Monday, December 31, 2012

प्रिन्टर समस्या

ब्रदर एचपि-२१४० प्रिन्टरमा मसी हाले पनि यसको टोनर लाइट बलिरहने र प्रिन्ट नगर्ने समस्या हुँदा के गर्ने ?
1. प्रिन्टरको अगाडिको कभर निकाल्ने‚ यस अवस्थामा प्रिन्टर अफ गरिराखेको हुनुपर्छ ।
2. प्रिन्टरको गो बटन (निलो बल्ने बटन) मा थिच्ने र प्रिन्टर अन गर्ने ।
3. अब त्यही बटनलाई लगातार २ पटक थिच्ने । यसो गर्दा प्रिन्टरको सबै लाइटहरु बन्द हुन्छन् ।
4. अब छोडेर फेरि लगातार ५ पटक थिच्ने । यसो गर्दा टोनरको पहेलो बल्न छोड्छ र गो बटनमा निलो मात्र बल्दछ ।
5. अब प्रिन्टरको कभर बन्द गर्ने ।
एकपटक प्रिन्टर अफ गरेर फेरि अन गरी काम गर्न सकिन्छ ।
(नोटः प्रयोग गरी प्रमाणित गरिएको)

च्वास्स २