Friday, November 13, 2020

चित्र कथा

चित्र कथा
-------------
जीवनदेखि उदेक भ‌एर 
काल पर्खिरहेका वृध्द भन्छन्
काल लिनै आएन... ।
लाउलाउँ खाउँ उमेरमै
जवान छोरो गुमेपछि वृध्दा भन्छिन्
मलाई नै लगे हुन्थ्यो नि हाय... ।

अवालेको रङ्गिएको सग्लो भाँडो,
सिकर्मीको बुट्टे आँखीझ्याल,
लिपिकारको हस्तलिखित लिपी,
कलाकारको चर्चित कृति
अनी
पूरानो टेप रिकर्ड,
साङ्लाले भरिएको रेडियो,
एल्बममै टाँसिएको जवानीको फोटो
ती सबै जीवनका भोगाई न हुन् ।

परिभाषा खोज्दै गर्दा,
जीवन सङ्गमरमरले सजिएको महल हो वा
जीर्ण भग्नावशेष हो
मैले अनुमानसम्म गर्न चाहेँ ।

अन्तत: जीवन 
मुस्कान र क्रन्दन दुवैले भरिएको
एक चित्र कथा 
मात्रै पो हो कि ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

व्यङ्ग्य लेख || पशुपतिको जात्रा, कात्रोको व्यापार || फित्कौली

  संप्रस पौडेल कात्रो भन्नाले  " मनुस्यले होस हराएर संसार त्याग्दा अन्तिममा पहिर्‍याइदिने लासपोस भन्ने जनाउँछ । "  हुन त घाट अनि क...