–संप्रस पौडेल ‘दिवस’
असार लाग्यो, धान रोप्नलाई पानी पूर्ण रुपमा नपरेर हैरान ।
सिमसिमे पानीले बजारमा तरुनो तरुनी भिजेर
हैरान । सानै पानीमा भए पनि गाउँमा खेत रोप्न भ्याइ नभ्याई काम गर्दा गर्दै हैरान । मौसमविदलाई
भरे के होला, भोली के होला भन्दै झ्यालबाट टाउको निकालेर बादल हेर्दैमा हैरान । आन्दोलनकारीलाई खुलामञ्च जानुछ, आक्कल झुक्कल पर्ने पानीले भिजाएर हैरान, ट्राफिक जाम बढ्दो छ, ट्राफिक र चालकलाई हैरान । हैन के भाको आजकल ? कुलेखानी भरिएको त पक्कै छैन होला, तैपनि लोडसेडिङ्गको देशमा बिजुली आएर हैरान । हावाहुरी चल्छ, लाइन जान्छ । लौ निदाउँ भन्यो, बिजुली आएर हैरान । टि.भि. खोल्यो, गड्याङ्ग गर्छ,
पानी बर्षन्छ, फेरि लाइन जान्छ । लौ आजलाई यस्तै हो, विद्युत प्राधिकरणले राती त के बिजुली देला भन्ने
सोच्न पनि नभ्याउँदै बिजुली आएर हैरान । बिजुली
गयो भनेर पढाई छोडेर हावा खान हिँड्यो, बिजुली आएर हैरान । भाउ बढेको छ, साहु बढेको छ । विद्युत प्राधिकरणले खुलाएको विज्ञापन भरेको एक वर्ष बित्दा पनि परीक्षा आउने
होइन, आए पनि नगद नभई प्राधिकरणमा जागिर पाउने होइन । भनसुन, फरियावाद, कट्टुवाद, राजनैतिक भर्तिकेन्द्रको रुपमा चिनिएको प्राधिकरणले के ग¥यो यस्तो ? बिजुली आएर हैरान ।
घण्टा बजाएर धेरै पूण्य मिल्ने भए भारी बोक्ने गधाले जति घण्टा पूजारीले पनि कहाँ बजायो होला र ? त्यसैले गाली गलौच र आरोप प्रत्यारोपपूर्ण भाषण गर्नेलाई ज्यादा राष्ट्रवादी भनुँ त हाम्रा नेताका अनुहार आजकल हलेदो चपाएका भैंm बबुरो देखिन्छन् । जेठ १४ देखि नै १० दिनमा सहमति हुने भनिएको नभएर हैरान । नयाँ चुनावको घोषणा हुँदा पूर्व राजाको थर्कावटले नेताहरु हैरान ।
किसानलाई मंसिरमा धान भित्र्याउनमा खुशी, विद्यार्थीलाई भर्खरै एस.एल.सी. परीक्षामा उत्तीर्ण हुँदा खुशी तर चुनावी नेतालाई दशैं तिहार जस्तो बडा चाड चुनावको घोषणा गर्दा एउटा नेता गाउँ नफर्केकोमा भने गाउँ नै उराठ भएको छ । त्यसैले जनता भन्दैछन्, “आउनोस् नेताज्यू, लौरो लिएर स्वागत गर्न बस्याछम् ।” महान नेतालाई देशको चिन्ता हुन्छ, राजनीतिज्ञलाई चुनावको भन्छन् । मरेको चिज ब्युताउँछु भन्नेलाई महान राष्ट्रवादीको खादा भिराइदिने पो हो कि ? त्यसो त आउँदो चुनावमा भोट किन दिने भन्न्ेहरु हो, नेताहरुलाई भोटै नदिएर बेरोजगार बढाई कहाँ राख्ने ? यही पनि हैरान छ ।
सर्वहाराको कुरा गर्ने, दुइ दुइटी स्वास्नीले नपुगेर तेश्री स्वास्नी टिपेर भाग्ने हुत्तिहारालाई महान क्रान्तिकारी र इतिहासमै छलाङ मार्नेको खादा र लोप्पा एकैचोटी भिराइदिने पो हो कि ? कांग्रेसी नेताहरुमा कुरा एकले अर्कोको कुरा नबुझ्ने त्यही पनि हैरान, एमालेमा आपैंm धामी आपैंm बोक्सी त्यही हैरान, माओवादीमा भर्खरै चोइटिएको पीडादेखि अध्यक्षको छोराको तेश्री स्वास्नीको चर्चा त्यही हैरान छ त तराइका टुटफुटा संगठनहरुमा फुट्नु नै विशेषता हुँदा हैरानीमाथि हैरान छ ।
एसएलसीका तिघ्रे फेसबुकले बिग्रे भन्या सुन्छम् । बिजुली आएर टि.भि. धेरै हेर्दा छोराछोरी बिग्रे को जिम्मेवार ? बिजुली आएर इन्टरनेटमा अश्लिल सामग्री हेरेर कर्मचारी बिग्रे को जिम्मेवार ? राष्ट्रपति प्र.म. ले के गर्नुपथ्र्यो ? नेताहरु र कार्यकर्ताहरुले के के गर्नुपथ्र्यो ? नेताले जे बोले पनि ताली बजाइदे भो । “सुन्नोस् महोदय, आज बिहानै एक गिलास पानी पिएँ”, प्याटट ताली बज्छ, “अब त कब्जियत पनि खुलेको छ महोदय” भन्दा प्याटट ताली बज्छ । न सुर छ न ताल छ, नेताले भाषणमा जे बोले पनि मालामाल छ, तपाइ हाम्रो पो बेहाल छ । हुनेलाई टाट फर्किएको आयल निगममै आहाल छ, स्थानिय मेडिकलमा सय डिग्री ज्वरो आउनेले मर्नु पर्दा बेहाल छ, हे जनता नहुने दुखियालाई नाथे रुघा र आउँमै काल कराल छ, हुनेलाई मालामाल छ, मल नपाएर कोलाहल छ, यता कमिशन फालाफाल छ । जताततै हैरानै हैरान छ प्रभो । अस्तु । www.facebook.com/nepali.sampraspaudel समृद्ध समाज दैनिकका लागि २०६८ असार २६

No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।