– संप्रस पौडेल ‘दिवस’
मानिस, जनावर र पशुपन्छी
सबैका आ–आफ्नै भाषा छन्, आ–आफ्नै बोल्ने तरिका । त्यसो त आवाज निकाल्न नसक्ने जिराफले भाषाविना पनि भावना व्यक्त गर्न सक्छ । जनावरका कुरा यतै थाती राखेर भन्दा यहाँ मानिसका एउटै भाषा पनि लेख्न र बोल्नमा फरक फरक छन् । बोलाईको भाषा ठाडो हुन्छन् त लेखाईको मिजास र सिलसिलेवार ।
पत्रिकामा छापिएको समाचारका हेडलाइनले अर्थको अनर्थ लगाएका प्रशष्त उदाहरण छन् । हाम्रा बोलीचाली तथा पत्रिकाका गल्तीहरुलाई यसरी अपरेसन गरिन्छ:
अन्तर्वार्तामा सोधिन्छ: चिया खानुभयो ?
चिया खाइन्छ कि पिइन्छ ?
विर्खे दाई सुझाउँछन्: हाजीपुरे केरा पनि पसाएछ नि ।
बोटबाट बाहिर निस्किएको कि भित्र पसाएको ?
किसानको आरोप छ: कृषि विकासका हाकिमले सरकारले
दिएको अनुदानको मल र बीउ खाए ।
हैन मल र बीउ खाने कुरो हो र ? तरकारी अन्नमा मल हालेर बीउ उम्रेर फलेको फल पो खाइन्छ ।
व्यापारी सोध्छन्: फलफूल खाने हैन ?
फल मात्रै खाने फूल चाहीँ पूजा गर्ने ।
गृहिणीको आरोप छ: खानेपानी संस्थानले तीन दिन भयो, खानेपानी नै दिएन नी ।
त्यसो भए पिउने पानी त दिई राख्या होला नी
? यो पिउने पानी दिने संस्थानको नाम कसरी खाने पानी भयो ?
आजु र पिँडालु धेरै खानाले कटक्क पेट
काटेको छ ।
पेट दुख्छ, भतभती पोल्छ, तर पेटै काट्यो भने त मरिन्छ होला है ।
साथीले सोध्छ: आज फेसबुकको वालमा के पोष्ट ग¥यौ ?
फेसबुकको भित्तामा ? वा टुँडिखेलमा ?
फेसबुकमा पोक गर्न मज्जा आउँछ नि ।
पोकको अर्थ नेपालीमा घोच्नु हुन्छ । सियो, सिरिञ्जले ? ल ल घोच निर्मलीकरण गरेर मात्रै है त ।
झापामा थोते मकै फल्यो ।
थोते फल्यो होइन, मकै नै फलेन नि । वा घोघामा कम मकै फल्यो ।
नेपाल भारतमा ।
नेपाल देश भारतमा होइन कि, माधवकुमार नेपाल भारतमा गए भन्न खोजिएको ।
चार चोर प्रहरी थुनामा ।
चोर्ने प्रहरी थुनामा होइन कि, चार जना चोरहरु प्रहरीको थुनामा भन्न खोजिएको ।
निगम टाट भयो ।
हाम्रै आयल निगम टाट भएको हो न कि सोनु
निगम र उनका बाबु अगम निगम ।
आउँदो हप्ता नयाँ विषयमा भेटौंला । अस्तु
।
No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।