– संप्रस पौडेल ‘दिवस’
आमाको सालसंगै झरेपछि
नै बेहाल जिन्दगी लिएर हालसम्म धान परालसरी बाँच्दै मर्दै गरिरहेको हुँदा अब काल करालको पर्खाई मात्र बाँकी रहेजस्तो लाग्छ भन्ने
हर्कमानका जुँगा फुलेर झर्न लागे । उनका जवानीका
कुरा सोध्दा आठ कक्षा पढ्दापढ्दै हाम्रो
राजनीति थाङ्ने भयो त्यसैले हामी माग्ने भयौं, अब आमूल
परिवर्तन ल्याउनुपर्छ भन्ने विद्यार्थी नेताका
पछि लागेरै ब्रह्मचारी हुन पुगेको कुरो
सुनाउँथे । प्रतिप्रश्न गर्थे, “ब्रह्मचारीका पनि केका जवानीका कुरा भाई ?” थप्थे, “कितापसिसताप
बाँसा झ्याङ्गमा फालेर राज्यको झण्डाले आची पुछ्दै
दलको झण्डा बोक्न गइयो । त्यत्तिले त आज घरको न घाटको भइयो ।” बेलाबेलामा
हुने हानाहानमा सहभागिता जनाएपछि राष्ट्रियगान बिर्सेर सानोतिनो चियापान र भट्टिगानमा समेत उनी सामेल हुन्थे अरे । सहमति,
सहकार्य
र सद्विश्वासलाई चारपाटा मुडेर गोर्खेलौरी
लाउँदै दैलोबाट खेदे पनि राजनीतिक धर्मले
जनकपुर, आम्दानीले टनकपुर, जवानीले भरपूर हुँदासम्म र एउटी जिवनसंगिनी भने जीवनमै नपाउँदा खिन्न लाग्छ भन्थे ।