Sunday, May 1, 2016

देश परदेश

 
बुद्ध कहाँ जन्मे भन्दै मुद्दा हामी लड्ने
त्यै मौकामा छिमेकी विकासमा अघि बढ्ने ।

सगरमाथा हाम्रो भन्दै अर्कोले विवाद गराउँछ
राष्ट्रवाद जति गाउँछौं, उति राष्ट्रियता हराउँछ ।

कामभन्दा कुरा धेरै गर्ने 'स्वाबलम्बी' भैगयौं
संसारका अल्छी हौँ र सिकाउँनमै व्यस्त भयौं ।

डामेर छोडेकाहरुको आजकल राष्ट्रिय भेष भयो,
हामीचैं नेपालमै हुँदा नि देश किन परदेश भयो ।

विदेशीले नेपाली बोल्यो, उसैलाई इतिहाँस मान्दियो
ढाका टोपी ढल्काइदियो, सच्चा नेपाली भन्दियो ।

मख्ख पर्दै ओ‌कल्दियो कुटनीतिका चुरीफुरी
त्यै विदेशी संसार पुगेर गर्दोरैछ कुरी कुरी ।

हलो छोडी राष्ट्रियताको गीत गुन्गुनाएपछि,
किसानले कर्म छोड्दा भोकमरी त बढ्नै नै भयो ।
मजदुरले झण्डा उचाले, शिक्षकले स्वार्थ बोकेपछि
हाँस्दै बाँचेको देश पलपल मर्ने नै भयो ।
जब देशका धर्मभिरु विदेशीको फेला पर्‍यो
चल्दाचल्दैको देश त्यैंबाट थला पर्‍यो ।

पूर्खाका गुणगान गाएर विकास कुन देशमा भयो ?
अविकसित निप्पोन जापान भयो, नेपाल नेपालै रह्यो ।
 
(अन्तर्राष्ट्रिय मजदुर दिवस २०१६ मे १ को अवसरमा कोरिएको देश छुने कविता)
(2073 Baishakh 18)

च्वास्स २