Thursday, March 19, 2020

पूरानै चालचलन ठीक

हजुरबा हजुर‌आमाका पालाका यी चलनचाहीँ राम्रै थिए । कसो ?
१. भान्छामा जोकोही प्रवेश निषेध थियो ।
२.  घर परिवारमा पनि बालबच्चालगायत कनिष्ठ सदस्यहरू बस्ने ठाउँको व्यवस्था अलग अलग थियो ।
३.  खाना खान प्रवेशमा कपडा फरक हुनुपर्थ्यो ।
४. अघिल्लो दिन लगाएको कपडा बिहान उठ्नासाथ धुनुपर्थ्यो ।
५. हरेक दिन नुहाउनै पर्थ्यो ।
६. जोकोही भान्छे लाग्नु हुँदैनथ्यो ।
७. श्राध्द, पूजाआजा जस्ता कार्यहरूमा कतिपय खाद्य पदार्थ निषेध थिए । (माछामासु, जाँडरक्सी आदी)
८. होटल तथा खुला स्थानमा खान निषेध थियो ।
९. बाहिरबाट आएपछि पानी वा आगो छुनु पर्ने वा बालबच्चा छुन नहुने ।

Wednesday, March 18, 2020

पति नहुनेले छोरालाई, छोरा नहुनेले मीत छोरालाई...

"पति नहुनेले छोरालाई, छोरा नहुनेले मीत छोरालाई..."
आशय बुझ्नु छैन त्यसै हल्ला ग-याछन् । पुरूष प्रधान भयो अरे ।
---
अर्थ थाहा पाउनोस्:
कोरोना, झाडापखाला, जुका मात्रै हैन, सयौँ रोगहरूबाट बच्न हातमुख राम्ररी धुनुपर्छ । 

सम्भव भ‌ए स्यानिटाइजरले, नभ‌ए अल्कोहल (स्प्रिट) मिश्रित पदार्थले, त्यो नभ‌ए साबुन पानीले, त्यो पनि नभ‌ए खरानी पानी,  तितेपातीले हात धुनुहोस् ।
विकल्प दिनसक्ने नेपालीपन त यस्तो आशयको पो रहेछ । 😂😂😂

Tuesday, March 17, 2020

गजुलियल डट कमबाट मेरा व्यंग्य लेखहरु

शीर्षकअनुसारको पूरा लेख पढ्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

प्रचण्डको ‘मने’ र चित्रबहादुरको ‘चाइन्जो’ ट्रान्सलेट नभ‌एपछि…

https://www.gajureal.com/news/2020/03/16/6266.html

को हुन् ती तीनजना ! किन खोज्दैछन् तपाईंको फोन नंबर ? चिन्नुहोस्…

https://www.gajureal.com/news/2019/01/06/3119.html

चोक चोकका बाबा र थोक थोकका माताहरुको विगविगी…

https://www.gajureal.com/news/2018/09/23/2226.html

Saturday, March 14, 2020

कोरोना र अन्य थुप्रै जोक

😜😜😜
आजकल मानबहादुर मोबाइल छुन पनि डराउने गर्छ ।
कारण:
मन्दिरदेखि शौचालयसम्म अनुमति पाएको छ यसले । संसारका सबैखालका भाइरस जति यसैमा हुनसक्छ ।
😜😜😜
मन्दिरमा कोरोना:
पण्डित बाजे: आजकाल आउँन कम भाछ त...
भक्त: कोरोनाको डर छ गुरू ।
पण्डित: नडराउनोस्, ल हात थाप्नोस् ।
(हात थाप्छ घुटुक्क पिइदिन्छ ।)
भक्त: जिब्रै बटा-यो त गुरू ।
पण्डित: पञ्चामृत होइन यो, स्यानिटाइजर पो हो ।
(भक्त अहिले खस्पतालमा छ ।)
😜😜😜
क्वारेन्टाइन
मान्छेलाई लामै समय रूघाखोकी ज्वरो आए शंकाले क्वारेन्टाइनमा राख्ने अनी सँधै घारघारघुरघुर गर्ने मोबाइललाई चैँ जता पनि छुट ?
कारण: 
मोबाइल भाइब्रेटमा थियो ।
😜😜😜
सलाद खोई ?
बिहेको पार्टीमा मान्छेहरू सलाद मगाई मगाई खाइरहेका थिए ।
भातबहादुर पनि पार्टीमै थियो ।
ऊ मान्छेहरूको दिमाग फुस्किएको भनेर दङ्ग परिरहेथ्यो ।
कारण:
सलाद जो भनियो त्यहाँ 'सलाद' भन्नेचाहिँ थिएन । काँक्रो, मूला, गाजर मात्रै थियो ।
😜😜😜
एन‌आइसी एसिया:
"एन‌आइसी एसिया, बैङ्क पनि साथी पनि" भनेर ऋण सापटी लिएको महिनैपिच्छे फोन, म्यासेज गरेर उधुम मच्चाउँछ भन्या । साथी हो कि दुस्मन ? 
😜😜😜
कोरोना नमस्कार
ट्रम्प, मोदी, जीङ पिङ सप्पै टप्परटुइयाँ हुन् । हामी नेपाली चैँ सुपर टपरटुइयाँ हौँ ।
मोदीले नेपालको संसदमा भाषण दिँदा मोदीमय भ‌एका हामीले नाकाबन्दमा नजिकको शत्रु बनायौँ । नेपालीलाई पनि अमेरिका आउँन बन्द गर्नुपर्छ भन्दा अमेरिकाको नाम मात्रै थाहा पाएका हामीमध्येले नै ट्रम्पको पुत्ला जलाउँनुपर्छ भन्यौँ । ओबोर अवसर हो भन्दै चिनियाँप्रेमी भ‌एका हामी कुन बेला उसको खुङ्खार विरोधी भैदिन्छौँ । यसैलाई वन डे डेमोक्रेसी भनिएको होला ।
अहिले कोरोनाले विश्वलाई सताउँदा ठूला विश्व नेताले गरेका नमस्कार देखेर विश्व नै नेपालमय भयो भन्ने हुइयाँमा नपरौँ । नमस्कारको रजिष्ट्रेशन हाम्रो नाममा छैन है ।
😜😜😜

Wednesday, March 11, 2020

हास्य पदक

* गोरखा दक्षिणबाहु ब्यूताउँने हो ?
पक्कै ब्यूताउँने हो । जनहितको निर्णय गर्न लगलग काम्ने, कर उठाएर आफ्नै घर बनाउँने, जनताको ढाड भाँचेर रजाईँ गर्ने, सरकारी सम्पत्तीको दोहन गर्ने उत्कृष्ट आफैँ सेवकलाई देशबाहिर जाउ भन्दै 'राहु गोरखा दक्षिणबाहु' प्रदान गर्ने ।
* त्रीशक्तीपट्ट कसलाई दिने ?
ठूला पदमा रहेका साना पदका कर्मचारीसँग व्यभिचार गर्न बाध्य पार्ने वृध्द जवानलाई त्रीसठ्ठी पटक कोर्रा हान्नी प्रमाणपत्र दिने ।
* नेपाल यत्न कसलाई दिने ?
बा आमालाई सडकमा पु-याउने, जाँडरक्सी खाएर श्रीमती पिट्ने, छोराछोरीलाई नपढाउने, खेतबारी बाँझो राखेर सरकारलाई गाली गर्नेमध्येको एक कनिष्ठलाई जिउँदै मरेको मान्छे घोषणा गर्दै आउँदो वर्षको 'नेपाल यत्न' दिने ।
२०७६ भरतपुर

कोरोनामाथि व्यंग्य

कोरोनामाथि व्यंग्य गर्न आँट चाहिन्छ, क्षमता चाहिन्छ । मैलेचाहिँ केवल प्रयास गरेको छु । क्षमतावान व्यक्तीचाहिँ मनोज गजुरेल हुन् ।
------
कोरोना पोस्ट भाइरल हुँदै...
कोरोनासम्बन्धमा लेख्न सकिने फेसबुक पोस्टहरू निशुल्क छन् । स्रोत लेख्दै शेयर गर्नुहोस् । आतंकित मनहरूमा खुशी भर्नुहोस् ।
------
१. "करूणा, करूणा" भन्दा भन्दै कोरोना भ‌एको अनुमान गर्न पनि सकिन्छ ।
------
२. मायालु जोडीले "फोन करो ना, करो ना" भन्दाभन्दै कोरोना नाम रहन ग‌एको हुन सक्छ ।
------
३. उधारो नतिरी मर्छ भनेर होला Ncell ले कोरोनाबाट बच्नुहोस् भनेर म्यासेज गरिराछ ।
-------
४. जाँड खाएमा कोरोना लाग्दैन भन्ने पनि देखिएछन् । योचाहिँ जाँडरक्सी खाएकै बेला प्रतिपादित सिध्दान्त हुनुपर्छ । रक्सी प्रतिबन्धित देश, शहरका प्यासी जँड्याहरूको विचार हुन सक्छ ।
------
५. मेडिकलमा मुख लुकाएर मास्क माग्नुपर्ने भाछ । पहिले पहिले त्यसरी त अर्कैचिज माग्नुपर्थ्यो ।
-----
६. "कोरोना भित्रियो भन्नेहरू काङ्ग्रेस हुन्, सरकार ढाल्ने खेल हो ।" अब कसले यसो भन्छ, प्रधानमन्त्री बिरामी छन्, बाँस्कोटा अलप भैग‌ए ।
-----
७. मास्क किन्नलाई घुस खुवाउनुपर्ने हो ? अख्तियार लाग्ला कि नलाग्ला ? ठूलालाई कारबाही गर्नुपर्दा निदाउँने अख्तियार जाग्ला कि नजाग्ला ।
-----
८. बर्डफ्लू, स्वाइफ्लू, डेङ्गु पचाएको नेपालीले अर्को विदेशी भाइरस नपचाउला भन्न सकिन्नँ ।
-----
९. कि खान्छ ढाँटले, कि खान्छ आँटले । हाम्रो त आँटै बलियो । आखिर डाक्टरले पनि मनस्थिति बलियो पार्नु भनेका छन् क्यारे ।
-----
१०. सुझाव: चाइनिजहरूलाई एयरपोर्टमा प्रतिबन्ध गरौँ ।
दुनियाँले बन्द गरेर एक्लै लडिरहेको चीन सरकारलाई पशुपतिनाथको निगाहा हुन दिउँ, अहिल्यै के हतार छ र ?
-----
११. लसुन खाए कोरोना चट् अरे,
यस्तै पत्रु आविष्कारले हाम्रो टोले साइन्टिस्टलाई विश्वले कहिल्यै चिनेनँ ।
------
१२. लौ न कसैले त 'टिकटक हेर्दा कोरोना लाग्छ' भन्दिनुपरो ।
धेरैका भातभान्सै बन्द भैसक्यो, भात डढेर देशभर अनिकाल हुन लाइसक्यो ।
-------
१३. चीनको सामान प्रयोग गरेर कोरोना लाग्दैन । ध्यान दिनुपर्ने कुरा भनेको व्यापारी स्वघोषित बाबाहरू यही मौकामा ध्यान, योग, फलाना चिलाना चुर्ण खाएमा कोरोना नलाग्ने चर्चा गरिराछन् । ती बाबामाताहरू पनि बेलाबेलामा अस्पताल भर्ना भ‌ई एलोपेथिक खाई पिइरहेका हुन्छन् ।
------
१४. मंगल ग्रहतिर बसाई सर्न पाए पनि हुने हो गाँठे । कोरोना सोरोना पनि आजिद होस् ।
------
१५. पुलिसले मुख सुघ्नुँ  परेको छैन । कोरोना जो छ ।
१६. "कोरोना भाइरसबाट बच्न मास्क हैन पञ्जा महत्वपूर्ण ।" - डाक्टर
अब महंगिने पालो पञ्जाको ।

(कोरोनाबाट आत्तिएर हैन, सजग भ‌एर बाँच्न सकिन्छ । हाँसौँ, रमाऔँ, रोगबारे चिन्ता हैन चिन्तन गरौँ । सबैको मंगल होस् ।)

Thursday, February 20, 2020

"जी" को नालीबेली


"जी" हाम्रो सँस्कार, परम्परा र सम्मानको उँचो स्तर हो । जस्तो रामजी, श्यामजी, सीताजी, बास्कोटाजी, महराजी आदि ।
कसैले जी र ज्यू एउटै हो भन्ने पनि गर्छन् । यी दुवै एक होइनन् भन्ने मेरो खोक्रो ज्ञानको एउटा जिउँदो उदाहरण दिन चाहन्छुः नेवारी भाषामा "बजी"-चिउरा तथा खाजा भन्ने बुझिन्छ भने "बज्यू" भन्ने थर रहेको छ । यस्तै हजुरबालाई "बाजी" भन्दा भन्दै "बाजे" भएको हो कि भन्ने यो निबन्धकारको एकलौटी आशंका रहेको छ । "बजी", "ताजी", "हाजी", "पाजी" "चाजी", "दाजी" शब्दहरु हाम्रा विभिन्न भाषामा प्रयोगमैँ त छन् ।
प्रसङ्ग बदलौँ, कतै केही सफलता मिली हालेमा हामी लड्डु खान र खुवाउन चाहन्छौं । त्यसमा पनि हामीलाई "सुजी" को लड्डु ठीक लाग्छ । हामीमा हरेक छाक "सब्जी" खानुपर्छ भन्ने मान्यता छ । सुख्खा याममा "सब्जी" नपाइएला भनी हाम्रा पुर्खाले हाम्रै पौरखमा सागसब्जीका गुन्द्रुक बनाउँन सिकाएका हुन् । यस्तै हामीलाई चउरमा उफ्रनुभन्दा मोबाइलमै झुण्डिएर "पब्जी" खेल्न मनपर्छ ।

Monday, February 17, 2020

छोरीलाई सन्देश

छोरी, भोलीपर्सी तिमीले पनि बुझ्छौ यी कुरा:-
ए फर एपल त अन्तैको कुरा, हाम्रैमा पनि धेरै परिवर्तन भ‌एछन् ।
 कपुरी क - कमल क
 गाइगोडे ग - गमला ग
ओठ काट्यो ट - टपरी ट
 ठड्यौरो ठ - ठग ठ
डाङडुङे ड - डमरू ड
--
तीन धर्के ण पहिल्यै हरायो । थरमस 'थ' विशुध्द नेपाली भैसक्यो । दैलोको ठेलासँगै दैली 'द' पनि बेपत्ता भो । सत्यनिरूपण आयोगमा कसले पो उजुरी गर्ने हो ? निउरीमुन्टी 'न' ले त्यतिसारो निहुरेर नरिवल 'न' मा बदलिएको छ । पाटीमा बस्ने खाने 'प' सर्वहाराको नाइके सात पुस्तालाई पुग्नेगरी धनाढ्य भ‌एको छ । जन्मनासाथ मन्टेश्वरी र होस्टेल भर्ना गराउने फर्सी 'फ' हरूले किन छोरी बोकिरहन्थे र । बोरामा चामल किन्न पाउँनेहरूले 'भ' को भकारी किन देखून्, किन लेखुन् । 'र' लाई भूकम्प प्रतिरोधी पिल्लर आइसकेपछि कसले खाँबो हालिरहोस् । तल थोप्ली 'व' को थोप्लो पहिल्यै हराएर आफ्नो नाममा पास भैसकेको वकील 'व' ले के बहस गर्ला र ? लृ त उहिल्यै खुइलियो, ऋ पनि हराउँन लाग्यो गाँठे । अब लेजर प्रविधीले 'ष' को पेट नचिरी शल्यकृया हुने होला । 'श' को मोटोपन घटाउँने थरीथरीका विदेशी ग्रीन टीहरू भित्रिँदै होलान् । छेपारी 'क्ष' को छेपारी छिन्नेगरी भाषा बदलिसक्यो, तिनलाई अझै ज्ञानी 'ज्ञ' नै मानिरहनु पर्ने हो कि खै !

Friday, January 17, 2020

बाङ्गा प्रश्न उत्तर

समसामयिक प्रश्न र त्यसका खास उत्तर:
आस्था राउतको दुर्व्यवहार भेटिने CCTV ले‌ त्यत्रा किलो र क्विन्टलका सुनचाहिँ किन भेटेन होला ?

किनभने, "दालमें कुछ काला है, भित्र्याउने भिनाजु, लुकाउने साला है ।"

१ र २ नं. प्रदेशको नामाकरण गर्न किन नसकेको ?
प्रदेश ३ ले "बाग्मती" राख्दा बाग्मती, बागमती, वाग्मती, वागमती ईत्यादी विवाद देखेर । इकार, ईकार, उकार, ऊकार न‌आउने नामको खोजी हुँदैछ ।

ऋणको बोझले वडाध्यक्षले आत्महत्या गरे नि ?
वर्षेनी विदेशी ऋण थप्दै भुसुक्कै निदाउँदै गर्दा त सरकारलाई कुनै तनाव छैन । एउटा व्यक्तीले किन तनाव लिने ? बाँचौँ ।

जनता हामीलाई फेरी भोट हाल्ने ईच्छा भो भन्छन् । अब नेतृत्व फेर्नुप-यो भन्छन् नि जनता त !
कत्रा ढाँटले जितियो, अब जे गर्छौ गर जनता हो । भोटै हाल्ने मन भ‌ए कमेडी च्याम्पियनमा कमेडियनलाई भोट हाल । मासुभात हैन, उल्टै ६ रूपियाँ खर्च हुन्छ नि !

-----------------------

यी व्यंग्य हुन्, कसैलाई खुत्रुक्कै पारेमा 'ज्यानलाई खुत्रुक्कै पा-यो जेठान तिम्रै बहिनीले' गीत पाँचचोटी जप्नुहोस् । ठीक हुनेछ ।😂

२०७६ माघ ३, हेटौँडा

Monday, January 6, 2020

हाम्रा टाउको के टाउको, ८ करोड डलरको टाउको पो टाउको

८ करोड डलरको टाउको:
सुलेमानीको शव इरान ल्याउँदा एक समर्थकले इरानको जनसंख्या ८ करोड रहेकोले ८ करोड डलर पुरस्कार ट्रम्पको टाउको ल्याउनेलाई दिनुपर्ने र यसका लागि अपिल गरेका कुरा‌ वास्तविक हुन् ।
 बाँकी सबै भ्रम हुन् । 
यसैले हुटहुटीमा लागेर ८ करोड डलर कमाउने खराब नियत नराख्नुहोला । 
अमेरिकाले चाह्यो भने हाम्रो घरगोठ, भकारी, बुइँगल, घ्याम्पो अनि चर्पीसम्म पहुँच राख्न सक्छ ।
तपाईँ पत्याउनुहुन्न भने एउटा प्रमाण यहाँ छ, भर्खरै तिलिचोभन्दा अग्लो स्थानको ताल कजिनसरा ताल गुगलबाटै पत्ता लागेको हो नि ।
----
अर्को कुरा,
हामीबाट विदेशीहरूले धेरै सिक्नपर्ने छ, दुई प्रमाण हेर्नुहोस्,
१. देवकोटाले उडी छुनु चन्द्र भनेको ८ वर्षपछि आर्म्सट्रङ चन्द्रमा पुगे ।
२. प्रचण्ड र देउवाले टाउकोको मूल्य तोकेको १६ वर्षपछि इरानी नागरिकले टाउकोको मूल्य तोके ।
----
हामी केमा कम छौँ र ?
अनी के हाम्रो टाउको कम मूल्यको रहेछ त ?

Sunday, November 10, 2019

देश बनाउने कविता

दुई दिन लाउँदैमा गन्हाउने
मोजा बनाइन्नँ
बर्षामा भिजेपछि आइँ गर्ला झै गर्ने
जुत्ता बनाइन्नँ ।

चिनले बनाओस् कि रूसले
यसले ठड्याओस् कि उसले
उद्योगधन्दा त बन्द गरेका ग-यै गर्ने हो
झुत्रे किसान र कृषि बन्दै गरेर छोड्ने हो ।

मजदूर कोही हुन्नन यहाँ,
सबै मालिकै हुने हो,
कुखुरो मरे पनि राजनीतिमा
आखिर सालिकै हुने हो ।

झरेको सुन्नासाथ सत्ताबाट
आन्दोलन मच्चाई हाल्नुपर्छ,
मरेको सुन्नासाथ आन्दोलनमा
दश लाख दिई हाल्नुपर्छ ।

घाँटी न्याँकी ढाले पनि
घुएँत्रो बनाई फाले पनि
हाम्लाई सत्ता मिलिरहोस्
सीमा मिचे पनि मिचिरहोस् ।

तपाईँले भने जस्तै मैले सोचे जस्तै
यसै उसै बनाउने हो
अर्थोक केही बनाइन्नँ
अब त देशै बनाउने हो ।

Saturday, October 19, 2019

निरन्तरतामा केका क्रमभङ्गता ?


😂😂😂
* आफ्नै सचिवालयका अनुसार महरा पनि निर्दोषै हुन् ।
* रविन्द्र अधिकारी पनि ओली काकाकै भाषणले निर्दोष हुन् ।
* विष्णु पौड्याल त विचरा नै भैहाले ।
* भूकम्पताका रामशरण महतो पनि कठै नै थिए ।
* धेरै नेताहरू लोकमान पनि त सही नै भन्थे ।
* आलम निर्दोष हुन् भन्दा देउवालाई त खादा ओढाएर सम्मान गर्नुपर्ने नि । हैन र ?
राजनीतिमा त्यही लोहोटामा विश्वास गर्छ, जुन मन्दिरदेखि चर्पीसम्म बोकिन्छ ?
(लेखको सारांश यही हो । यती लेख्नका लागि अन्य शब्दहरू थोपरथापर गरिएन ।)

Tuesday, September 17, 2019

आशै नगरेकाको आश

हास्यव्यंग्य लेख:
* कोही आशा लाग्दा भनिएका झुम्रेहरू सत्तामा पुगेर डकार्न थाले । ठुलो डकार आउने आफ्नै डकार सहन नसकेर मरे । मर्ने ठूला (विशिष्ट) पाप गर्नेहरू सिन्किना सहँदै स्वर्ग ग‌ए होलान् । सानातिना पाप गर्नेहरू तेलका ताता कराहीमा आलाप बिलाप गर्दै होलान् । पापै नगर्नेहरूको पाप खोजिँदै होला । धर्म खोजेर स्वर्ग पाउने सत्य युग पनि त हैन नि हो ।
* कोही आशा लाग्दा भनिएकाहरू आशालाई अंगालेको केही बर्षमै उनकी बहिनी अर्थात् साली विपाशालाई पनि अंगालेर श्रीमतीका धनी भ‌ए होलान् । त्यसमा पनि आशालाई धर्मपत्नी र विपाशालाई धनपत्नी बनाइए होलान् । त्यसैले ज्यादा आशा पनि हानिकारक पो रहेछ ।
* नेताहरू सत्तामा नपुगुञ्ज्याल आशा लाग्दै हुन्छन् । त्यसपछि हाम्रा आशा र उनीहरूको आशाबीच झगडा पर्छ । भनाभन हुन्छ, हानाहान हुन्छरोकारोक हुन्छ, ठोकाठोक हुन्छत्यस्ता घानमा सचेतहरू अचेतद्वारा ढालिन्छन्इतिहास मेट्ने काम हुन्छ
* हालसालै आशालाग्दा नेता मन्त्री भ‌एछन्कैलाली पुगेका उनी फर्कने क्रममाघण्टा प्लेन ढिलो उडेछबाहिर हुँदा आशा लाग्दा, मन्त्री भ‌एपछि के पो लागेछ उनलाईविरोध पनि सरकार व्यवस्थै हल्लिने गरी पो भ‌एछसरकारकै माइकहरू त्यसो भन्थेआफूलाई लाग्यो, कैलालीबाट काठमाण्डौं आउने मन्त्रीले प्लेन नरोकेर टेम्पो रोक्नु त? तागत भ‌एपछि विकास रोकिन्छ, निकास रोकिन्छ । रोक्ने तागत भ‌ए प्लेन नै रोक्ने हो, टेम्पो र बस त हामी पनि रोक्छौँ हो गाँठे ।
* जब राम साथमै थिए तब सीतालाई सुनको हरिण चाहिएको थियो । जब सीता सुनको लङ्कामा पुगिन् तब उनी रामलाई पुकारिरहेकी थिइन् ।" जे भैरहेको छ त्यसमा चित्त नबुझाउने, पाएको उपलब्धीमाथि ढुक्क नहुने, आफू केही नगर्ने, अरूले गर्देओस् भनी ठान्ने हाम्रा आशा पनि नवाफकै नातीको पाराको छ ।
* जहिल्यै पनि जनताका आशा सरकारी आशाको घमासान झगडा पर्छ । कसैले हाम्री आशाको नाम निराशा र उनकी आशाको नाम दशा राखिदिन्छन् । निराशा लिनेहरू यसै पनि निराश कहलिन्छन्दशा बोक्नेहरू राहत पनि त्यही बाँड्छन्
* पहिले पहिले पटक पटकको सन्तान मर्दै ग‌एपछि जन्मने पछिल्ला आश मारेका सन्तानको नाम सुन्दै दिक्क लाग्दा राखिन्थेहुर्केर तिनैले बाउआमाको पालण पोषण गरेका पनि हुन्थे
* यसैले जीवनमा केही गर्नुछ भने नेता, कार्यकर्ता, सत्तापक्ष, प्रतिपक्ष, मन्त्री, कर्मचारी अनी आफैँलाई पनि आशा लाग्दा अनुहारको सूचीमा राख्दै नराख्नूकतै आशै नगरेकाले पो देशको मुहार फेर्छन् कि ! "झिनो आश गरौँ ।"
------
सुझाव: 
लेख पढेर वा पढ्नै नसकी वा सहनै नसकी कसैलाई टाउको दुख्यो, वाक् वाक् लाग्यो, ज्वरो आयो भने जे पायो त्यही ओखति नखानू । तनाव लिनमा आफैँलाई प्रतिबन्ध लगाउनू । बुरूक्क उफ्रेर ज्यादा बाठो नबन्नु, कसैमाथि आश नथोपर्नू । डाक्टरकोमा जचाउँनु, बेला खराब
sampraspaudel2000@gmail.com

तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे

  तिम्ले मिस कल गर्दा , भक्कानो सङ्गालिएको खाङ्ग्रे यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली स...