----------------------------
संप्रस पौडेल
----------------------------
सुरिलो स्वर लुकाई डेड मेटल गाउँने भयौ ।
बाउ-आमा सक्षमै थिए
च्यातेको लाउँने भयौ ।।
आधा आँखा छोपी
कपालले गराउने अरे जलन ।
महंगो मोबाइल पछाडी
भिरेर फुटाउने कस्तो चलन ?
चाउचाउ सँस्कृतिमा
हुर्केर, चिकेन चिल्ली मात्रै रुच्ने ।
बिरामी भए त उपचारै
गरुँला, गए ज्यान कहाँ खोज्ने ?
झर्झराउँदो पालुवा
पलाउने बेला, ओइलायौ कि झैं लाग्दछ ।
कलियुगमा केटाकेटी
हरे, बहुलायौ कि झै लाग्दछ ।।
मादल बेच्यौ अरे, खैजडी भजनमा लाज भो भन्छन् ।
इज्जत हुर्मतको 'बाल मतलब' रे पैसा मात्रै पो गन्छन् ।
सुरिलो स्वर लुकाई डेड मेटल गाउँने भयौ ।
बाउ-आमा सक्षमै थिए
च्यातेको लाउँने भयौ ।।
No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।