Friday, November 13, 2020

चित्र कथा

चित्र कथा
-------------
जीवनदेखि उदेक भ‌एर 
काल पर्खिरहेका वृध्द भन्छन्
काल लिनै आएन... ।
लाउलाउँ खाउँ उमेरमै
जवान छोरो गुमेपछि वृध्दा भन्छिन्
मलाई नै लगे हुन्थ्यो नि हाय... ।

अवालेको रङ्गिएको सग्लो भाँडो,
सिकर्मीको बुट्टे आँखीझ्याल,
लिपिकारको हस्तलिखित लिपी,
कलाकारको चर्चित कृति
अनी
पूरानो टेप रिकर्ड,
साङ्लाले भरिएको रेडियो,
एल्बममै टाँसिएको जवानीको फोटो
ती सबै जीवनका भोगाई न हुन् ।

परिभाषा खोज्दै गर्दा,
जीवन सङ्गमरमरले सजिएको महल हो वा
जीर्ण भग्नावशेष हो
मैले अनुमानसम्म गर्न चाहेँ ।

अन्तत: जीवन 
मुस्कान र क्रन्दन दुवैले भरिएको
एक चित्र कथा 
मात्रै पो हो कि ।

तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे

  तिम्ले मिस कल गर्दा , भक्कानो सङ्गालिएको खाङ्ग्रे यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली स...