Tuesday, December 27, 2022

सहरमा जसको चर्चा छ-३

व्यङ्ग्य कविता

डायपर गलत ठाउँमा परेपछि

मार्क ट्वेन महोदय,

हामी पहिले पहिले 'लिडर' फेर्दैनथ्यौं

डायपर मात्र फेर्थ्यौं

जसको नतिजा

डायपर, समयअगावै विष्फोट हुन्थ्यो ।

 

डायपर

कहिले उत्तरतिर त

कहिले दक्षिणतिर झोलिन्थ्यो

डायपर

कहिले दुतावास त 

कहिले नियोगतिर चुहिन्थ्यो ।

 

तर अब समय उस्तो रहेन

यसपाला हामीले

थुप्रै 'लिडर' फेर्‍यौं

उत्तिकै थान डायपर पनि फेर्‍यौं ।

 

मुखमा पनि लगाइदिनुपर्ने रहेछ डायपर

नछुट्नुपर्ने छुट्न गएछ ।



अफसोस छ, 

पश्चाताप छ मार्क,

हामी अझै उस्तै तनावले पिल्सिएका छौं

जुन भर्खरै मात्रै पत्तो पायौं-

झोल्लिएको हाम्रै गोप्यता रहेछ

चुहिएको हाम्रै कुटनीति रहेछ ।



हो मार्क,

लगाउनु पर्ने ठाउँमा

लगाइएनछ डायपर

डायपर त उनीहरूका

दिमागमा पनि लगाइदिनु पर्ने रहेछ ।

संप्रस, २०७९ पौष १२ हेटौंडा

 

Monday, December 26, 2022

विण्डोज ११ का महत्वपूर्ण सर्टकर्ट कीः

विण्डोज ११ का अति महत्वपूर्ण सर्टकर्ट कीहरूः 

विण्डोज की र डब्ल्यू (windows+W)

विण्डोज ११ का प्रयोगकर्ताले मौसमसहित विभिन्न समाचार हेर्नको लागि कुनै ब्राउजर खोलिरहनु पर्दैन । विण्डोज की र डब्ल्यू थिचेमा प्रयोगकर्ताले मौसम सम्बन्धि जानकारीसहित विश्वभरका पछिल्ला समाचारहरु थाहा पाउँन सक्छन् ।

विण्डोज की र एन (Windows+N)

विण्डोज ११ अपरेटिª सिस्टम प्रयोगकर्ताहरुले कम्युटरमा भएका नोटिफिकेसनहरु हेर्न विण्डोज की र एन थिचे पुग्छ ।

विण्डोज की र ए (Windows+A)

यस सिस्टममा विण्डोज की र ए थिच्दा प्रयोगकर्ताले विण्डोज ११ मा वाईफाई, ब्लुतुथजस्तो अप्सनमा जान सक्छन् । यसले कम्युटरको सेटिङ अप्सनमा पुर्याउँछ ।

विण्डोज की र जेड (Windows+z)

विण्डाेज ११ सिस्टममा विण्डोज की र जेड थिच्दा प्रयोगकर्ता विन्डोजको लेआउट अप्सनमा पुग्छन् । जसले लेआउट कस्तो बनाउने भनेर छनोटको सुविधा दिन्छ ।

विण्डोज की र सी (Windows+C)

यस सिस्टममा माइक्रोसफ्टको टिम्स इनबिल्ट छ । विण्डोज की र सी थिचेर प्रयोगकर्ता सिंधै माइक्रोसफ्ट टिम्सको च्याटमा पुग्न सक्छन् ।

स्रोतः https://pradeshreport.com/technology/10562/

Sunday, December 25, 2022

सहरमा जसको चर्चा छ- २

 

२०७९ पौष १०

पत्रकारः नमस्कार नेताज्यू ।
नेपालः  विना देउवाके नमस्कार ।

पत्रकारः कस्तो लागिरहेको छ ?
नेपालः एकपटक चिमोटेर हेरेँ । दुख्यो । अनी हो रहेछ भनेर पत्याएँ ।

पत्रकारः अब के गर्नुहुन्छ ? 
नेपालः अब राष्ट्रपतिका लागि दाम चढाउनु पनि भएन । के गर्ने ? अब त त्यो लामिछानेले घुर्न पनि दिँदैन होला ।

पत्रकारः नेकपा यसबाट नेकपा त्यसमा जाने कुरा त छैन नि ?
नेपालः त्यस्तो कुनै योजना छैन । पर्ख र हेर अनुशरण गर्ने मान्छे हुँ ।

पत्रकारः अनी आज तपाईँले 'वर्तमान परिप्रेक्ष्यमा' थेगो भुसुक्कै हुनु भयो कि कसो ? कि एउटा देउवाले अर्को दाहालले लैजानु भयो ?
क्यामेरा म्यानः त्यसो होइन । उहाँको वर्तमान हरायो हरायो, परिप्रेक्ष्य पनि बेपत्तै भयो ।
नेपालः यो ओली गुटको परेछ कि क्या हो ?
(मिश्रित हाँसोपश्चात्)
पत्रकारः हवस् । कार्यक्रममा आइदिनु भएकोमा धन्यवाद ।
नेपालः विना ढेउवाके ?
पत्रकारः हजुर, टोलटोल मिडियाको घरघर अनलाइन पत्रिकाको अर्थशाखा कमजोर रहेकोले हामीले अन्तर्वार्तामा पाल्नुहुने पाहुनालाई विना ढेउवाके नै बोलाउने गरेका छौं ।
नेपालः लौ लौ ।

सहरमा जसको चर्चा छ - १

 

२०७९ पौष १०

Monday, December 12, 2022

साइँला रक्स || सुन साहिँली प्यारोडी

😂😂😂

(साहिँलाले अघिल्लो चुनाव जितेको पाँचौ वर्षमा...)

सुन साइँली साइँली
५ वर्ष यस्सै टारियो
डोजर र ट्रिप्पर जोडियो ।

सुन साइँली साइँली
डाँडोलाई सम्मै खारियो
बगरलाई विदेश तारियो ।

---
(साहिँलाले यो पटकको चुनाव हारेको पाँचौ वर्षसम्म)
सुन साइँली साइँली
संसद थ्यो सँधै हरियो
फुस्किँदा दङ्गै परियो ।

आश्वासन त दिएको परर
भोट अन्तै सर्‍यो सरर ।

कानून बनाई मान्छे कुटाउँथे
कानून सच्याई जेलबाट छुटाउँथे ।


शहरमा जसको चर्चा छ || रेशम प्यारोडी



 हे, हे, हे

आ-हा-हा-हा, हा-हा-हा

हा-हा-हो-हो, ओ-हो


रेशम, रेशम

सानोमा सानो कमलको हाँगा, रेशम...

सानोमा सानो कमलको हाँगा, रेशम...

जेलबाट छुट्छ भालाले घोचेर हो, रेशम...


अस्तिको कुरा बिर्स्यौ कि कुन्नी, रेशम....

म फिर्ने छैन तिमीलाई कुर्सी नदिई, रेशम

म फिर्ने छैन तिमीलाई कुर्सी नदिई, रेशम

तिमीलाई हो, छोडेर हो रेशम...


स्यालुट खाँदै नख्खु जेलैमा, रेशम...

गुड बनाउने हो  सरकारमा मिलेरै हो, रेशम


नक्कली अध्यादेश ल्याउँछ छुटाउँन, रेशम

यो माया सम्झी मन लाग्छ अंगालो हाल्न, रेशम

यो माया सम्झी मन लाग्छ अंगालो हाल्न, रेशम


काट्दै र किट्दै दाह्रा र खुकुरी, रेशम

मुखको तालमा सिध्धिए एसएसपि नै, रेशम


अल्लारे जनता जिस्काउँछन् मलाई, रेशम

अल्लारे जनता जिस्काउँछन् मलाई, रेशम

भोटैर नहाली काँ जालान्  उम्केर हो, रेशम

कहाँ जालान् उम्केर हो, रेशम रेशम


रेशम, रेशम्, चौधरी रेशम

रेशम, रेशम्, चौधरी रेशम


तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे

  तिम्ले मिस कल गर्दा , भक्कानो सङ्गालिएको खाङ्ग्रे यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली स...