Thursday, July 28, 2016

समसामयिक (2016 July)

1. प्रधानमन्त्री के.पी. शर्मा ओलीको सरकार प्रजातन्त्र पुनर्स्थापनापछिको कतिऔं सरकार हो ? २२औं
2. दार्जिलिङमा भानु जयन्ति समारोहमा कहिले भारतका राष्ट्रपतिले उपस्थिति जनाएका हुन् ? २०७३ असार २९ औ २०३औं जन्मजयन्ति (स्मरण रहोस्ः सिक्किम, दार्जिलिङ, असम लगायत क्षेत्रमा भानु जयन्तिका दिनमा सार्वजनिक विदा दिइन्छ)
3.सन् २०१६ को युरो कपमा कुन देशले विजय प्राप्त गर्‍यो ? पोर्चुगल (1-0 गोल अन्तर)

समसामयिक (2016 July)

युरोकप २०१६ बारे समसामयिक सामान्यज्ञान प्रश्नोत्तरः

* विजेताः पोर्चुगल
* उपविजेताः फ्रान्स
* आयोजक राष्ट्रः फ्रान्स
* फाइनलमा गोल अन्तरः १-०
* सर्बाधिक गोल (गोल्डेन बुटको उपाधि): एन्टोइन ग्रिजम्यान
>>अंकसम्बन्धी विविध (स्रोतः अनलाइन खबर)
* ० – युरो २०१६ को पोर्चुगल र फ्रान्सबीचको फाइनल खेल युरोको इतिहासमा एकमात्र फाइनल हो जसमा निर्धारित ९० मिनेटको समयमा कुनै गोल भएन ।
* ४ – वेल्सका आरोन राम्से र बेल्जियमका इडेन हाजार्ड युरो २०१६ मा गोलका लागि सबैभन्दा धेरै पास उपलब्ध गराउने खेलाडी हुन् । उनीहरु दुवैले ४/४ एसिष्ट गरेका थिए ।
* ६ – एन्टोइन गि्रजम्यानले यस युरोमा समग्रमा ६ गोल गरे । उनले प्रतियोगितामा सर्बाधिक गोल गर्दै गोल्डेन बुटमात्र पाएनन् सन् १९८४ को संस्करणपछि एकै प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडीसमेत बने ।
* ९ – क्रिष्टियानो रोनाल्डोले वेल्सबिरुद्धको गोलसँगै युरोपियन च्याम्पियनसीपमा धेरै ९ गोल गर्ने फ्रान्सका मिचेल प्लाटिनीको कीर्तिमान बराबरी गरे । साथै उनी पोर्चुगिज जर्सीमा छुट्टाछुट्टै चार प्रतियोगितामा गोल गर्ने एक्ला खेलाडीसमेत बने ।
* १८ बर्ष ३२८ दिन – पोर्चुगिज युवा मिडफिल्डर रेनाटो सान्चेस युरोकप खेल्ने अहिलेसम्मकै कान्छा खेलाडी बने । उनले टिममेट क्रिष्टियानो रोनाल्डोको कीर्तिमान भंग गरेका हुन् । रोनाल्डोले २००४ को युरोमा १९ बर्ष १५० दिनको उमेरमा युरोमा डेब्यू गरेका थिए ।
* २१ – पुनः रोनाल्डो नै । उनले सन् २००४ यता अहिलेसम्म युरो अन्तर्गतका खेलमा २१ क्याप जिते । त्यो आफैमा कीर्तिमान हो ।
* २७ – आइसल्याण्डका गोलकिपर हान्नेस् हाल्डोरसनले प्रतियोगिताका पाँच खेलमा विपक्षीका २७ प्रहार बचाउ गरे । यो प्रति म्याच ५ बचाउभन्दा धेरै हो ।
* ३२.८ – सबैभन्दा द्रुत खेलाडीको रुपमा यस युरोमा फ्रेन्च स्ट्राइकर किंगस्ले कोमान चम्किए । उनले ३२.८ किलोमिटर प्रतिघण्टाको गतिमा दौडेको रेकर्ड भएको छ । बेल्जियमका लाइभवाइर यान्नीक कारास्कोपनि ३२.३ किलोमिटर प्रतिघण्टामा दौडेका थिए ।
* ४० बर्ष ८६ दिन – ग्याबोर किर्ले हंगेरीका गोलरक्षक हुन् । चालीस बर्षभन्दा बढि उमेरका उनी युरोकपमा अहिलेसम्मकै सबैभन्दा पाका खेलाडीको रुपमा कीर्तिमान राख्न सफल भए । पाइजामा म्यानको नामबाट चर्चित उनी प्रिक्वाटरफाइनलमा बेल्जियमसँग पराजित हुँदापनि उत्कृष्ट लयमा थिए ।
* ४१ – पोर्चुगलले ठूला प्रतियोगितामा फ्रान्सलाई हराएको यो ४१ बर्षपछि पहिलो पटक हो ।
* ५६ – फ्रान्सले घरैमा भएको ठूला प्रतियोगिता अन्तर्गतको खेलमा पराजय ब्यहोरेको यो ५६ बर्षपछि पहिलो पटक हो । यसअघि सन् १९६० को युरोमा घरेलु टोली फ्रान्सले चेकोस्लोभाकियासँग २-० ले हारेको थियो ।
* ६६.६७ – यस युरोको नियमित समयमा पाएको पेनाल्टी अवसरमा दुई तिहाईमात्र गोलमा परिणत भयो । रोनाल्डो, सर्जियो रामोस, अजेक्जेदार ड्रागोभिक र मेसुट ओजिलको पेनाल्टी गोल हुन सकेको थिएन ।
* १०० – पोल्याण्डका रोवर्ट लेवाण्डोस्कीले खेल सुरु भएको केवल १०० सेकेण्डमै पोर्चुगलबिरुद्धको क्वाटरफाइनलमा गोल गरेका थिए । यो युरो इतिहासकै दोस्रो द्रुत गोल थियो । यसअघि सन् २००४ को युरोमा रुसका दिमित्री किरिचेन्कोले ग्रीसबिरुद्ध ६७ सेकेण्डमा गोल गरेका थिए ।
* १०८ – यस युरोमा भएका जम्मा गोलको सङ्ख्या १०८ हो । ५१ खेलमा २.१२ प्रतिखेलका दरले औषतमा प्रति ४४ मिनेट गोल भएको छ । यो आंकडा यसअघिको युरोको भन्दा थोरै हो । २०१२ मा २.४५ को औषतमा गोल भएको थियो ।
* ६०० – नानीले समूह चरणको पहिलो खेलमा आइसल्याण्डबिरुद्ध गरेको गोलले भलै पोर्चुगलले जित हात पार्न सकेन । तर त्यो गोल युरो इतिहासको ६ सयौं गोल थियो ।
* २४ लाख २७ हजार ३०३ – यो आंकडा युरो २०१६ को अवधिमा रंगशालामै पुगेर खेल हेर्ने समर्थकको हो । औषतमा प्रति खेल ४७ हजार ५९४ जनाका दरले समर्थ रंगशाला पुगेका थिए । यो आंकडा सन् १९८८ को युरोपछि सबैभन्दा धेरै हो । जतिबेला ८ टोलीको मात्र सहभागिता रहन्थ्यो ।

समसामयिक (2016 July)

* नेपाली फुटबल टोलीका स्टार स्ट्राइकर नवयुग श्रेष्ठ (१२औं सागमा उत्कृष्ट प्रदर्शन) र क्रिकेट टोलीका स्टार सन्दीप लामिछाने (अण्डर नाईन्टिन विश्वकप क्रिकेट तथा विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नामिबियाबिरुद्ध उत्कृष्ट प्रदर्शन) राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट सम्मानित हुने भएका छन् ।
* उनीहरुसँगै १२औं साथमा उसुबाट स्वर्ण लिदाएकी निमाघर्तीमगर, जुडोकी फुपुहृलामु खत्रीपनि यस पुरस्कारबाट सम्मानित हुनेछिन् ।
* पौडीकी गौरिका सिंह, एथ्लेटिक्सकी विपना परियार, तेक्वान्दोकी निशा रावल, पारा एथ्लेटिक्सका प्रशिक्षक कुमार पौडेल , कबकड्डी तथा खोखोका प्रशिक्षक रामनारायण रोय र नेपाल ट्रायथलन संघलाई पनि उनीहरुले गत बर्ष गरेको प्रदर्शन र सक्रियताको आधारमा राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान गरिनेछ ।
स्रोतः अनलाइन खबर

समसामयिक विविध (2016 July 15)


• 2016 July 15: World Youth Skills Day
नाराः "Skills Development to Improve Youth Employment"
• 2016 July 14: मातृ तथा शिशु टिटानस मुक्त घोषित पछिल्लो देशः भारत (विश्व स्वास्थ्य संगठनले घोषणा गरेको)
• 2073 Ashadh 31 : गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्द पोखरेल नियुक्त
• 2073 Ashadh 31: आदित्य प्रतिष्ठानलाई १ करोड दिने मन्त्रिपरिषदको निर्णय
• 2073 Ashadh 31: ऋण असुली न्यायाधीकरण सदस्यमा मानबहादुर अर्याल नियुक्त
• 2072 Ashadh 30 : राष्ट्र बैंकद्वारा आ.व. २०७३/७४ का लागि मौद्रिक नीति सार्वजनिक
• 2073 Ashadh 27 : सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले सोमबारबाट औपचारिकरुपमा कार्यभार सम्हालेकी छन् । प्रधानन्यायाधीशका रुपमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरिन्
• 2016 July 5 : अन्तर्राष्ट्रिय अदालतद्वारा दक्षिण चाइना सागर चीनको अधिकार नभएको पुष्टी
• 2073 Ashadh 27/2016 July 11 : भारतको नयाँ दिल्ली र नेपालको पर्यटकीयनगरी पोखराकाबीच सिधा बस सेवाको सोमबारदेखि औपचारिकरूपमा शुभारम्भ
• 2016 July 15 : फ्रान्समा लरी (ट्रक) आक्रमण, ८४ भन्दा बढीको मृत्यु
• 2073 Ashadh 29 : माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
• 2016 July 14 : फिफा बरियताक्रममा नेपाल १८८औं स्थानमा (यसअघि १८२औं)
• 2073 Ashadh 17 : भावना घिमिरेले नेपाल क्रिकेट संघ (क्यान) को प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा (२१ महिना अवधि)
• 2016 June 27: अर्जेन्टिनाका क्याप्टेन तथा स्टार खेलाडी मेसीले कोपा अमेरिकामा महत्वपूर्ण पेनाल्टीमा गोल गर्न चुके सँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
• सरोगेसीः (कोख भाडामा दिएर अर्कैको लागि बच्चा जन्माइदिने काम)
• सरोगेसी प्रतिबन्ध भएका देशहरुः भारत (सन् २०१५ फेब्रुअरी), थाइल्यान्ड (सन् २०१५ ), अमेरिकाका अधिकांश राज्य, क्यानडा, अस्ट्रेलिया, जापान, बेलायत, नेपाल आदि ।
• 2072 Ashadh 6/2016 Jun 20: अफगानिस्तानको राजधानी काबुलमा आत्मघाति आक्रमणमा परी १३ नेपालीको हत्या
• स्पेनी ला लिगा अध्यक्षः ज्याभिएर टेबास हुन् ।
• "2016 Hero Acting To End Modern Slavery Award" घोषित प्रहरी उपरीक्षकः किरण बज्रचार्य
• फोर्ब्स म्यागजिनद्वारा प्रकाशित प्रतिवेदनअनुसार सन् २०१६ को सर्वाधिक कमाई गर्ने सेलिब्रेटीः टेलर स्वीफ्ट (लियोनल मेसीः आठौं नम्बर, शाहरुख खानः ८६औं नम्बरमा अंकित)
शाखा अधिकृत, नायब सुब्बा, खरिदार लगायतका विभिन्न कक्षाका तयारीका लागि सम्झनुहोस् ।
संकलनः सुशान्त शैक्षिक केन्द्र, हेटौंडा-२
(फोनः 057-522144/9745002380)
कृपया कपी गर्नु परेमा स्रोत उल्लेख गर्नुहोला ।

केही भिटामिन र त्यसलाई चिनिने नामः

• रेटीनोल : Vitamin - A
• थायमिन : Vitamin - B 1
• पेन्टोथोनिक अम्ल : Vitamin - B 3
• रायबोक्लोवीन :Vitamin -B 2
• पायरीडक्सीन :Vitamin - B 6
• नियासिन : Vitamin - B 5
• बायोटीन : Vitamin - B 7
• सायनो कोबालेसीन :Vitamin - B 12
• एस्कर्बिक अम्ल :Vitamin - C
• क्याल्सीफेरोल :Vitamin - D
• बायोटीन :Vitamin - H
• टोकोफेरल :Vitamin - E
• फिलिक्वोनोन :Vitamin - K

विश्वको भूगोल/नाइल नदी

सामान्य ज्ञान (General Knowledge) :
विश्वको भूगोल (Geography of World)
नाइल नदीः
* विश्वको सबैभन्दा लामो नदी हो।
* उत्तरी अफ्रिकाको उत्तरतिर बग्ने
* लम्बाईः ६६९० किलोमिटर (४१३२ माइल)
* मुहानः भिक्टोरिया तालबाट
* अन्त्य विन्दुः भूमध्यसागर
* नाइल नदीको बरदानः इजिप्ट
* नाइल नदीको किनारमा पाइने फूलः निलो कमलको वैज्ञानिक नाम Nymphaea caerulea
* प्रख्यातीः
- हजारौं ठूला आकारका गोहीहरुको लागि प्रसिद्ध
- पर्यटकीय दृष्टले मनमोहक
- नाइल उपत्यकाको जीविकोपार्जनको मूख्य केन्द्र
- कृषिबालीका लागि सिँचाईको सुविधा
- ऐतिहासिक अध्ययनको केन्द्र

Wednesday, July 27, 2016

गरिखानेको होइन, मरिजानेको देश

डाक्टर गोविन्द केसीका मागलाई राजनीतिक बनाइएको सम्बन्धमा उठेका विविध प्रसंगबारे समृद्ध समाज दैनिकमा प्रकाशित आफ्नै लेखः
– संप्रस पौडेल
२०७३ श्रावण ६
नेपालमा एउटा उखान खुबै चल्तीको छ, "कानुनका नौ सिङ हुन्छन् ।" जन्माउँदा नै नौ सिङे बनाइन्छन् कानूनहरु । यसैले पनि "नेपालको कानून जसले बनायो उसैले जानून्" भनिन्छ ।
प्रसंग स्वास्थ्य क्षेत्रको हो, के यो देशमा करोडौं घुस खाने छैनन् । सँधै केही हजार र लाख घुस खाएको आरोपमा खरिदार र सुब्बा मात्रै अख्तियारले समातिनुपर्छ भन्ने छ ? अख्तियारद्वारा चिठी काटेपछि मिडियाबाजी गराएर उन्मुक्ति पाउँने माधव नेपाल, प्रचण्ड, केपि शर्मा वली, देउवाहरु कुन ग्रहका प्राणी हुन् ?
 रकम खाने मात्र होइन, परिवर्तनका नाममा पद, कुर्सी र सत्ता मात्रै ताकेर देशलाई दशकौं पछाडि पनि त अनैतिक कार्य नै होला नि ! सोझालाई शुली र चोरलाई चौतारोमा सम्मान गर्ने राजनीतिज्ञ भएसम्म यो देशका शासकलाई सतिले मात्र होइनन्, नन्दप्रसादहरुले पनि सरापिरहन्छन् । गोविन्द केसी त पछिल्ला एक पात्र मात्रै हुन् । राजनीतिलाई सार्वजनिक र निशुल्क सेवा भन्ने बिर्सेर मागी खाने भाँडो ठानेसम्म सतिको देशमा कसैको मति सुध्रने होइन ।

च्वास्स २