Monday, June 25, 2018

फुटबल खेलको शुरुवात ग्रीसबाट होइन‚ नेपालबाट भएको खुलासा

ऐतिहासिक आधारहरुः
* फुटबल र बुटवल झण्डै झण्डै मिल्दाजुल्ला छन् ।
* यस्तै बाह्रखरीमा 'फ' र 'ब' एकअर्का छिमेकी हुन् ।
* 'भ' नामको वस्तु कुण्डमा झरेकोले भकुण्डो नाम रहन गएको हो ।
* पहिलेका नेवार विदेशिइर नेयमार भएका हुन् ।
* हाम्रा बाघ‚ बिराला‚ कुकुर‚ भेडाहरु पनि खेलमा सहभागी हुन्छन् । मुसाहरु फूटबल खेल्न नेपालबाटै विदेश गएका हुनुपर्छ ।
* थम सारु मगर नै विदेशिएर थोमस मुलर भएको हुनुपर्छ ।
* मेचीका लिलानल नै विदेशिएर लियोनल मेसी भएको हुनुपर्छ ।

* रोन आले दोभानचौर हुन् भने उनैको रोन आल दो भन्दाभन्दै अपभ्रम्स हुँदै नाम रोनाल्डो भएको हुनुपर्छ ।
* अरुका सल्लाह मान्ने नेपालका सोझा नेपाली काम खोज्दै विदेश जाँदा नामै सलाह रहन गयो र उतै व्यस्त भए । उनैलाई आज मोहम्मद सलाह भनी चिनिन्छ ।
* मकवानपुर हर्नामाडीका युवा खेलाडीलाई विदेशीले किनेर हर्नान्डेन नाम राखिदियो । तै पनि हामी चुप छौं ।
* तितेमाछा समाउन सिपालु तिते दाई आज ब्राजिलमा फूटबल पढाइरहेका छन् ।
यत्तिका आधार‚ कारण र प्रमाणहरु ऐनाझै‌ं छर्लङ्ग हुँदा हुँदै पनि हामी हाम्रो इतिहास मान्न किन तयार छैनौं ?? खोज्नै पर्ने भएको छ ।
रमाइलाे लाग्यो वा लागेन ? कमेन्ट गर्नुहोस् है त ।

Wednesday, June 13, 2018

नेतैनेता हाम्लाई के था'?


दायाँ पनि नेता रैछन्
बायाँ पनि नेता
गाली गर्नु गरियो
हाम्लाई के थाहा?

छतमाथि नि नेता रैछन्
पाइताला मुनि नि नेता
इज्जत हुर्मत लिइयो
हाम्लाई के थाहा?


काम गर्दा घुस माग्ने
बजारमा जुस माग्ने
पुगेकै कागजपत्रलाई पनि
पुगेन भन्ने तिमीलाई थाङ्ने ।

कहिले शिक्षक बन्दिने
कहिले निजामती भन्दिने
जग्गा किनबेच नि गर्‍याछ
ठेक्का पनि पर्‍याछ ।

कहिले मूर्ति चोरेर 
रङ्गे हात पक्डियौं
फिर्ता गरी उहिबेला 
यसो नगर्नु भनी कड्कियौं ।

दुर्व्यवहार गर्दा समाजमै
पीडितको खुट्टा ढोगायौं 
सुध्रेला कि भनेर 
जोगाउनुसम्म जोगायौं।

समाजसेवी बनेर
घर ठड्याउने पेटाहा
तिमी साँच्चैको नेता भन्ने
हाम्लाईचाहिँ के थाहा?

विकास गर्छु नि भन्दिने
निकास दिन्छु नि भन्दिने
बोलीको भाँती स्वदेशी
छोराछोरीनाती विदेशी ।

यता पनि मिल्याछौ
उता पनि ठीक पार्छौ
'ट्याक्टिस' मिलाउन जानेका
जत्थाहरुले नि मानेका ।

राजनीति पनि गर्दारैछौ
कहिले यता कहिले त्यता
तिमी नेपालकै नेता भन्ने
हाम्लाईचाहिँ के थाहा?

विकासमा भाँजो हालेछौ
अन्तैका साँढे पालेछौ
छरछिमेकी तर्साएर
मन्दिर र शालिक ढालेछौ ।

आफ्नै टोलमा आको विकासलाई
पर्दैन भनी भनेछौ
आफैंले खनेको खाडलमा
आज आफैं परेछौ ।

भुक्नुसम्म भुकिइयो
डुक्रनुसम्म डुक्रिइयो
हपार्ने त कुरै छौडौं
थुक्नुसम्म थुकियो ।

थप्पड लाउँदा नि चुपचापै बस्ने
कसूरदार ठानेर सात्तोपुत्लो खस्ने
लात्तिले भकुर्दा नि बोल्दैनौ
मुख पनि खोल्दैनौ ।


जुत्ता पनि चटाइयो
नालीमा पनि पठाइयो
कालो मोसो नि दलियो
काउसो पनि त रोलियो ।

यसो झोला खोलियो
पार्टीको झण्डा बोलिगो
हत्तेरिका माफी पाउँ महोदय
यो 'जुत्तै' यस्तो हो भनेको केही गर्दैन
'तपाईँ' पनि उस्तै क्या...
म नेता हुँ भनेर पहिल्यै भन्नु पर्दैन?
२०७५ जेठ ३०



Tuesday, June 12, 2018

तस्वीर आफैं बोल्छ


अब के बजारिया साहुजीहरु हातहातमा झोला बोकेर कुकुरको आची थाप्दै हिँड्ने दिन आएको हो ?
के देख्नुपर्ने दिन आयो गाँठे !!!
(चन्द्रागिरी नगरपालिकाको यस कार्यलाई अत्यन्त सम्मान गर्दछु ।)
फोटो स्रोतः Dev Poudel को फेसबुक वालबाट
Date : 2075.02.29

Monday, June 11, 2018

सरकारी नेपालबन्द ।


अस्ती बन्द एकादशी
हिजो बन्द द्वादशी
आज बन्द त्रयोदशी
भोली बन्द चर्तुर्दशी
यस्तै यस्तै हरेक दिन
हुन लागे बन्द
काम गर्ने गराउने
सबै अलखबन्द ।

बन्दोत्सव धुमधामले मनाउँदै छन् कोही
बन्द सप्ताह मनाउँदै गन्हाउँदै छन् कोही ।
बन्दकर्ता भन्दै नाउँ जनाउँदैछन् कोही
बन्दका खर दुषणको कथा सुनाउँदैछन् कोही ।

एउटा बन्दकर्ताले अवज्ञा गर्नेको टाउको फुटायो
अवज्ञा गर्नेले भोलीपल्टै बन्दकर्ताको घर लुटायो ।
घर लुटिएको निहुँमा त्यहीदिन बन्द गर्न समाज जुटायो
बन्द गर्नेले फेरि सद्दे हुनेको टाउको फुटायो ।

जुटाउनु, फुटाउनु, लुटाउनु बन्दको खेल
गाडी प्लेन सबै बन्द, बन्नुअगाडि बन्द भो रेल ।
बन्द भो सुधार गृह, बन्द भो जेल
बन्द भो सहिष्णुता, बन्द भो मेल ।

बन्द माता, बन्द गौरी, बन्द पिता महेश्वर
बन्द चितवन, बन्द गुल्मी, बन्द छ जलेश्वर ।
बन्द अदालत, बन्द स्कूल, बन्द सबै कार्यालय
बन्द मन्दिर र वृद्धाश्रम, बन्द छ अनाथालय ।

घरबार अलखबन्द छ
सडकमा अश्रुको गन्ध छ
भाषणैभाषणको छन्द छ
बन्द धेरै चल्दोरैछ, विकासचाहिँ मन्द छ ।

बन्द गर्नेलाई नेपालाँ कहिले पो दण्ड छ
तिनैलाई पुलिसको सुरक्षा हुँदा यसैले त उद्दण्ड छ ।

पुलिस पनि सँगै छ नारा मात्रै लाउँदैन
बन्द नगर भनेर मुखसम्म नि बाउँदैन ।

सरकार (पुलिस) र बन्दकर्ता सँगसँगै हिँड्या देख्दा
हाम्लाई भन्न करै लाग्छ आज 'सरकारी नेपाल बन्द' छ ।
- संप्रस पौडेल 'दिवस'
हेटौंडा २०७३-०७५

Sunday, June 10, 2018

पत्रकारको बिजोग



अब पनि सार्वजनिक कार्यक्रममा सहभागिता जनाउँदा गन्यमान्य भनिनेहरुले नै फोटो खिच्ने हो?
--------------------
अली पहिले विभिन्न प्रोग्रामहरुमा फोटो खिच्दथेँ । फोटो खिच्नु सानैदेखिको सोख हो । प्यारा मामाहरुको संगतले म सानैदेखि क्यामेरा चलाउँथेँ । आजभन्दा २५/२६ वर्ष अघिदेखि नै ।
--------------------
 

आजकल मैले लगभग सबैजसो प्रोग्राम पूरै सुन्छु वा हेर्छु तर आफू फोटो खिच्दिनँ (प्रायजसो) ।
किनकी---
आजकल सभामा फोटो खिच्नेहरु को को हुन्छन् ?
* सभापति
* प्रमुख अतिथि
* विशिष्ट अतिथी
* अतिथी
* अन्य विविध आलंकारिक व्यक्तित्वहरु
* राजनीतिक दलका नेता र कार्यकर्ता (जसलाई कुर्सीमा टक्रिन माइकिङ गरिन्छ)
* कार्यक्रम प्रस्तोता
* सहभागी‚ दर्शक श्रोता आदित्यादी

प्रश्न रहन सक्छ । उनीहरुले वास्तविक पत्रकारलाई त ठेलम्ठेल नै गरेका छन् । भन्नुहोला तिमीलाई के फरक पर्छ भाइ ?
वास्तविक कुरो के भने फोटो खिच्न मञ्चमा जाँदा सबैले लामो हात गर्छन्‚ मोबाइल झिकेर दिँदै.....
एउटा प्रोग्राममा त ८ वटा मोबाइल जम्मा भएछ । अन्तमा तिनीहरुको साधनले फोटो लिँदा लिँदै आफ्नो क्यामेरा/मोबाइलले फोटो लिन पाइएन ।
"एउटा रियल कुरो बुझ्नुभो ।"

च्वास्स २