Showing posts with label लोकसेवा तयारी. Show all posts
Showing posts with label लोकसेवा तयारी. Show all posts

Thursday, July 28, 2016

समसामयिक (2016 July)

1. प्रधानमन्त्री के.पी. शर्मा ओलीको सरकार प्रजातन्त्र पुनर्स्थापनापछिको कतिऔं सरकार हो ? २२औं
2. दार्जिलिङमा भानु जयन्ति समारोहमा कहिले भारतका राष्ट्रपतिले उपस्थिति जनाएका हुन् ? २०७३ असार २९ औ २०३औं जन्मजयन्ति (स्मरण रहोस्ः सिक्किम, दार्जिलिङ, असम लगायत क्षेत्रमा भानु जयन्तिका दिनमा सार्वजनिक विदा दिइन्छ)
3.सन् २०१६ को युरो कपमा कुन देशले विजय प्राप्त गर्‍यो ? पोर्चुगल (1-0 गोल अन्तर)

समसामयिक (2016 July)

युरोकप २०१६ बारे समसामयिक सामान्यज्ञान प्रश्नोत्तरः

* विजेताः पोर्चुगल
* उपविजेताः फ्रान्स
* आयोजक राष्ट्रः फ्रान्स
* फाइनलमा गोल अन्तरः १-०
* सर्बाधिक गोल (गोल्डेन बुटको उपाधि): एन्टोइन ग्रिजम्यान
>>अंकसम्बन्धी विविध (स्रोतः अनलाइन खबर)
* ० – युरो २०१६ को पोर्चुगल र फ्रान्सबीचको फाइनल खेल युरोको इतिहासमा एकमात्र फाइनल हो जसमा निर्धारित ९० मिनेटको समयमा कुनै गोल भएन ।
* ४ – वेल्सका आरोन राम्से र बेल्जियमका इडेन हाजार्ड युरो २०१६ मा गोलका लागि सबैभन्दा धेरै पास उपलब्ध गराउने खेलाडी हुन् । उनीहरु दुवैले ४/४ एसिष्ट गरेका थिए ।
* ६ – एन्टोइन गि्रजम्यानले यस युरोमा समग्रमा ६ गोल गरे । उनले प्रतियोगितामा सर्बाधिक गोल गर्दै गोल्डेन बुटमात्र पाएनन् सन् १९८४ को संस्करणपछि एकै प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडीसमेत बने ।
* ९ – क्रिष्टियानो रोनाल्डोले वेल्सबिरुद्धको गोलसँगै युरोपियन च्याम्पियनसीपमा धेरै ९ गोल गर्ने फ्रान्सका मिचेल प्लाटिनीको कीर्तिमान बराबरी गरे । साथै उनी पोर्चुगिज जर्सीमा छुट्टाछुट्टै चार प्रतियोगितामा गोल गर्ने एक्ला खेलाडीसमेत बने ।
* १८ बर्ष ३२८ दिन – पोर्चुगिज युवा मिडफिल्डर रेनाटो सान्चेस युरोकप खेल्ने अहिलेसम्मकै कान्छा खेलाडी बने । उनले टिममेट क्रिष्टियानो रोनाल्डोको कीर्तिमान भंग गरेका हुन् । रोनाल्डोले २००४ को युरोमा १९ बर्ष १५० दिनको उमेरमा युरोमा डेब्यू गरेका थिए ।
* २१ – पुनः रोनाल्डो नै । उनले सन् २००४ यता अहिलेसम्म युरो अन्तर्गतका खेलमा २१ क्याप जिते । त्यो आफैमा कीर्तिमान हो ।
* २७ – आइसल्याण्डका गोलकिपर हान्नेस् हाल्डोरसनले प्रतियोगिताका पाँच खेलमा विपक्षीका २७ प्रहार बचाउ गरे । यो प्रति म्याच ५ बचाउभन्दा धेरै हो ।
* ३२.८ – सबैभन्दा द्रुत खेलाडीको रुपमा यस युरोमा फ्रेन्च स्ट्राइकर किंगस्ले कोमान चम्किए । उनले ३२.८ किलोमिटर प्रतिघण्टाको गतिमा दौडेको रेकर्ड भएको छ । बेल्जियमका लाइभवाइर यान्नीक कारास्कोपनि ३२.३ किलोमिटर प्रतिघण्टामा दौडेका थिए ।
* ४० बर्ष ८६ दिन – ग्याबोर किर्ले हंगेरीका गोलरक्षक हुन् । चालीस बर्षभन्दा बढि उमेरका उनी युरोकपमा अहिलेसम्मकै सबैभन्दा पाका खेलाडीको रुपमा कीर्तिमान राख्न सफल भए । पाइजामा म्यानको नामबाट चर्चित उनी प्रिक्वाटरफाइनलमा बेल्जियमसँग पराजित हुँदापनि उत्कृष्ट लयमा थिए ।
* ४१ – पोर्चुगलले ठूला प्रतियोगितामा फ्रान्सलाई हराएको यो ४१ बर्षपछि पहिलो पटक हो ।
* ५६ – फ्रान्सले घरैमा भएको ठूला प्रतियोगिता अन्तर्गतको खेलमा पराजय ब्यहोरेको यो ५६ बर्षपछि पहिलो पटक हो । यसअघि सन् १९६० को युरोमा घरेलु टोली फ्रान्सले चेकोस्लोभाकियासँग २-० ले हारेको थियो ।
* ६६.६७ – यस युरोको नियमित समयमा पाएको पेनाल्टी अवसरमा दुई तिहाईमात्र गोलमा परिणत भयो । रोनाल्डो, सर्जियो रामोस, अजेक्जेदार ड्रागोभिक र मेसुट ओजिलको पेनाल्टी गोल हुन सकेको थिएन ।
* १०० – पोल्याण्डका रोवर्ट लेवाण्डोस्कीले खेल सुरु भएको केवल १०० सेकेण्डमै पोर्चुगलबिरुद्धको क्वाटरफाइनलमा गोल गरेका थिए । यो युरो इतिहासकै दोस्रो द्रुत गोल थियो । यसअघि सन् २००४ को युरोमा रुसका दिमित्री किरिचेन्कोले ग्रीसबिरुद्ध ६७ सेकेण्डमा गोल गरेका थिए ।
* १०८ – यस युरोमा भएका जम्मा गोलको सङ्ख्या १०८ हो । ५१ खेलमा २.१२ प्रतिखेलका दरले औषतमा प्रति ४४ मिनेट गोल भएको छ । यो आंकडा यसअघिको युरोको भन्दा थोरै हो । २०१२ मा २.४५ को औषतमा गोल भएको थियो ।
* ६०० – नानीले समूह चरणको पहिलो खेलमा आइसल्याण्डबिरुद्ध गरेको गोलले भलै पोर्चुगलले जित हात पार्न सकेन । तर त्यो गोल युरो इतिहासको ६ सयौं गोल थियो ।
* २४ लाख २७ हजार ३०३ – यो आंकडा युरो २०१६ को अवधिमा रंगशालामै पुगेर खेल हेर्ने समर्थकको हो । औषतमा प्रति खेल ४७ हजार ५९४ जनाका दरले समर्थ रंगशाला पुगेका थिए । यो आंकडा सन् १९८८ को युरोपछि सबैभन्दा धेरै हो । जतिबेला ८ टोलीको मात्र सहभागिता रहन्थ्यो ।

समसामयिक (2016 July)

* नेपाली फुटबल टोलीका स्टार स्ट्राइकर नवयुग श्रेष्ठ (१२औं सागमा उत्कृष्ट प्रदर्शन) र क्रिकेट टोलीका स्टार सन्दीप लामिछाने (अण्डर नाईन्टिन विश्वकप क्रिकेट तथा विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नामिबियाबिरुद्ध उत्कृष्ट प्रदर्शन) राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट सम्मानित हुने भएका छन् ।
* उनीहरुसँगै १२औं साथमा उसुबाट स्वर्ण लिदाएकी निमाघर्तीमगर, जुडोकी फुपुहृलामु खत्रीपनि यस पुरस्कारबाट सम्मानित हुनेछिन् ।
* पौडीकी गौरिका सिंह, एथ्लेटिक्सकी विपना परियार, तेक्वान्दोकी निशा रावल, पारा एथ्लेटिक्सका प्रशिक्षक कुमार पौडेल , कबकड्डी तथा खोखोका प्रशिक्षक रामनारायण रोय र नेपाल ट्रायथलन संघलाई पनि उनीहरुले गत बर्ष गरेको प्रदर्शन र सक्रियताको आधारमा राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान गरिनेछ ।
स्रोतः अनलाइन खबर

समसामयिक विविध (2016 July 15)


• 2016 July 15: World Youth Skills Day
नाराः "Skills Development to Improve Youth Employment"
• 2016 July 14: मातृ तथा शिशु टिटानस मुक्त घोषित पछिल्लो देशः भारत (विश्व स्वास्थ्य संगठनले घोषणा गरेको)
• 2073 Ashadh 31 : गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्द पोखरेल नियुक्त
• 2073 Ashadh 31: आदित्य प्रतिष्ठानलाई १ करोड दिने मन्त्रिपरिषदको निर्णय
• 2073 Ashadh 31: ऋण असुली न्यायाधीकरण सदस्यमा मानबहादुर अर्याल नियुक्त
• 2072 Ashadh 30 : राष्ट्र बैंकद्वारा आ.व. २०७३/७४ का लागि मौद्रिक नीति सार्वजनिक
• 2073 Ashadh 27 : सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले सोमबारबाट औपचारिकरुपमा कार्यभार सम्हालेकी छन् । प्रधानन्यायाधीशका रुपमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरिन्
• 2016 July 5 : अन्तर्राष्ट्रिय अदालतद्वारा दक्षिण चाइना सागर चीनको अधिकार नभएको पुष्टी
• 2073 Ashadh 27/2016 July 11 : भारतको नयाँ दिल्ली र नेपालको पर्यटकीयनगरी पोखराकाबीच सिधा बस सेवाको सोमबारदेखि औपचारिकरूपमा शुभारम्भ
• 2016 July 15 : फ्रान्समा लरी (ट्रक) आक्रमण, ८४ भन्दा बढीको मृत्यु
• 2073 Ashadh 29 : माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
• 2016 July 14 : फिफा बरियताक्रममा नेपाल १८८औं स्थानमा (यसअघि १८२औं)
• 2073 Ashadh 17 : भावना घिमिरेले नेपाल क्रिकेट संघ (क्यान) को प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा (२१ महिना अवधि)
• 2016 June 27: अर्जेन्टिनाका क्याप्टेन तथा स्टार खेलाडी मेसीले कोपा अमेरिकामा महत्वपूर्ण पेनाल्टीमा गोल गर्न चुके सँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
• सरोगेसीः (कोख भाडामा दिएर अर्कैको लागि बच्चा जन्माइदिने काम)
• सरोगेसी प्रतिबन्ध भएका देशहरुः भारत (सन् २०१५ फेब्रुअरी), थाइल्यान्ड (सन् २०१५ ), अमेरिकाका अधिकांश राज्य, क्यानडा, अस्ट्रेलिया, जापान, बेलायत, नेपाल आदि ।
• 2072 Ashadh 6/2016 Jun 20: अफगानिस्तानको राजधानी काबुलमा आत्मघाति आक्रमणमा परी १३ नेपालीको हत्या
• स्पेनी ला लिगा अध्यक्षः ज्याभिएर टेबास हुन् ।
• "2016 Hero Acting To End Modern Slavery Award" घोषित प्रहरी उपरीक्षकः किरण बज्रचार्य
• फोर्ब्स म्यागजिनद्वारा प्रकाशित प्रतिवेदनअनुसार सन् २०१६ को सर्वाधिक कमाई गर्ने सेलिब्रेटीः टेलर स्वीफ्ट (लियोनल मेसीः आठौं नम्बर, शाहरुख खानः ८६औं नम्बरमा अंकित)
शाखा अधिकृत, नायब सुब्बा, खरिदार लगायतका विभिन्न कक्षाका तयारीका लागि सम्झनुहोस् ।
संकलनः सुशान्त शैक्षिक केन्द्र, हेटौंडा-२
(फोनः 057-522144/9745002380)
कृपया कपी गर्नु परेमा स्रोत उल्लेख गर्नुहोला ।

केही भिटामिन र त्यसलाई चिनिने नामः

• रेटीनोल : Vitamin - A
• थायमिन : Vitamin - B 1
• पेन्टोथोनिक अम्ल : Vitamin - B 3
• रायबोक्लोवीन :Vitamin -B 2
• पायरीडक्सीन :Vitamin - B 6
• नियासिन : Vitamin - B 5
• बायोटीन : Vitamin - B 7
• सायनो कोबालेसीन :Vitamin - B 12
• एस्कर्बिक अम्ल :Vitamin - C
• क्याल्सीफेरोल :Vitamin - D
• बायोटीन :Vitamin - H
• टोकोफेरल :Vitamin - E
• फिलिक्वोनोन :Vitamin - K

विश्वको भूगोल/नाइल नदी

सामान्य ज्ञान (General Knowledge) :
विश्वको भूगोल (Geography of World)
नाइल नदीः
* विश्वको सबैभन्दा लामो नदी हो।
* उत्तरी अफ्रिकाको उत्तरतिर बग्ने
* लम्बाईः ६६९० किलोमिटर (४१३२ माइल)
* मुहानः भिक्टोरिया तालबाट
* अन्त्य विन्दुः भूमध्यसागर
* नाइल नदीको बरदानः इजिप्ट
* नाइल नदीको किनारमा पाइने फूलः निलो कमलको वैज्ञानिक नाम Nymphaea caerulea
* प्रख्यातीः
- हजारौं ठूला आकारका गोहीहरुको लागि प्रसिद्ध
- पर्यटकीय दृष्टले मनमोहक
- नाइल उपत्यकाको जीविकोपार्जनको मूख्य केन्द्र
- कृषिबालीका लागि सिँचाईको सुविधा
- ऐतिहासिक अध्ययनको केन्द्र

Tuesday, June 3, 2014

प्रश्न सेट


Sushant Educational Center
Hetauda-2, Makwanpur

लोकसेवा आयोगद्वारा लिइने खरिदार परीक्षाका संभावित वस्तुगत प्रश्नहरु
२०७१।०२।२०
१. नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. बि.सं. २०३६ सालमा कुन देशसंग भएको सम्झौता अनुसार कायम भएको हो ?
          (A) चीन            (B) भारत              (C) अमेरिका       (D) बेलायत
२. सगरमाथा कति देशान्तरमा अवस्थित रहेको छ ?
          (A) २६ २२३०पूर्वी देशान्तर                (B) २७ २२३३पूर्वी देशान्तर    
          (C) ८६ १५३९पूर्वी देशान्तर              (D) ८७ ४१३७पूर्वी देशान्तर
३. नेपालको प्रामाणिक समय ८६० १५पूर्वी देशान्तरलाई आधार मानी कहिलेदेखि कायम भएको हो ?
          (A) २०३९।१।१        (B) २०४०।१।१          (C) २०४१।१।१     (D) २०४२।१।१
४. हिमालका आधारमा नामाकरण गरिएका नेपालका अञ्चलहरु कति वटा छन् ?
          (A)              (B)                 (C)           (D)
५. शान्ति पिक हिमालको उचाइ कति छ ?
          (A) ६५९१ मि.        (B) ७५९१ मि.         (C) ६९५१ मि.     (D) ७९५१ मि.
६. नेपालको सबैभन्दा कान्छो मानिने जिल्ला कालिकोटलाई बि.सं. २०३२।८।२६ अघि के नामले चिनिन्थ्यो ?
          (A) सिमिकोट        (B) धारकोट            (C) तिव्रीकोट      (D) मुसीकोट
७. विश्वको सर्वाधिक उचाइमा रहेको मानव बस्ती छार्का भोट र तराप गाउँ नेपालको कुन जिल्लामा पर्छ ?
          (A) हुम्ला           (B) जुम्ला             (C) डोल्पा         (D) अछाम
८. विश्वको सबैभन्दा ठूलो सागर कुन हो ?
          (A) साउथ चाइना सी (B) क्यास्पियन  सागर   (C) क्यारेबियन सागर  (D) कृष्ण सागर
९. रामसार महासन्धीले सबैभन्दा पछि सूचिकृत गरेको नेपालको सिमसार क्षेत्र कुन हो ?
          (A) बीस हजारी ताल   (B) माइपोखरी         (C) रारा ताल       (D) घोडाघोडी ताल
१०. सबैभन्दा ठूलो उपग्रह कुन हो ?
           (A) फोबे          (B) टिटान               (C) गेनिमिड       (D) डिमोस
११. हाल अत्यन्त चर्चामा रहेको बोको हरामके हो ?
           (A) अफगानिस्तानको आतंककारी जत्था         (B) नाइजेरियाको बिद्रोही समू     
           (C) पाकिस्तानको तालिवानी दंगा क्षेत्र           (D) सिरियाको विपक्षी पार्टी
१२. विभिन्न नाच र सम्बन्धित जाती सम्बन्धी जोडा मिलाउनुहोस्
           क तरबार नाच       () झाँगड
           ख कर्माधर्मा नृत्य     (आ) मगर
           ग संगिनी नाच       (इ) थारु
           घ पाङ्दुरे नाच       (ई) ब्राम्हण
           (A), , ,                   (B), , ,  
           (C), , ,                    (D), , ,
१३. नेपालमा मात्र पाइने पन्छी कुन हो ?
           (A) पोन्टिया शेर्पा  (B) आप्तोगास्तर नेपालेन्सिस  (C) स्पाइनो ब्याबलर (D) कालिस नेमिस
१४. निजामती सेवामा प्रवेश गर्ने प्रथम महिला को हुन् ?
          (A) मीना रोक्का       (B) कृती शाह    (C) वृन्दा हाडा          (D) मेलवादेवी
१५. गोरखापत्र कहिलेदेखि दैनिक प्रकाशन भयो ?
           (A) २०१५११       (B) २०१६११          (C) २०१७११  (D) २०१८११
१६. हाल नेपालका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ हुन् भने उपाध्यक्ष को हुन् ?
           (A) आरजु राणा      (B) पूर्णकुमारी सुवेदी     (C) ओनसरी घर्ती मगर   (D) चित्रलेखा यादव
(हाल संविधान सभाका अध्यक्ष ओनसरी घर्ती मगर हुनुहुन्छ ।)
१७. पशुपतिनाथको हालको मुर्ति कसले बनाएका हुन् ?
           (A) जयसिंह देव     (B) आनन्ददेव     (C) अरिदेव              (D) अभय मल्ल
१८. मल्लकालमा प्रधानमन्त्रीलाई चौतारा भनिन्थ्यो भने सैनिक अधिकृतलाई के भनिन्थ्यो ?
           (A) पञ्च थकाली     (B) कोट्टनायक         (C) छरिदार              (D) उमरा
१९. २०७० सालको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कसलाई प्रदान गरिएको छ ?
    (A) भगवती प्रसद काफ्ले                   (B) सूर्यप्रसाद गौतम        
    (C) लिलामणि पौडेल                       (D) भाइकाजी महर्जन
त्यसपश्चात् कसैलाई पनि सर्वोत्कृष्ट निजामती पुरस्कार दिइएको छैन ।
२०. विश्व प्रसिद्ध उपन्यास श्रृङ्खला ह्यारी पोर्टरका लेखक को हुन् ?
           (A) सलमान रुस्दी  (B) तसलिमा नसरिन    (C) जे.के. रोलिङ्ग       (D) इ.एन. बिल्मर्ट
२१. संविधान सभाको निर्वाचन २०७० मा सबैभन्दा कम मतदाता भएका जिल्ला कुन हो ?
            (A) मनाङ          (B) मुस्ताङ            (C) हुम्ला               (D) डोल्पा
२२. मोहरम पर्वनेपालको कुन समुदायले मनाउँने पर्व हो ?
    (A) इशाई            (B) तामाङ             (C) मैथिली              (D) मुस्लिम
२२. सन् २०११ अक्टोबर ५ मा मृत्यु भएका स्टिभ जब्स केसंग सम्बन्धित थिए ?
          (A) एप्पल कर्पोरेसन                       (B) माइक्रोसफ्ट कर्पोरेसन     
          (C) चर्चित वेभसाइट विकिलिक्स               (D) सामाजिक सञ्जाल फेसबुक
२३= हरितगृह प्रभावको अवधारणा æTheory of Greenhouse EffectÆ प्रस्तुत गर्ने विद्वान को थिए ?
          (A) आर्थिनस   (B) रबर्ट रङ्स स्मिथ    (C) वेरिनजिन फेरियर    (D) सेरउड रोल्याण्ड
२४. छैठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको लोगो कसले बनाएका हुन् ?
          (A) देविलाल मोक्तान (B) जीवन राजोपाध्याय (C) रविन्द्रमान राजभण्डारी (D) टेकवीर मुखिया
२५. विश्वमै सबैभन्दा बढी गोल गर्ने फूटबल खेलाडि को हुन् ?
          (A) डियगो फोर्लान     (B) थोमस मुलर (C) क्रिस्टियाना रोनाल्डिन्हो  (D) लियोनल मेस्सी
२६. नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको ह्यात्रुङ झरना कति मिटरको उचाइमा रहेको छ ?
          (A) ३६५ मि.       (B) ४४५ मि.           (C) ४५६ मि.            (D) ५३४ मि.
२७. वि.संं २०७० सालमा चितवनमा सम्पन्न मिस हात्ती प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने हात्ती कुन हो ?
           (A) चञ्चलकली       (B) लक्ष्मीकली         (C) चितवनकली          (D) ब्युटिकली
२८. रातो ग्रह (Red planet) भन्नाले कुन ग्रहलाई चिनिन्छ ?
           (A) बुध                           (B) शुक्र                           (C) शनी               (D) मंगल
२९. बेलायतमा महाअधिकार पत्र (Magnacarta) कहिले जारी भएको थियो ?
           (A) १२१५ जुन १५   (B) १२१५ जुन १६       (C) १२१५ जुन १७    (D) १२१५ जुन १८
३०. कर्णाली नदीको जल प्रवाह क्षमता कति घनमिटर प्रतिसेकेण्ड रहेको छ ?
           (A) १३१६ घ.मि./सेकेण्ड                                                       (B) १५६४ घ.मि. /सेकेण्ड    
           (C) १७१० घ.मि. /सेकेण्ड                                                         (D) १४५६ घ.मि. /सेकेण्ड
३१. विश्वको सवैभन्दा पहिलो महिला प्रधानमन्त्रि सिरिमाओ बन्दरानायके श्रीलंकाकी हुन् भने विश्वकै पहिलो महिला राष्ट्रपति को हुन् ?
          (A) कारमेन पेपेरा     (B) वेनेजिर भुट्टो       (C) प्रतिभा पाट्टिल       (D) इसावेल पेरो
 ३२. प्रजातन्त्रको पुनःर्स्थापना सर्वप्रथम चीन जाने नेपालका प्रधानमन्त्री को हुन् ?
          (A) गिरिजाप्रसाद कोइराला                 (B) टंकप्रसाद आचार्य     
          (C) मातृकाप्रसाद कोइराला                    (D) डा. के. आई. सिंह
३३. साम्यवाद मोटर चढेर आउँदैन ।यो भनाई कसको हो ?
           (A) कार्लमाक्र्स   (B) माओत्सेतुङ       (C) श्री ५ महेन्द्र        (D) किर्तिनिधि विष्ट
३४. कुलेखानी जलविद्युत आयोजना जापान सरकारको सहयोगमा निर्माण भएको हो भने बहुचर्चित हेटौंडा डिजेल प्लान्ट कुन देशको सहयोगमा निर्माण भएको हो ?                  
           (A) भारत           (B) चीन                (C) जर्मनी              (D) बेलायत
३५ संयुक्त राष्ट्रसंघिय आर्थिक तथा सामाजिक परिषद (ECOSOC) मा कति सदस्य रहने व्यवस्था छ? 
          (A)                (B) ३५             (C) ४९                 (D) ५४
३६. एक पटक UNO को महासचिव भएको व्यक्ति फेरि कति पटक सोही पदमा चुनिन सक्ने व्यवस्था छ ?          (A) १ पटक        (B) २ पटक   (C) बढीमा ३ पटक    (D) जति पटक पनि सक्ने
३७ अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAD) को प्रधान कार्यालय कहाँ रहेको छ ?
          (A) लण्डन, बेलायत   (B) रोम, इटाली  (C) वासिङ्टन डि.सि., अमेरिका      (D) पेरिस, फ्रान्स
३८. 'Hot money' भन्नाले के बुझिन्छ ?
           (A) बढी ब्याज कमाउने मुद्रा               (B) रेमिट्यान्सबाट भित्रिने रकम
          (C) जैविक इन्धनबाट प्राप्त रकम               (D) मदिराबापत कमाउने मुद्रा
३९. 'सात सूर्य एक फन्को' का लेखक रमेश विकल हुन् भने 'आफ्नै बाँसुरी आफ्नै गीत' का लेखक को हुन् ?
           (A) दिनेश अधिकारी   (B) भैरव रिमाल     (C) माधवप्रसाद घिमिरे   (D) सिद्धिचरण श्रेष्ठ
४०. चालु त्रिवर्षीय योजनामा नेपालको वन क्षेत्र कति प्रतिशत पु¥याउने लक्ष्य लिइएको छ ?
           (A) ४०%           (B) ४१%              (C) ४३%               (D) ४२%
४१. परमाणु संरचनाका सिद्धान्तका प्रतिपादक को हुन् ?
          (A) अलेक्जेण्डर फ्लेमिङ   (B) अटोहान      (C) जोसेफ लिस्टर        (D) निल्स बोहर
४२. पहिलो महिला अन्तरिक्ष यात्री को हुन् ?
       (A) अनुसेह अन्सारी                          (B) भ्यालेन्टिना तेरेस्कोभा    
   (C) स्वेतलाना सावित्सकावा                   (D) कल्पना चावला
४३. गुग्लिल्मो मार्कोनीले रेडियोको आविष्कार गरेका हुन् भने एफएम रेडियोको आविष्कार कसले गरेका हुन् ?
          (A) ए.जि. गार्नेरिन         (B) स्यामुअल कोल्ट        (C) एडविन आस्र्मट्रङ      (D) एडवार्ड बट्लर
४४. माहुरी पालन सम्बन्धी विज्ञानलाई एपिकल्चर भनिन्छ भने फलफूल सागपात बारे अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
          (A) हर्टिकल्चर              (B) शेरीकल्चर                  (C) फ्रुटिकल्चर    (D) पेरिकल्चर
४५. हंगेरीका इन्जिनियर कार्ल इरेलीले जैविक प्रविधि (द्यष्य(त्भअजलययिनथ) शब्द कहिले प्रयोग गरेका हुन् ?
          (A) सन् १९१७          (B) सन् १९१९       (C) सन् १९२१      (D) सन् १९२३
४६. सञ्चार क्षेत्रमा विश्वको पहिलो स्याटेलाइट कुन हो ?
     (A) World Wide Satellite                            (B) ARPANet Satellite     
     (C) Early Bird Satellite               (D) Global Satellite
४७. सुशिल कोइराला कहिले प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ?
            (A) २०७० माघ २१   (B) २०७० माघ २३      (C) २०७० माघ २७   (D) २०७० माघ २९
४८. टर्मिक तथा बेगन कस्तो प्रकृतिको कार्बोनिक कीटनाशक औषधि हो ?
            (A) कार्बामेट कार्बोनिक                    (B) अर्गानिक फस्फेट
            (C) क्लोरिनयुक्त कार्बोनिक                   (D) माथिका सबै मिश्रित
४९. २०६९ सालको नारायण गोपाल संगीत सम्मान कसलाई प्रदान गरिएको छ ?
             (A) अञ्जु पन्त      (B) स्वरुपराज आचार्य (C) शिव परियार         (D) शिशिर योगी
५०. २०७० सालको मदन पुरस्कार कसलाई प्रदान गरियो ?
             (A) शान्ता चौधरी    (B) कृष्ण धाराबासी      (C) अमर न्यौपाने    (D) राजन मुकारुङ
समाप्त

तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे

  तिम्ले मिस कल गर्दा , भक्कानो सङ्गालिएको खाङ्ग्रे यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली स...