Tuesday, September 23, 2014

खरायो र सिंह

लघुकथा
-संप्रस पौडेल 'दिवस'
उबेला तीन कक्षामा पढेका सिंह र खरायोको कथा । आज पूरापूर बदलिएछ ।
बाठो खरायोले स्याल पण्डितको सामिप्यतामा राजनीति सिक्न थाल्यो । 'स्याल पाठशाला' मा पढेर बाठो भएको खरायोमा राजनीतिक घमण्डको तुजुक बढ्दै गयो । खरायोले क्याम्पस गेटकै छेउमा पर्दा पछाडी धुवाँ उडाउन पाउने व्यवस्था सहितको होटेल खोलेपछि उसकोमा चिया र चुरोट खानेहरु लाइनमा बस्न लागे । व्यापार पनि चल्ने, राजनीतिक गफ पनि छाँट्न पाइने हुँदा उसलाई यो पेशा काइदाको लाग्यो ।
क्याम्पसका ठिटाहरुलाई उचालेर ठिटिहरुलाई पनि उनीहरुबाटै प्रशिक्षण दिई तीन महिनामा तीन पटक क्याम्पस प्रमुखलाई माफी माग्न बाध्य बनायो । बाठो खरायोले आफ्नो पार्टीका भन्दा अरु क्याम्पस प्रमुख भएमा नाना तरहका निहुँ झिकेर विद्यार्थी उचाल्दै गेटमा कालो तुल टाँगेर भए पनि क्याम्पस प्रमुखलाई राजिनामा दिन लगाउँन सक्ने भयो । सहर उसको गुटभित्र वाहवाही चल्यो ।

असीमित चाहना

लघुकथा
-संप्रस पौडेल 'दिवस'
एसएलसीमा राम्रो प्राप्ताङ्क ल्याएपछि रामप्रसाद अर्यालका छोरो (सुविन) साइन्स पढ्ने भयो भने छोरी (सुविना) स्टाफ नर्स ।
केही बर्षपछि दुवैले क्याम्पसको २ र ३ वर्षे पढाई पूरा गरे । छोरा सुविन इन्टरनेटमा खोजी गर्दै पढाई र पार्ट टाइम रोजगारी पनि पाइने भन्दै बेलायत या अस्ट्रेलिया गएर आएकी केटीको खोजीमा लाग्यो । छोरी सुविना पनि स्टाफ नर्सका लागि राम्रो स्यालरी पाइने भन्दै विदेश गएर आउने केटाको खोजीमा लागिन् । अर्याल जोडीले परेवाका जस्ता मायालु छोराछोरीलाई स्वदेशमा जे सुकै खर्चन तयार रहेको तर विदेश भने नपठाउने निर्णय सुनाए । विविध सिरियल चलचित्र र समसामयीक विश्व घटनाबाट प्रेरित छोराछोरी पनि के कम । आफ्ना चाहना पूरा नभएर सुसाइड नोट लेखेर आफ्नै कोठामै आत्महत्या गरिदिने धम्की दिए । अन्ततोगत्वा मन कुँडाएर छोरा छोरीलाई विदेश पठाउँन बाध्य भए अर्याल दम्पति । डिपेन्डेन्टमा जाँदा कानूनी समस्या नपर्ने र पार्ट टाइम काम पनि पाइने हुँदा बुवा आमालाई घरखर्च पठाउँने बाचा गरे सुविनले । सुविना पनि चार वर्षपछि त भेट्न आइहाल्छु नि भन्दै लाडिँदै थिइन् । अन्तमा फेसबुकमार्फत दुवैले आफ्नो इच्छा बमोजिमका केटाकेटी भेटाए । एयरपोर्टमा अर्याल दम्पति आँखा भिजाएर विदा गरे ।

खुल्ला दिसामुक्त क्षेत्र

लघुकथाः
-संप्रस पौडैल 'दिवस'
हरेक बिहान जागिरका क्रममा दौडधुप गर्दा मैले जे देखेँ...
गाउँका तुलनामा शारीरिक कार्यको कमीका कारण सहरका थुप्रै पुरुष महिलाहरु सुगर, ब्लड प्रेसर, युरिक एसिड‚ मानसिक प्रेसरले सताइएकाहरु छन् । यसैले उनीहरु काम अघि वा पछि मर्नीङ वाक‚ इभनिङ वाक गर्दछन् र जिम क्लब र एरोबिक कसरत क्लासमा सहभागी हुन्छन् ।

एकाबिहानै एक महिला पाल्तु कुकुर डोर्‍याउँदै झिसमिसेमै सडक छेउछाउ देखिन्छिन् । लाग्छ, क्या काइदा; मर्निङ वाकले जीउ तन्दुरुस्त पनि हुने र कुकुर पनि फ्रेस हुने । म पनि बिहान बिहान साँचो बोकेर अफिसतिर हानिन्छु । सँधै एकै बाटोमा देखिने हुनाले उनको कुकुरको बानी मलाई पनि राम्ररी थाहै छ । उ मलाई देखेपछि भुक्दैन, बरु यसो गोडा सुँघ्न खोज्छ, उसकी मालिक्नी सिक्री तान्दछिन् । अरुबेला कुकुर अघिअघि उनी पछिपछि । काइदाको कुकुर; बोसो घटाएको छ उनको ।

च्वास्स २