-संप्रस पौडेल 'दिवस'
भत्काउनेलाई रोजी रोजी घर नदेउ
आमा
सताउनेलाई खोजी खोजी भर नदेउ आमा
।
समस्याले तड्पिदामा व्याज बढाएर
कानून देखाई लुट्नेलाई कर नदेउ आमा ।
तिम्रो झुप्रो जलाउनेलाई खर नदेउ
आमा
पानी पनि बार्नेहरुलाई तर नदेउ आमा ।
बूजी आयो‚ गुजी आयो नजाउ
नानी भन्दै
जोगाउन अँध्यारोमा डर नदेउ आमा ।
ढुंगा पकाइ खिचडीको बास्ना छर्नेहरुलाई
तिम्रा हातले पकाएको दर नदेउ आमा
।
२०६९ फागुन २
(रहर छ‚ ज्ञान छैन गजलको
हुने
हो कि हर शेर पजलको)
No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।