमा प्राय ह्रस्व लेख्ने नियमलाई पत्रिका र लेखकहरुले डाँडो कटाइदिएका छन् । अझ कान्तिपुरे भाषा र गोरखापत्रे भाषामा प्रष्ट विविधता छ । यसरी भई आएको व्याकरण र व्याकरणीय नियम मिचेर, “भाषाको रीतिथिती घोडाको बड्कौला, बाख्राको लिदी” भएको छ हाम्रो भाषा, हाम्रो शब्द र व्याकरण ।

भाषामा समस्या देख्नेहरु कम्प्युटरको किबोर्डका अक्षरमै भद्रगोल छ भन्छन् । किबोर्डमा ब्, द्य, ऋ,।।।।।।।।श् लगातार नराखेर त्त, ध्, भ्, च्, त्।।।, ब्, क्, म्, ँ,।।।, श्, ह्, ऋ, ख् राखेर गुजुल्टो पारिदिएकोमा झ्वाँक (झोक) चलेको छ । हाम्रा कम्प्युटरका नेपाली फन्ट (अक्षर) हरुमा खोजिएको सिम्बोल (सङ्केत) भेटिँदैन । यसर्थ प्रविधिको क्षेत्रमा काम गर्नेले त झन् भाषाबारे ज्ञान नलिई धरै छैन ।

जान्नेहरुले गल्ती नगरुन् । व्याकरणमा एकरुपता आओस् । हामीले सिकेको भद्रगोल नेपाली व्याकरण र त्यसका नियमभन्दा हाम्रा भाईबहिनीले शुद्ध नेपाली व्याकरण सिकुन् । यसैले साहित्य क्षेत्रका विद्वान, विदुषी, पाठशालाका शिक्षकदेखि विश्वविद्यालयका लेक्चरर (प्राध्यापक) तथा निजीदेखि सरकारी विद्यालयका भाषा (विशेषतः नेपाली विषय) का शिक्षकहरु र पत्रपत्रिकाका सम्पादक, पत्रकार, लेखक सबैले विवादरहित साझा व्याकरणीय भाषा र शब्दको प्रयोग गरुन् । बिग्रिएको संस्कृतिलाई जोगाउँ भन्दा यस्ता “भासा, सब्द, व्याकर्ण, पूस्तक्, पतृका, सम्पादकिय, लेख् र कवीता अनी कवी, साहीत्येकार्, इतीहाश्वीद्, लेक्चरर्, विद्वान, विदुसी, नाटक्कार्, पत्रकार् र सम्पुर्न मानन्नेहरुमाथि यो व्याकरणे व्यंगेभन्दा बढी अरू व्यंगे के हुन सक्ला ?”

कवीजीलाई व्याकरण पढ भनुँ भने रक्सीको झोलमा डुबाएर उतारे भैंm राता भइदिन्छन् । कवीजी आफ्ना छोरीलाई भानुभक्तका व्याकरण अनुशरण गर्न भन्छन्, त्यस दिनदेखि छोरीको व्याकरणमा आया, गया, खाया, नभन्या, नहे¥या भन्ने शब्दको बाढी लागेको छ । आधा लेखिने अक्षरहरु लेख्दा आधा हुने अक्षरभन्दा पछिल्लो अक्षरलाई आधार मानेर बाह्रखरीको अन्तिम अक्षरलाई आधा लेखिने सामान्य नियम रहेको छ । ‘क’ देखि ‘ङ’ सम्म ‘ङ्’, ‘च’ देखि ‘ञ’ सम्म ‘ञ्’, ‘ट’ देखि ‘ण’ सम्म ‘ण्’, ‘त’ देखि ‘न’ सम्म ‘न्’, ‘प’ देखि ‘म’ सम्म ‘म्’ लेखिने सामान्य व्याकरणीय मान्यता रहेको देखिन्छ । जस्तैः शङ्ख, कञ्चट, टण्टा, तन्ना, डम्म, यी बाहेकका  भद्रगोल व्याकरण र भाषाका शुद्धाशुद्धि बारे नियम बनाउने काम हाम्रा राजनैतिक पेशाका अराजनैतिक कहलिएका नेता पूर्व सभासदहरुलाई दिइने हो भने पाँच दशकमा देश र भाषा उस्तै क्षतविक्षत हुने थियो । आज भाषाविद तथा व्याकरणविद्हरु चुप रहेका छन्, लाग्छ चुकेका छन् । भाषा र शब्दको भद्रगोल हुँदा एउटा समूह शब्दको मृत्युमा एकोहोरो शङ्ख बजाउँदै छ साथमा हाम्रा भाषाविद्हरु आँखाभरी अश्रुधारा लिएर मलामी जाँदैछन् राम नाम जपेर । जय गाइजात्रा । अस्तु । (२०६८)

मुखाय नमः
–संप्रस पौडेल “दिवस”
अंग्रेजीमा माउथ माने मुख । तत्भव तत्सम हुँदै मुख शब्दको विकास भएको हो । मुखको खोपिल्टोलाई हेल्थमा पढ्दा ओरल क्याभिटी भनेर पनि चिनिन्छ । मानिसको मुख बाहिर दुइवटा ओठ ढोकाको रुपमा भित्र एउटा जिब्रो र बढीमा बत्तिस वटासम्म दाँत हुन्छन् । दाँत पनि कसैका तिल चामले त कसैका कोदाली पाते, कसैका वल्लो डाँडामा र पल्लो डाँडाँमा त कसैका एकमाथि अर्को खात । कुनै दाँतका बाबुछोरा पनि संगै हुन्छन्, जसलाई हामी दाह्रा पनि भन्छौं । यहाँ दाँत चर्चाको विषय नभएकोले यसलाई चटक्क छाडी मुखतिरै जाउँ । यो मुख भन्ने अङ्ग यस्तो भूमरी हो, यहाँ हालिएका चिजबलदेखि फूटबलसम्म सबै बिलाउने । हुन त यहीँ मुखलाई सोली बनाएर भए भरका सागपात, फलफूल, चटपटे, झुरझुरे अनी भैंसीका सुकुटी, छोयला, मःमः, खसीका रोष्ट, ताससंगै तरलमा अनेक स्वदेशी विदेशी रक्सी भुँडीभित्र हसुरियो । ज्यान गुम्छ भन्ने थाहा पाएर पनि स्वाद थाहा पाउन पोटासियम साइनाइड समेत चाख्ने काम पनि मुखकै करामत हो ।

हुन त आदरणीय भैरव अर्यालले भुँडीलाई लिएर भुँडी पुराण लेख्नुभयो । तर मुखभन्दा ठूलो भुँडी हुँदै होइन । जुन आगमन र निगमनको प्रथम द्वार हो, त्यसलाई पन्छाएर त्यसका इँटा र दलिनहरुको चर्चा गर्नु कदापी हुँदैन । (यसोभन्दा आदरणीयको अपमान गर्नु यस लेखकको मनसाय कदापी होइन । हामी भैरव अर्याल हुन प्रयासरत हौं, भैरव अर्याल हुँदै होइनौं ।) त्यसैले सत्तामा रहनेहरुको ब्रह्मलुट काजक्रिया (काम) भुँडी नभई मुख नै हो भन्ने नै प्रमुख आशय हो ।

मास्टरसाबदेखि जेठा दाजुसम्म सबैले घोकाएर, ठोकाएर, बोकाएर, झोक्काएर पढाउँदा सकी नसकी कराउने काम पनि मुखैले गरेकै हो । तर पढाइमा गति दिन नसकेपछि कतै नबिके राजनीतिमा लाग्ने विश्वासका साथ बेलैमा पढाई छोडियो । अन्य पेशामा लाग्दा रुख र बुट्यान जस्तो मौलाउने मानिस नेपालको राजनीतिमा लागेर ढुसीभैंm टाट्टिने भएपनि यो ढुसी पेशाभन्दा कुनै छुसी पेशाभन्दा बढी फाइदाजनक ।

मिठा गीत गाउँन र रमाइला चुट्किला सुनाउँन मुख नभई नहुने । घिटिक घिटिक परेको बेलामा मुखमै चम्चाले पानी हालिदिने परम्परा छ । गाई र भैंसीको मुख ठूलो हुनाले भर्न गाह्रोले पिठोको दुध र घाँस (वनस्पति) को घिउ खाने आधुनिक मानिसहरु दुध दिने मुसो र कुखुरो पाए गमलामा राखेर छोराछोरीका मुख टाल्थे होलान् ।

एक दिनको कुरो, फ्याक्ट्रिको पूर्व मेनेजर बिरामी भएर भेट्न गएको । मेनेजरलाई रोग लागेछ, सँधैभरी मुख मात्रै आँ मात्र गरिरहने । मैडम भन्छिन्, “मुख मात्रै आँ गर्ने हजुर, घिउ राखिदियो नहुने, दालभात डुकुले पनि नहुने, खुर्सानी हालिदियो तैपनि नहुने, जति खेर पनि आँको आँ । के गर्ने हैरान प¥या छ ।” फुस्किन लागेको हाकिमलाई कारिन्दाले पनि हकार्छ भन्थे, फुस्किसकेको हाकिमलाई व्यंग्य गर्न केको डर ? यसो मेनेजर सुत्ने खाटमुनी कुकुर बाँध्ने ठाउँमा कुकुरको साङ्लो मात्रै देखेँ र भनेँ, “मेनेजर साबले त कुकुर पो खाइसिएछ क्यार, खै त साङ्लो मात्रै बाँकी रछ ।” आँ गरेको मुख पड्काउँदै मेनेजर साबले गाली गर्न थाले “मलाई कुकुर खाने सम्झियौ, भाते” भन्दै । ‘भाते’, कुकुर खाएको कुराको सट्टा भात खाएकोमा गाली गर्नु कुनै शर्म लागेन मलाई । श्रीमतीसंगको रीसले बनावटी उनको मुखको रोग निको पार्न सकेकोमा कता कता खुसी लागिरह्यो, भित्रभित्रै जयजकार गरियो “मुखाय नमः” भन्दै ।

असार साउनमा भ्यागुतोको टरटर र कार्तिक मंसिरमा झ्याउँकिरीको किरकिरदेखि कुकुरका कुइँकुइँ मुखैबाट आउने आवाज हुन् । भदौमा आँखा फुटेको गोरुले सँधै हरियो देखिन्छ भन्नुको पछाडि देख्नलाई आँखाभन्दा सुकेको पराललाई हरियो मानी खानलाई मुखकै कमाल छ । देखेर नअघाइने कति चिज खाएर अघाइन्छ । बच्चालाई लडेपछि बढ्छ भन्छन् । त्यसो त हात्ती न लडेर ठूलो भयो, न पढेरै । मुखले भेटेको चिज हसुरेर नै हात्ती हात्ती हुन सक्यो । त्यसैले कुरा नताछी भन्ने हो भने मुखभन्दा ठूलो यो संसारमा केही कुरै छैन । “मुखाय नमः” अस्तु ।
 www.facebook.com/nepali.sampraspaudel

  
हेटौंडा बसपार्कदेखि मनकामना चोकसम्म
 –संप्रस पौडेल “दिवस”
चाहे भरतपुर, काठमाण्डौं, वीरगञ्ज कतै जानुस् न, तपाई बसपार्क नओर्ली सुखै पाउनु हुन्न । म पनि काम विशेषले कतै गएर आएको थिएँ, साँझको बेला बसपार्कमा बसबाट ओर्लने बित्तिकै एउटाले लुङ्गी उचालेर पैतालामै पर्नेगरी पिसाब गर्दियो । त्यहि खुट्टाले नाकमा पर्नेगरी हान्देको त भन्छ, “भाइसाब सरी । बसपार्कको भित्ता भन्ठानेको तिम्रो खुट्टा पो परेछ ।”

      ल ठीकै छ, कमसेकम सरी त भन्यो । अनि बसपार्क भएर यसो राप्तिरोडमा निस्किएँ । झोला गह्रौं भएकाले भुइँमा बिसाएर निधारको पसिना पुछ्न रुमाल झिक्न लागेको मात्र के थिएँ, थ्याङ्क यू भाई भन्दै एउटी सभ्य देखिने महिलाले उनको छोराको आचि पो पुछिदिईन् । लौन बित्यास प¥यो, महिला हुन्, बोलुँ भनेनी देशमा पुरुषलाई भन्दा बढी अधिकार उनीलाई छ । सोचें यो समाज पुरुष प्रधानबाट महिला प्रधानमा गई सकेछ । जमाना चेन्ज भइसक्दा नि कस्तो पत्तो नपाएको मैले ।

      झोला बोकेँ, बल्ल राप्तिरोडमा आइपुगेँ । राप्तिरोड टेक्नमात्रलाई दाहिने खुट्टा उचालेको कागजको गाडी अर्थात म्याजिक यातायातले बर्षामा खाडलमा जमेको पानी यसरी छ्याप्यो कि म अब मान्छेको रुपमा नदेखिने भएँ । अब त मान्छे कुमान्छे बढ्ता भएँ, हाम्रा नेताजी र भु.पू. सभासद जस्तै । केही छैन, यो समाजमा गाडी हुइँक्याउनेदेखि अर्काकी छोरी हुइँक्याउने सबै हुइँक्याउनेहरुलाई स्वतन्त्रता छ । प्राधिकरणदेखि आयल निगमको गाडीसम्म र दुरसञ्चारदेखि मन्त्री हुँदा फिर्ता गर्नेगरी पाइएको पजेरो त फिर्ता गर्नु परेको छैन भने त्यो अर्काकी छोरी हुइँक्याउनेले के छोरी फिर्ता गर्ला त ? गरे गरोस् नगरे नगरोस्, आफ्नै ससुराकी छोरी त फिर्ता नहुने भएछि अर्काकी स्वास्नी र अर्काकी छोरीको म किन चिन्ता गरुँ ? फेरी मैले चिताएर माखो मर्ने हैन क्यारे ।

      कुकुरलाई कट्टु लाइदेको त मैले कत्ति देखेको छु कत्ति । सुका माना घिउ खाने हाम्रा बाजेका पालामा घरको ढोकामाथि अतिथी देवो भवः भनेर लेखिन्थ्यो रे, बाउको पालामा आउँदा स्वागतम् लेख्न थालियो, आजकल भने प्रत्येक घरको गेटमै लेखिएको हुन्छ, “कुकुरदेखि सावधान ।” दोहोरी गाउने अनि रोधीमा साडी लगाएर नाच्ने परम्परा सकियो । आजकल त रेखाकोभन्दा देखाको चल्ने भए ।

सोच्दै सोच्दै बल्लतल्ल राप्तिरोडबाट कान्तिराजपथतर्पm कदम बढाएँ । कान्तिराजपथको छेउछेउ हुँदै डराउँदै डराउँदै हिँड्दै थिएँ, एक्कासी एउटा गाडीले पानी छ्याप्यो । यो कान्तिराजपथको खाल्डो पनि अचम्मकै छ भन्या । कत्रो खाल्डा हुन् गाँठे ? यसो गाडी नआको बेलामा पारेर माछा पाले नि हुने रैछ, भैंसीलाई आल खेलाएनी हुने, बिग्रेको गाडी पल्टाएर विमाको पैसा झ्वाम पारेनी हुने, गाडी बिग्रियो भन्दै साहुलाई फोन गरेर पैसा च्वाम पारेनी हुने । पैसा कमाउने काइदा कत्ति कत्ति । यसरी बाटो पिच भएको तीन महिनामै भत्किने गरी पिच नगरे त ठेकेदारले वर्षमा ४ चोटी ठेक्का कहाँबाट पाउनु नि ? लौ भएन, जुन गाडि आएनी छ्याप्प हिलो छ्याप्ने । फर्किएर भुतपूर्व पिपलको बोटबाट साघुँरो बाटो (पुरानो मकवानपुर रोड) हुँदै संगम चोकतर्पm गोडा लम्काएँ ।

अब मानस चोकतर्पm आइपुग्दा सरकारी कर्मचारी र सरकारी गाडी मात्र होइन, तरकारी किन्न हतारमा मान्छेहरु कुद्दै देखेँ । मानस चोकबाट नगरपालिका हुँदै मनकामना चोकतर्पm सफर शुरु भो । कहिं नभाको भिड यही बाटोमा पो हुँदो रैछ । जहाँ मानिसले हैन गाडीले मानिसलाई साइड दिने गर्छन् । गाडीहरु छेउ छेउमा हिंड्ने, मकवानपुर क्याम्पसका विद्यार्थी भने सडकको बीचमा ग्रुप बनाएर हिँड्ने । वाह क्या गाइजात्रे बाटो पो रहेछ यो त ।

      यो बाटोमा एउटा केटोले कागजको एरो बनाएर उडायो भने पसलकी साहुनीलाई पर्दोरैछ, एउटा केटीले कागज डल्लो पारेर जुम्रा पोको पारी केटाको टाउकोमा हाँनी भने शिक्षकलाई पर्दो रैछ । यहाँ  हिँड्ने शिक्षक होस् कि अन्य कर्मचारी, विद्यार्थीको बाउ होस् कि विद्यार्थी सबै विद्यार्थी जस्तै देखिन्छन् । यो बाटोमा एउटा विद्यार्थीलाई साइकलले मात्र छोयो भने पनि त्यो साइकलको टायर, रिङ, ह्याण्डिल, सिट, कभर, ब्रेक सबै प्लाष्टिकमा टिप्नुपर्छ । होस गर्नु है ।

      बाटोमा एकजना कारिन्दा अर्कासँग गुनासो गर्दै थिए, “के गर्ने आफ्नै छोरी नखरमाउली तन्नेरीलाई दोष ।” उनकी छोरी चैने एघार पढ्दा पढ्दै भागिछ रे । गएको १५ दिनपछि पो फोन गर्थि रे, “बाबा बाबा हनिमुन मनाएर फर्किएका हामी त, बसपार्कमा लिन आइस्यो न ।” क्या जमाना छ है । यो लिभिङ टुगेदरको कुरा विदेशमा मात्र हैन स्वदेशमा पनि शुरु भैसकेछ ।

      एउटा आर्ट्स पढ्ने केटो भन्छ मिसको पिरियडमा त्यो नयाँ केटीलाई लाइन मारेर बसियो यार, च्वाँक छे बेब्स । एजुकेशन पढ्ने केटी भन्छे देशको शिक्षा नीतिको बारेमा खुबै कुरा भो त्यो नयाँ केटोसँग । अली हिपहप रैछ मोरो । बाउ ब्याङ्कमा छन् रे आमा ब्याङ्ककमा, साइत जुर्छ कि जस्तो छ, मैले नि ड्यास हानेर कुरा गरे नी हौ । साइन्स पढ्ने केटो पड्कन्छ, यी आइन्सटाइन नि हामीजस्तो हुँदा त खुब लाइन मार्थे होला है । अहिले त विन्दास एज हो नी हौ, बल्ल स्कूल छोडेर कलेज आको । यो एज त बाउको नि आयो, हजुरबाउको नि आयो हन भन्या । अनि मैले अहिले मोज नगरे कैले गर्ने नी हौ ? बीचमै एउटाले बोल्यो, आज निदाएर क्लासमा बस्दा एकजना सरले चुटेछन् । सर फर्केर जाँदा उनको टुपी हेरेको त एक हात लामो रैछ । बाहुनको टुपी एन्टेना न एरियल भनेको त सबै गलल्ल हाँसे यार । सर नै मुख रातो बनाउँदै बाहिरिए । लास्ट इन्टरटेन हौ सोल्टी । नहाँस्नेलाई पनि काउकुती लगाएर हँसाइयो नि । पढाई सढाई बाल मलतब ।

      मुर्ति चोरलाई पशुपती न गुहेश्वरी भने झैं एउटा कर्मचारी भन्दै थिए, “दशैंको बेलामा कार्यालयमै वाइन पिइयो नि ।” बुढा मुर्तिहरुलाई भिसा नलागई स्वदेशमै नपाउनेले केरा पायो केरामा चोबेर खायो भनेझैं कार्यालयमा पनि दशैं मनाउने क्रममा दिउँसै फिट्टान भएपछि हाकिमले गलहत्याएर निकाली दिएछ । घरमा आएर भन्थ्यो रे, “खान्न खान्न भन्दा पनि नयाँ आका हाकिमले मुखमै झोसिदिए ।” अब त श्रीमतीले उसको साटो हाकिमलाई गाली गर्न थाल्छे, अनि भन्छे “मेरो राजा खाना खाएर चाँडै सुत्नोस्, बिहान त फ्रेस भइहालीसिन्छ नि ।” हुन त हो नि रक्सी एक मन्द विष हो, कसलाई हतार छ र ।

अब बल्लतल्ल मनकामना चोकमा पुगिन्छ । यो हेटौंडा सानो भनेर के गर्ने भन्सारका देखि संसारका मान्छे यही जम्मा हुने । कति गाह्रो छ यात्रा । बल्ल आफ्नो डेरा आइपुगेँ । यो हेटौंडा साँच्चै कसैको लागि विन्दास छ, वा भनौं कसैको दुर्गा दास त कसैका झारपात । यहाँ कसैको टेन्सन, कसैको अटेन्सन, कसैको एक्सन, कसैको करेक्सन, कसैको नो कनेक्सन । लेखक जे देख्छन् त्यही लेख्छन् । कोही थन्किन्छन्, कोही बिक्छन् । अस्तु । www.facebok.com/nepali.sampraspaudel

हाँसोको चर्चा
-संप्रस पौडेल “दिवस”
हिहिहि..., हाहाहा..., हा...हा....हा...., होहोहो..., ह्याह्याह्या..., छिस्छिस्छिस्..., खित्खित्खित्... यी सबै हाँसोका तालहरु हुन् । मान्छेपिच्छेका हाँसो फरक फरक हुन्छन् । एउटी आमाको लागि एक बर्षे बालकको हाँसो मनै लोभिने र प्रसव बेदना नै भुलाउने हुँदोरहेछ । कोही चरा धपाए जस्तो बडा धिमा गतिमा हा...हा...हा... गर्दै हाँस्छन् त कोही गधा कराए जस्तो हि..हि...हि... गर्छन् । कसैको हाँसो पात खसेजस्तो छिस्छिस्छिस्.... गर्ने हुन्छ त कसैको गाउँटोलै वा अफिसै कम्पन ल्याउने होहोहो वा ह्वाह्वाह्वा... गर्ने खालको । यसरी हाँसोको बारेमा चर्चा गर्न लागियो भने एउटा महाकाव्य नै बन्ला ।

स्वास्नी मर्दा रुन्चे काव्य, देश सङ्कटमा हुँदा राष्ट्रिय गीत, वीदेशमा नेपाली मर्दा वीरगाथा, कसैको विहे हुँदा रासलिला लेख्ने जमाना गए भन्दा कुनै माइकलाल साहित्यकारको मनमा चसक्क नदुखोस् ।  हाँस्नुमा जति मजा केमा रहेछ र ? त्यसैले त आँखा झिम्क्याई झिम्क्याई रामदेवले हाँस्नुपर्छ भनेका छन् । हामीकहाँ बामदेव र कामदेवहरुले जे गरुन्, ती रामदेव हाम्रा देवता भएका छन् । मानौं चतुमुर्खी ब्रम्हा, विष्णु र महेश्वरको एकै रुप नै कलियुगका योगका प्रवद्र्धक स्वामी रामदेव नै हुन् । त्यसो त देशका नेताहरु ज्यादा भ्रष्टाचारी नभए, कार्यालयका कर्मचारीहरु ज्यादा घुसखोरी नभए, किसानहरु शुद्ध उब्जनी गरिदिए, विद्यार्थी र शिक्षकले विना राजनीति शिक्षा सञ्चालन गरिदिए, लेख्नेहरुले विकृवति विसंगति नदेखिदिए हामी हँसाउनेहरुले कलमै बन्द गरिदिए भैदियो । यस्तो परिस्थिति नेपालमा नआउला कि १

हुन त रोएको बेला हसाउँन सक्नु पो कला, हाँसेको बेला के हसाइरहनु ? त्यसो त मानिस मर्दा, दुर्घटना पर्दा, प्राकृतिक विपत्ति पर्दा हँसाउन लागियो भने त्यसले रुन सिकेर फर्कनेछ । त्यसैले अवसरवाद के भन्दछ भने “जहाँ अवसर आउँछ, त्यहाँ मात्रै हँसाउनुपर्छ ।” तर चाप्लुसीवादको विचार फरक छ । ऊ भन्छ, “जस्तोसुकै अवस्थामा पनि सुस्तरी सुस्तरी चाप्लुसी गर्दैगर्दै हँसाउन र रुवाउन सकिन्छ । अर्थात् सियो भई पसेर फाली भई निस्कनुपर्छ ।” यसरी विभिन्न सिद्धान्त र प्रतिपादनहरुले हँसाउने र रुवाउँने समय र कला बारे आ–आफ्नै तरिकाले व्याख्या विवेचना गरेका छन् ।

हँसाउने कलामा देशका हाँस्य कलाकारभन्दा धेरै सिपालु हाम्रा नेताहरु छन् । झटारो हान्नमा के.पि. ओली छन् । भूmट बोल्नमा माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड, बाबुरामहरु प्रशष्त छन् । आरोप लगाउनमा शेरबहादुर, शुशिल नै काफी छन् त अवसरवादको माला जप्नमा मधेसी दलका नेताहरु प्रशष्त छन् । यसैले नेपाल सरकारको मन्त्री परिषदमा एउटा हाँस्य टुकडीको निर्माण गर्ने बेला भई सकेको छ । जसले समय समयमा हँसाएर मन्त्रीहरुको कार्यबोझलाई हलुका पारिदियोस् ।

मेरै कार्यालयका एकजना मित्र हाँसेपछि अरुको जस्तोसुकै हाँसो पनि गौण हुन्थ्यो । उनी हाँसेपछि कसैले बोलेको, काम अह्राएको, गुणगान गाएको, चाप्लुसी, आदेश केही पनि नसुनिने । एकदिन उनी कुनै विषयलाई लिएर भुइँचालो आउने गरी हाँसेछन् । सोही दिन कार्यालयमा नयाँ हाकिमको नियुक्ति भएकाले उनले एक कार्यालय सहयोगी मार्पmत् यसरी हाँस्ने को हो भनी परिचय लिँदै बिस्तारै हाँस्न भनेछन् । कार्यालय सहयोगी अली समाजसेवी परेकाले जनचेतनाका लागि कार्यालयका सम्पूर्ण कर्मचारी र सेवाग्राही समक्ष हाकिमको चासो व्यक्त गर्दै कान फुक्दै हिँडेछन् । आजकल गडगडाहट स्वरले हाँस्ने ती मित्र हाँस्नु अगावै सोध्छन्, “म हाँसु ?” भनेर । यसरी व्यक्तिगत स्वतन्त्रता हाँसो दबाइएको नेपालकै इतिहासमा पहिलो हुनुपर्छ । त्यसो त संविधानको धाराहरुमा मौलिक हकमा वाक स्वतन्त्रता, हिँडडुल गर्ने स्वतन्त्रता, महिला, बालबालिका, समानता, छुवाछुत आदि बारे लेखिए पनि हाँस्ने स्वतन्त्रता बारे कहिँकतै उल्लेख गरिएको छैन । त्यसैले हाँस्ने कलाको विकासका लागि संविधानमै आमूल परिवर्तन गर्दै छलाङ मार्न सक्नुपर्छ भन्ने नै हाँस्ने कलाको

एकजना मित्र कहिल्यै नहाँस्ने थिए । उनलाई हँसाउन के मात्रै गरिएन । निदाएका बेलामा दाह्रीजुंगा बनाइयो, नांगै पारियो, बिउझिँदा काउकुतीसम्म लाइयो, चुट्किला र पिट्किला जाबो त कति सुनाइयो कति तर उनी परे मरे नहाँस्ने । राष्ट्रपतिको भैंसी उखानदेखि प्रधानमन्त्रीको स्वास्नी पिरलोसम्म, संसदको छोरी पोइल गएकी कहानीदेखि माइली भाउजुले बिहे गरेको चार महिनामै छोरा पाएको कुरोसम्म सुनाउँदा पनि उनी झस्केनन् । अब त यस्तो लाग्न थालेको थियो कि हाँस्ने ट्याब्लेट खुवाउँदा पनि बरु उनी मर्लान्, हाँसेको सुन्न नपाइने भयो । पैसा पर्दैन भन्दा पनि हाँस्दैनन्, बाउ मर्दैन भन्दा पनि हाँस्दैनन् । दाँतको रोगले हो कि भनी शहरबाट सुगन्धवाला मन्जन लगियो, घोडा हाँसेको कथादेखि हायना हाँसेको कहानीसम्म बेलिबिस्तार भन्दा पनि मित्र नहाँस्ने नै भए । गधाले बाघको खोल ओढेको, सुहागरातमा पाँच दिनसम्म बेहुलाबेहुली कोठा बाहिर ननिस्किएको, चराले कट्टु लाउन भुलेको, नेताले रातो कट्टु देखाएकोसम्मका भेजदेखि ननभेजसम्मका चुट्किला भन्दा पनि नहाँसेपछि मित्रको हाँस्ने हर्मोन नै नभएको तथ्य पत्ता लगाएर हिँड्नुपर्‍यो ।

“त्यस्ता दिन आए, गए, च्वाप्प म्वाइँ खाने ठाम्मा भुत्ला पलाए” भनेझैं समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँदो रहेछ । सानामा तोतेबोलीको हाँसो सबैले मन पराइदिने, किशोर हुँदा हाँसेरै ठिटीहरु लठ्ठ पारिने तर आजकल हाँस्दा पनि बुझेर, सुझेर हाँस्नुपर्ने दिन आए । आजकल हाँस्दा न कसैले झप्प म्वाइँ खाइदिने न कोही लठ्ठ पर्ने । बरु बिहानै कान्छो नातीले हजुरर्बा तपाइ हाँस्दा तपाइको एउटा दाँत नै खसेछ भनेपछि पो हाँस्नुको अर्थ व्यर्थ भएको चाल पाएँ । हाँसेर जिन्दगीमा गुमाएको यही एउटा दाँत नै हो । जीवनमा बाँकी रहेको एउटै दाँत पनि हाँस्दा उछिट्टिएपछि कसको लागि के देखाएर हाँस्ने ? लाग्छ हाँस्न मनाही छ । अस्तु ।
www.facebook.com/nepali.sampraspaudel

च्वास्स २