देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण सेनवंशी पराक्रमी
राजा मुकुन्द सेनको नामले यस स्थानको नाम मुकुन्दपुर राखिएको र कालान्तरमा
मुकुन्दपुर अपभ्रंश हुँदै मकवानपुर भएको भन्ने जनश्रुति प्रचलित रहेको छ ।
प्रसिद्धि
मकवानपुर जिल्लामा नेपालकै ठूलो
हेटौंडा सिमेन्ट उद्योग लगायत विशाल हेटौंडा औद्योगिक क्षेत्र रहेको छ । यो जिल्ला मकवानपुर
गढी तथा ऐतिहासिक किल्ला‚ तोप र बारुदहरु‚ भुटनदेवी‚ मनकामना
मन्दिर‚ कुस्माण्डा तीर्थस्थल‚ नेपालकै ठूलो मानवनिर्मित जलाशय इन्द्र सरोवर ताल‚ कूलेखानी
जलविद्युत आयोजना‚ पाथिभरा मन्दिर तथा भैरव डाँडाँ भ्यू टावर‚ दामन पालुङ‚ दामन भ्यू टावर‚ चित्लाङ भेडाफार्म‚ सुनाचुरीमा पर्यटकीय
क्षेत्र मचान‚ रानीवनमा दुर्लभ सालक‚ माहुरीपालन‚ हाँडिखोला
तरकारी क्षेत्र‚ कुलेखानी तथा मनहरी क्षेत्रको माछा‚ स्याउली बजारको ढिँडो‚ वनविज्ञान सँस्थान तथा यस मातहतमा रहेको जीवजन्तु संग्रहालय‚ हटियाको अन्तराष्ट्रिय मूर्ति पार्क‚ विशाल मकवानपुर क्याम्पस लगायतका
क्षेत्रका लागि प्रसिद्ध रहेको छ ।
हेटौंडा बजार
मकवानपुर
जिल्लाको मुटुमा अवस्थित कूल ४४.५४ वर्ग किलोमिटरको क्षेत्रफलमा समेटिएको हेटौंडा
नगरीलाई हरित नगरीको उपनामले समेत चिनिन्छ ।
यहाँका प्रसिद्धस्थलहरुः
मनकामना मन्दिर जानेक्रममा मनकामना डाँडाँबाट देखिने हेटौंडा बजारको दृश्यः
मनकामना मन्दिरबाट देखिने हेटौंडा‚ पिप्लेका विशाल माछा पोखरीहरु
मूर्ति पार्क (हटिया) २०६९ सालमा अन्तराष्ट्रिय मूर्तिकला प्रतियोगिता आयोजना भै देश विदेशका विभिन्न कलाकारहरुद्वारा निर्माण गरिएका मूर्तीहरु राखी पार्क तयार गरिँदैछ ।
भीमसेन मन्दिर
पौराणिक कथन अनुसार महाभारतका पात्र पाँच पाण्डवमध्येका भीमसेन अत्यन्त पराक्रमी व्यक्तित्व थिए । स्वर्ग जाने क्रममा पाँच पाण्डवहरु जीवितै लैजाँदै गर्दा भीमसेनको बलको घमण्डका कारण पहाडको टुप्पोबाट खसी फेदीमा पुगी मर्नुपरेकाले सो स्थानको नाम भीमफेदी रह्यो । सोही भीमफेदी भन्ने स्थान (मकवानपुरको पूरानो सदरमुकाम) मा भएको मन्दिर नै भीमसेन मन्दिरको नामले ख्यातिप्राप्त छ ।
सहिद स्मारक
मकवानपुर
जिल्लाको हेटौंडा नगरपालिकाको वडा नं. ११ नवलपुरमा अवस्थित सहिद स्मारक पार्क यस
जिल्लाकै प्रसिद्ध मनोरमस्थलको रुपमा रहेको छ । वि.सं. २०४७ सालमा सहिद स्मृति
बाटीका स्थापना भई वृक्षारोपण गरी ललितकला क्याम्पस‚ काठमाण्डौंका मूर्तिकारत्रय गोविन्द राय चौधरी‚ पृथ्वीनारायण श्रेष्ठ र कमलेश महर्जनले एउटै ढुंगामा ११
महिनाको अवधिमा १२ जना सहिदहरुको मुखाकृति अंकित गरेका थिए ।
यस
ढुंगामा रहेका १२ जना सहिद तथा वीरहरुका नामावली यसप्रकार रहेको छः
१)
सरदार भक्ति
थापाः वि.सं. १९७२ मा देउथलको
युद्धमा सहादत प्राप्त वीर योद्धा
२) शुक्रराज शाष्त्रीः वि.सं.
१९९७ मा राणा शासनका विरुद्ध आवाज उठाउँदा फाँसी सजाय पाएका
३) भीमदेव पन्तः वि.सं.
२०१० असार २० गते भारतीय सैनिकद्वारा सुदूरपश्चिममा मारिएका किसा नेता
४) दूर्गानन्द झाः वि.सं.
२०१८ को बमकाण्डमा मुछिई वि.सं. २०२० माघ १५ मा भद्रगोल जेलमा फाँसी दिइएका
५) वीरेन राजवंशी: वि.सं.
२०२९ सालमा हत्या गरिएका
६)
क्याप्टेन यज्ञबहादुर
थापाः तत्कालीन शासन विरुद्ध आवाज उठाउँदा
ओखलढुंगा वरवोटे काण्डमा गिरफ्तार भई वि.सं. २०३५ माघ २६ मा हत्या गरिएका
७) रत्नकुमार वान्तवाः वि.सं.
२०३५ चैत्र २७ गते इलामको जंगलमा प्रहरीसँगको दोहोरो भिडन्त मारिएका क्रान्तिकारी
व्यक्तित्व
८) प्रभाकर पौडेलः वि.सं.
२०३६ सालमा हेटौंडामा भएको विद्यार्थी आन्दोलन दबाउने क्रममा प्रहरीको गोलीबाट
मारिएका १५ वर्षिय
९)
मुनेश्वरी यादवःवि.सं. २०४६ सालको जनआन्दोलनमा धनुषा
जिल्लामा शहादत प्राप्त
के के छन् सहिद स्मारकमा ?
- यहाँ चितुवा‚ जरायो‚ हरिण‚ बाँदर‚ अजिँगर‚ वन विरालो‚ मयुर लगायतका पशुपन्छीहरु र चिडियाघर
- वि.पि. कोइराला तथा मदन भण्डारीका पूर्ण कदका शालिकहरु
- प्रेमलाल स्मृति विश्रामस्थल‚ नेपाल इकरात विश्रामस्थल
- मनोरम बगैंचा‚ रोटे पिङ‚ पौडी पोखरी
- प्रसिद्ध धार्मिकस्थल पूण्यक्षेत्र पनि नजिकै रहेको
- थाहाका अगुवा‚ कडा मिजास र बलिष्ट तथा तार्किक बहस गर्न सक्ने प्रतिभावान नेता स्व. रुपचन्द्र विष्टको स्मृतिमा थाहा स्तम्भ
- विभिन्न जिल्लाबाट पिकनिक र मनोरञ्जनका उद्देश्यले आउने आगन्तुकका लागि उपयुक्त
- घना जंगलको प्राकृतिक दृश्यहरु
- हाइवेभन्दा उत्तरतर्फ ४ कि.मि.को दूरीमा रहेकोले अनावश्यक ट्राफिक समस्या र हो-हल्लारहित
मकवानपुर जिल्लाकै सबैभन्दा ठूलो गा.वि.स. मनहरी हो । जसको क्षेत्रफल २५६.५७ वर्ग कि.मि. छ । सबैभन्दा कम जनघनत्व भएको
गा.वि.स. मनहरी हो । मकवानपुर जिल्लाको पश्चिम क्षेत्रमा रहेको मनहरी गा.वि.स. माछा तथा तामाको लागि प्रसिद्ध रहेको छ । साथसाथै विशाल वनजंगल‚ लोथर‚ राप्ती तथा मनहरी खोला, विशाल समथर खेतियोग्य भूमि‚ बाह्रै महिना बगिरहने कञ्चन पानी‚ चेपाङ वस्ती तथा स्थानीय क्षेत्रमा निकै आर्थिक कारोबार गर्ने मनहरी बजार यस क्षेत्रको भिन्न विशेषता बोकेका स्थानहरु हुन् । मनहरी बजार वडा नं. ३ मा पर्दछ भने मनहरी गा.वि.स. कै अर्को वडा देवकोट बारे सामान्य जानकारीः
देवकोट
मकवानपुर जिल्लाको पश्चिमी भू-भागमा पर्ने मनहरी गा.वि.स. वडा नं.-९ अवस्थित देउकोट विकट डाँडाँमा रहेको
गाउँ हो । यसै गाउँ निवासी पूराना वासिन्दाका अनुसार करिब २०० बर्ष पहिले
मकवानपुरमा मुकुन्दसेनले राज्य गर्ने समयमा मुकुन्द सेन देउकोट जाने क्रममा
आराम र सिकारका लागि हाल यहाँको ५०० मि. पश्चिम जंगलमा कोट घर बनाइएको
थियो । कोट घरमा बस्दा कोट घरबाट उत्तरतर्फ करिब ४०० मि. उत्तरी भागमा
पर्ने खोल्साहरुमा रानीहरु नुहाउँन जाने गरेको हुदाँ रानीलाई नुहाउन
बनाइएको उक्त पोखरीलाई रानी पोखरी भन्ने गरिन्छ । मुकुन्दसेनले देउघाट आउने
जाने क्रममा बाटो पर्ने यस ठाउँ आरामस्थल वा बास बस्ने कोटघरमा
मुकुन्दसेनले अन्त्यपछि कोहि बस्ने कार्य नभएको हुँदा कोटघरको नष्ट भएकाले
पछिका बासिन्दाहरुले त्यस ठाउँलाई त्यस कोटघरको जीर्ण अवशेषको आधारमा
देवताहरुले लडाइका लागि खरखजाना राख्ने गरेको कोटघर भएको महशुस गरी
"देवताको कोटघर" भन्दै जानेक्रममा छोटकरीमा "देवकोट" भन्ने नाम रहन गएको
भन्ने जन विश्वास रहेको छ । ट्र्याक्टर लगायत सवारी जानसक्ने साधारण कच्ची बाटो रहेको यस गाउँमा बाख्रापालन खेतीपाती नै प्रमुख व्यवसाय हुन् ।
राप्ती खोला
राप्ती खोला यस मकवानपुर जिल्लाको विभिन्न ठाउँका किसानका लागि सिँचाईमा प्रयोग भैरहेको छ । कुलेखानी जलविद्युत आयोजनाको तीनवटै आयोजना यसैमा आधारित रहेको छ । नुहाउन‚ कपडा धुनदेखि सवारी सफा गर्न र समय समयमा फोहर निकास तथा विभिन्न प्राकृतिक प्रकोपहरुका कारण यो दिनानुदिन अशुद्ध हुँदै गएको छ । जसलाई सफा र शुद्ध राख्नु हरेक सचेत नागरिकहरुको जिम्मेवारी हो ।
राप्तीखोलामा चौकिटोल‚ हेटौंडा बजार‚ नवलपुर‚ बस्तिपुर‚ सान्नानीटार र रजैया लगायतका क्षेत्रमा पूलहरु राखिएका छन् ।
नेपालकै मानव निर्मित ठूलो जलाशय ईन्द्र सरोवरबाट कुलेखानी जलविद्युत आयोजना सञ्चालन गरिएको छ । हाल कुलेखानी-१ (६० मेगावाट)‚ कुलेखानी-२ (३२ मेगावाट) सञ्चालनार्थ र कुलेखानी-३ (१० मेगावाट) निर्माणाधीन छन् । सो जलाशयमा माछा पालन तथा बोटिङ समेत गरिन्छ भने जलाशयको बीचमा ईन्द्रराज्यलक्छ्मी शाहको प्रतिमा रहेको छ । कुलेखानी तेश्रो स्वदेशी लगानीमा २००८ अप्रिल २७ बाट कार्य शुरु गरी ५ वर्ष लगाएर भैंसेदेखि सानुटारसम्मको ४ हजार २ सय ११ मिटर लम्बाइको टनेल खनी निर्माण कार्य भैरहेको छ ।
बाँकी थप हुँदै....
राप्ती खोला यस मकवानपुर जिल्लाको विभिन्न ठाउँका किसानका लागि सिँचाईमा प्रयोग भैरहेको छ । कुलेखानी जलविद्युत आयोजनाको तीनवटै आयोजना यसैमा आधारित रहेको छ । नुहाउन‚ कपडा धुनदेखि सवारी सफा गर्न र समय समयमा फोहर निकास तथा विभिन्न प्राकृतिक प्रकोपहरुका कारण यो दिनानुदिन अशुद्ध हुँदै गएको छ । जसलाई सफा र शुद्ध राख्नु हरेक सचेत नागरिकहरुको जिम्मेवारी हो ।
राप्तीखोलामा चौकिटोल‚ हेटौंडा बजार‚ नवलपुर‚ बस्तिपुर‚ सान्नानीटार र रजैया लगायतका क्षेत्रमा पूलहरु राखिएका छन् ।
राप्तीखोलामा गाडीको ट्युवमा यात्रा गर्दै (हाँडिखोला-८ र ९ का बासिन्दा)
राप्तीखोलामा गाडीको ट्युवमा यात्रा गर्दै (ब्लगर)
कुलेखानी जलविद्युत आयोजनानेपालकै मानव निर्मित ठूलो जलाशय ईन्द्र सरोवरबाट कुलेखानी जलविद्युत आयोजना सञ्चालन गरिएको छ । हाल कुलेखानी-१ (६० मेगावाट)‚ कुलेखानी-२ (३२ मेगावाट) सञ्चालनार्थ र कुलेखानी-३ (१० मेगावाट) निर्माणाधीन छन् । सो जलाशयमा माछा पालन तथा बोटिङ समेत गरिन्छ भने जलाशयको बीचमा ईन्द्रराज्यलक्छ्मी शाहको प्रतिमा रहेको छ । कुलेखानी तेश्रो स्वदेशी लगानीमा २००८ अप्रिल २७ बाट कार्य शुरु गरी ५ वर्ष लगाएर भैंसेदेखि सानुटारसम्मको ४ हजार २ सय ११ मिटर लम्बाइको टनेल खनी निर्माण कार्य भैरहेको छ ।
कुलेखानी जलविद्युत आयोजना तेश्रोको निर्माणाधीन सुरुङ (२०६७ साल)
वासुदेव सभा गृह
लोकतान्त्रिक आन्दोलन, २०६२/६३ का सहिद वासुदेव घिमिरेका स्मृतिमा हुप्रचौरमा निर्मित वासुदेव सभा गृह
बाँकी थप हुँदै....
No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।