Thursday, September 20, 2018

पदक खोसएकोमा आपत्ति



बिस्तारै नेपालमा महिला अधिकारकर्मी र मानव अधिकारवादीहरुको संगठन बन्दै गयो ।
काठमाण्डौंबाट ठूलै महिलावादी नेतृ  आफ्नो टोलमा आउनासाथ कालो झण्डा देखाए एकजना अधबैंशे पुरुषले ।
कारण सोधिएन । पुलिसले पक्रियो र थुन्दियो । केही दिनपछि छुटेपछि पत्रकारहरु र उनीबीच भएको कुराकानी जस्ताको तस्तैः
पत्रकारः कालो झण्डा किन देखाको ।
मानिसः आजकल शान्तिपूर्ण विरोध गर्न यै झण्डा देखाउने गरिएको छ । यति पनि थाहा छैन तपाईँहरुलाई ?
पत्रकारः के कुरामा विरोध जनाउनु भएको हो ?
मानिसः महिलाहरुले गर्दा देशकै नाम बेइज्जत भैसक्यो ।
पत्रकारः किन नि ? कसरी नि ?
मानिसः पहिले पहिले नेपाल अमेरिका, जापान, स्वीजरल्याण्डभन्दा नि अगाडि थियो... आजकल कुनै पदक नै पाउन छोडिसक्यो ।
पत्रकारः (बीचैमा रोक्दै) केमा अगाडी ।
मानिसः स्वास्नी पिट्ने र्‍याङ्किङमा नि ।
पत्रकारः त्यसमा पनि रजत कास्य आदि पदक पाइन्छ त ?
मानिसः हास्य पदक त पाइन्छ नि ।

पत्रकार अवाक् । सोध्ने प्रश्न सिध्धिए ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २