Monday, April 29, 2013

गाउँ मात्रै होइन‚ नेपाल खाने कथा !


आउँदा झलमल्ल, जाँदा अलमल्ल
मिलाई राखेको चिज हुन्छ असरल्ल
पिउनुछ झल्ल भेटेँ भन्दै बल्ल
रातमा हिँड्ने रमाउँछन् हाँस्छन् गलल्ल
आए घरै टलल, टोलै झलल
के हो ?
उत्तर: बिजुली

घरबेटी र डेरा

रचना: आफ्नै बारीको
छन्द: उल्का छन्द
कविता शिर्षकः घरबेटी र डेरा

यो शहर भन्नु मात्रै हरे, टाट पल्टेका बस्ने धेरै
आँखा चिम्लनै नहुने झोलाझाम्टा चट उत्तिन्खेरै ।

तरकारीको भाउ पाँच पैसा घटाउनु, कपडामा पाँच रुपे सस्तो
घरभाडा छ तलबभन्दा धेर, डेरावाल गरिब मैँ जस्तो ।

राजधानीतिर स्यालहरुको स्यालदरबार छ रे सुन्छु
नागार्जुनतिर बुढो सिंह छ रे, झिँगा मार्दै रे सुन्छु ।

नचला झिँगा नचला भुसुना भन्दा छन् बाघैहरु
मिठा स्वरैमा पप र डेड मेटल गाउँदैछन् कागैहरु ।

कलिउडको जात्रा, तिघ्राको व्यापार


–संप्रस पौडेल दिवस

अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ भनेभैंm जुत्ताको माला लगाएको नेता पाडो देख्दा तर्सनु स्वभाविकै हो । प्रसङ्ग नेपाली फिल्मको, नेपाली फिल्म व्यापारको । नायक नायिकाको ग्रेड छुट्याउने कुरा चल्दा चोरको खुट्टो काट भन्दा केही चलचित्रकर्मीहरुले खुट्टा उचाले । नेपाली फिल्मलाई क्षणिक रुपमा व्यवसायिक तर दूरगामी रुपमा अश्लिलतातर्पm धकेल्ने दुई चार थान चलचित्रकर्मीहरु एडल्ट मूभी मेकर भइसकेका छन् । कहानी सुनाउने र भावनामा डुब्नेभन्दा नग्नता र अङ्ग प्रदर्शन हेर्ने खालका उत्तेजक नेपाली फिल्महरु बन्दैछन् । कुनै बेला असली फिल्म हेर्ने नेपालीहरु यतिखेर अश्लिल फिल्म हेर्दैछन् ।

दर्शकहरु कथा कहानी सुन्नभन्दा छाडा गाली सुन्न र उध्रेको चोली हेर्न फिल्महल जान्छन् । दुई विद्यार्थीलाई किन दुवै जनाको उत्तर एउटै छ भनी शिक्षकले सोध्दा प्रश्न एउटै थियो, त्यसैले उत्तर पनि एउटै भनी जवाफ पाएभैंm एउटै विदेशी फिल्मलाई आधार मानी बनाइएका दुई वटा नेपाली फिल्ममा कहिलेकाहीँ कथा, द्वन्द्व, दृश्य र संवाद उस्तै हुने गरेको छ । पहिल्यै हेरिसकिएको हलिउड, बलिउडका मुभीहरुलाई कपी गर्दै नेपाली फिल्म बन्ने आरोप खेपिरहेका समयमा अश्लिलताको हदले बजार तातेको छ ।

नेपालमा निराहार बस्दा घुस नखाने नेता र अश्लिलता नदेखाई चलचित्र बनाउने चलचित्रकर्मी पाउन मुस्किल परेको छ । नेपाली चलचित्रमा बढ्दै गएको उत्तेजक दृश्यको बारेमा सेन्सर बोर्डमाथि दवाव परे पनि सेन्सरबोर्डले कुनै आचरण र नीति नियम अगाडि नल्याएपछि दर्शक आपैंmले पालना गर्नुपर्ने मेरा सित्तैका ५ सुझावहरु यस्ता रहेका छन् ः

(क) सेन्सर बोर्डले सेन्सर गर्न नभ्याएका दृश्यहरु चलचित्रमा आउँदा दर्शकले आँखा चिम्लने ।

(ख) दश सेकेण्डभन्दा लामो चुम्बन दृश्य राख्न नपाउने । चुम्बन गर्दा जिब्रो बाहिर निकाल्न नपाइने ।

(ग) उत्तेजक दृश्य राख्दा आवाज निकाल्न पाउने कि नपाउने भन्नुहोला, त्यस्ता आवाज सुन्नु नपरोस् भनी ठूलो स्वरले चिच्याउने ।

(घ) उत्तेजक र यौन दृश्य राख्नैपरे फिल्म अवधि भरी नायक नायिकाको अनुहार प्लाष्टिक सर्जरी गरी बेग्लै बनाउने, फिल्म सकिएपछि पुन फिर्ता गर्ने ।

(ङ) अश्लिल दृश्य रहेका फिल्महरुमा “१८ वर्षभन्दा माथिका लागि मात्र” भनी उल्लेख गर्ने र नागरिकता तथा गा.वि.स./नगरपालिकाको सिफारिसविना त्यस्ता फिल्म हेर्न नपाइने व्यवस्था गर्ने ।

खोला नतरी गोहीलाई नजिस्काउनु भनेभैंm फिल्म नै नहेरी कसरी अश्लिलताको व्याख्या गर्नु ? त्यसैले हिजोआजका फिल्म हेर्न जानु परे छद्मभेदी भई जानुपर्ने बाध्यता पनि छ । उता भारतीय मूलकी पोर्न स्टार सन्नी लियोन बलिउडमा प्रवेश गर्दा सम्मान पाउँछिन् भने नेपाली फिल्ममा अश्लिल भिडियोको किन कुचर्चा हुने भन्नेहरु पनि छन् । नायक सौगात मल्ल लगायतले फिल्ममै मनलाग्दी शब्द बोल्ने, नायक दिनेश थापाले नायिका जिया केसीको बक्षस्थलमा समाउने लगायत अश्लिल क्रियाहरु समावेश भएपछि अश्लिलताको हद कति ? भन्ने प्रश्न उब्जिएको हो ।

नायिकालाई धेरै हदसम्म अश्लिल फिल्मकी नायिकाको भैंm रोल दिइएकोले आजकलका नेपाली फिल्महरुले यौनवादी छलाङ्ग पार गरेको भान हुन्छ । फिल्म खेल्नेहरु यतिखेर आफ्नो जिल्ला पस्दा इज्जतको सट्टा बेइज्जती खेपिरहेका बेलामा नायक नायिकालाई मकै नाङ्गेभैंm नाङ्गिएर जात्रा नदेखाउन सस्तो सुझाव छ ।

स्वदेशी फिल्म हेर्न छि छि भन्नुपर्ने भएकोले विदेशमा एडल्ट मुभीको बिल्ला पाउने खालका नेपाली फिल्म हेरेर दुनियाँले के सिक्ने ? यस्ता फिल्मले समाजमा यौन हिंसा, यौन दुराचार, बलात्कारको बढावा दिनेभन्दा कुनै सन्देश दिने होइन । यसर्थ यहाँ रेखा थापालाई छोटा स्कर्ट लगाएर “कलिउडको जात्रा तिघ्राको व्यापार” गरेको आरोप लगाउनेहरुले नग्न भई कामुक र छाडा फिल्म खेल्ने कलाकारलाई केको आरोप लगाउने हुन् कुन्नी ? जति धेरै सुविधा, उति धेरै द्विविधा । अस्तु । www.facebook.com/nepali.sampraspaudel 
www.samakalinsahitya.com‚ समय चित्रण तथा सबथोक साप्ताहिकमा प्रकाशित

बेथितिको हुइयाँ



संप्रस पौडेल दिवस
आज देशको रुपै फेरिएको छ । धेरै कुराको सर्टेज छ, धेरै कुरा छ्यास्छ्यास्ती छन् । हिजो जताततै तरुनीको ताँती हुन्थ्यो । आजकल ३५ बर्षे उमेरसम्म केटी नपाएर बिबाह नै अबरुद्ध भएका बुढा केटाहरु बढेका छन् । १२ हप्तासम्मको सुरक्षित गर्भपतन भनेपनि गैरकानूनी रुपमा पहिचान गर्दै छोरीको गर्भमै हत्या गरिएको छ । त्यसैले हिजो यो व्यंग्य झटारो काफी थियोः

हैरानै हैरान



संप्रस पौडेल दिवस
असार लाग्यो, धान रोप्नलाई पानी पूर्ण रुपमा नपरेर हैरान । सिमसिमे पानीले बजारमा तरुनो तरुनी भिजेर हैरान । सानै पानीमा भए पनि गाउँमा खेत रोप्न भ्याइ नभ्याई काम गर्दा गर्दै हैरान । मौसमविदलाई भरे के होला, भोली के होला भन्दै झ्यालबाट टाउको निकालेर बादल हेर्दैमा हैरान । आन्दोलनकारीलाई खुलामञ्च जानुछ, आक्कल झुक्कल पर्ने पानीले भिजाएर हैरान, ट्राफिक जाम बढ्दो छ, ट्राफिक र चालकलाई हैरान । हैन के भाको आजकल ? कुलेखानी भरिएको त पक्कै छैन होला, तैपनि लोडसेडिङ्गको देशमा बिजुली आएर हैरान । हावाहुरी चल्छ, लाइन जान्छ । लौ निदाउँ भन्यो, बिजुली आएर हैरान । टि.भि. खोल्यो, गड्याङ्ग गर्छ, पानी बर्षन्छ, फेरि लाइन जान्छ । लौ आजलाई यस्तै हो, विद्युत प्राधिकरणले राती त के बिजुली देला भन्ने सोच्न पनि नभ्याउँदै बिजुली आएर हैरान । बिजुली गयो भनेर पढाई छोडेर हावा खान हिँड्यो, बिजुली आएर हैरान । भाउ बढेको छ, साहु बढेको छ । विद्युत प्राधिकरणले खुलाएको विज्ञापन भरेको एक वर्ष बित्दा पनि परीक्षा आउने होइन, आए पनि नगद नभई प्राधिकरणमा जागिर पाउने होइन । भनसुन, फरियावाद, कट्टुवाद, राजनैतिक भर्तिकेन्द्रको रुपमा चिनिएको प्राधिकरणले के ग¥यो यस्तो ? बिजुली आएर हैरान ।

उनको चुनावी कार्यतालिका, मेरो कथा



-संप्रस पौडेल दिवस

संविधानको काम दुइ वर्ष अघि नै असी प्रतिशत सकिएको भनिएकोमा बीस प्रतिशतले नै उल्टाइदियो । कहिलेकाँही उनान्सय प्रतिशतले हारिन्छ, एक प्रतिशतले जितिन्छ राजनीतिको झेलमा । संविधान सभा भङ्ग गर्नुमा कोही माउ नेताहरुको अकर्मन्यता भन्छन् त कोही माओवादीको बहुमत पाउने बहुलठ्ठीपन । यसैले भट्टराइ सरकारकै भाषामा उनले गरेका ऐतिहासिक र बहादुरी निर्णयलाई व्यंग्य गर्नुपर्दा लाज छोप्ने कट्टु फुकालेर मुख छोपेको भन्नुपर्ला ।

आए आँप गए झटारो : भाषाको झटारो



 – संप्रस पौडेल दिवस

मानिस, जनावर र पशुपन्छी सबैका आआफ्नै भाषा छन्, आफ्नै बोल्ने तरिका । त्यसो त आवाज निकाल्न नसक्ने जिराफले भाषाविना पनि भावना व्यक्त गर्न सक्छ । जनावरका कुरा यतै थाती राखेर भन्दा यहाँ मानिसका एउटै भाषा पनि लेख्न र बोल्नमा फरक फरक छन् । बोलाईको भाषा ठाडो हुन्छन् त लेखाईको मिजास र सिलसिलेवार ।

पत्रिकामा छापिएको समाचारका हेडलाइनले अर्थको अनर्थ लगाएका प्रशष्त उदाहरण छन् । हाम्रा बोलीचाली तथा पत्रिकाका गल्तीहरुलाई यसरी अपरेसन गरिन्छ:

मिडियाको अनुसन्धान ।



संप्रस पौडेल दिवस

हामी नेपालीहरु नाता जोड्नमा माहिर छौं । पश्चिमा देशहरुमा १६ बर्षको उमेर पुगेपछि छोराछोरीलाई स्वतन्त्र छोडिन्छ । नातागोता आफ्नो आफन्तको जञ्जालभन्दा जतासुकै जाने स्वतन्त्र हुन्छ रे । हामी नेपालीहरु चाहीँ भएसम्म बाबुपट्टिका तेह्रदिने, तीनपुस्ते, सातपुस्ते, त्यसपछि आमा वा मामाघरपट्टिका, अब ससुरालीपट्टिका त्यसपछि मित साइनोपट्टिका र त्यतिले पनि नभेटे गोरु बेचेको पट्टिका नाता लगाएर सबैलाई आफ्नो ठान्छौं । आफ्नो ठान्नु त गर्वको कुरो, नाताभित्रको मानिस भन्दै हक अधिकार नै ठान्दै त्यसको सातपुस्ते र समुन्द्र पारीको नातासम्म कोट्याएर कुरा काट्ने खुरापाती बानी हाम्रो मौलिकता हो भन्दा अत्युक्ति नहोला कि । पछिल्ला दिनमा हाम्रा नाम चलेका मिडियाहरुले वास्तविकता भन्दै भूmठको तमासा देखाएका छन् ।

व्यंग्य खित्का : पच्चिस बर्षपछिको: “टप टेन न्यूज”



संप्रस पौडेल दिवस

नमस्कार, टप टेन न्यूजमा स्वागत छ । हामी मकवानपुरको १००० औं नम्बरको रेडियो, केन्द्रीय कार्यालय ग्र्याण्ड पा एण्ड ग्र्याण्ड सन्स प्लाजा, मनकामना हिल तथा शाखा कार्यालय राइनहोल्ड शेर्पा निवासको बाइसौं तलाबाट बोलिरहेका छौं ।

अब यस हप्ताको मुख्य समाचारहरुः

) राजनैतिक सहमति अनुसार कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल १७०० औं पटक चुनावी मैदानमा, यो हप्ता पनि हार्ने निश्चित, हार नखाएको उहाँको अभिव्यक्ति, आपूmले सत्ता पाए मरिगए राजिनामा नदिने र रेकर्ड तोडी गिनिज बुकमा नाम लेखाउने उनको अडान, राप्रपा नेपालका कमल थापालाई राजा राजा भन्दै नहिँड्न ज्ञानेन्द्र शाहको सुझाव, यता न उता मुलाबारी भित्ता भएकोमा थापाको पश्चाताप, भोली हुप्राचौरमा घोर पश्चाताप कार्यक्रम हुने ।

लुतो विरुद्धको दिवस



संप्रस पौडेल दिवस

आज साउने संक्रान्ति, अर्थात् लुतो फाल्ने दिन । आज बेलुका दाउराको आगो बालेर त्यसमा हरियो कुरिलो बालेर पड्काउँदै, नाङ्लो ठोकेर मेरो लुतो लैजा है भन्दै घरको चारैतिर अगुल्टो फ्याँक्ने परम्परा छ । हुन त यस्ता परम्परा दुर्लभ मात्र हैन लोपै हुन लागिसके तैपनि हिङ्ग नभए पनि हिङ्ग बेरेको टालो छ भने जस्तो परम्परा कहीँ कतै गाउँठाउँ र पहाडमा यथावतै छ ।

विभिन्न तस्विरहरु
























राप्ती खोलामा ट्युवमा पार गर्दै ब्लगर‚ २०६९



पुनरावेदन अदालत‚ हेटौंडाका साथीहरुमाझ ब्लगर (देब्रेपटी चस्मामा)









हरिद्वार‚ गंगा नदीमाथिको पूलमा




सिद्धार्थ उच्च माविकी शिक्षिका रेखा मल्ललाई विदाईका क्रममा ब्लगर

संमृद्ध समाज दैनिकका प्रकाशित‚ २०६८


Thursday, April 11, 2013

मुर्खदेखि दैव किन डराउँछन् ? (उत्तर)


स्वर्ग छोडी आए शिव  र बुद्ध
अल्लाह र यशु आए भइकन क्रुद्ध ।

त्यता सदनबाट नेपालका सडक आए शिव
नांगै जन्मी नांगै जानु को धनी गरिब ?
राजनीति हावी भो भन्छन् नेपालतिर
स्वर्ग बसी नसक्नु रे छैन मन थिर ।

Wednesday, April 10, 2013

पत्रिकाका तितामीठा कुरा र समाजसेवा !



1. एकदिन पत्रिकामा "दमनको राजनीति" शिर्षकमा समाचार छापिएछ । केकेन दमन रुपाखेतीले राजनीति गर्न लागेछन् कि भनेको त हाम्रो राजनीतिमा एकले अर्कालाई दमन गर्ने कुरो पो छापेको रहेछ । नेपालको जन्म हुनुभन्दा अघिदेखि भएको दमन गर्ने राजनीति बारे पत्रकारले यतिखेर पो सुइँको पाएछन् ।
2. अर्को दिन स्थानिय पत्रिकामा "चालकले मापसे गर्दा छड्के जाँच" यस्तै सम्बन्धी शिर्षक हुनुपर्नेमा "चालक" शब्दको बीचको "" नै छुटेछ ।

Monday, April 1, 2013

अप्रील फूल !


अप्रिल फूल कविता...
भगवान दाहिना हुन्‚
शत्रु देब्रेतिर बसुन्
अन्नमा सलह नबसुन्‚
टाउकामा आकाश नखसुन् ।

च्वास्स २