Showing posts with label हास्यव्यंग्य. Show all posts
Showing posts with label हास्यव्यंग्य. Show all posts

Friday, June 14, 2024

व्यङ्ग्य लेख || पशुपतिको जात्रा, कात्रोको व्यापार || फित्कौली

 संप्रस पौडेल

कात्रो भन्नाले "मनुस्यले होस हराएर संसार त्याग्दा अन्तिममा पहिर्‍याइदिने लासपोस भन्ने जनाउँछ ।" हुन त घाट अनि कात्रो हेरेर कसैलाई मरूँ मरूँ पनि लाग्दो हो । समयअनुसार मान्छेले जे बढी रुचाउँछ उसैको बेपार हुने नौलो परम्परा पनि होइन ।

कात्रेप्रसाद अहिलेका चर्चित व्यक्ती हुन् । पेशाले कात्रो बेच्छन् । बुढाबुढी भएको घरमा पुगेर केही न केही त छोडेर जानैपर्छ भन्दै कात्रो बेच्छन् यिनी । बुढाबुढी पनि होमा हो लगाएर किनिदिन्छन् चार भाग बढी मूल्य तिरेर । तिर्थयात्रामा जाँदा पनि कात्रो किनाउन लिएर जान्छन् उनी । कात्रो बेचेर लाद्रो भर्ने हुनाले होला उनलाई कात्रोको बेपारले लाद्रोको ठेकेदार बनाएको प्रष्ट हुन्छ । जाडो महिना लागेपछि लेक छिर्छन् त गर्मी लागेपछि बेसी झर्छन् । लेकमा पुग्दा बुढाबुढी माघलाई भन्दै आफ्नो बेपार जमाउँछन् त बेसी झरेपछि दुईखुट्टे, चारखुट्टे, छखुट्टे अनेकबाट रोगको प्रकोप बढेको भन्दै अपारको बेपार गर्छन् । आज मरे भोली दुई दिन भन्दै भोलीपल्ट कात्रो के काम भन्ने उनी सरकारको स्वास्थ्य वीमा कार्यक्रमविपरित हरेक घरपरिवारका लागि एक एक सेट कात्रो लिन लगाउँछन् ।

मिठाइ व्यापारबाट मालामाल भई नाम, दाम र कामको चौतर्फी चर्चाको चुलीमा पुगेका व्यक्ती हुन् चित्रप्रसाद चम्लागाईँ । उनको कात्रोको बेपारले अपार हुँन थालेपछि नै उनलाई धेरैले कात्रेप्रसाद नामले पुकार्न थालेका हुन् । अब त चोकको नाम पनि कात्रो चोक, बाटाको नाम कात्रो मार्ग, भवनको नाम कात्रो भवन हुन थालिसक्यो ।

 


कलियुगका कुबेर कम्ती कसरत गरेका छैनन् उनले । अस्पतालको लाश अड्डामा पुगेर होस् कि खोलाछेउको शव दाहस्थलमा पुगेर होस् अरुले किनेका त नक्कली कात्रो परेछ अनी आफ्नोचाहिँ पात्रो हेरेर किनेको कात्रो भन्न भ्याउँछन् । यिनलाई सेवामुखि काम गरेको भनेर कसैले सम्मान गर्‍यो भने पनि खादा र दोसल्लाको सट्टामा कात्रो नै माग्दाहुन् भनेर टोलमा चर्चा हुने गरेको छ । तर पनि कसैले यिनलाई कात्रोमा खल्ती सिलाउन नलगाएकामा चित्त दुखाएका भने छैनन् ।

कात्रोमा खल्ती राख्ने चलन किन नचलेको होला ? खल्ती हुँदो हो त जीवनभरका नैतिक, अनैतिक जुन रीतले समाएको वा कमाएको धनमाल बोकेर लैजान सकिन्थ्यो कि ! यस्तो भए कात्रोमा बुट्टा हुन्थ्यो होला । महिलाका लागि बेग्लै, पुरुषका लागि बेग्लै कात्रो बन्थ्यो होला । धनीका कात्रो र गरीबका कात्रोमा भिन्नता हुन्थ्यो होला ।

 

कात्रो बन्ने कपडाबाट एक सय एक फेसनका कपडा सिलाउने चलन किन नआएको होला ? कात्रोको कोट हुँदो हो त पाइन्ट पनि हुँदो हो । पाइन्ट हुँदो हो त कात्रोकै जुत्ता पनि हुँदो हो । जुत्ता हुँदो हो त मोजा पनि कात्रोकै हुँदो हो । कात्रोमा खल्ती हुँदो हो त खल्तीमा हाल्ने रुमाल पनि कात्रोकै हुँदो हो । यस्तै कोटको भित्री हुँदो हो त बाहिरी पनि हुँदो हो ।  बाहिरी हुँदो हो त जगेडा पनि हुँदो हो । जगेडा भएपछि आफ्नो कमाई तगडा हुँदो हो । कमाई तगडा हुँदो हो त बखेडा पनि हुँदो हो । यसैले कात्रो सत्यको परिचायक पनि हो ।

 

कात्रोको सर्वत्र चर्चा भएपछि लेखकहरूले पनि कात्रोकै बारेमा लेख्दा हुन् । किताब पनि यस्ता यस्ता नामका छापिँदा हुन्- 'कात्रो परिचय', 'कात्रोको इतिहास', 'कात्रोमा सत्र वर्ष', 'कात्रोमा सात दिन', 'कात्रोतिर बरालिँदा', 'कात्रो हराएको मान्छे', 'कात्रोको अंश', 'कात्रोको कारोबार कसरी गर्ने', 'कात्रोकी स्वास्नी र म', 'कात्रोको खोज', 'कात्रोमा मोज', 'कात्रोः लाउने कसरी पाउने कसरी', 'कात्रोको बाबु आमा र छोरा', 'कात्रोको देशमा', 'कात्रोमा लास', 'कात्रोमा हार', 'कात्रो र बन्दुक', 'कात्रो काँडा कि फूल', 'कात्रो क्रान्ति र समाजवाद', 'कात्रोभारा', 'कात्रो लिपि', 'कात्रो शब्दकोष', 'कात्रो प्रणाली', 'कात्रोरिया आदि ।

 

कात्रो व्यापारका लागि फूटपाथदेखि ठूला ठूला सपिङ मल खुल्दा हुन् । चोक चोकमा यस्ता पसल खुल्लान् 'बाजेको कात्रो पसल', 'सक्कली बाजेको कात्रो पसल', 'पूरानो बाजेको कात्रो पसल' । त्यहाँसम्म ठीकै मान्न सकिएला यस्ता पसल पनि खुल्लान्- 'हाम्रो कात्रो पसल', 'कात्रो एण्ड कात्रो ब्रदर्श', 'दिदीबहिनी कात्रो पसल', 'कात्रो सप्लायर्स', 'कात्रो एण्ड सन्स' । कात्रो बेपारीले साइनबोर्डमा लेख्दा हुन्- यहाँ आरामदायी कात्रो पाइन्छ । अर्कोले अझै आकर्षक बनाएर लेख्दो हो- हामीकहाँ जाडोमा न्यानो र गर्मीमा चिसो दिने कात्रो पाइन्छ ।

 

कात्रोको ठेकेदार, बेपारी आदि चुनावमा प्रतिनिधि भए भने चुनाव चिन्ह पनि कात्रो नै पाउलान् । नाराहरू बन्लान्- चार छाप कात्रोमा लगाउँ । कात्रो चिन्हमा आफ्नो अमूल्य मत प्रदान गरौं । चुनावअघि मासुभात, पेट्रोल छोडेर कात्रो वितरण कार्यक्रम तय होलान् । कात्रो लगाएर, कात्रोकै झण्डा बोकेर र्‍यालीको भिड चल्दा हुन् । आन्दोलन गर्दा पनि टायर छोडेर कात्रो बाल्दा हुन् । कात्रोलाई लिएर प्रतिनिधिले घोषणा पत्रमा लेख्दा हुन्- हामी मृतकहरूलाई निशुल्क कात्रो वितरण गर्दछौं । हामी हरेक युवालाई कात्रो बनाउने तालिम दिन्छौं । हामी कात्रो देखेर सात्तो जानेहरूको निधनमा निशुल्क कात्रोको व्यवस्था गर्नेछौं । हामी कात्रोमा भएको व्यापक मूल्यवृद्धि घटाउँछौं । अघिल्लो पटक पालिकामा रहँदा फलाना पार्टीले कात्रोमा लगाएको कर मिनाहा गर्नेछौं । कात्रो सबैको साझा अधिकार हो भन्नेमा हामी विश्वस्त छौं । कात्रोमा भोट हाल्नोस्, पूण्यकर्म थाल्नुहोस्, परलोक गमनको सुमार्ग चाल्नुहोस् भनेर चुनावी घोषणापत्र बन्थे होलान् । जति थुपारे पनि अन्त्येष्टीमा ओढेर परमधाम यात्राका ओढाउ कात्रोलाई चुनावचिन्हमा समावेश नगरेकोमा कात्रेप्रसाद खुबै गुनासो गर्छन् ।

जय सिस्नुपानी ।

(लेखक सिस्नुपानी मकवानपुरमा आबद्ध हुनुहुन्छ ।)                                              २५ बैशाख २०७९

फित्कौली

 

Wednesday, January 4, 2023

चुनाव अघि र पछि

चुनावअघि बालाई खेदौं खेदौं

चुनावपछि बालाई भेटौं भेटौं ।


चुनावअघि बाहरूलाई विदा गरौं

चुनावपछि बाकै नेतृत्वमा मन्त्री बनौं


चुनावअघि नो नट अगेट

चुनावपछि बा, अगेन एण्ड अगेन ।


चुनावअघि नाकको डाँडी भाँच्ने भाषण

चुनावपछि बस्ने ठाउँलाई आफ्नै हातको आसन ।


चुनावअघि 'स्याउँ स्याउँ मन्त्री धेर भो धेर भो'

चुनावपपछि नारा चल्यो 'मेरै हो मेरै हो' ।


पहिले पहिले खान नपाएर निराश निराश

अब नहोस् धेरै खाएर गुराँस गुराँस ।

सहरमा जसको चर्चा छ - ४

कैलाश कार्की, हास्यव्यङ्ग्य सर्जक/कलाकार

जन्मः तिङ्ला, सोलुखुम्बु

उहाँका केही चर्चित सिर्जनाहरूः

·      कोही यहाँ भोकै छन् तिमी छिन छिनमा खाइराको छौ

अरूलाई महिनौ हुने खाना तिमी एक दिनमा खाइराको छौ

दुई छाक खाको भनेर मख्ख नपर ए नेपाली

एक छाक त तिमीले ऋणमा खाइराका छौ ।

·      कविहरूलाई २ मिनेटजति हेर्‍यो भने आफैं रोउँ रोउँ लाग्छ ।

·      कहिलेकाँही त विदेश गइदिउँ गइदिउँ लाग्छ

अनि युट्युब खोलेर हेर्छु

मनपरी बोलेर भए पनि भाइरल भैदिउँ भैदिउँ लाग्छ ।

·      २ हजारको जुत्ता लुकाएर २० हजार मागिराछन् सालीहरू ।

·      धनी र गरीबको ट्वाइलेटबीच पनि विभेद छ । उनीहरूको ट्वाइलेट

मात्रै होइन, स्वीमिङ पुल नै हो । हाम्रोचाहिँ किटाणुले हात जोडेर भनिराछ- अरे यार कहिलेकाहिँ हार्पिक हालेर सफा त गर् ।


·      पैसा नै नहुँदो हो त क्या मज्जा हुन्थ्यो होला । सामानले सामान साटिन्थ्यो होला । मोबाइल चाहियो भने मोबाइल पसलमा राँगो लिएर जानुपर्थ्यो होला । एनसेलको रिचार्ज हाल्नुपर्‍यो भने भाले च्यापेर जानुपर्थ्यो होला ।

    •        यो सहर त एकाबिहानै कुद्नेहरूको सहर न रहेछ
धनीहरू पेट फाल्न कुदेको देख्छु 
अनि गरीबहरू पेट पाल्न कुदेको देख्छु ।

 

कला जीवनको शुभकामना कैलाश ।


Tuesday, December 27, 2022

सहरमा जसको चर्चा छ-३

व्यङ्ग्य कविता

डायपर गलत ठाउँमा परेपछि

मार्क ट्वेन महोदय,

हामी पहिले पहिले 'लिडरफेर्दैनथ्यौं

डायपर मात्र फेर्थ्यौं

जसको नतिजा

डायपर, समयअगावै विष्फोट हुन्थ्यो ।

 

डायपर

कहिले उत्तरतिर त

कहिले दक्षिणतिर झोलिन्थ्यो

डायपर

कहिले दुतावास त 

कहिले नियोगतिर चुहिन्थ्यो ।

 

तर अब समय उस्तो रहेन

यसपाला हामीले

थुप्रै 'लिडरफेर्‍यौं

उत्तिकै थान डायपर पनि फेर्‍यौं ।

 

मुखमा पनि लगाइदिनुपर्ने रहेछ डायपर

नछुट्नुपर्ने छुट्न गएछ ।



अफसोस छ

पश्चाताप छ मार्क,

हामी अझै उस्तै तनावले पिल्सिएका छौं

जुन भर्खरै मात्रै पत्तो पायौं-

झोल्लिएको हाम्रै गोप्यता रहेछ

चुहिएको हाम्रै कुटनीति रहेछ ।



हो मार्क,

लगाउनु पर्ने ठाउँमा

लगाइएनछ डायपर

डायपर त उनीहरूका

दिमागमा पनि लगाइदिनु पर्ने रहेछ ।

संप्रस, २०७९ पौष १२ हेटौंडा

 

Sunday, December 25, 2022

सहरमा जसको चर्चा छ- २

 

२०७९ पौष १०

पत्रकारः नमस्कार नेताज्यू ।
नेपालः  विना देउवाके नमस्कार ।

पत्रकारः कस्तो लागिरहेको छ ?
नेपालः एकपटक चिमोटेर हेरेँ । दुख्यो । अनी हो रहेछ भनेर पत्याएँ ।

पत्रकारः अब के गर्नुहुन्छ ? 
नेपालः अब राष्ट्रपतिका लागि दाम चढाउनु पनि भएन । के गर्ने ? अब त त्यो लामिछानेले घुर्न पनि दिँदैन होला ।

पत्रकारः नेकपा यसबाट नेकपा त्यसमा जाने कुरा त छैन नि ?
नेपालः त्यस्तो कुनै योजना छैन । पर्ख र हेर अनुशरण गर्ने मान्छे हुँ ।

पत्रकारः अनी आज तपाईँले 'वर्तमान परिप्रेक्ष्यमा' थेगो भुसुक्कै हुनु भयो कि कसो ? कि एउटा देउवाले अर्को दाहालले लैजानु भयो ?
क्यामेरा म्यानः त्यसो होइन । उहाँको वर्तमान हरायो हरायो, परिप्रेक्ष्य पनि बेपत्तै भयो ।
नेपालः यो ओली गुटको परेछ कि क्या हो ?
(मिश्रित हाँसोपश्चात्)
पत्रकारः हवस् । कार्यक्रममा आइदिनु भएकोमा धन्यवाद ।
नेपालः विना ढेउवाके ?
पत्रकारः हजुर, टोलटोल मिडियाको घरघर अनलाइन पत्रिकाको अर्थशाखा कमजोर रहेकोले हामीले अन्तर्वार्तामा पाल्नुहुने पाहुनालाई विना ढेउवाके नै बोलाउने गरेका छौं ।
नेपालः लौ लौ ।

सहरमा जसको चर्चा छ - १

 

२०७९ पौष १०

Monday, December 12, 2022

शहरमा जसको चर्चा छ || रेशम प्यारोडी



 हे, हे, हे

आ-हा-हा-हा, हा-हा-हा

हा-हा-हो-हो, ओ-हो


रेशम, रेशम

सानोमा सानो कमलको हाँगा, रेशम...

सानोमा सानो कमलको हाँगा, रेशम...

जेलबाट छुट्छ भालाले घोचेर हो, रेशम...


अस्तिको कुरा बिर्स्यौ कि कुन्नी, रेशम....

म फिर्ने छैन तिमीलाई कुर्सी नदिई, रेशम

म फिर्ने छैन तिमीलाई कुर्सी नदिई, रेशम

तिमीलाई हो, छोडेर हो रेशम...


स्यालुट खाँदै नख्खु जेलैमा, रेशम...

गुड बनाउने हो  सरकारमा मिलेरै हो, रेशम


नक्कली अध्यादेश ल्याउँछ छुटाउँन, रेशम

यो माया सम्झी मन लाग्छ अंगालो हाल्न, रेशम

यो माया सम्झी मन लाग्छ अंगालो हाल्न, रेशम


काट्दै र किट्दै दाह्रा र खुकुरी, रेशम

मुखको तालमा सिध्धिए एसएसपि नै, रेशम


अल्लारे जनता जिस्काउँछन् मलाई, रेशम

अल्लारे जनता जिस्काउँछन् मलाई, रेशम

भोटैर नहाली काँ जालान्  उम्केर हो, रेशम

कहाँ जालान् उम्केर हो, रेशम रेशम


रेशम, रेशम्, चौधरी रेशम

रेशम, रेशम्, चौधरी रेशम


Monday, July 11, 2022

विभिन्न मिडियामा प्रकाशित वर्ष २०७९ का हास्यव्यङ्ग्य लेखहरू

गजुरियलः एक पराजित उम्मेदवारको दर्दभरी कहानी

https://www.gajureal.com/news/2022/05/25/9305.html

(लेखका लागि मनोज दाइले दोहोर्‍याएर फोन गर्दै बधाई दिनु भएको)

समृद्ध समाजः हावा कर

https://samriddhasamaj.com/archives/35809

समृद्ध समाजः आए आँप गए झटारो

https://samriddhasamaj.com/archives/37646

समृद्ध समाजः भुल सुधार

https://samriddhasamaj.com/archives/36050

रातोपाटीः हरिशंकर परसाईः भारतमा हास्यव्यङ्ग्य विधालाई स्थापित गर्ने साहित्यकार

https://www.ratopati.com/story/246243/2022/6/18/hari-shankar-parasai

Saturday, July 9, 2022

किताब छाप्न नभ्याउनेलाई झटारो

जनक शिक्षा सामग्री केन्द्रलाई केवल ५ प्रश्न

पहिलो प्रश्नः

माओवादी केन्द्रले यही नाम सच्याएर 'केन्द्र' राखेको हुनुपर्छ । जनक भनेको को ? जनकमान डंगोल, जनकराज पन्त, जनक माध्यमिक विद्यालय ? राजा जनक हुन् भने गणतन्त्रमा केका राजा ? ज्ञानेन्द्र शाह त महाराज बाट ज्ञानेन्द्र दाई भैसके ।

दोश्रो प्रश्नः

कुरा हप्तादिनमा मतपत्र छाप्न भ्याउने, किताब छाप्न नभ्याउने ?

तेश्रो प्रश्नः

गिनिज बुकमा नाम लेखाउन लाग्दा पाना सकिएको भन्ने खबर छ ? कि जनक शिक्षा सामग्रीले कागज उतै पठायो ? पठायो भने किन पठायो ? कसरी पठायो ? उसैगरी स्कूल स्कूलमा किताब पठाए हुँदैन ? 

चौथो प्रश्नः

जनक शिक्षा सामग्रीको टाउके कर्मचारीलाई कालो मोसो दलिएछ ? एक्काइसौं शताब्दीमा पनि कालो मोसो दल्ने हो ? स्कूलहरूमा कालोपाटी हटेर सेतोपाटी आइसकेको छ । पत्रिकामा पनि सेतोपाटी, रातोपाटी, हरियोपाटी, गुगलपाटी कुन पाटी ?

पाँचौं प्रश्नः 

स्थानीय सरकारलाई छाप्न नदिएर किन अझै राजाको पालाको बाजा बजाएर बसिरहेका होलान् ।

पुरस्कार राशीमा व्यापक घोटाला

सुलसुले मिडिया, विशेष रिपोर्ट


हेटौंडा, २५ असार

सामान्यतयाः साहित्यकारहरूलाई समाजका समस्याबारे जानकार भई समाधानका लागि विभिन्न लेखरचनामार्फत् आवाज उठाउने सचेत व्यक्तिहरुका रुपमा चिन्ने गरिन्छ । तर यहाँ भने त्यसको ठीक उल्टो भई उनीहरू आफैं पीडित भएका छन् ।

हाम्रा सुलसुले मिडिया संवाददाताले हेटौंडाका एक स्रष्टा सम्मान कार्यक्रममा घोटाला भएको तथ्य पत्ता लगाएका छन् । सुलसुले अनुसन्धान व्यूरोद्वारा गरिएको विशेष अनुसन्धानका क्रममा यस्तो तथ्य पत्ता लागेको हो । १० हजार १ रुपैयाँको पुरस्कारमा १० हजार दिइएको तर १ रुपैयाँ गायब भएको, ५ हजार १ रुपैयाँको पुरस्कारमा पनि उस्तै १ रुपैयाँ गायब भएको र १५ हजार १ रुपैयाँको पुरस्कार राशीमा समेत १ रुपैयाँ घटाइएकोले पुरस्कृतहरू न्यायका लागि कहाँ कता जाने अन्यौलमा रहेका छन् । फूलमाला लगाएर होली खेलेझैं अबिरले राताम्मै भएर हाम्रो कार्यालयमा आएका उनीहरूलाई न्याय दिलाउने कसले ? यस्तोबेला सरकार कहाँ छ ? 

आयोजक आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटासँग बुझ्दा आफूले कुनै घोटाला नगरेको र पूर्व पदाधिकारीले गरेको हुनसक्ने आशंका गर्नुभयो । यस्तै निवर्तमान अध्यक्ष अनिता न्यौपानेसँग च्याटगरी बुझ्दा त्यो १ रुपैयाँ आफूले केही गरी नदिने बरू सबै पीडितहरूलाई एक ठाउँमा राखेर २५/२५ रुपियाँको चिया र बिस्कुट क्षतिपूर्तिबापत खुवाउन सकिने बताउनु भयो ।

अन्ततः सरकारी बैङ्कमा १ लिटर पेट्रोल खर्च गरेर १ रुपैयाँको चेक लिएर जाँदा सोको भर्पाइ दिन समेत १ घण्टा धर्कामा बस्नुपर्ने बाध्यता छँदैछ । यस्ता सस्ता तथ्य पनि सुलसुले मिडियाले अन्य मिडियाको समाचारबाट पत्तो लगाएपछि यो भव्य समाचार अर्थ मन्त्रालयको सिसिटिभी फुटेजझैं सेलाउने निश्चित देखियो । काग कराउँदै गर्छ, १ रुपैयाँ हराउँदै गर्छ ।

यस्ता समाचार न्यूज २४, न्यूज ३० तथा न्यूज ३६५ कसैले पनि नबजाउने हुँदा सुलसुले मिडिया फेरि पनि खल्तिखलाँस रित्तो गिलाँस हुन बाध्य भएको र श्रीलंकाझैं टाट फर्किएको घोषणा गर्दछ ।

नोटः यो समाचार अन्य मिडियामा सार्नु परेमा सुलसुले मिडियाको खुत्रुकेमा १ रुपैयाँ खसाल्नुपर्नेछ ।

----------------------

सुलसुले मिडियाका लागि प्रकाशक, सम्पादक, संवाददाता तथा कार्यालयका एकमात्र झाडुवाला, डाडुवाला निर्देशकः सुलसुले

[हास्यव्यङ्ग्य समाचारले कसैलाई च्वास्स परेमा परिरहोस् । हामी यस्तै त हो नि ब्रो ।]

Sunday, March 27, 2022

आखिर MCC ले गरिखान दिएन नै ।

MCC घातक छ भनेर मैले पहिल्यैदेखि भन्दै आएको हो । आज पनि भन्छु MCC सबैका लागि घातक छ । MCC अमेरिकाका लागि त घातक छ भने हामीजस्तो विकासको पुच्छर समातेर खहरे खोला तर्दै गरेकाहरूका लागि घातक नहुने कुरै भएन ।



MCC ले हामीलाई सतायो । MCC ले गर्दा आज यो हालतमा आउनुपर्‍यो । हामी करोडपति थियौं, MCC ले रोडपति बनायो । MCC कारणले फ्याक्ट्री चलाउन पाइएन, बच्चा पढाउन पाइएन, अरु त अरु कुखुराका चल्ला पनि भकाभक मर्न लागे । यो MCC ले गर्दा बालबच्चाले फुर्सद पाए, आँगन पिँढीमा बङ्कर खनेरै सिध्याउने भए । हेर्नुस् फेरि भन्छु MCC सबैका लागि घातक छ । यो MCC लाई पहिल्यै हटाउनुपर्थ्यो । नरोप्नु MCC रोप्यो अहिले टोक्नु न बोक्नु भयो ।.....

-----
कृपया "MCC" को सट्टामा "लोडसेडिङ" राखेर पढ्नुहोला ।

Sunday, February 20, 2022

विभिन्न मिडियामा प्रकाशित केही नयाँ लेखहरू

२०७८ का केही चर्चित हास्यव्यङ्ग्य लेखहरू 

रातोपाटीः हाकिमको टाउकोमा वीपीको चश्मा

 https://ratopati.com/story/221486/2022/2/16/blog-?fbclid=IwAR1s1_VT1tFOn1nb70_PWhvppoRsg9RRy_a4ige5YwIvibXQfCnVTW2mNhM

नागरिकः विज्ञानको जयजकार

https://nagariknews.nagariknetwork.com/arts/731701-1643791927.html

पश्चिम प्रेसः पुरस्कारको फेरि, चुनावको जेरी

https://paschimpress.com/posts/738

समृद्ध समाजः अलपत्र-कार

https://samriddhasamaj.com/archives/30654

समृद्ध समाजः सूर्ती खानेको फुर्ती

https://samriddhasamaj.com/archives/28875

समृद्ध समाजः महिलावादी म

https://samriddhasamaj.com/archives/28075

समृद्ध समाजः एक धर्के हास्य व्यङ्ग्य

https://samriddhasamaj.com/archives/26192

समृद्ध समाजः नेपालमा संसारलाई चकित तुल्याउने घटनाक्रमहरू

https://samriddhasamaj.com/archives/25789

समृद्ध समाजः पहिचानसहितको ब्रोइलर जात्रा

https://samriddhasamaj.com/archives/24309

समृद्ध समाजः हेल्प पोस्ट

https://samriddhasamaj.com/archives/22150

समृद्ध समाजः तिउनजति तरकारी भएपछि

https://samriddhasamaj.com/archives/21010

समृद्ध समाज र अक्षय अक्षर (बुढ्यौली साहित्य समाज): बुढ्यौलीका कुरा

https://samriddhasamaj.com/archives/19961

समृद्ध समाजः नाम

https://samriddhasamaj.com/archives/15973

समृद्ध समाजः त्यसपछि दारी पालेँ

https://samriddhasamaj.com/archives/15126

समृद्ध समाजः स्यालको नेतृत्व

https://samriddhasamaj.com/archives/14607

समृद्ध समाजः सडकको गीत

https://samriddhasamaj.com/archives/14095

समृद्ध समाजः हजुरबाको फ्यासबुक

https://samriddhasamaj.com/archives/13236

समृद्ध समाजः उखान थेरापी

https://samriddhasamaj.com/archives/12780

समृद्ध समाजः ऐसा, तैसा, पैसा

https://samriddhasamaj.com/archives/12780

समृद्ध समाजः विल गेट्सलाई सम्बोधन

https://samriddhasamaj.com/archives/11814

बाह्रखरीः तलब महात्म्य

https://baahrakhari.com/news-details/343910

गजुरियलः होटलको खाना

https://www.gajureal.com/news/2022/03/05/9008.html


Wednesday, September 29, 2021

आजको हेडलाइन हास्य




मेयरलाई मुक्का हान्ने युवक ५ हजार धरौटीमा रिहा ।

मुक्का महंगी भयो । सरकार अलीकता छुट गर्न मिल्दैन ? बेरोजगारलाई कति सास्ती दिएको ?

 संसद चलिरहेको छैन, निर्वाचन आवश्यक छः ओली

अझै सिध्धिन मन छ । 

धुलो पिठो माटो हुन मन छ । 

कुरो बुझ्‍न पर्च ।

जसको सरकार बन्छ, उतै टाँसिन पर्च ।

कालो धन ल्याउँन दिन्‍नौं यसले विपत्ति ल्याउँः ओली

पहेंलोचाहिँ के गर्ने कामरेड ? पहिलेका क्‍वीन्टलका क्‍वीन्टल हिसाब मिलान बाँकी नै छ ।

शौचालय छ पानी छैन, बीचैमा पढाई छाड्छन् छात्राहरू 

हग्‍नेलाईभन्दा देख्‍नेलाई लाज । हेडमास्टर, समिति र स्थानीय तहका पदाधिकारी कता घुरिराछन् ?

आकाशमा दुई घण्टा फन्को मारेको बुद्धको जहाज अन्ततः ल्याण्डिङ, ७७ जनाको ज्यान जोगियो 

सलाम छ, जुग जुग जिउनुहोस् पाइलटजी, हामी नेपालीहरु इतिहास चाँडै बिर्सन्छौं । बिर्सन सुरु भैसकेको छ ।

एलन मस्ककी प्रेमिकासँगको सम्बन्ध समाप्त (तल पोल हेर्नुहोस् ।)

१७% खुशीः- ज्यादै खुसी हुनु पर्दैन । मस्कको सम्पत्ति लिएर हामीसँग बिहे गर्ने होइन क्यार ।

१७% दुखीः- दुख मान्नु पर्दैन ।  तपाईँ-हाम्रो श्रीमती चोरेर लगेका होइन क्यार ।

५४% अचम्मितः- अघिसम्म घरमैं थिइ भनेजस्तो ।

४% आक्रोशितः- मानौं आफ्नै सम्पत्ति लिएर कुलेलम ठोकेकी जस्तो ।

(व्यंग्यका द‍ृष्टिले रचिएका हुन् । हाँसो उठेन भने काउकुती लाउनुहोस् ।)



तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे

  तिम्ले मिस कल गर्दा , भक्कानो सङ्गालिएको खाङ्ग्रे यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली स...