- संप्रस पौडेल 'दिवस'
हिउँदमा बिराली परेको पिडुँला लिएर
मेरो देश भन्दै माटो कोर्नेहरु,
बर्षामा हिलाम्मे लेघ्रे तिघ्रा बनाएर
खेती गर्ने किसानहरु,
बाह्रैमास ध्वाँसे अनुहार लगाएर
खलाँती चलाउँदै फलाम पिट्ने लोहारहरु,
वृदावस्थाले आँखाले नठम्याउँदा
च्वास्स सियोले चोरी औंला घोच्ने दमाइहरु,
जंगली तामा बेचेर बेलुका सिस्नोको साग खानेहरु,
ढढियाको माछा बेचेर पिडालुको गाभा खानेहरु,
अनी भन यो गाउँ कस्को ?
धुवाँ धुलो पिइरहेका उद्योगका मजदुरहरु,
बस्ने पिँधै खिइरहेका रिक्सा र सवारी चालकहरु,
ज्यानभन्दा तीनगुना भारी बोक्ने भरियाहरु,
तिम्रो पसिना कहाँ चुहिएको छ ?
हो स्वदेशी माटोमा,
अब माटो तिम्रो हो कि होइन ?
अनी भन यो शहर कस्को ?
वेद वाचन गर्नेहरु,
वेदमा दलित कहाँ छ भन ?
काम देशमा काम गर्नेहरुको
शाष्त्रमा कुन स्थान छ भन,
पढ्न विदेशै जानु पर्छ के ?
ऋचा ऋचामा पिएचडी गर्न सकिन्छ कि सकिन्न ?
लौ बताउ शाष्त्रका ज्ञाताहरु ।
फोहरमा खोजेर खानेहरु पनि
देशकै फोहर खोज्दछन्,
माटो कोरेर खानेहरु पनि
देशकै माटो कोर्दछन् ।
लेख्नेहरु देशकै कुरा लेख्दछन्,
पढ्नेहरु देशकै कुरा भेट्दछन्,
भन्नेहरु देशकै कुरा भन्दछन्,
सुन्नेहरु देशकै कुरा सुन्दन्छन् ।
खेतालामा किनिएका
स्वदेशी दराउने पाँडे र साँढेहरु हो,
कुरानमाथि मुत्न नखोज,
बाइबालमाथि नाङ्गै कुद्न नखोज,
गीतामाथि आची गर्नेहरु हो,
देश देशै हो, त्यसभन्दा बढी बुझ्न नखोज ।
पाश्चात्य शैलीलाई मौलिक धरोहर मान्दै,
राष्ट्रिय झण्डामा समाहित गराउने
तिम्रा विचारहरु,
हिटलर र मुसोलिनीलाई
पूजा कोठामा राखी पाञ्चायन जप्नेहरु,
भो आफूलाई लेलिन र माओत्सेतुङको खोल नओढाऊ ।
हो बुद्धका आशिर्वाद पाएका चेलाहरुलाई
भो बुद्धकै दर्शन नपढाऊ,
कहिलेकाँही त मानवियता पनि देखाऊ,
हाडै फुकालेर लज्जित हुनेहरु हो,
आउ आफ्नो लाछिपन देखाऊ,
लौ परालको कुन्युमा आगो लाउन छोड,
म मेरो देश सुधार्छु,
तिमी तिम्रो “नयाँ नेपाल” बनाऊ ।
भाद्र २९, २०६९
खेती गर्ने किसानहरु,
बाह्रैमास ध्वाँसे अनुहार लगाएर
खलाँती चलाउँदै फलाम पिट्ने लोहारहरु,
वृदावस्थाले आँखाले नठम्याउँदा
च्वास्स सियोले चोरी औंला घोच्ने दमाइहरु,
जंगली तामा बेचेर बेलुका सिस्नोको साग खानेहरु,
ढढियाको माछा बेचेर पिडालुको गाभा खानेहरु,
अनी भन यो गाउँ कस्को ?
धुवाँ धुलो पिइरहेका उद्योगका मजदुरहरु,
बस्ने पिँधै खिइरहेका रिक्सा र सवारी चालकहरु,
ज्यानभन्दा तीनगुना भारी बोक्ने भरियाहरु,
तिम्रो पसिना कहाँ चुहिएको छ ?
हो स्वदेशी माटोमा,
अब माटो तिम्रो हो कि होइन ?
अनी भन यो शहर कस्को ?
वेद वाचन गर्नेहरु,
वेदमा दलित कहाँ छ भन ?
काम देशमा काम गर्नेहरुको
शाष्त्रमा कुन स्थान छ भन,
पढ्न विदेशै जानु पर्छ के ?
ऋचा ऋचामा पिएचडी गर्न सकिन्छ कि सकिन्न ?
लौ बताउ शाष्त्रका ज्ञाताहरु ।
फोहरमा खोजेर खानेहरु पनि
देशकै फोहर खोज्दछन्,
माटो कोरेर खानेहरु पनि
देशकै माटो कोर्दछन् ।
लेख्नेहरु देशकै कुरा लेख्दछन्,
पढ्नेहरु देशकै कुरा भेट्दछन्,
भन्नेहरु देशकै कुरा भन्दछन्,
सुन्नेहरु देशकै कुरा सुन्दन्छन् ।
खेतालामा किनिएका
स्वदेशी दराउने पाँडे र साँढेहरु हो,
कुरानमाथि मुत्न नखोज,
बाइबालमाथि नाङ्गै कुद्न नखोज,
गीतामाथि आची गर्नेहरु हो,
देश देशै हो, त्यसभन्दा बढी बुझ्न नखोज ।
पाश्चात्य शैलीलाई मौलिक धरोहर मान्दै,
राष्ट्रिय झण्डामा समाहित गराउने
तिम्रा विचारहरु,
हिटलर र मुसोलिनीलाई
पूजा कोठामा राखी पाञ्चायन जप्नेहरु,
भो आफूलाई लेलिन र माओत्सेतुङको खोल नओढाऊ ।
हो बुद्धका आशिर्वाद पाएका चेलाहरुलाई
भो बुद्धकै दर्शन नपढाऊ,
कहिलेकाँही त मानवियता पनि देखाऊ,
हाडै फुकालेर लज्जित हुनेहरु हो,
आउ आफ्नो लाछिपन देखाऊ,
लौ परालको कुन्युमा आगो लाउन छोड,
म मेरो देश सुधार्छु,
तिमी तिम्रो “नयाँ नेपाल” बनाऊ ।
भाद्र २९, २०६९
sampras jee, nikai ramro ra ghat lagdo 6. its reality in current situation....
ReplyDeleteधन्यवाद सुनाजी ।
ReplyDelete