रचना: आफ्नै बारीको
छन्द: उल्का छन्द
कविता शिर्षकः घरबेटी र डेरा
यो शहर भन्नु मात्रै हरे, टाट पल्टेका बस्ने धेरै
आँखा चिम्लनै नहुने झोलाझाम्टा चट उत्तिन्खेरै ।
तरकारीको भाउ पाँच पैसा घटाउनु, कपडामा पाँच रुपे सस्तो
घरभाडा छ तलबभन्दा धेर, डेरावाल गरिब मैँ जस्तो ।
राजधानीतिर स्यालहरुको स्यालदरबार छ रे सुन्छु
नागार्जुनतिर बुढो सिंह छ रे, झिँगा मार्दै रे सुन्छु ।
नचला झिँगा नचला भुसुना भन्दा छन् बाघैहरु
मिठा स्वरैमा पप र डेड मेटल गाउँदैछन् कागैहरु ।
यो खुइते शहर घुम्नलाई रहर बस्नै पनि छ कर,
गाउँका पोक्ची गोरीहरुको यहाँ फेरिन्छ नाम थर ।
सोल्टा हुन्छन् सुइखुट्टेहरु, विन्दास रे बन्दावाला,
हुल्याहा पक्रन्छ डण्डावाला, फुत्कन्छ झण्डावाला ।
अमेरिकाको जर्ज भन्ने गोर्गे हुने लौ यहाँ,
न्वारानै गर्न नेपाली जतिको को छ विद्वान कहाँ ?
जताततै ढलैढल छ, छैन पानीको कल
मानिसै छ मिसिन भैंm पसिना छ खलखल ।
खानेपानी पाउँदो रहेछ, पिउने पानी काहीँ देख्दिनँ,
आफ्नै लाजको भिडियो खिच्ने बारे भो केही म लेख्दिनँ ।
बोर्डिङ्ग छ हेर्दै जेलसरी, शुल्क घटिमा हजार,
गाँस, बास, कपास यस आर्यघाटमा छ कतै सस्तो बजार ?
दुई चार दिन भो भैंसीले लखेट्यो निदै लागेन प्यारा
दुई छाक माडैको पनि मुखमा केगरी लाउनु झारा ?
खानै नपाउने पाजी लामखुट्टे निन्द्रामै रन्कँदैछन्
दुइ चार झिँगा रछानतिरै भुनभुन भन्कँदैछन् ।
जागिर पन्ध्र सयको छ प्रभो, डेरा दुई हजारवाला,
चामलको भाउ सुन्दा गोलभेडाभैंm रातो गाला ।
घरभाडा तिर्ने डोनर कोही आउँछ कि भनी कुरेँ
घुम्न आएका भन्नु मात्रै कुइरे नि गरिबै परे ।
घरबेटी सासु परिछन् कडा, रातभर जाग्राम खडा
घरैभरी पाहुना निम्त्याउँदै लखेट्ने थापेर चिप्लो घडा ।
मै सम्हाल्छु ज्वाइँसाप भन्दै घरै खान लागिछन्,
चाउचाउ खाँदा पेट लागेर रातै नकाटी भागिछन् ।
फर्की आई फेरि सम्हाल्छु राजसत्ता भन्दै गनगनी
जिद्दि गरे छोरीसँग मै हुन्छु राष्ट्रपति पो भनी ।
खुशी भै घरबेटीले कार्यकारी अधिकार उतैतिर पो सारे
मुख्य भै के गर्नु आफ्नै घरमा आफ्नै अधिकार मारे ।
मुसा पनि भोकले मर्न लागे, साङ्ला र किर्ना भागे,
घरमा जो भाका कुकुर बिरालोले आजै राजिनामा मागे ।
जातैको राजनीति चल्याछ यहाँ, भातैको कहाँ छ र ?
जात, थर, धर्मको कुरा धेर गर्ने काम दिने कस्को भर ?
नागरिकता बनाएँ मैले पनि भोटै हालुँला भनी
हे कार्यकर्ता केही नपाए खाउला जनै र कन्दनी ।
यो नेपाली मतपत्र उचाली चुनावमा गम्किन्छ,
गधा धोएर गधै रहँदा सडक सडकमा बम्किन्छ ।
(नेपाली बेरोजगार युवाहरुको प्रतिनिधित्व गर्ने एउटा कविता शायद...)
मिति: २०७० चैत्र/बैशाख)

kya majjale chhed hannu bhayechha sampras jee. yo tamam berojgar yuba matra haina hami jasta derama basneko wastabikata pani ho. lekhdai garnu hola. thx - raju gaire, hetauda
ReplyDeleteसम्प्रस दाइ भानुभक्तले लेखेको गजाधर सोतीका परिवार बारेको कविता जस्तै लाग्यो । विभिन्न राष्ट्रियगानको समेत प्यारोडी रहेछ । वास्तविकता नै हो यो । अझ नेताका पछि पछि लागेर जीवनै बर्बाद गर्ने कार्यकर्ताको लागि खोर्सानी कविता कति राम्रो त । पहिला नेताको धोति बनेर पछि पछि लागी चुनाव जिताउँछ अनी गधा नेताहरुलाई जति धोए पनि गधै भएपछि त्यही नेताकै विरुद्धमा सडकमा नारा लगाउँन पुग्छ । तपाइकै कविताको एक हरफले त्यो बताउँछ ।
ReplyDeleteयो नेपाली मतपत्र उचाली चुनावमा गम्किन्छ,
गधा धोएर गधै रहँदा सडक सडकमा बम्किन्छ ।
धेरै धेरै धन्यवाद मिलनीजी ।
ReplyDelete