संप्रस पौडेलको यस ब्लगमा तपाईँहरुलाई हार्दिक स्वागत छ । कथा‚ कविता‚ गजल तथा हास्यव्यंग्यात्मक लेखरचना‚ विभिन्न फोटो‚ समाचार, लोकसेवा सामग्री तथा मनमा लागेका विभिन्न भावनाहरुलाई समेटिएको एकै झमेटमा अध्ययन गर्न सकिने यो ब्लग किताब लेख्ने जाँगर नचलेर तयार गरिएको हो । :-D कृपया ब्लग भिजिट गरेपछि कमेन्ट गर्न नबिर्सनु नि ।
Sunday, January 22, 2023
Friday, January 6, 2023
Wednesday, January 4, 2023
चुनाव अघि र पछि
चुनावअघि बालाई खेदौं खेदौं
चुनावपछि बालाई भेटौं भेटौं ।
चुनावअघि बाहरूलाई विदा गरौं
चुनावपछि बाकै नेतृत्वमा मन्त्री बनौं
चुनावअघि नो नट अगेट
चुनावपछि बा, अगेन एण्ड अगेन ।
चुनावअघि नाकको डाँडी भाँच्ने भाषण
चुनावपछि बस्ने ठाउँलाई आफ्नै हातको आसन ।
चुनावअघि 'स्याउँ स्याउँ मन्त्री धेर भो धेर भो'
चुनावपपछि नारा चल्यो 'मेरै हो मेरै हो' ।
पहिले पहिले खान नपाएर निराश निराश
अब नहोस् धेरै खाएर गुराँस गुराँस ।
सहरमा जसको चर्चा छ - ४
कैलाश कार्की, हास्यव्यङ्ग्य सर्जक/कलाकार
जन्मः तिङ्ला, सोलुखुम्बु
उहाँका केही चर्चित सिर्जनाहरूः
·
कोही यहाँ भोकै छन् तिमी छिन छिनमा खाइराको छौ
अरूलाई महिनौ हुने खाना
तिमी एक दिनमा खाइराको छौ
दुई छाक खाको भनेर मख्ख नपर
ए नेपाली
एक छाक त तिमीले ऋणमा
खाइराका छौ ।
·
कविहरूलाई
२ मिनेटजति हेर्यो भने आफैं रोउँ रोउँ लाग्छ ।
·
कहिलेकाँही
त विदेश गइदिउँ गइदिउँ लाग्छ
अनि युट्युब खोलेर हेर्छु
मनपरी बोलेर भए पनि भाइरल
भैदिउँ भैदिउँ लाग्छ ।
· २ हजारको जुत्ता लुकाएर २० हजार मागिराछन् सालीहरू ।
·
धनी
र गरीबको ट्वाइलेटबीच पनि विभेद छ । उनीहरूको ट्वाइलेट
मात्रै होइन, स्वीमिङ पुल नै हो ।
हाम्रोचाहिँ किटाणुले हात जोडेर भनिराछ- अरे यार कहिलेकाहिँ हार्पिक हालेर सफा त गर् ।
·
पैसा
नै नहुँदो हो त क्या मज्जा हुन्थ्यो होला । सामानले सामान साटिन्थ्यो होला ।
मोबाइल चाहियो भने मोबाइल पसलमा राँगो लिएर जानुपर्थ्यो होला । एनसेलको रिचार्ज
हाल्नुपर्यो भने भाले च्यापेर जानुपर्थ्यो होला ।
- यो सहर त एकाबिहानै कुद्नेहरूको सहर न रहेछ
धनीहरू पेट फाल्न कुदेको देख्छु
अनि गरीबहरू पेट पाल्न कुदेको देख्छु ।
कला जीवनको शुभकामना कैलाश ।
Tuesday, December 27, 2022
सहरमा जसको चर्चा छ-३
व्यङ्ग्य कविता
डायपर गलत ठाउँमा परेपछि
मार्क ट्वेन महोदय,
हामी पहिले पहिले 'लिडर' फेर्दैनथ्यौं
डायपर मात्र फेर्थ्यौं
जसको नतिजा
डायपर, समयअगावै विष्फोट हुन्थ्यो ।
डायपर
कहिले उत्तरतिर त
कहिले दक्षिणतिर झोलिन्थ्यो
डायपर
कहिले दुतावास त
कहिले नियोगतिर चुहिन्थ्यो ।
तर अब समय उस्तो रहेन
यसपाला हामीले
थुप्रै 'लिडर' फेर्यौं
उत्तिकै थान डायपर पनि फेर्यौं ।
मुखमा पनि लगाइदिनुपर्ने रहेछ डायपर
नछुट्नुपर्ने छुट्न गएछ ।
अफसोस छ,
पश्चाताप
छ मार्क,
हामी अझै उस्तै तनावले पिल्सिएका छौं
जुन भर्खरै मात्रै पत्तो पायौं-
झोल्लिएको हाम्रै गोप्यता रहेछ
चुहिएको हाम्रै कुटनीति रहेछ ।
हो मार्क,
लगाउनु पर्ने ठाउँमा
लगाइएनछ डायपर
डायपर त उनीहरूका
दिमागमा पनि लगाइदिनु पर्ने रहेछ ।
संप्रस, २०७९ पौष १२ हेटौंडा
Sunday, December 25, 2022
सहरमा जसको चर्चा छ- २
Monday, December 12, 2022
शहरमा जसको चर्चा छ || रेशम प्यारोडी
हे, हे, हे
आ-हा-हा-हा, हा-हा-हा
हा-हा-हो-हो, ओ-हो
रेशम, रेशम
सानोमा सानो कमलको हाँगा, रेशम...
सानोमा सानो कमलको हाँगा, रेशम...
जेलबाट छुट्छ भालाले घोचेर हो, रेशम...
अस्तिको कुरा बिर्स्यौ कि कुन्नी, रेशम....
म फिर्ने छैन तिमीलाई कुर्सी नदिई, रेशम
म फिर्ने छैन तिमीलाई कुर्सी नदिई, रेशम
तिमीलाई हो, छोडेर हो रेशम...
स्यालुट खाँदै नख्खु जेलैमा, रेशम...
गुड बनाउने हो सरकारमा मिलेरै हो, रेशम
नक्कली अध्यादेश ल्याउँछ छुटाउँन, रेशम
यो माया सम्झी मन लाग्छ अंगालो हाल्न, रेशम
यो माया सम्झी मन लाग्छ अंगालो हाल्न, रेशम
काट्दै र किट्दै दाह्रा र खुकुरी, रेशम
मुखको तालमा सिध्धिए एसएसपि नै, रेशम
अल्लारे जनता जिस्काउँछन् मलाई, रेशम
अल्लारे जनता जिस्काउँछन् मलाई, रेशम
भोटैर नहाली काँ जालान् उम्केर हो, रेशम
कहाँ जालान् उम्केर हो, रेशम रेशम
रेशम, रेशम्, चौधरी रेशम
रेशम, रेशम्, चौधरी रेशम
Monday, July 11, 2022
विभिन्न मिडियामा प्रकाशित वर्ष २०७९ का हास्यव्यङ्ग्य लेखहरू
गजुरियलः एक पराजित उम्मेदवारको दर्दभरी कहानी
https://www.gajureal.com/news/2022/05/25/9305.html
(लेखका लागि मनोज दाइले दोहोर्याएर फोन गर्दै बधाई दिनु भएको)
समृद्ध समाजः हावा कर
https://samriddhasamaj.com/archives/35809
समृद्ध समाजः आए आँप गए झटारो
https://samriddhasamaj.com/archives/37646
समृद्ध समाजः भुल सुधार
https://samriddhasamaj.com/archives/36050
रातोपाटीः हरिशंकर परसाईः भारतमा हास्यव्यङ्ग्य विधालाई स्थापित गर्ने साहित्यकार
https://www.ratopati.com/story/246243/2022/6/18/hari-shankar-parasai
Saturday, July 9, 2022
किताब छाप्न नभ्याउनेलाई झटारो
जनक शिक्षा सामग्री केन्द्रलाई केवल ५ प्रश्न
पहिलो प्रश्नः
माओवादी केन्द्रले यही नाम सच्याएर 'केन्द्र' राखेको हुनुपर्छ । जनक भनेको को ? जनकमान डंगोल, जनकराज पन्त, जनक माध्यमिक विद्यालय ? राजा जनक हुन् भने गणतन्त्रमा केका राजा ? ज्ञानेन्द्र शाह त महाराज बाट ज्ञानेन्द्र दाई भैसके ।
दोश्रो प्रश्नः
कुरा हप्तादिनमा मतपत्र छाप्न भ्याउने, किताब छाप्न नभ्याउने ?
तेश्रो प्रश्नः
गिनिज बुकमा नाम लेखाउन लाग्दा पाना सकिएको भन्ने खबर छ ? कि जनक शिक्षा सामग्रीले कागज उतै पठायो ? पठायो भने किन पठायो ? कसरी पठायो ? उसैगरी स्कूल स्कूलमा किताब पठाए हुँदैन ?
चौथो प्रश्नः
जनक शिक्षा सामग्रीको टाउके कर्मचारीलाई कालो मोसो दलिएछ ? एक्काइसौं शताब्दीमा पनि कालो मोसो दल्ने हो ? स्कूलहरूमा कालोपाटी हटेर सेतोपाटी आइसकेको छ । पत्रिकामा पनि सेतोपाटी, रातोपाटी, हरियोपाटी, गुगलपाटी कुन पाटी ?
पाँचौं प्रश्नः
स्थानीय सरकारलाई छाप्न नदिएर किन अझै राजाको पालाको बाजा बजाएर बसिरहेका होलान् ।
पुरस्कार राशीमा व्यापक घोटाला
सुलसुले मिडिया, विशेष रिपोर्ट
हेटौंडा, २५ असार
सामान्यतयाः साहित्यकारहरूलाई समाजका समस्याबारे जानकार भई समाधानका लागि विभिन्न लेखरचनामार्फत् आवाज उठाउने सचेत व्यक्तिहरुका रुपमा चिन्ने गरिन्छ । तर यहाँ भने त्यसको ठीक उल्टो भई उनीहरू आफैं पीडित भएका छन् ।
हाम्रा सुलसुले मिडिया संवाददाताले हेटौंडाका एक स्रष्टा सम्मान कार्यक्रममा घोटाला भएको तथ्य पत्ता लगाएका छन् । सुलसुले अनुसन्धान व्यूरोद्वारा गरिएको विशेष अनुसन्धानका क्रममा यस्तो तथ्य पत्ता लागेको हो । १० हजार १ रुपैयाँको पुरस्कारमा १० हजार दिइएको तर १ रुपैयाँ गायब भएको, ५ हजार १ रुपैयाँको पुरस्कारमा पनि उस्तै १ रुपैयाँ गायब भएको र १५ हजार १ रुपैयाँको पुरस्कार राशीमा समेत १ रुपैयाँ घटाइएकोले पुरस्कृतहरू न्यायका लागि कहाँ कता जाने अन्यौलमा रहेका छन् । फूलमाला लगाएर होली खेलेझैं अबिरले राताम्मै भएर हाम्रो कार्यालयमा आएका उनीहरूलाई न्याय दिलाउने कसले ? यस्तोबेला सरकार कहाँ छ ?
आयोजक आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटासँग बुझ्दा आफूले कुनै घोटाला नगरेको र पूर्व पदाधिकारीले गरेको हुनसक्ने आशंका गर्नुभयो । यस्तै निवर्तमान अध्यक्ष अनिता न्यौपानेसँग च्याटगरी बुझ्दा त्यो १ रुपैयाँ आफूले केही गरी नदिने बरू सबै पीडितहरूलाई एक ठाउँमा राखेर २५/२५ रुपियाँको चिया र बिस्कुट क्षतिपूर्तिबापत खुवाउन सकिने बताउनु भयो ।
अन्ततः सरकारी बैङ्कमा १ लिटर पेट्रोल खर्च गरेर १ रुपैयाँको चेक लिएर जाँदा सोको भर्पाइ दिन समेत १ घण्टा धर्कामा बस्नुपर्ने बाध्यता छँदैछ । यस्ता सस्ता तथ्य पनि सुलसुले मिडियाले अन्य मिडियाको समाचारबाट पत्तो लगाएपछि यो भव्य समाचार अर्थ मन्त्रालयको सिसिटिभी फुटेजझैं सेलाउने निश्चित देखियो । काग कराउँदै गर्छ, १ रुपैयाँ हराउँदै गर्छ ।
यस्ता समाचार न्यूज २४, न्यूज ३० तथा न्यूज ३६५ कसैले पनि नबजाउने हुँदा सुलसुले मिडिया फेरि पनि खल्तिखलाँस रित्तो गिलाँस हुन बाध्य भएको र श्रीलंकाझैं टाट फर्किएको घोषणा गर्दछ ।
नोटः यो समाचार अन्य मिडियामा सार्नु परेमा सुलसुले मिडियाको खुत्रुकेमा १ रुपैयाँ खसाल्नुपर्नेछ ।
----------------------
सुलसुले मिडियाका लागि प्रकाशक, सम्पादक, संवाददाता तथा कार्यालयका एकमात्र झाडुवाला, डाडुवाला निर्देशकः सुलसुले
[हास्यव्यङ्ग्य समाचारले कसैलाई च्वास्स परेमा परिरहोस् । हामी यस्तै त हो नि ब्रो ।]
Sunday, March 27, 2022
आखिर MCC ले गरिखान दिएन नै ।
MCC घातक छ भनेर मैले पहिल्यैदेखि भन्दै आएको हो । आज पनि भन्छु MCC सबैका लागि घातक छ । MCC अमेरिकाका लागि त घातक छ भने हामीजस्तो विकासको पुच्छर समातेर खहरे खोला तर्दै गरेकाहरूका लागि घातक नहुने कुरै भएन ।
MCC ले हामीलाई सतायो । MCC ले गर्दा आज यो हालतमा आउनुपर्यो । हामी करोडपति थियौं, MCC ले रोडपति बनायो । MCC कारणले फ्याक्ट्री चलाउन पाइएन, बच्चा पढाउन पाइएन, अरु त अरु कुखुराका चल्ला पनि भकाभक मर्न लागे । यो MCC ले गर्दा बालबच्चाले फुर्सद पाए, आँगन पिँढीमा बङ्कर खनेरै सिध्याउने भए । हेर्नुस् फेरि भन्छु MCC सबैका लागि घातक छ । यो MCC लाई पहिल्यै हटाउनुपर्थ्यो । नरोप्नु MCC रोप्यो अहिले टोक्नु न बोक्नु भयो ।.....
Sunday, February 20, 2022
विभिन्न मिडियामा प्रकाशित केही नयाँ लेखहरू
२०७८ का केही चर्चित हास्यव्यङ्ग्य लेखहरू
रातोपाटीः हाकिमको टाउकोमा वीपीको चश्मा
https://ratopati.com/story/221486/2022/2/16/blog-?fbclid=IwAR1s1_VT1tFOn1nb70_PWhvppoRsg9RRy_a4ige5YwIvibXQfCnVTW2mNhM
नागरिकः विज्ञानको जयजकार
https://nagariknews.nagariknetwork.com/arts/731701-1643791927.html
पश्चिम प्रेसः पुरस्कारको फेरि, चुनावको जेरी
https://paschimpress.com/posts/738
समृद्ध समाजः अलपत्र-कार
https://samriddhasamaj.com/archives/30654
समृद्ध समाजः सूर्ती खानेको फुर्ती
https://samriddhasamaj.com/archives/28875
समृद्ध समाजः महिलावादी म
https://samriddhasamaj.com/archives/28075
समृद्ध समाजः एक धर्के हास्य व्यङ्ग्य
https://samriddhasamaj.com/archives/26192
समृद्ध समाजः नेपालमा संसारलाई चकित तुल्याउने घटनाक्रमहरू
https://samriddhasamaj.com/archives/25789
समृद्ध समाजः पहिचानसहितको ब्रोइलर जात्रा
https://samriddhasamaj.com/archives/24309
समृद्ध समाजः हेल्प पोस्ट
https://samriddhasamaj.com/archives/22150
समृद्ध समाजः तिउनजति तरकारी भएपछि
https://samriddhasamaj.com/archives/21010
समृद्ध समाज र अक्षय अक्षर (बुढ्यौली साहित्य समाज): बुढ्यौलीका कुरा
https://samriddhasamaj.com/archives/19961
समृद्ध समाजः नाम
https://samriddhasamaj.com/archives/15973
समृद्ध समाजः त्यसपछि दारी पालेँ
https://samriddhasamaj.com/archives/15126
समृद्ध समाजः स्यालको नेतृत्व
https://samriddhasamaj.com/archives/14607
समृद्ध समाजः सडकको गीत
https://samriddhasamaj.com/archives/14095
समृद्ध समाजः हजुरबाको फ्यासबुक
https://samriddhasamaj.com/archives/13236
समृद्ध समाजः उखान थेरापी
https://samriddhasamaj.com/archives/12780
समृद्ध समाजः ऐसा, तैसा, पैसा
https://samriddhasamaj.com/archives/12780
समृद्ध समाजः विल गेट्सलाई सम्बोधन
https://samriddhasamaj.com/archives/11814
बाह्रखरीः तलब महात्म्य
https://baahrakhari.com/news-details/343910
गजुरियलः होटलको खाना
https://www.gajureal.com/news/2022/03/05/9008.html
Wednesday, September 29, 2021
आजको हेडलाइन हास्य
मेयरलाई मुक्का हान्ने युवक ५ हजार धरौटीमा रिहा ।
मुक्का महंगी भयो । सरकार अलीकता छुट गर्न मिल्दैन ? बेरोजगारलाई कति सास्ती दिएको ?
संसद चलिरहेको छैन, निर्वाचन आवश्यक छः ओली
अझै सिध्धिन मन छ ।
धुलो पिठो माटो हुन मन छ ।
कुरो बुझ्न पर्च ।
जसको सरकार बन्छ, उतै टाँसिन पर्च ।
कालो धन ल्याउँन दिन्नौं यसले विपत्ति ल्याउँः ओली
पहेंलोचाहिँ के गर्ने कामरेड ? पहिलेका क्वीन्टलका क्वीन्टल हिसाब मिलान बाँकी नै छ ।
शौचालय छ पानी छैन, बीचैमा पढाई छाड्छन् छात्राहरू
हग्नेलाईभन्दा देख्नेलाई लाज । हेडमास्टर, समिति र स्थानीय तहका पदाधिकारी कता घुरिराछन् ?
आकाशमा दुई घण्टा फन्को मारेको बुद्धको जहाज अन्ततः ल्याण्डिङ, ७७ जनाको ज्यान जोगियो
सलाम छ, जुग जुग जिउनुहोस् पाइलटजी, हामी नेपालीहरु इतिहास चाँडै बिर्सन्छौं । बिर्सन सुरु भैसकेको छ ।
एलन मस्ककी प्रेमिकासँगको सम्बन्ध समाप्त (तल पोल हेर्नुहोस् ।)
१७% खुशीः- ज्यादै खुसी हुनु पर्दैन । मस्कको सम्पत्ति लिएर हामीसँग बिहे गर्ने होइन क्यार ।
१७% दुखीः- दुख मान्नु पर्दैन । तपाईँ-हाम्रो श्रीमती चोरेर लगेका होइन क्यार ।
५४% अचम्मितः- अघिसम्म घरमैं थिइ भनेजस्तो ।
४% आक्रोशितः- मानौं आफ्नै सम्पत्ति लिएर कुलेलम ठोकेकी जस्तो ।
(व्यंग्यका दृष्टिले रचिएका हुन् । हाँसो उठेन भने काउकुती लाउनुहोस् ।)
Friday, September 10, 2021
आजको हेडलाइन हाँस्य
पहिले हातहातमा मोबाइल थ्यो अहिले हातहातमा सांसद ।
तातो आलु खेल्या जस्तो । एउटाले समाउँछ, फाल्छ । अर्कोले पनि उसै गर्छ । कोही त राख ।
बजेटको आकार घट्यो, आर्थिक वृद्धिदरको लक्ष्य बढ्यो ।
आर्थिक वृद्धिदर लक्ष्य बढेको हो, वृद्धि भएको होइन । वृद्धि भए भोली नेप्से सूचकांककै वृद्धि होला ।
नेपाल पनि निपा भाइरस संक्रमणको जोखिममा ।
नेपालको नामसँग मिल्दोजुल्दो निपा भाइरससँग हाम्रो न बाबुपटीको काका न आमापटीको मामा कुनै पनि नाता नभएको स्पष्ट पार्दछु ।
एमालेका सांसद भन्छन्, सभामुखका कारण संसदमा नाराबाजी गर्नुपर्यो ।
त्यही नाराबाजी गर्ने संसद पनि सिध्याइसकेका थिए भन्ने भुसुक्कै बिर्सने अलजाइमर्सहरु ।
पढ्दै पैसा कमाउँदै ।
पहिले पहिले साथीहरु स्कूल पढ्न आउँदा अमला, अमारो, बयर अनी पुस्टकारी बेच्थे । सरकारले हाम्रो स्कूलबाट पनि केही त सिकेछ ।
युवासंघका कार्यकर्ता र प्रहरीबीच झडप
यो शैली पूरानै हो ।
अर्थमन्त्री जनार्दन शर्मा दौडिँदै रोस्टममा ।
उनलाई कुर्सी उचालेको पूरानो घटना याद थियो । अनी दौडिनु परेन ? अनुभवी भन्या अनुभवी हो नि ।
अघिल्ला सरकारका राजदूतदेखि अन्य नियुक्ती फिर्ता
यो सरकारले फिर्ता गर्दै गर्दै आफ्नै नियुक्ती पनि फिर्ता गरिदेला नि !
कुहिएका दाल फेरि गोदाममैं ।
राखौं राखौं, अझै कुहाएर राखौं । अहिले घुन मात्रै होला पछि पुत्ला र पुतली पनि लागोस् । अर्कोसाल पनि बाढी पहिरो जाला, कोभिड संकट दोहोरिएला । अझै राखौं ।
बहराइनमा आन्दोलनरत श्रमिकलाई चित्त बुझाउन नसके फिर्ता पठाउँछौं : बहराइन सरकार
फिर्ता पठाउनु । नेपालमा चुनाव आउँदैछ । सरकार र प्रतिपक्षी सबै सबै एयरपोर्टमा स्वागत गर्न तयार छ ।
तालिवानले भन्यो- पत्रकार कुटपीटबाट लज्जित छौं, अब यस्तो गर्दैनौं।
अब कस्तो गर्लान् ? झनै डर पो हुन गयो त ।
Thursday, September 9, 2021
उपरखुट्टी रोक्न पिर्का कानून खाँचो
सामान्यतयाः खाट, फलैंचा, टाँड आदिमा बस्दा एक खुट्टामाथि अर्को खुट्टा पर्नेगरी बस्ने आसनलाई उपरखुट्टी भनिन्छ । आजकाल कुर्सी, सोफामा थच्चिँदा पनि यस शब्द र आसनले प्रधानता पाएकै छ । जापान, फ्रान्स, स्वीडेनमा समेत यसरी बस्नु अशोभनिय मानिन्छ ।
उपरखुट्टी लगाएर बस्दा खुट्टाको नसा तथा मांशपेसी संकुचित भै खुट्टा तथा ढाडमा अस्थायी प्यारालाइसिसको संभावना बढाउने बताइन्छ ।
खासगरी आफुभन्दा ठूलाबडा, गन्यमान्य व्यक्तिको सामुन्ने ‘उपरखुट्टी लगाउनु’ लाई शोभनिय मानिदैन । आफ्नै बालाई 'हे जोन' भन्ने, मावलीलाई 'कौन' भन्ने र आदरमा 'मौन' रहने विदेशीहरुलाई एक दिने ट्युसन पढाएरै भेट्न दिनुपर्ने भैसकेछ ।
नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटमा अमेरिकी सहयोग परियोजना एमसीसी उपाध्यक्ष फतिमा सुमारको बसाइ पनि उस्तै भद्दा भएको विषय चर्चामा आयो । चिटिक्क परेकी फतिमाको बसाइ फिटिक्क मिलेन भन्दै नेपालभरका बसाइविज्ञहरु स्टाटस र ट्वीटमार्फत् आन्दोलन गर्दैछौं ।
MCC को चर्चामा चिल्ला जुत्ताले कुतकुती लगाइरहेको दृश्यले काटेको घाउमा नुन छरेको धेरैलाई लागेको पनि रहेछ । भन्न त मौकामा कोढीको पनि पाउ मोल्नुपर्छ भन्छन् । ५० अर्ब डलरको डाँक लिएर आएकी फतिमाको डलरकै धाक पो हो कि भन्ने पनि नलागेको होइन । उपरखुट्टीको खुट्टीमा नाक पुगेको हो कि भन्ने पनि लागेकै हो ।
अनिकालको भात खान ठूलो मुख आँ गर् भनेजस्तो कसैलाई के भन्दा घरज्वाइँलाई खानाको धन्दा भनेजस्तो पनि । MCC विवादित रहेका बेला ठाँटले आएकी फतिमालाई हात्ती आयो हात्ती आयो फुस्सा बनाउँन पाए त हुन्थ्यो नि ।
अँ बरु फतिमाभन्दा जुत्ता अगाडी पुगेकोले न्यू पिन्च गरे कि भन्ने हल्ला पनि हुन सक्छ ।
काठमाण्डौंका एक इन्स्पेक्टरले आफ्नो अगाडी उपरखुट्टी लगाएर बसेको निहुँमा ६ घण्टा थुनेको कुरा त सुनेकै हो । पूर्व परराष्ट्र मन्त्री ज्ञवालीका अघि पनि बुल्गेरियाकी मन्त्रीले चिल्लो जुत्ता देखाएको यी तल हेर्न सक्नुहुनेछ । जुत्ता त राम्रै हो नि । हाम्रा मन्त्री के भाका ? आफ्ना मोजाचाहिँ देखाउनु पर्दैन ? कि प्वाल परेको छ ?
राणा कालमा भए भइँ न भाँडामा भएका भनी तरबारै भेट्थे होलान् । राजा कालमा भए ताजा आदेशले कता पुग्नुपर्थ्यो । जुत्ता देखाउँनेलाई जुत्ता फूकालेर मोजा देखाउँ, त्यो पनि बुढी औंला निस्केको । अँ साँच्ची खुट्टीले गर्दा जागिरबाट छुट्टी भने कसैलाई मिलेको छ कि छैन होला ?
बालबालिकालाई सुनाएर मनोरञ्जन गराउन सकिने केही चुट्किलाहरु
बालबालिकालाई सुनाएर मनोरञ्जन गराउन सकिने केही चुट्किलाहरुः
----
Monday, June 21, 2021
माड्साप
एकछिन ल ८
स्कूल जान ठिक पर्दै थिएँ । फोन आयो-
"सर एउटा जरुरी काम परेकोले अलिकति पैसा पुगेन । लौ न सापटी
दिनुपर्यो ।" दुख देखाउँदै भनेँ-"हैन शिक्षकसँग पैसा हुन्छ भनेर पत्याइराख्ने मान्छेहरु पनि अझै छन् र
भन्या । तलब त चार महिनामा मात्रै पाइन्छ नि दाइ ।"
उनले झोक्किँदै भने "अनी
अगाडीको चार/चार महिनाको तलबचाहिँ जाँडरौसी धोकेरै
सिध्याउँछौ कि क्या हो मास्टर ?" तिखा वचनले मन अमिलो
भयो ।
उधारो दिने पसलवालाले सबैभन्दा पहिला शिक्षकसँग उधारो तिर्न अनुरोध गर्छ ।
दूधवालाले पनि उसै गर्छ । डेरामा बस्ने शिक्षकलाई त घरबेटीले सपनामा घरभाडा दिएको
देखुन् भनेर महिनाको २९ गते नै अनुहार देखाउँछन् ।
आपत् परेर जाँदा पनि मेडिकलमा उधारो राख्न मिल्दैन । सरकारी दस्तुर उधारो हुने
कुरै भएन । सरकार त शैक्षिक बेरोजगारसँग करोडौं राजश्व उठाएर गर्व गरिराछ ।
बेरोजगारलाई रोजगारी दिने नाममा शिक्षक सेवादेखि लोकसेवासम्म बेरोजगारलाई धोबीले
लुगा निचोरे झैँ निचोर्ने नीति संघियतामा फस्टाउँदै गएको छ । रोजगारीका लागि विदेश
गएका युवाबाट असूलेर देश पालिएको छ ।
शिक्षक भएर भन्दा नभएर जीवन बिताउँन सजिलो होला । कम्तीमा उधारो दिनेले "ए मास्टर जागिर खाएका छौ तिर न ।" भनेर त नभन्ला नि । आखिर बेकामे बस्नेले पनि ठेक्कापट्टा गर्छु भन्ने त
हो नि । दुनियाँले ठेकदारसाब लाइहाल्छन् क्यारे ।
स्कूल पुग्नेबित्तिकै एक अभिभावकले भने "माड्साप ३ मिनेट ढिला भैसक्यो नि ।" म भन्छु "छोरीलाई बोर्डिङमा पुर्याउनाले एकैछिन ढिला भयो । फेरि पहिलो क्लास खाली
पनि त छ नि ।" उताबाट छड्के आउँछ "ए आफू सरकारी स्कूलाँ पढाएर सन्तानचैं बोर्डिङमा ?" उत्तर दिनैपर्यो, भन्न मन लाग्छ "बारीमा कपास
खेती छ कपडा किनेर लाउँछौ? खेतमा लहलह धान, मकै फल्छ चिउरा र बिस्कुटमा किन पैसा खर्चन्छौ, गाइको
दूध बेचेर भट्टीमा रक्सी नधोक्दा हुन्नँ ?" तर भनिनँ ।
निहुरिमुन्टी न लगाएर अफिसतिर लम्किएँ ।
आजकाल मास्टर शब्द सुन्दै साह्रै हासुठ्दो लाग्छ । देउसी खेल्ने केटाकेटीले
पनि "ए धाराको पाएप,
मास्टर साएप" लगाउँछन् हामीलाई । गीत गाउनेले पनि माया
लाउँदै नजानेजस्तो "मास्टर साहेब लगाइदेऊ पिरती" भन्दै जिस्काउँछन् ।
त्यसो त साहेबबाट साब हुँदै सापमा झरेकामा मास्टरसाप, डाक्टरसाप, वकीलसाप, हवल्दारसाप, ड्राइभरसाप सबै हुन् नै । तीमध्ये
मास्टरसाप मात्रै अब माड्सापमा रुपान्तर भैसके । त्यसो त आजकाल मास्टरसापहरु पनि ज.द. मास्टर, ठे.प. मास्टर, क.खो. मास्टरमा रुपान्तरण हुन थालेका छन् । यस्तै मौका पारेर शिक्षकको नेतृत्वमा
रहेका नेताहरु पनि शिक्षकलाई माड्सापकै दर्जामा गनिरहेका हुन्छन् । शिक्षकका
समस्या सुन्ने ठेक्का पाएकाहरु पनि शिक्षकलाई आफ्नो समस्या घरैमा छोडेर विद्यालय
आउन सल्लाह दिन्छन् । दुनियाँका समस्या सुन्नुपर्ने शिक्षकले आफ्नो समस्या राजाको
कपाल काट्नेले झैं ओढारमै गएर सुनाउनुपर्ने हो र ?
अब तलबले वृद्ध बाआमादेखि सन्तानसम्मका मुखमा माड लाउन धौ धौ पर्ने
पेशाधारीलाई माड्साप होइन शिक्षक भनेर सम्बोधन
गरौं । पढाइ पुगेको छैन भने पढौं । समाज परिवर्तनको महत्वपूर्ण पेशाधारीसँग
सापटी मागेर जागिरको धज्जी नउडाउँ ।
कसैले भेटेमा यो विज्ञप्ती अघि फोन
गर्ने दाइलाई दिनु न है ।
ज.द. = जग्गा दलाली, ठे.प. = ठेक्कापट्टा, क.खो. = कमिशनखोर
स्पष्टोक्तीः यस लेखका प्रसङ्गहरु कसैको जीवनमा मेल खाएमा त्यसलाई आफ्नै सम्झिनुहोला ।
समृद्ध समाज राष्ट्र्रिय दैनिक
तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे
तिम्ले मिस कल गर्दा , भक्कानो सङ्गालिएको खाङ्ग्रे यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली स...
-
प्रिय छोरी दुखको कुरा सुनाऔँ भनेर नि ! ४ नम्बर वडा कार्यालयमा हिजै मात्र फाइल बुझाएर आएको । आज कार्यालय डढेर सबै खरानी भइगयो । नगरपालिकामा आ...
-
संप्रस पौडेल कात्रो भन्नाले " मनुस्यले होस हराएर संसार त्याग्दा अन्तिममा पहिर्याइदिने लासपोस भन्ने जनाउँछ । " हुन त घाट अनि क...
-
युगले नचिनेको दार्शनिक : रुपचन्द्र विष्ट बि.सं. १९९० पौष २६-२०५६ “केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग...




