संप्रस पौडेलको यस ब्लगमा तपाईँहरुलाई हार्दिक स्वागत छ । कथा‚ कविता‚ गजल तथा हास्यव्यंग्यात्मक लेखरचना‚ विभिन्न फोटो‚ समाचार, लोकसेवा सामग्री तथा मनमा लागेका विभिन्न भावनाहरुलाई समेटिएको एकै झमेटमा अध्ययन गर्न सकिने यो ब्लग किताब लेख्ने जाँगर नचलेर तयार गरिएको हो । :-D कृपया ब्लग भिजिट गरेपछि कमेन्ट गर्न नबिर्सनु नि ।
Wednesday, July 24, 2019
समाचारकै अपरेसन-२
Monday, July 22, 2019
पखाला लाउने भाषण
Sunday, July 21, 2019
प्रकृतिका ईञ्जिनीयर
यहाँ भने मानव निर्मित नभएर प्रकृतिका इञ्जिनियर बारे चर्चा गरिएको छ ।
ब्लगर संप्रस पौडेलको आफ्नै घरबारी (मनहरी गाउँपालिका-५, मकवानपुर) मा रहेको नरिवलको बोटमा केही गुँडहरू रहेका छन् । यी चराका गुँड हुन् । जाबो चराको गुँडको के चर्चा भन्ने कुरा पनि आउला । यसलाई यहाँ प्रष्ट पारिएको छ:
भँगेरा जत्रै आकार र वजनका तोपचराले वर्षाअगावै नयाँ गुँडहरू बनाएका हुन् । यी गुँडहरू लामा आकारका छन् । यस्तै गुँडहरू पातमा झुण्ड्याइएका छन् । यहाँ बनेका सबै गुँडमा सिरू (धान जस्तै घाँस) जस्ता झारहरूबाट बनेका छन् । यी गुँडमा छिर्नका लागि तल जमिनपट्टीको भागबाट ढोका राखिएको हुन्छ । प्रत्येक गुँडभित्र कोठाहरू रहेका हुन्छन् । यस्तै अन्य चराभन्दा यसको विशेषता के भने तोपचराले राती उज्यालोको लागि जुनकिरीलाई भित्रै राख्ने गरेको छ ।
अजीवको गुँड, गुँडभित्र कोठाहरू, पातमा झुण्ड्याइएका र बुनिएका गुँड, उज्यालोका लागि जुनकीरी राखिने र धेरै समूहले एकै रूखमा गुँड बनाउँने हुँदा यस चरालाई प्रकृतिका ईञ्जिनियर भन्ने उपमा दिन मन लाग्यो ।
यी विषयवस्तु तपाईँलाई कस्तो लाग्यो? लेख्न नभूल्नु ल !
- संप्रस पौडेल 'दिवस'
Wednesday, July 17, 2019
बकम्फुसे पत्रुकारिताका केही उदाहरणहरु
घरमै बसेर अरुका सामाजिक सञ्जालका पोष्ट साभार गरी समाचार बनाउँदाको परिणामः
यसलाई मैले बकम्फुसे पत्रुकारिताको उपमा दिएको छु ।
उदाहरण १
जानकारीः निर्दोष मानिसलाई सिरिन्ज आक्रमणको आरोप लगाउँदाको परिणामस्वरुप शिक्षक खगेन्द्र पाठकले स्थानीयको कुटाई खाँदै प्रहरीसम्म पुग्नुपर्यो । आरोप प्रमाणित नहुँदासम्म कोही पनि अपराधी हुँदैनन् तर हाम्रा पत्रिकाले हतारमै उनलाई अपराधी बनाइदिए ।
--------------
बिबिसीकाे एउटा समाचार

Sunday, July 7, 2019
Sunday, June 30, 2019
समाचारकै अपरेसन-१
Thursday, June 27, 2019
Monday, June 24, 2019
बाहुनवाद-३
के के वाद, केके वाद ।
कतै जिन्दावाद, कतै मूर्दावाद ।
एउटा जातिलाई गाली गर्दा अर्कोको नाक फुलेर घिरौंला वाद ।
गाली खानेको ओठमुख सुकेर सुकौरा वाद ।
वादको गन्धः
# शेर्पाहरुले सगरमाथा चढे, त्यहाँ शेर्पावादको गन्ध आउला ।
# नेवारहरुले सँस्कृति धाने, त्यहाँ नेवारवादकाे गन्ध आउला ।
# मधेशमा चेतना बढ्दै गयो, त्यहाँ पनि मधेशवादको गन्ध आउला ।
# अपाङ्ग, महिला र पिछडाहरुको पहुँच बढ्दै गयो, त्यहाँ पनि गन्ध आउला ।
अब कुनै कुरामा अब्बल जातिहरुको पछि लागेर न्वारानदेखिको बल निकाल्दै हुर्मत लिने बेला हो र यो ?
Wednesday, June 19, 2019
देश र माटो सुहाउँदो गणतन्त्रको मौलिक परिभाषा
----------------------------------------------------------
शान्तिपूर्ण आन्दोलनः लोकतन्त्र ।
Saturday, June 8, 2019
Tuesday, May 28, 2019
समृध्दीले डकारेको देश
समृध्दिलाई चिन्न नसक्नेहरू ।
---
ए पूरातनवादीहरू,
ए विकास विरोधीहरू,
ए प्रतिगामी र षडयन्त्रकारीहरू,
ए दृष्टीभ्रम पालेका,
समृध्दिलाई चिन्न नसक्नेहरू ।
देशमा केही छैन भन्नेहरू हो,
देशमा विकासै विकास भन्दा के छ,
नपत्याए भित्रि मनले हेर्नोस् त,
कानले देख्नोस्, आँखाले सुन्नोस् त ।
कान्लामा आची गर्दा बेशीँ पुग्छ,
यस्ता प्रविधिलाई विकास नभन्ने?
सडकको धुलो जम्मा गरेर
गमलामा धान रोप्न मिल्छ,
यस्ता गतिविधिलाई विकास नमान्ने?
अब विकासका नाम फेर्ने बेला भो,
सबैले विदेशी नाम राख्न थाले,
कसरी विकास विकासै भैराख्ने हो,
विकास बहादुर थापाले कक्षा ८ मै नाम फेरेछ,
निकास अधिकारीले पनि नाम फेरेछ,
अब सन्तानको नाम विकास राख्नोस्,
समृध्दि, परिवर्तन र निकास राख्नोस्,
राजदूतको पद साली र सालामा,
अनि विकास र आमूल परिवर्तन हाम्रै पालामा ।
अनी सुन्नोस्,
डुङ्गालाई जहाज भनौँ,
३० फिटे गाडीलाई रेल मानौँ,
पुलिसले समात्ने बित्तिकै छानविनविनै अपराधि घोषणा गरौँ,
बा आमाको अर्तीलाई बल मिचाईँ मानौँ,
रुखो खेतमा परेको शीतलाई सिँचाई मानौँ । ।
माल पाएर चाल नपाएको भन्दै
विदेशीले हकारेको देश,
स्वदेशीले नागरिकता त्याग्दै
विदेश पुगी खकारेको देश,
नेता र कर्मचारी मिली भगतमा
चोरमाथि चकारेको देश ।
आफ्नो दुनो अन्त तेर्सिँदा,
एकले अर्कोलाई हकारेको देश,
खान्न खान्न लोकाचार राख्दै डकारेको देश ।
यसैलाई ठानौँ नयाँ नेपालको रीति,
कत्ति पनि प्रेसर नबढाउनोस्,
देशमा विकासै विकास रहेछ,
घोडाको गोबर, गाइको लिती,
यै हो खितिति हाँसो उठ्ने समृध्दि ।
Thursday, May 9, 2019
उखु किसान र नाथे मास्टर

Wednesday, May 1, 2019
झूठा मिडिया
* मिडिया हिमालमा 'यति'को पाइला भन्दै हुङ्कार गर्छ
* निर बिरालोलाई डार्विनको विकासवादी सिध्दान्त अनुसारको परिवर्तित जनावर भन्दै हल्ला गर्छ
* अनुजाले पैसा भेटेर फिर्ता गरेको भन्दै राष्ट्रपति, प्रधानमन्त्रिको बधाई छपाउन व्यस्त हुन्छ
* रातोपाटी र सेतोपाटीहरू आ-आफ्नै पार्टीका डम्फु बजाउँदैछन्
* नेकपा नेताका कर्तुत खुलाउँदा कांग्रेसका कुरा निकालेर तैँ चुप मैँ चुप गराउछ
* सँगसँगै बसेर जाँड पान गर्नेको नकारात्मक समाचार हेर्दा पनि हेर्दैन
* सबैलाई भाइरल हुनुपर्ने नाउँमा व्यक्तिगत र पारिवारिक गोप्यतामा मानहानी
* एनसेल प्रकरणमा कतिपय मिडिया विज्ञापन नआउने डरले लेख्दै लेख्दैनन्
* फेसबुकबाट समाचार चोर्ने चोर मिडियाको विगविगी बढेको छ, आफू फिल्डमा जानुभन्दा अरूको पोष्ट पर्खेर आफ्ना मिडिया चलाउनेको विगविगी छ
हो अब,
आफूलाई आनन्दित राख्न चाहनुहुन्छ भने समाचार पढ्नै छोड्नुस् ।
तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे
तिम्ले मिस कल गर्दा , भक्कानो सङ्गालिएको खाङ्ग्रे यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली स...
-
प्रिय छोरी दुखको कुरा सुनाऔँ भनेर नि ! ४ नम्बर वडा कार्यालयमा हिजै मात्र फाइल बुझाएर आएको । आज कार्यालय डढेर सबै खरानी भइगयो । नगरपालिकामा आ...
-
संप्रस पौडेल कात्रो भन्नाले " मनुस्यले होस हराएर संसार त्याग्दा अन्तिममा पहिर्याइदिने लासपोस भन्ने जनाउँछ । " हुन त घाट अनि क...
-
युगले नचिनेको दार्शनिक : रुपचन्द्र विष्ट बि.सं. १९९० पौष २६-२०५६ “केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग...











