–संप्रस पौडेल “दिवस”
आज देशको रुपै फेरिएको छ । धेरै कुराको
सर्टेज छ, धेरै कुरा छ्यास्छ्यास्ती छन् । हिजो जताततै तरुनीको ताँती हुन्थ्यो । आजकल ३५ बर्षे उमेरसम्म केटी नपाएर बिबाह नै अबरुद्ध भएका बुढा केटाहरु बढेका छन् । १२ हप्तासम्मको सुरक्षित गर्भपतन भनेपनि गैरकानूनी रुपमा पहिचान गर्दै छोरीको गर्भमै हत्या गरिएको छ । त्यसैले हिजो यो व्यंग्य झटारो काफी थियोः
“हेर हेर नेपालमा के अन्याय, साहुजीका छोरी पनि बुढी कन्या” । (आदरणीय शम्भु दाहालबाट साभार)
आज देशले धेरै कुरामा फड्को मारेको छ ।
त्यसैले अब केटा नपाएर बुढी कन्या हुनेभन्दा केटी नपाएर
बुढोकन्या हुनेको संख्या बढ्नेवाला छ । किनकी देशको जनसंख्यामा महिलाको
संख्या पुरुषकोभन्दा सैतिस लाखले कमी छ । यो क्रम बढ्दो छ ।
आजकल खानपान, रितिरिवाज, चालचलन, हेर्ने फिल्म र कपडा
सबै फेरिएका छन् । त्यसैले एउटा झटारो हानुँ:
आजै त यस्तो छ, के हुने हो भोली ?
लाउन थाले केटीहरु उध्रिएको चोली ।
यो जमानाको माग पनि हो । हाम्रा हजुरआमा, आमाहरु कपालमा चपक्क
तोरीको तेल हालेर आधी थाप्लोसम्म सिन्दुर रंगाएर रातो
धागोले बाट्दै हिँड्थे । आजकल सिन्दुरको सट्टा सिरुपाते
लेग्मी लगाइन्छन्, त्यसैले विवाहित र अविवाहित छुट्याउने आधारनै भेटिँदैन । अनी विवाहितलाई केटाहरुले जिस्काए भनेर कसरी भन्ने ? आजकल मोर्डन हुन छोटा
छोटा पहिरन, खानपानमा फरक, हिँडाईमा बिरालो चाल (क्याट वाक), कपाल रातो, पहेँलो, हरियो इत्यादि छन् ।
त्यसैले यसमाथि एउटा झटारो हानुँ:
कपाल रातो हरियो छ, नहुने भो कालो, पुग्नेगरी लाउँदैनन्
लाजै छोप्ने टालो ।
बुझ्नै पनि नसक्ने के हो चालो मालो, नातिनीको पाइन्ट लाउने
हजुर्माको पालो ।
केटाहरुमा पनि नयाँ ट्रेण्ड छ । कपाल ड्रेडलक गर्नु, लुगा च्यातिएको लगाउनु
नै आधुनिक दुनियाँको हिपहप स्टाइल । आजकल
गुरुत्वाकर्षण बल पनि आकाशतिरबाट बढ्दो छ । त्यसैले
जन्मदै कपाल आकाशतिर फर्किन्छन् । घाँटि हेरी हाइनेक किन्नु भन्ने उखान भैंm आफ्नो हैसियत र
नैतिकता नै उधारेर च्यातिएको कपडा र बैरागी कपालमा हिँड्ने
युवाको बेथितिमाथि एउटा झटारो:
च्यातिएको पाइन्ट महंगो छ धेरै, त्यही किन्दिनु
ड्याड्स भन्छ छोरा मेरै ।
नकिनेमा कच्याककुच्चुक पार्दिन्छु पो भन्छ, शहर छोडी विकट डेरा
सार्दिन्छु पो भन्छ ।
नपाउनेले काँक्रो पायो चियामा चोबेर खायो भनेभैंm आजकल साथमा बाइक
हुनेले पछाडी तरुनी टाँसेर “च्याप्प सँस्कृति” को विकास गरेका छन् । बाइकमा दुइजना एउटै भएर च्याप्प टाँसिने संस्कृतिमाथि एउटा झटारो:
दश मिनेटको बाटो बाइक चढ्ने बानी, ड्राइभरसंग कस्सिएर
च्याप्प टाँस्ने नानी ।
मरे गैगो जीवन, बाँचे मनोमानी, बिस्तारै हाँक् भन
बेबो जाला जवानी ।
यस्तै यो शहरमा च्याउ सरह बोर्डिङ्ग स्कूल
खुलेका छन् । हुन त चिनियाँ उखान “माछा समात्न नजान्नेले
गंगटा समात्छ” भनेभैंm डाक्टर र इञ्जिनियर नै
नभए पनि भविष्यमा बोर्डिङ्ग स्कूलका तीनहजार
तलबी शिक्षक भने पक्का हुने छन् । वल्लो टोल, पल्लो टोल, चार घर माथ्लोपट्टि, तीन घर तल्लोपट्टि
जताततै बोर्डिङ्ग नै बोर्डिङ्ग खुलेपछि केहीले
त्यस विषयमा झटारो हान्नोस् न भनेपछि उहाँहरुको
आग्रहमा एउटा झटारो:
दुई मिनेटको बाटो गाडी चढ्नैपर्ने, एक कक्षामा पुग्न तीन
साल पढ्नैपर्ने,
प्रिन्सिपलको तलब तीस हजार हुँदा, एक शिक्षकको तीनहजार
तेह्र चोटी रुँदा ।
बोर्डिङ्ग स्कूलको गुणस्तर खस्कँदो छ । बर्षेनी
हजारौं खर्चेर बोर्डिङ्ग पढाउँदा पनि जसोतसो फस्र्ट डिभिजन
मात्र आयो भन्ने अभिभावकको आरोप छ । पढाउनेले के र कसरी पढाइदिने, शिक्षकमाथि के कस्ता
सुविधा दिने, सुगा रटाईभन्दा मनोवैज्ञानिक शिक्षामा
कसरी जोड दिने ? त्यसतर्फ विचार नगर्दा
धेरै अभिभावक रुष्ट छन् । मेरो अर्ति मान्नुहुन्छ भने तलब कम दिँदा
टाइगर माने बिरालो पढाइदिनोस् मास्टरसाब । त्यसैले राजाको काम चारैतिर बदनाम
भएका बोर्डिङ्ग स्कूलमाथि अर्को झटारो:
तीन हजारको तलब स्कुटी छ उनको, पुग्दो छ तलब भन्छिन्, सोझो होला नुनको ।
छबाट पाँच घटाउँदा कति हुन्छ गन्दा, छोरा भन्छ जिरो बाबा, गोलो गोलो अण्डा ।
आजकल बजारमा हजार रुपियाँको चिठ्ठा पर्दा पाँच हजारको पार्टी दिने चलन छ ।
यस्तो घाटा बजेटमाथि एउटा झटारो:
हजारको चिठ्ठा, पाँचहजारको भोज, पैmलेको छ शहरमा
मनिमेनिया रोग ।
जसको छैन कमाई उसकै ठूलो धाक, देखाउँनमा रवाफ, खानलाई एक छाक ।
पैसाको सपनाले वीदेश छिर्नेहरु ह्वात्तै बढ्दैछन्
। देशको मायाँ स्वदेशमा हुनेलाई भन्दा आफूलाई मात्रै
लाग्ने गरेको बताउने बिर्खेलाई आफू मात्र वीर गोर्खाली भएको भान
परेपछि ऊमाथि एक झटारो:
शहर पसी स्याल पनि भयो कोर्काली,
देशमा पाइलै नहुने चै ज्यादा गोर्खाली ?
नेताको मति बाह्र बर्ष ढुंग्रामा हाले पनि बांगाको बांगै भनेभैंm जनताबाट यस्तो
बेथितिको हुइयाँ कहिले अन्त्य हुने हो ? काउकुती लगाएर भए पनि
हाँस्नोस् । अस्तु ।
No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।