Friday, June 28, 2013

कम्प्युटर कविता


दिनदिनभर तिम्रै मुहार हेरिकन बस्दछु,
अब भने पर्पोज गर्छु भन्दै कम्मर कस्दछु ।

भिडभाडमा तिमीलाई स्पर्श गरेँ, बज्यो दिलमा टुँट साउण्ड,
हिजो तिमीलाई पर्पोज गर्दा भन्यौ, योर फाइल नट फाउण्ड ।

हर बिहान, दिन र साँझ हेरीरहुँ लाग्थ्यो तिम्रो फेस,
पुनः ट्राइ गरी पर्पोज गरेँ, भन्यौं नट इनफ डिस्क स्पेस ।

सम्बन्ध सुधारुँ कि भनी आफ्नै ठानी युएसबी जोड्न चाहेँ,
हत्तपत्त रिप्लाईमा “नट रिकोग्नाइज्ड” म्यासेज पो पाएँ ।

तोसिबा, डेल, कम्प्याक, एसर घाइते यो ल्यापटप प्रेमीको ओखति,
एचपि, एपल, सोनीमध्ये एक त पाइएला खुट्टा भए जुत्ता कति कति !
(विभिन्न वेभसाइटको सहयोगमा)
2070 Ashadh

च्वास्स २