-संप्रस पौडेल
हेटौंडाकै प्रतिष्ठित विद्यालय श्री सिद्धार्थ उच्च
माध्यमिक विद्यालयका शिक्षक साथीहरुको ३७ जनाको टोलीका साथ एकहप्ते भारत भ्रमणको
योजना बनेपछि सबैमा छुट्टै उमङ्ग थियो । २०६९ साल कार्तिक महिनाको ३० गते भाइटिका
लगाई रमाइलोसंग बितायौं । भोलिपल्ट अर्थात् मङसिर १ गते बिहानै ५ बजे नै विद्यालय
व्यवस्थापन अध्यक्ष गुणराज घिमिरे‚ सदस्यहरु‚ उच्च मा.वि. का प्राचार्य मोहन शर्मा लगायतका शिक्षक
शिक्षिका‚ उनीहरुका
परिवारका केही सदस्यहरुकासाथ हेटौंडाबाट वीरगञ्ज हुँदै रक्सौल प्रस्थान गरियो ।
रक्सौलबाट स्थानीय यातायातमार्फत् सुगौली प्रस्थान भयौं । अधिकांश कच्ची बाटोमा धुलो‚ धुवाँ र औद्योगिक प्रदुषणले कपडा लगेज र शरीरका खुल्ला भाग जति कतै बाँकी रहेनन् । यस्तो स्थितिमा वरिष्ठ हाँस्यव्यंग्यकार लक्ष्मण गाम्नागेको "अन्तको आची के आची‚ काठमाण्डौंको आची पो आची…" भन्ने कविता झट्ट याद आयो र भारतका कच्ची सडकका अगाडि नेपालका कच्ची सडक र तीनमा पानी जम्ने पोखरी जस्ता प्वालहरु सामान्य नै लागे ।
रक्सौलबाट स्थानीय यातायातमार्फत् सुगौली प्रस्थान भयौं । अधिकांश कच्ची बाटोमा धुलो‚ धुवाँ र औद्योगिक प्रदुषणले कपडा लगेज र शरीरका खुल्ला भाग जति कतै बाँकी रहेनन् । यस्तो स्थितिमा वरिष्ठ हाँस्यव्यंग्यकार लक्ष्मण गाम्नागेको "अन्तको आची के आची‚ काठमाण्डौंको आची पो आची…" भन्ने कविता झट्ट याद आयो र भारतका कच्ची सडकका अगाडि नेपालका कच्ची सडक र तीनमा पानी जम्ने पोखरी जस्ता प्वालहरु सामान्य नै लागे ।
बिहानको ११ बजे सुगौली ट्रेन
स्टेशनमा पुगेर सप्तक्रान्ती रेलवेज चढियो । रेल स्टेशनका वरपर र रेलका लिकमा हुने
खुल्ला रुपमा हुने मानवीय दिसापिसाबले असहज महसुश भैरह्यो । नेपाल सरकारको सन्
२०१७ अघिको नेपाललाई पूर्ण रुपमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा योजनाबाट भारत‚ अझ विशेषतः बिहारले केही सिक्नै पर्ने रहेछ भन्ने
लागिरह्यो । अझ बिसौं लाख खर्चेर नेपाल सरकारले एउटा गा.वि.स. लाई खुल्ला
दिसापिसाब मुक्त क्षेत्र घोषणा गर्नभन्दा सार्वजनिक शौचालयको निर्माण गरेर सो
रकमको सदुपयोग गर्न सके घोषणा केवल कागजमा मात्र सीमित रहने थिएन भन्ने लागिरह्यो
। जेहोस् रेलको यात्रामा भने निकै रमाइलो भइरह्यो । पचासौं डिब्बा भएको रेलमा
दिनभर विभिन्न डब्बामा रहेका साथीहरुमाझ हिँडडुल गर्दै दिन बिताइयो । रेलभित्रै
खाना तथा नास्ता खाई सो रात केही समय मात्र निदाउँन पाइयो ।
ट्रेन चढ्नुअघि बायाँबाट क्रमशः संप्रस पौडेल‚ जीतबहादुर कँडेल‚
श्रीराम पाण्डे‚ मोहनप्रसाद शर्मा र बालकुमार श्रेष्ठ
सुगौलीबाट नरकटिया‚ गोरखपुर‚ लखनउ
हुँदै मुरादावाद हुँदै लगातार १४ घण्टाको यात्रापछि रातको १ बजे मुरादावाद स्टेशन
पुगी त्यहाँबाट लोकल रेल (जनरल) चढियो । लोकल रेलको गति र छिनछिनमा रोकिरहने मात्र होइन अव्यवस्थित बसाइ तथा
लगेज राख्ने ठाउँको अभावԨले निकै कष्टपूर्ण यात्राको
झण्डै ५ घण्टाको रेल यात्रा तय गरी मङ्सिर २ गते हरिद्वारमा उत्रियौं ।
झण्डै १७ घण्टाको रेलयात्रापछि
हरिद्वारमा रहेको सेवा समिति नामक धर्मशालामा कोठा लिई खाना खाई हरिद्वारमा रहेको
देवीदेवताको दर्शन गरियो । सो दिन हरिद्वारमै बसी आवश्यक सामान लिई त्यही बास
बसेपछि भोलिपल्ट बिहान बिशाल गंगा नदीमा नुहाउने कार्य भयो । पूजाआजा सकिएपछि
खानपान गरी देहरादुनतर्फ प्रस्थान गरियो ।
देहरादुनमा एक रात अर्थात मङसिर
३ गते आवश्यक किनमेल गरेर होटल ग्रान्डमा बास बसियो । व्यस्त बजार‚ सस्तादेखि महंगा र कमसलदेखि गुणस्तरीय सरसामान पाइने
देहरादुनका साखा सडकहरुमा हुने ट्राफिक प्रहरीविनाको ट्राफिक जाम पनि अचम्मकै रहेछ
। सो दिन देहरादुनमै बस्दा त्यहाँका मानिसहरुले खाने खानामा अत्यधिक पिरोका कारण
केही साथीहरु सामान्य बिमार परे । भोलिपल्ट अर्थात मङसिर ४ गते पुनः ट्रेनबाट (१.५ घण्टा) हरिद्वार प्रस्थान गरी बाँकी मन्दिर
देवीदेवताको दर्शन र अवलोकन गरियो । हरिद्वारको आकर्षक विन्दु नै त्यहाँ गंगा नदी (गंगानदीलाई थुनेर लगिएको शाखा भाग) को बीचमा
रहेका विशाल लक्ष्मीको मुर्ति र दायाँपट्टिको उत्तरी भागमा रहेको भीमकाय शिव
भगवानको मुर्ति रहेछ । बेलुकीको आरतीका लागि जम्मा हुने भीड‚ आन्तरिक र बाह्य पर्यटकको घुइँचोका बीच मन्त्रोच्चारणले
गुञ्जायमान गंगा नदीको दुवै पटिका किनार झल्झली बलेको देखिन्छ । आरती समयभर
मानिसहरु हिँड्नमा पूर्ण प्रतिबन्ध रहेछ । हरिद्वारको ९ कि.मि. को क्षेत्रभित्र
माछा मासु‚ रक्सी पूर्ण बन्देज पनि रहेछ ।
अचम्मको कुरा त त्यति विशाल बजार र भक्तजनको भिडभाड हुने यस धार्मिक क्षेत्रमा
प्रहरीको व्यवस्था नहुनु नै हो । छिटफूट रुपमा हुने पाकेटमारबाट बच्न सके
हत्याहिंसा र द्वन्द्व नै नहुने यस क्षेत्रमा प्रहरीले आवश्यकता नै नखडकिएको
स्थानीय व्यापारीहरुले बताए ।
हरिद्वारबाट शनी देवता लगायत
स्वामी रामदेवको विशाल ट्रष्ट विशाल पतञ्जलीको भ्रमण गरियो । तत्पश्चात् दक्ष
यज्ञेश्वर महादेव वा हिन्दु धर्म अनुसार सतीदेवीले आगोमा फाल हालेको यज्ञस्थलमा गई
दर्शन गरियो ।
मङसिर ४ गते बेलुकी ८:३० बजे उत्तराखण्ड बस सेवाबाट नालापानीतर्फ लाग्यौं । यो बस सेवा त्यहाँको
सरकारी बस सेवा रहेछ । नेपालमा साझा बसका इञ्जिनदेखि च्याचिससम्म बेचेर खान पाएका
सम्बन्धित व्यक्तिहरु त्यहाँ भए यस्ता सस्ता सेवा दिने भारतीय सरकारी साधन बसदेखि
सरकारी रेलसम्म उहिल्यै बेचेर खाइसक्थे होलान् । भारतसंग रीसइवि लिएर आन्दोलन
गर्दैमा र भोट माग्ने बहानामा भारत विरोधी नारा लाउँदैमा नहुने बरु भारतको विकासके
नक्कल गरी स्वदेशा मजबुत पार्न सक्नु नै नेपाली राजनीति दल‚ कार्यकर्ता‚ सरकार
र जनताको दायित्व हो । सरकारी बसमा हाते मेसिन (?) बाट
बिल तयार गर्ने पद्दतीले सरकारी सेवामा आर्थिक अनियमितता हुने सम्भावना कम देखिन्छ
। अझ सिट बाहेककमा एकजना यात्रु पनि नराखी यात्रा गर्ने हुँदा दुर्घटना मानवीय
जनधनको क्षति कम हुने पनि रहेछ । यस्ता विविध पक्षहरु सकारात्मक देखिए पनि
रेलसेवामा टिकट जाँच्ने अधिकृतहरुले गर्ने आर्थिक अनियमितताले भारतलाई भ्रष्टाचारको
दलदलमा पुग्न सहयोग गरिरहेको छ ।
काठगोदाम भन्ने ठाउँ हुँदै
नालापानी पुग्दा मङसिर ५ गते बिहानको ५ बजेको थियो । अग्ला पर्वतहरुमा बनेका
भवनहरुका झिलिमिली बत्तिले तालमा प्रष्ट देखिने बत्तिहरु आकाशका तारा जस्तै
लाग्दथे । नयन ताल (आँखाको स्वरुपमा निर्मित) बाट नैनीताल बनेको यस तालमा रंगिविरंगी माछा‚ हाँस र यसमाथि हुने बोटिङको आनन्द लिन पनि सकिने रहेछ । नयनादेवीको मन्दिरमा पूजा गरेपछी नैनीताललाई एक राउण्ड चक्कर लगाई नास्ता खाई
फर्किई काठगोदाम हुँदै वनवासातर्फ लागियो । चिसो वायु‚ उच्च पहाडी श्रृंखला‚ विसौं
घुम्ती बाटोहरुले यात्राभर जिउ सिरिङ्ग बनाइरह्यो ।
नैनीतालमा उज्यालो हुनुअगावै खिचिएको दृश्य |
नैनीतालको पूर्वमा अवस्थित माँ नयनादेवी मन्दिर |
भारत सरकारले ग्रामीण विकासका लागि निर्माण गर्दै रहेको ग्रीनवेल्ट रोड लगायत कृषि सामग्री संस्थानहरु र पर्यटकीय दृष्टिले महत्व मन्दिर मस्जिद कला कौशलको दृश्यावलोकन गर्दै वनवासाबाट सुदूरपश्चिम महेन्द्र वनगर बोर्डरमा आयौं । भारतीय सीमा प्रहरीले दिने हैरानी सुनेर आफूसंग भएका मोबाइल‚ क्यामरा र पैसाहरु मोजा र व्यागभित्र लुकाउने काम सकेपनि मनमा भने त्राश लिएर सीमा पार गरियो । महाकाली नदीमाथिको पूलमा यात्रा गर्दै गर्दा टाँगामा बसेका महाकाली नदीमाथिको पूलमा यात्रा गर्दै गर्दा टाँगामा बसेका नेपाली विद्यार्थीहरु जो भारतको बैंगलोरमा अध्ययनरत रहेछन्‚ उनीहरुले नेपालको सीमा सोही पूलको आधासम्म भएको जानकारी गराए । तर महाकाली सन्धीपछि नेपालको सीमा सो पूल नभई पूलभन्दा निकै वर रहेको बाँधको वारीसम्म मात्र भएको थाहा भयो । सो बाँधको सन्धीमा हस्ताक्षर गरे बापत नेपालले चाँदनी र दोधारा (महाकाली पारीका गा.वि.स.) नेपालले प्राप्त गरेको जसमा नेपालको निश्कृय भूमिका रहेछ । त्यती ठूलो नदीबाट थोरै भाग नेपालीले नहरको रुपमा पाई बाँकी सबै नदी भारतले सिचाइ लगायतका कार्यमा प्रयोग गरेको रहेछ । यस्तै हिउँदमा पानी कम हुँदा अधिकांश भाग भारतीय नहरमा र बर्षामा पानी पर्दा नेपालतर्फ पठाइदिने भारतीय गैरजिम्मेवारपन प्रति नेपाल सरकार र नेपाली राजनीतिक नेतृत्व नै लाचार रहेको समेत प्रष्ट भयो । " नेपाल बुझ्न सीमामा जानुपर्ने रहेछ । देशमा सुरक्षित रहेर ढुक्कले शहर बजार डुल्दै गामवेशी गर्दै रहनेले नेपालका सीमामा गई विदेशी अत्याचार नेपाल नेताहरुका लाचारीलाई खुल्ला आँखाले हेर्दा देश विकारका यनका योजना खोस्टा मात्र लाग्दो रहेछ । सीमा वारी आउँदा सिभिल युनिफर्ममा आएका नेपाली प्रहरीले भारतीय टाँगा चालकले प्रति व्यक्ति ३० मात्र लिन पाउने हुँदा त्यस बढी पैसा नदिनू‚ यिनीकहरु सोझा पाए ठग्छन् भन्दै विभिन्न कार्यका लागि सल्लाह सुझाव दिँदा सीमाक्षेत्रका नेपाली सेनाप्रति स-सम्मान मन ढक्क भएर आयो । मनाङ होटल‚ महेन्द्रनगरमा मङसिर ५ गते बास बसी नेपाली खाना दान पाउँदा र अधिकांशले पटक पटक थपेर खाँदा झण्डै एक हप्ताको भोक राम्ररी मेटिएको आभास भयो । भारत यात्राभर रहँदा खाइएका रोटी‚ तरकारी‚ पिरो दाल र सोचेभन्दा महंगा खानाको बिल तिरेर तर्सिएका सबै सामान्य रुपियाँमा नेपालमै नेपाली खाना खान पाउँदा निकै आनन्द महशुस भयो । अझ एक हप्तापछि साग खान पनि पाइयो ।
महेन्द्रनगरबाट मङसिर ६ गते सेती
अञ्चलतर्फ लागियो । कर्णाली नदीकै छेउका होटलमा कर्णालीका माछासंग तातो भात खाइयो
। साथै वन पिल्लर ब्रिज (एउटा खम्बामा बनेको पूल) कर्णाली पूलमा प्रशष्त फोटो खिच्ने काम भयो । विशाल नदीमाथि जापानी सहयोगमा
बनेको पूलका तस्विरहरु दिनमै हजारौं खिचिने रहेछन् । त्यहाँबाट पश्चिम राप्ती
नदीमाथिको पूल पार गर्दै दाउन्नेको उकालो पार गरी खाना खाएपछि नवलपरासी हुँदै
नारायणी पूल तरेर नारायणगढ आइपुग्यौं । भरतपुर‚ लोथर‚ मनहरी पूल पार गर्दै हेटौंडा
आइपुग्दा मङसिर ६ गते रातको १०:०० बजेको थियो ।
यसरी एक हप्ते भारत भ्रमणमा
रहँदा देखे सुनेका र भोगेका यथार्थहरु सदा अविष्मरणीय रहने नै छन् । भारतको
रेलसेवा झैं नेपालमा पनि पूर्व-पश्चिम रेल सेवा सञ्चालन हुन सके आन्तरिक र बाह्य
पर्यटनको दशगुना बढी सम्भावना देखिन्छ । सरकारको मुख ताकेर मात्रै नहुने भएपछि
निजी क्षेत्रले यसतर्फ चासो देखाए नेपालमा भारतमाभन्दा ठूला धार्मीक क्षेत्र‚ ऐतिहासिक स्थल‚ विशाल
पार्क र नेपालका डाँडाकाँडाहरुमा केवलकारको प्रयोग गराई भारतकाभन्दा आकर्षक उडन
खटौलाहरु चलाउन सक्छौं । शैक्षिक बेरोजगारको बढ्दो स्थितिले देशलाई थिचीरहेको बेला
धेरै होनहार युवाहरु राजनीतिक व्यक्तित्वका पछि लागेर समय फालीरहेका छन् । खोरिया
बेचेर कोरिया हुत्तिनेहरुको कारण त्रिभुवन विमानस्थल बैरागीको अखडा भएको छ ।
विदेशी भूमिमा बगाइएको पसिनाले देशको १८ प्रतिशत रेमिट्यान्स बढे पनि युवाशक्ति
विदेशिनु देश विकासको लागि घातक छँदैछ । देशमै भएका प्राकृतिक सम्पदा हाम्रा विकासका
सम्भावनाका लागि धेरै छन् । केवल आर्थिक क्षेत्रमा जग लगाउने निजी क्षेत्र र
सरकारी बजेटको वास्तविक प्रयोग हुन सके देश र जनताले यहीँ स्वर्ग पाउँनेछन् ।
गंगा नदी किनार हरिद्वारमा
भक्तजनको भिडभाड‚ Photo: Sampras
खलंगा (भारतीयहरु कलंगा भन्दा रहेछन्) किल्ला‚ नालापानीमा वीर अमरसिंह थापाले अंग्रेजसँग युद्ध लडेका थिए । ऐतिहासिक नालापानी किल्लामा भारतले
बनाएको नयाँ स्तम्भ अगाडि ब्लगर । Photo: Hardik Khatiwada, Siddharth Higher secondary school, Hetauda
No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।