Wednesday, January 23, 2019

अहिलेसम्मकै खतरा ज्योतिषको सनसनीपूर्ण खुलासा



नेपालमा दिनानुदिन एकपछि अर्को ज्योतिषहरू भाइरल भैराखेका छन् । यसैक्रममा अर्का ज्योतिष आइपुगेका छन् । ज्योतिष श्री 'नागार्जुन पत्रु'ले अन्य ज्योतिषले घोषणा गर्न नसकेका विषयहरू खोलेर चर्चित बनेका छन् ।

उनका घोषणाहरू:-
१. उखानसम्बन्धमा:
* ७७ सालभित्र केपी ओलीको उखान भण्डार रित्तिन्छ ।
* अन्यत्र छरिएका उखानहरूमा शनीको दोष देखिएकोले तिनले पनि कुनै काम गर्ने छैनन् ।
* उखान रित्तिएपछि बुध्दिजिवीहरूले ठाउँ पाउनेछन् ।
* ओलीको उखानले कुनै काम नगरेपछि बुध्दिजिवीहरूले उखान टुक्का हालेर ओलीलाई खुत्रुक्कै पार्नेछन् ।
२. राजा आउने सम्बन्धमा:
* मैले जस्तै अरू भाइरल ज्योतिषले पनि राजा आउँछन् भनेका छन् । राजा निकट भविष्यमै आउँछन् ।
* आजै मात्रै भुटानकी मुमा बडामहारानी आउनुभयो । स्वयम्भु दर्शन गर्नुभयो । उनले फर्केर जाँदा वस्तुस्थिति बताउँछिन् र भुटानी राजा नेपाल आउँछन् ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २