Thursday, May 16, 2013

बन्दुकेको कहाँनी

पहिला पहिला गाउँ आउँदा ठुल्दाई भन्नुहुन्थ्यो “क्रान्तिका बुटहरुले नछोएको पिँढी त भेट्नै पाइएन ।” म थप्थेँ “यति भएपछि बन्दुकका नालले नछोएको काँधहरु खोज्नुपर्ने कुनै कारणै रहेन ।” उहाँ भन्नुहुन्थ्यो, “क्रान्ति उषाको रवि हो । जो चरम पीडा सहेर पनि जन्मेको शिशुलाई चुम्बन गर्न चाहन्छ, उनी तमाम प्राणी जगकी आमा पनि हुन सक्छिन् । आमाहरु ज्यादा क्रान्तिकारी हुन्छन् । आफूभित्र सिर्जनाका लहरहरु बटुलेर राख्न सक्ने काम आमाहरुबाटै हुन्छ ।” म ठान्थेँ, बन्दुक बोक्नेले यो बुझ्दैनन् । ती विगतका कुरा थिए ।
दाई आज पनि गाउँ आउनुभो, पहिले पहिले जस्तो उहाँ हिँड्दा बाटोबाट पन्छिनेहरु कोही थिएनन् । सबै उनीसँग काँधै ठोक्काएर लडाइदिउँ झै गर्दथे । उबेलाको बारुद बाँकी छ कि भनी मात्रै सोझा गाउँले र लालाबाला मारिएका वृद्धवृद्धा पीडितहरु अनी सुहागरातमै श्रीमान गुमाएका शायद बिबाहित नारीहरु अझै प्वाक्क बोल्न सक्दैनथे ।

एक्काइसौं शताब्दीको नयाँ नेपाल



हामी मंगल र चन्द्रमाको यात्रा गर्ने पक्षमा छैनौं । २१ औं शताब्दीको आइटीको जमाना; ग्लोबल भिलेजको अवधारणा । हामी फेसबुक नामक आठौं महादेशमा छौं । यस महादेशमा हतियार लिनेले आफूलाई बुद्धको भक्त ठान्छब्रम्हचारीहरु धमाधम विवाह गरी घरजम गर्न थाल्छन्युवाहरु हजुर्माको उमेरकासँग गफमा लठ्ठ हुन्छन्युवतीहरु काकाका उमेरसँग गफमा व्यस्त भेटिन्छन् । यो आजकल धेरैले फेसबुकमा अरुले झैं आफ्नो पनि विदेशी मित्र भएको कुरा बताउने रवाफले काली तर दिलवाली विदेशी मित्रसँग मित्रताको नाता गाँसियो । "कसै कसैले गोरु बेचेको नाता पर्छ कि ?" भन्दै व्यंग्य पनि गरे । "नेपाली हो र शहरमा बसी पाँचोटा डिग्री भ्याएर गाउँ गएर गोरु जोत्नलाई ?" मुख भरीको जवाफ दिएँ । वास्तवमै विदेशीहरु कहाँ गोरु किनबेच गर्छन्? किनबेच गर्नै परे इन्टरनेटमा विज्ञापन राखेर कौमारित्व बेच्छन् । त्यो पनि यूनिभर्सिटीको बिल तिर्न । फेसबुकमा मेरा बडा आदर्शवादी बौद्धिक साथीहरु पनि छन् । म उहाँहरुको बौद्धिकतालाई सँधै सम्मान गर्छु तर आदर्श भन्ने कुरो नखस्किए हुन्थ्यो भन्ने लागिरहन्छ । खै कतिखेर बौद्धिकताको फ्युज जाने हो र आदर्शताको ढ्वाङ छताछुल्ल ।

चिनियाँ भनाई



lzIfs p8\of] eg] ljBfyL{ bf}l8G5 .
lzIfs bf}l8of] eg] ljBfyL{ lxF8\5 .
lzIfs lxF8\of] eg] ljBfyL{ a:5 .
lzIfs a:of] eg] ljBfyL{ ;'T5 .
lzIfs ;'Tof] eg] ljBfyL{ d5{ .



मेरा लेखहरु इन्टरनेटका विविध वेबसाइटमकवानपुरका दैनिक तथा साप्ताहिक पत्रिकाहरुमा पढ्न सकिनेछ । लेख लेख्नका लागि सदैव प्रेरित गर्नुहुने पुनरावेदन अदालत हेटौंडाका रजिष्ट्रार श्री देवेन्द्र पौडेल लगायत कर्मचारीहरुसिद्धार्थ उच्च मा.वि. हेटौंडाका साथीहरुसंमृद्ध समाज दैनिकका पूर्व सम्पादक भानुभक्त आचार्यहालका सम्पादक सुरेश श्रेष्ठपत्रकार रामकुमार एलन दाइपत्रकार शिवकुमार काशीजीव्यंग्य श्रष्टा जनकमान डंगोल लगायत समयचित्रण साप्ताहिकका केशव भाइशिव वियोगीउनका टीमब्लग रिडरकमेन्ट गर्ने नगर्ने सबैपत्रिकाका सुभेच्छुक पाठक तथा बाटोमा हिँड्दा मलाई हेर्दै लेखको चर्चा गर्दै हाँस्ने मैले थाहा पाएका र चिने नचिनेका सबैलाई लेख्न प्रेरित गर्नुभएकोमा धेरै धेरै आभार ।

लोडसेडिङ जात्रा चाहिँदैन


संप्रस पौडेल दिवस


नेपालीहरु जात्रैजात्रा मनाएर बिग्रिए । भन्नलाई काठमाण्डौका नेवार जातिले रीति सस्कृति धानेका छन् भने पनि दिनैपिच्छेको चाडबाड, स्कृति र जात्राले गरिबलाई ऋणको भारीले थिचेको थिच्यै छ । ब्राम्हण क्षेत्रीहरुले दशैं तिहारको ऋण तिर्न भ्याइसकेका छैनन् । राउटेहरुलाई सरकारले जात्रा मनाइदिनु परेको छ । अरु जातजाति पनि आफ्नै सस्कृति र चाडबाडमा देखावटी र भड्किलो परम्पराले गर्दा ऋणको खाडलमा जाकिइरहेका छन् । यस्तैमा सबै जातजातिको लागि नयाजात्राको शुरुवात भइसकेको छ, लोडसेडिङ जात्रा । नमनाई सुखै छैन ।
गाउ
शहर, डाडापाखा, लेक बेशी जता बिजुली गएको छ, त्यहालोडसेडिङको जात्रा मनाइएकै छ । जे होस् नेपालमा आजकल लोडसेडिङले जात्रामय भएको छ । विदेशीहरु पनि लोडसेडिङ जात्रा मनाउन नेपालै ताक्ने क्रममा छन् । चौबिसै घण्टा बल्ने बत्ति र तीन सय पैसठ्ठी दिनै हुने मेसिनको क्वारक्वारले दिक्क विदेशीहरु नेपालमा लोडसेडिङ मनाउन आउनु हाम्रो पर्यटन क्षेत्रको लागि गौरवको विषय पनि हो । भिरमा फलेको फर्सी जस्तो आज कि भोली भएको सरकारले भने लोडसेडिङ जात्रालाई चौबिस घण्टाको सट्टा बाह्र घण्टामा सीमित गर्ने योजना बुनिरहेको छ । यसमा स्वयम् विद्युत प्राधिकरणको घोर आपत्ति पनि रहेकै छ ।
बिहानै उठ्ने बेलामा बत्ति छैन
, बेलुकी सुत्ने बेलामा पनि छैन । दिउसो काम गर्दा हुने कुरै भएन । यस्तै लोडसेडिङले गर्दा निन्द्रा नलागे पनि निदाउन बाध्य हुनुपर्छ । अब प्राधिकरणले पनि लोडसेडिङको बार्षिक तालिका जनतासामु ल्याउनुपर्छ भन्नेहरु बढेका छन् । हिजो प्रकाशित सेड्युल आजै नमिल्ने भएपछि प्राधिकरणप्रति लोडसेडिङ गरेको भन्दा पनि तालिकामा झुक्याएको आरोपमा धारे हात लाउनेहरु ज्यादा छन् । लाइन पनि नदिने, तालिका नि नदिने भएपछि महिनाको असी रुप्या किन दिने ?” भन्दै गाउलेहरु तातेका छन् । जति ताते पनि हाकिमहरु दिउसै मातेका छन् ।
घोरिएर हेर्ने हो भने लोडसेडिङले फाइदाभन्दा पनि कृषि
, पर्यटन, व्यापार, शिक्षा, विज्ञान, उद्योग, सञ्चार सबै क्षेत्रमा कुप्रभाव पारेको छ । देशमा भैरहेका विकासमा यसले ठूलै असर गरेको छ । नत्र नेपालमा पनि प्लेन बन्थ्यो होला, गाडी र यसका पार्टपूर्जाहरु यतै बन्थे होलान्, हेटौंडा सिमेन्ट जनताले सस्तैमा सुलभ तरिकाले पाउथे होलान्, हाम्रा शहरहरुमा ठूला उद्योग र लिफ्टवाला गगनचुम्बी महलहरु बन्थे होलान् । यस्तैमा एउटा गगनचुम्बी महल बारे गरिएको टिप्पणी पढौंः
नेपालमा लिफ्टको सुविधा हुने महल
, सपिङ सेन्टरहरु थोरै छन् । अझ नेपालमा सयौं तलाका बिल्डिङ्गहरु त छदै छैनन् । सात आठ तलाका बिल्डिङ्गहरुमा भ¥याङबाटै आउजाउ हुन्छ । यदि नेपालमा लोडसेडिङ नभएको भए सयौं तलाका बिल्डिङ्ग बन्थे, त्यसमा भ¥याङबाट आउजाउ गर्दा हाम्रा बाजेबज्यैले जस्तो सातु सामलको व्यवस्था गर्नुपथ्र्यो । अर्थात् दिनरात नै भ¥याङ चढेको चढ्यैमा बित्थ्यो । कति गर्भिणीहरुले भ¥याङमै बच्चा कोरल्थे त कति माथिका निम्तालुहरु भ¥याङमै परमधाम हुन्थे । यसैले त्यस्ता बिल्डिङमा लिफ्टको व्यवस्था जरुरी हुन्थ्यो । नेपालीको बानी चाडबाड र सस्कृति बिर्सने कुरै भएन । त्यसमाथि लोकतन्त्रको दारु पिउदै गणतन्त्रको ढाडमा पिसाब गर्ने आदत । लोडसेडिङ चाड मनाउन भए पनि कहिलेकाहीँ विद्युत प्राधिकरणमा ज्ञापनपत्र दिदै बिजुली रोक्न लगाइन्थ्यो । (लिङ्गो ढलेर कैयौं मान्छे मर्दा पनि हामी काठमाण्डौंको जात्राहरु त्राशैत्राशमा मनाइरहेका छौं ।) यसै क्रममा लोडसेडिङ नै भयो भने त आफ्नै हात जनार्दन भनेर्भैm एघार नम्बरमा (हिडेर) भ¥याङ चढ्नुको अर्को विकल्प पनि हुन्थेन ।
मेरालागि हा
स्यमा तातेताते थिरथिर गर्दै गर्दा विभिन्न कार्यक्रममा उपस्थिति जनाउनु लोडसेडिङको सही सदुपयोग हुनेछ । एक दिन गगनचुम्बी महलको पचासौं तलाको थिएटरमा हुने हास्य प्रहसन हेर्न जाने टिकट हात प¥यो । लोडसेडिङ्गकै कारण लिफ्ट नचलेकाले भुइतलामै आदरणीय आर.सी. रिजाल सर र आदरणीय हाँस्यव्यंग्यकार लक्ष्मण गाम्नागेसंग भेट भयो । बिर्सने बानी र प्रहरीको बेकारको जाचबुझले गर्दा उहाहरुले आफ्नो टिकट पनि मलाई नै जिम्मा लाउनुभो । उहाहरुको पान खाने रहर मेट्न एकौटा मिठ्ठापान खुवाए। उहाहरुसंग हिड्न पाउनु मेरो अहोभाग्य ठान्दै भ¥याङ चढ्दै गर्दा तीनै जनाले केही न केही कथा गुथेर बाटो कटाउने सल्लाह भयो । चालिसौं तलासम्म आर.सी. सरले हाकिमको खप्परको कथा गुथ्नुभो । असीऔं तलासम्म पुग्दा गाम्नागेले तातो न भुत्लो को हाँस्य कविता वाचन गर्नुभो । हास्य विधाका चर्चित राष्ट्रिय नायकहरुका अगाडि काउकुति लगाई हँसाउनु बाहेक अर्थोकमा मेरो पित्ताम चल्ने कुरै भएन । बरु मनमा गुन्दागुन्दै पचासौं तलामा पुगेर मैले एउटा वास्तविक घटना भने। एक्कासी मैले भनेको वास्तविक घटनाले दुवै हास्यव्यंग्यकारहरु मर्माहत भएर रुन थाल्नुभो । मैले भनेको कुरो यस्तो थियो, “दुवै हाँस्य विधाका नायकहरु म तपाइहरुसंग माफी माग्दछु, कुरो के भने प्रहसन हेर्नका लागि काटिएको टिकट त पान पसलमै छुटेछ ।
दुवै जनाले रीसले लाल लाल आँखा बनाउँदै गर्दा डरले लुगलुग काम्न लागिछु । बिहान ढिलासम्म सुतेकोमा आमाले कुचो मच्चाएपछि पो लोडसेडिङको करामत बारे वास्तविकता पत्तो भएछ । म त भन्छु
एक सय पच्चिस जातैलाई लोडसेडिङ जात्रा चाहिदैन, देशमा नपुग्ने बिजुली विदेशमा बेच्न पाइँदैन ।अस्तु । Sambridha Samaj Daily, Hetauda 2069-08-27

च्वास्स २