संप्रस पौडेलको यस ब्लगमा तपाईँहरुलाई हार्दिक स्वागत छ । कथा‚ कविता‚ गजल तथा हास्यव्यंग्यात्मक लेखरचना‚ विभिन्न फोटो‚ समाचार, लोकसेवा सामग्री तथा मनमा लागेका विभिन्न भावनाहरुलाई समेटिएको एकै झमेटमा अध्ययन गर्न सकिने यो ब्लग किताब लेख्ने जाँगर नचलेर तयार गरिएको हो । :-D कृपया ब्लग भिजिट गरेपछि कमेन्ट गर्न नबिर्सनु नि ।
Friday, January 6, 2023
Wednesday, January 4, 2023
चुनाव अघि र पछि
चुनावअघि बालाई खेदौं खेदौं
चुनावपछि बालाई भेटौं भेटौं ।
चुनावअघि बाहरूलाई विदा गरौं
चुनावपछि बाकै नेतृत्वमा मन्त्री बनौं
चुनावअघि नो नट अगेट
चुनावपछि बा, अगेन एण्ड अगेन ।
चुनावअघि नाकको डाँडी भाँच्ने भाषण
चुनावपछि बस्ने ठाउँलाई आफ्नै हातको आसन ।
चुनावअघि 'स्याउँ स्याउँ मन्त्री धेर भो धेर भो'
चुनावपपछि नारा चल्यो 'मेरै हो मेरै हो' ।
पहिले पहिले खान नपाएर निराश निराश
अब नहोस् धेरै खाएर गुराँस गुराँस ।
सहरमा जसको चर्चा छ - ४
कैलाश कार्की, हास्यव्यङ्ग्य सर्जक/कलाकार
जन्मः तिङ्ला, सोलुखुम्बु
उहाँका केही चर्चित सिर्जनाहरूः
·
कोही यहाँ भोकै छन् तिमी छिन छिनमा खाइराको छौ
अरूलाई महिनौ हुने खाना
तिमी एक दिनमा खाइराको छौ
दुई छाक खाको भनेर मख्ख नपर
ए नेपाली
एक छाक त तिमीले ऋणमा
खाइराका छौ ।
·
कविहरूलाई
२ मिनेटजति हेर्यो भने आफैं रोउँ रोउँ लाग्छ ।
·
कहिलेकाँही
त विदेश गइदिउँ गइदिउँ लाग्छ
अनि युट्युब खोलेर हेर्छु
मनपरी बोलेर भए पनि भाइरल
भैदिउँ भैदिउँ लाग्छ ।
· २ हजारको जुत्ता लुकाएर २० हजार मागिराछन् सालीहरू ।
·
धनी
र गरीबको ट्वाइलेटबीच पनि विभेद छ । उनीहरूको ट्वाइलेट
मात्रै होइन, स्वीमिङ पुल नै हो ।
हाम्रोचाहिँ किटाणुले हात जोडेर भनिराछ- अरे यार कहिलेकाहिँ हार्पिक हालेर सफा त गर् ।
·
पैसा
नै नहुँदो हो त क्या मज्जा हुन्थ्यो होला । सामानले सामान साटिन्थ्यो होला ।
मोबाइल चाहियो भने मोबाइल पसलमा राँगो लिएर जानुपर्थ्यो होला । एनसेलको रिचार्ज
हाल्नुपर्यो भने भाले च्यापेर जानुपर्थ्यो होला ।
- यो सहर त एकाबिहानै कुद्नेहरूको सहर न रहेछ
धनीहरू पेट फाल्न कुदेको देख्छु
अनि गरीबहरू पेट पाल्न कुदेको देख्छु ।
कला जीवनको शुभकामना कैलाश ।
Tuesday, December 27, 2022
सहरमा जसको चर्चा छ-३
व्यङ्ग्य कविता
डायपर गलत ठाउँमा परेपछि
मार्क ट्वेन महोदय,
हामी पहिले पहिले 'लिडर' फेर्दैनथ्यौं
डायपर मात्र फेर्थ्यौं
जसको नतिजा
डायपर, समयअगावै विष्फोट हुन्थ्यो ।
डायपर
कहिले उत्तरतिर त
कहिले दक्षिणतिर झोलिन्थ्यो
डायपर
कहिले दुतावास त
कहिले नियोगतिर चुहिन्थ्यो ।
तर अब समय उस्तो रहेन
यसपाला हामीले
थुप्रै 'लिडर' फेर्यौं
उत्तिकै थान डायपर पनि फेर्यौं ।
मुखमा पनि लगाइदिनुपर्ने रहेछ डायपर
नछुट्नुपर्ने छुट्न गएछ ।
अफसोस छ,
पश्चाताप
छ मार्क,
हामी अझै उस्तै तनावले पिल्सिएका छौं
जुन भर्खरै मात्रै पत्तो पायौं-
झोल्लिएको हाम्रै गोप्यता रहेछ
चुहिएको हाम्रै कुटनीति रहेछ ।
हो मार्क,
लगाउनु पर्ने ठाउँमा
लगाइएनछ डायपर
डायपर त उनीहरूका
दिमागमा पनि लगाइदिनु पर्ने रहेछ ।
संप्रस, २०७९ पौष १२ हेटौंडा
Monday, December 26, 2022
विण्डोज ११ का महत्वपूर्ण सर्टकर्ट कीः
विण्डोज ११ का अति महत्वपूर्ण सर्टकर्ट कीहरूः
विण्डोज की र डब्ल्यू (windows+W)
विण्डोज ११ का प्रयोगकर्ताले मौसमसहित विभिन्न समाचार हेर्नको लागि कुनै ब्राउजर खोलिरहनु पर्दैन । विण्डोज की र डब्ल्यू थिचेमा प्रयोगकर्ताले मौसम सम्बन्धि जानकारीसहित विश्वभरका पछिल्ला समाचारहरु थाहा पाउँन सक्छन् ।
विण्डोज की र एन (Windows+N)
विण्डोज ११ अपरेटिª सिस्टम प्रयोगकर्ताहरुले कम्युटरमा भएका नोटिफिकेसनहरु हेर्न विण्डोज की र एन थिचे पुग्छ ।
विण्डोज की र ए (Windows+A)
यस सिस्टममा विण्डोज की र ए थिच्दा प्रयोगकर्ताले विण्डोज ११ मा वाईफाई, ब्लुतुथजस्तो अप्सनमा जान सक्छन् । यसले कम्युटरको सेटिङ अप्सनमा पुर्याउँछ ।
विण्डोज की र जेड (Windows+z)
विण्डाेज ११ सिस्टममा विण्डोज की र जेड थिच्दा प्रयोगकर्ता विन्डोजको लेआउट अप्सनमा पुग्छन् । जसले लेआउट कस्तो बनाउने भनेर छनोटको सुविधा दिन्छ ।
विण्डोज की र सी (Windows+C)
यस सिस्टममा माइक्रोसफ्टको टिम्स इनबिल्ट छ । विण्डोज की र सी थिचेर प्रयोगकर्ता सिंधै माइक्रोसफ्ट टिम्सको च्याटमा पुग्न सक्छन् ।
स्रोतः https://pradeshreport.com/technology/10562/
Sunday, December 25, 2022
सहरमा जसको चर्चा छ- २
Monday, December 12, 2022
साइँला रक्स || सुन साहिँली प्यारोडी
😂😂😂
(साहिँलाले अघिल्लो चुनाव जितेको पाँचौ वर्षमा...)
शहरमा जसको चर्चा छ || रेशम प्यारोडी
हे, हे, हे
आ-हा-हा-हा, हा-हा-हा
हा-हा-हो-हो, ओ-हो
रेशम, रेशम
सानोमा सानो कमलको हाँगा, रेशम...
सानोमा सानो कमलको हाँगा, रेशम...
जेलबाट छुट्छ भालाले घोचेर हो, रेशम...
अस्तिको कुरा बिर्स्यौ कि कुन्नी, रेशम....
म फिर्ने छैन तिमीलाई कुर्सी नदिई, रेशम
म फिर्ने छैन तिमीलाई कुर्सी नदिई, रेशम
तिमीलाई हो, छोडेर हो रेशम...
स्यालुट खाँदै नख्खु जेलैमा, रेशम...
गुड बनाउने हो सरकारमा मिलेरै हो, रेशम
नक्कली अध्यादेश ल्याउँछ छुटाउँन, रेशम
यो माया सम्झी मन लाग्छ अंगालो हाल्न, रेशम
यो माया सम्झी मन लाग्छ अंगालो हाल्न, रेशम
काट्दै र किट्दै दाह्रा र खुकुरी, रेशम
मुखको तालमा सिध्धिए एसएसपि नै, रेशम
अल्लारे जनता जिस्काउँछन् मलाई, रेशम
अल्लारे जनता जिस्काउँछन् मलाई, रेशम
भोटैर नहाली काँ जालान् उम्केर हो, रेशम
कहाँ जालान् उम्केर हो, रेशम रेशम
रेशम, रेशम्, चौधरी रेशम
रेशम, रेशम्, चौधरी रेशम
Saturday, November 12, 2022
भाइरल हिउँचितुवा तस्वीर र नेपालका वन्यजन्तु विशेष फोटोग्राफरहरू
(Viral Snow Leopard and Wildlife Photographers of Nepal)
सगरमाथा क्षेत्रको ५ हजार मिटरमाथि खुम्बु हिमालय क्षेत्रमा हिउँ चितुवा देखिएको तस्वीरले निकै चर्चा पाएको छ । वन तथावातावरण संरक्षणका क्षेत्रमा काम गर्ने अमेरिकन फोटोग्राफर कितिया पावलोभ्स्कीले सो तस्वीर यही अक्टोबर ८ मा आफ्नो क्यामेरामा कैद गरेकी थिइन् । उनले १६५ किलोमिटर यात्रापश्चात् सो दृश्य कैद गरेको बताएकी छिन् ।
Kittiya Powlowski एक अमेरिकी नागरिक हुन् । उनका बारे विविध अध्ययन गरी एक आलेख तयार गर्ने प्रयास गरिएको छ ।
फेसबुकमा कितियाः
उनको फेसबुक पेज Kittiya Pawlowski नामबाट सञ्चालित छ । यो लेख तयार पार्दासम्म पेज लाइक ३५८ र फलोअर्स ४६५ रहेका छन् । यसैले पनि उनको फेसबुक अकाउन्ट मलाई जस्तै सबैका लागि नौलो हुन सक्छ । साथै यो लेख तयार पार्दासम्म मेरा फेसबुक साथीमध्ये कसैले पनि उनको पेज लाइक गरेका छैनन् । ३ दिनसम्मको अनुगमनमा पनि यसमा थपघट भएको छैन/थिएन ।
उनको फेसबुक Intro मा "Photographer that captures the beauty of Earth. Pawlowski official follow me guys" लेखिएको पाइन्छ । उनी पेजमार्फत् आफूलाई फोटोग्राफरका रुपमा परिचय दिन चाहन्छिन् । पेज रिभ्यू शुन्य रहेको छ ।
उनले हालसम्म २० वटा तस्वीर अपलोड गरेकी छिन् जसमध्ये दोहोरिएका हटाउँदा कूल १३ तस्वीर हुन्छन् । सोमध्ये पनि चराको २, पोलार भालुको ३ र पानी जहाजको १ रहेका छन् । यस्तै बाँकी तस्वीरमध्ये खुम्बु हिमालय क्षेत्र तथा उनले खिचेको भनिएको चितुवा र ठूलो क्यामरा बोकेको आफ्नै तस्वीर रहेका छन् । जुन Nikkor 500mm f/4 lens क्यामेरामार्फत् खिचिएको भन्ने जानकारी उनको फेसबुक पेजमार्फत् थाहा पाउन सकिन्छ ।
अनौठो त के हो भने उनको पहिलो र हालसम्म कायम फेसबुक प्रोफाइल तस्वीर नै खुम्बु हिमालय क्षेत्रमा क्यामेरा बोकेर उभिएको तस्वीर नै हो ।
उनले सार्वजनिक गरेकी सोही तस्वीरहरू पुनः शेयर गर्दै लेखेकी छिन् -
"Thank you United States Embassy, Nepal for sharing my work!
U.S. Embassy, Nepal"
यो आलेख तयार गर्दागर्दै Kittiya Pawlowski नामको अर्को फेसबुक अकाउन्ट पनि बनिसकेको छ । जसमा ९ लाइक र १९ फलोअर्स रहेका छन्/थिए । यस्ता अरू नक्कली अकाउन्ट पनि बन्दै जालान् ।
सन् २०१६ देखि फेसबुकमा देखिएकी उनले हातका औंलामा गन्न सकिने प्रकृतिसम्बद्ध तस्वीरहरू मात्रै फेसबुकमा शेयर गरेकी छिन् ।
ट्वीटरमा कितियाः
उनकै नामबाट सञ्चालित कुनै ट्वीटर अकाउन्ट पनि रहेको छैन । तर उनले खिचेको भनिएको खुम्बु क्षेत्रको हिउँ चितुवाको तस्वीर भने विभिन्न मानिस, संस्थाका ट्वीटर ह्याण्डलमार्फत् शेयर भएका छन् ।
ट्वीटरमा Dr Niki Rust आफूले धेरै हिउँ चितुवाका तस्वीरहरू देखेको र हिउँ चितुवाको संरक्षणमा WWF मा काम गरेको तथा वन्यजन्तु फोटोग्राफरका रुपमा काम गरेको लेख्नु भएको छ । साथै उहाँले आफूले देखेको तस्वीरमध्ये यो निकै आकर्षक रहेको बताउनु भएको छ ।
यस्तै काश्मिरका पत्रकार ट्वीटरमा जहाँगीर अलीले दुर्लभ तस्वीर मान्नु भएको छ । उहाँजस्तै नेहा गुरुङ, मोहसिन हुसैन आदिले समेत यसबारे चर्चा गर्नु भएको छ । यस्तै Yang Jinlin (चाइनिज प्रोफाइल नाम), केही तमिल तथा अरबी नामका अकाउन्टबाट समेत यसबारे चर्चा गरिएको छ ।
Northeast Live, News18 आदि मिडियाका पेजबाट समेत शेयर उनका तस्वीरहरू भएका छन् ।
इन्स्टाग्राममा कितियाः
@girlcreure नामको इन्स्टा अकाउन्ट मा उनको नाम जोडिएको छ । ४७ हजारमाथि फलोअर्स तथा २१९३ फलोइङ रहेको छ । अन्य मिडियामा आएका जस्तै हिउँ चितुवाको तस्वीर खिच्नेक्रमका ५ वटा तस्वीर बाहेक यस अकाउन्टमा कुनै तस्वीरहरू पाइँदैनन् । उनले यस अकाउन्टमा www.studiokittiya.com वेबसाइटका साथ आफ्नो बारे अन्य जानकारी समेत लेखेकी छिन् ।
नेपालमा छैनन् त वन्यजन्तु फोटोग्राफर (Wild Life Photographer)?
छन्- अब्बल छन् ।
Kittiya Pawlowski नेपालमा भने एकाएक चर्चामा आएकी हुन् । तर के हिउँ चितुवाको तस्वीर लिने उनी पहिलो फोटोग्राफर हुन् त ? पक्कै हैनन् । नेपालका चुङ्बा शेर्पा चर्चित फोटोग्राफर हुन् । तल तस्वीरको हिउँ चितुवाको तस्वीर उनैले खिचेका हुन् । त्यो पति कितियाभन्दा ३ वर्ष पहिले खिचेका रहेछन् ।
यसका लागि उनले १६ दिनको समय बिताएका थिए । तस्वीरको एक प्रतिकृया यस्तो छः
नेपालमा जङ्गली याकको तस्वीर खिच्ने एक मात्र फोटोग्राफर चुङ्बा शेर्पा नै हुन् । सोही याकको तस्वीर ५ रुपियाँको नोटमा छापिएको छ । उनी प्राय तस्वीर खिच्दा भरिया, गाइड, बन्दोबस्तीका सामान लिएर तथा हवाइजहाज, हेलिकोप्टर र गाडीको यात्रा गर्दछन् । देशमा मात्रै नभएर विदेशमा पनि फोटो खिच्नकै लागि पुग्ने उनले कुनै तस्वीर पनि व्यवसायिक तवरले बेचबिखन नगरेको बताउँछन् । तलको लिङ्कबाट विस्तृतमा अध्ययन गर्न सकिनेछ ।नेपालका चर्चित अर्का व्यक्ती छन्- टासी घले । उनी वाइल्ड लाइफ फोटोग्राफर हुन् । उनले जमिन, जलदेखि आकाशसम्मका जीव जनावरका यथेष्ट तस्वीर खिचेका छन् । जसले हिउँ चितुवाको तलको तस्वीर पनि खिचेका थिए ।
दीपक राजवंशी, विशाल गौतम, लजिक श्रेष्ठ, नारायण न्यौपाने, झापाका देवेन्द्र खरेल, पेम्बा शेर्पा आदि चर्चित वन्यजन्तु फोटोग्राफर हुन् । साथै मेरा जानकारी रहेसम्म चितवनका कवि ईश्वर कँडेल, हेटौंडाका कवि छवि अनित्य, वन्यजन्तु संरक्षणमा सम्बद्ध सुकराम महतो, मिलन तामाङ आदि पनि चरा लगायतका जीवहरूका फोटो आफ्नो क्यामेरामा उतार्नमा माहिर छन् । यस्तै निकिता श्रेष्ठ शाक्य, बिमिता भण्डारी नेपालमा वाइल्ड लाइफमा व्यस्त महिला फोटोग्राफरहरू हुन् । हेटौंडाका शान दृष्टान्ट बिडारी अर्का चर्चित वाइल्ड लाइफ फोटोग्राफर हुन् ।
कर्मलाई उमेरले छेक्दैन भन्ने सही उदाहरणका दृष्टान्तलाई फेसबुकमा यता फलो गर्न सकिनेछः
https://www.facebook.com/vampfire.hunther
फोटोग्राफीमार्फत् नेपाललाई विदेशमा समेत चिनाउँन सफल चुङ्बा शेर्पा र हालसालै चर्चामा आएकी कितिया दुवैलाई हार्दिक बधाई ।
यस क्षेत्रमा लागिरहेका अन्य सबै सबैप्रति शुभ भाव ।
(सन्दर्भ सामग्रीः सम्बन्धित व्यक्तिसम्बद्ध सामाजिक सञ्जाल, वेबसाइट, युट्युब भिडियो आदि ।)
Monday, July 11, 2022
विभिन्न मिडियामा प्रकाशित वर्ष २०७९ का हास्यव्यङ्ग्य लेखहरू
गजुरियलः एक पराजित उम्मेदवारको दर्दभरी कहानी
https://www.gajureal.com/news/2022/05/25/9305.html
(लेखका लागि मनोज दाइले दोहोर्याएर फोन गर्दै बधाई दिनु भएको)
समृद्ध समाजः हावा कर
https://samriddhasamaj.com/archives/35809
समृद्ध समाजः आए आँप गए झटारो
https://samriddhasamaj.com/archives/37646
समृद्ध समाजः भुल सुधार
https://samriddhasamaj.com/archives/36050
रातोपाटीः हरिशंकर परसाईः भारतमा हास्यव्यङ्ग्य विधालाई स्थापित गर्ने साहित्यकार
https://www.ratopati.com/story/246243/2022/6/18/hari-shankar-parasai
Saturday, July 9, 2022
किताब छाप्न नभ्याउनेलाई झटारो
जनक शिक्षा सामग्री केन्द्रलाई केवल ५ प्रश्न
पहिलो प्रश्नः
माओवादी केन्द्रले यही नाम सच्याएर 'केन्द्र' राखेको हुनुपर्छ । जनक भनेको को ? जनकमान डंगोल, जनकराज पन्त, जनक माध्यमिक विद्यालय ? राजा जनक हुन् भने गणतन्त्रमा केका राजा ? ज्ञानेन्द्र शाह त महाराज बाट ज्ञानेन्द्र दाई भैसके ।
दोश्रो प्रश्नः
कुरा हप्तादिनमा मतपत्र छाप्न भ्याउने, किताब छाप्न नभ्याउने ?
तेश्रो प्रश्नः
गिनिज बुकमा नाम लेखाउन लाग्दा पाना सकिएको भन्ने खबर छ ? कि जनक शिक्षा सामग्रीले कागज उतै पठायो ? पठायो भने किन पठायो ? कसरी पठायो ? उसैगरी स्कूल स्कूलमा किताब पठाए हुँदैन ?
चौथो प्रश्नः
जनक शिक्षा सामग्रीको टाउके कर्मचारीलाई कालो मोसो दलिएछ ? एक्काइसौं शताब्दीमा पनि कालो मोसो दल्ने हो ? स्कूलहरूमा कालोपाटी हटेर सेतोपाटी आइसकेको छ । पत्रिकामा पनि सेतोपाटी, रातोपाटी, हरियोपाटी, गुगलपाटी कुन पाटी ?
पाँचौं प्रश्नः
स्थानीय सरकारलाई छाप्न नदिएर किन अझै राजाको पालाको बाजा बजाएर बसिरहेका होलान् ।
पुरस्कार राशीमा व्यापक घोटाला
सुलसुले मिडिया, विशेष रिपोर्ट
हेटौंडा, २५ असार
सामान्यतयाः साहित्यकारहरूलाई समाजका समस्याबारे जानकार भई समाधानका लागि विभिन्न लेखरचनामार्फत् आवाज उठाउने सचेत व्यक्तिहरुका रुपमा चिन्ने गरिन्छ । तर यहाँ भने त्यसको ठीक उल्टो भई उनीहरू आफैं पीडित भएका छन् ।
हाम्रा सुलसुले मिडिया संवाददाताले हेटौंडाका एक स्रष्टा सम्मान कार्यक्रममा घोटाला भएको तथ्य पत्ता लगाएका छन् । सुलसुले अनुसन्धान व्यूरोद्वारा गरिएको विशेष अनुसन्धानका क्रममा यस्तो तथ्य पत्ता लागेको हो । १० हजार १ रुपैयाँको पुरस्कारमा १० हजार दिइएको तर १ रुपैयाँ गायब भएको, ५ हजार १ रुपैयाँको पुरस्कारमा पनि उस्तै १ रुपैयाँ गायब भएको र १५ हजार १ रुपैयाँको पुरस्कार राशीमा समेत १ रुपैयाँ घटाइएकोले पुरस्कृतहरू न्यायका लागि कहाँ कता जाने अन्यौलमा रहेका छन् । फूलमाला लगाएर होली खेलेझैं अबिरले राताम्मै भएर हाम्रो कार्यालयमा आएका उनीहरूलाई न्याय दिलाउने कसले ? यस्तोबेला सरकार कहाँ छ ?
आयोजक आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटासँग बुझ्दा आफूले कुनै घोटाला नगरेको र पूर्व पदाधिकारीले गरेको हुनसक्ने आशंका गर्नुभयो । यस्तै निवर्तमान अध्यक्ष अनिता न्यौपानेसँग च्याटगरी बुझ्दा त्यो १ रुपैयाँ आफूले केही गरी नदिने बरू सबै पीडितहरूलाई एक ठाउँमा राखेर २५/२५ रुपियाँको चिया र बिस्कुट क्षतिपूर्तिबापत खुवाउन सकिने बताउनु भयो ।
अन्ततः सरकारी बैङ्कमा १ लिटर पेट्रोल खर्च गरेर १ रुपैयाँको चेक लिएर जाँदा सोको भर्पाइ दिन समेत १ घण्टा धर्कामा बस्नुपर्ने बाध्यता छँदैछ । यस्ता सस्ता तथ्य पनि सुलसुले मिडियाले अन्य मिडियाको समाचारबाट पत्तो लगाएपछि यो भव्य समाचार अर्थ मन्त्रालयको सिसिटिभी फुटेजझैं सेलाउने निश्चित देखियो । काग कराउँदै गर्छ, १ रुपैयाँ हराउँदै गर्छ ।
यस्ता समाचार न्यूज २४, न्यूज ३० तथा न्यूज ३६५ कसैले पनि नबजाउने हुँदा सुलसुले मिडिया फेरि पनि खल्तिखलाँस रित्तो गिलाँस हुन बाध्य भएको र श्रीलंकाझैं टाट फर्किएको घोषणा गर्दछ ।
नोटः यो समाचार अन्य मिडियामा सार्नु परेमा सुलसुले मिडियाको खुत्रुकेमा १ रुपैयाँ खसाल्नुपर्नेछ ।
----------------------
सुलसुले मिडियाका लागि प्रकाशक, सम्पादक, संवाददाता तथा कार्यालयका एकमात्र झाडुवाला, डाडुवाला निर्देशकः सुलसुले
[हास्यव्यङ्ग्य समाचारले कसैलाई च्वास्स परेमा परिरहोस् । हामी यस्तै त हो नि ब्रो ।]
Sunday, March 27, 2022
आखिर MCC ले गरिखान दिएन नै ।
MCC घातक छ भनेर मैले पहिल्यैदेखि भन्दै आएको हो । आज पनि भन्छु MCC सबैका लागि घातक छ । MCC अमेरिकाका लागि त घातक छ भने हामीजस्तो विकासको पुच्छर समातेर खहरे खोला तर्दै गरेकाहरूका लागि घातक नहुने कुरै भएन ।
MCC ले हामीलाई सतायो । MCC ले गर्दा आज यो हालतमा आउनुपर्यो । हामी करोडपति थियौं, MCC ले रोडपति बनायो । MCC कारणले फ्याक्ट्री चलाउन पाइएन, बच्चा पढाउन पाइएन, अरु त अरु कुखुराका चल्ला पनि भकाभक मर्न लागे । यो MCC ले गर्दा बालबच्चाले फुर्सद पाए, आँगन पिँढीमा बङ्कर खनेरै सिध्याउने भए । हेर्नुस् फेरि भन्छु MCC सबैका लागि घातक छ । यो MCC लाई पहिल्यै हटाउनुपर्थ्यो । नरोप्नु MCC रोप्यो अहिले टोक्नु न बोक्नु भयो ।.....
Sunday, February 20, 2022
विभिन्न मिडियामा प्रकाशित केही नयाँ लेखहरू
२०७८ का केही चर्चित हास्यव्यङ्ग्य लेखहरू
रातोपाटीः हाकिमको टाउकोमा वीपीको चश्मा
https://ratopati.com/story/221486/2022/2/16/blog-?fbclid=IwAR1s1_VT1tFOn1nb70_PWhvppoRsg9RRy_a4ige5YwIvibXQfCnVTW2mNhM
नागरिकः विज्ञानको जयजकार
https://nagariknews.nagariknetwork.com/arts/731701-1643791927.html
पश्चिम प्रेसः पुरस्कारको फेरि, चुनावको जेरी
https://paschimpress.com/posts/738
समृद्ध समाजः अलपत्र-कार
https://samriddhasamaj.com/archives/30654
समृद्ध समाजः सूर्ती खानेको फुर्ती
https://samriddhasamaj.com/archives/28875
समृद्ध समाजः महिलावादी म
https://samriddhasamaj.com/archives/28075
समृद्ध समाजः एक धर्के हास्य व्यङ्ग्य
https://samriddhasamaj.com/archives/26192
समृद्ध समाजः नेपालमा संसारलाई चकित तुल्याउने घटनाक्रमहरू
https://samriddhasamaj.com/archives/25789
समृद्ध समाजः पहिचानसहितको ब्रोइलर जात्रा
https://samriddhasamaj.com/archives/24309
समृद्ध समाजः हेल्प पोस्ट
https://samriddhasamaj.com/archives/22150
समृद्ध समाजः तिउनजति तरकारी भएपछि
https://samriddhasamaj.com/archives/21010
समृद्ध समाज र अक्षय अक्षर (बुढ्यौली साहित्य समाज): बुढ्यौलीका कुरा
https://samriddhasamaj.com/archives/19961
समृद्ध समाजः नाम
https://samriddhasamaj.com/archives/15973
समृद्ध समाजः त्यसपछि दारी पालेँ
https://samriddhasamaj.com/archives/15126
समृद्ध समाजः स्यालको नेतृत्व
https://samriddhasamaj.com/archives/14607
समृद्ध समाजः सडकको गीत
https://samriddhasamaj.com/archives/14095
समृद्ध समाजः हजुरबाको फ्यासबुक
https://samriddhasamaj.com/archives/13236
समृद्ध समाजः उखान थेरापी
https://samriddhasamaj.com/archives/12780
समृद्ध समाजः ऐसा, तैसा, पैसा
https://samriddhasamaj.com/archives/12780
समृद्ध समाजः विल गेट्सलाई सम्बोधन
https://samriddhasamaj.com/archives/11814
बाह्रखरीः तलब महात्म्य
https://baahrakhari.com/news-details/343910
गजुरियलः होटलको खाना
https://www.gajureal.com/news/2022/03/05/9008.html
तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे
तिम्ले मिस कल गर्दा , भक्कानो सङ्गालिएको खाङ्ग्रे यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली स...
-
प्रिय छोरी दुखको कुरा सुनाऔँ भनेर नि ! ४ नम्बर वडा कार्यालयमा हिजै मात्र फाइल बुझाएर आएको । आज कार्यालय डढेर सबै खरानी भइगयो । नगरपालिकामा आ...
-
संप्रस पौडेल कात्रो भन्नाले " मनुस्यले होस हराएर संसार त्याग्दा अन्तिममा पहिर्याइदिने लासपोस भन्ने जनाउँछ । " हुन त घाट अनि क...
-
युगले नचिनेको दार्शनिक : रुपचन्द्र विष्ट बि.सं. १९९० पौष २६-२०५६ “केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग...



