Sunday, February 17, 2019

पशुपति शर्मा विवादमा

पशुपति शर्मालाई 'लुट्न सके
लुट' गीतले विवादित बनाइएको छ । केही दलका भातृ संगठनले गीतको चर्को आलोचना गरेका छन् । आफैँले अपलोड गरेको गीत भने हटाइसकेका छन् । आलोचना गर्नेहरूप्रति यस सम्बन्धमा केही प्रश्नहरू राख्न चाहन्छु ।
१. Vten का 'चुरोट' र Okharz का 'गाँजा' गीत तपाईँका बालबालिकाले गाइदेओस् भन्ने लाग्छ?
२. लुट फिल्म नेपालमा नयाँ ट्रेण्ड ल्याउने फिल्म बन्यो, यसको सन्देश के हो? (पशुपतिकै गीतझैँ हो यो, यस्तै हुँदैछ भन्ने देखाइएको होइन र?)
३. अर्चना पनेरूहरू पत्रिकाका खुराक बनिरहेछन्, सभ्य समाज निर्माणको गति यै हो?
४. एनसेल, वाइडबडी, निर्मला काण्ड, राजनारायण, सुनकाण्ड आदिका विषय गरमागरम भैराखेका बेला व्यंग्य र बेथितिलाई रोक्न शंखघोष गरेका हुन् शर्माले ।
५. चुनाव र राजनीतिक दलका शीर्षगीतहरू गायकलाई गाउन नदिएर कार्यकर्ता र नेताले पो गाउँने हो कि?
६. मह, किरण-राजाराम, दीपक-दीपा, जितु, दमन, धुर्मुश-सुन्तली, सुबोध आदि हास्यव्यंग्य श्रष्टासहित  वात्स्यायन, राजेश केसी, वासु क्षितिज, अविन आदिलाई पनि बहिष्कार गर्ने पो हो कि!
७. मलाई अमेरिका यहीँ गाउँदा वाहवाही पाएका पशुपतिलाई सम्झने हो भने उनी राजनीतिक दल र सबै सरकारबाट निराश पारिएका किसानलाई सम्झेर गाएको कुरा किन बिर्सने?
८. तथ्यगत समस्यामाथि कहिल्यै नबोल्ने, तोडफोड, उद्दण्ड, बन्द, हड्ताल, आ-आफ्ना सरकारको लोलोपोतो गाउँदैमा समय बिताउने जैरेहरू चोरको खुट्टो काट् भन्दा खुट्टो उचाल्नु नेपालमा नयाँ हो र?
९. प्रेम बानियाँलाई लखेटियो, रवि लामिछानेलाई नङ्ग्याउन खोजियो, दल र यिनका पिछलग्गुहरूको पञ्चायती पारा अझै नजाँदा हाम्ले परिवर्तनको महशुस कहिले गर्ने?
१०. आफ्नो हैसियत बिर्सिएर एउटा कलाकारसँग कतिको थुरथुर भएका?
११. अश्लिल गीत र समाज तथा नैतिकता विरोधी गीत गाउँदा चुप बस्ने बिग्रेको राजनीति प्रष्ट्याउँदा नाङ्गै हुन लाग्यौँ भनि डराउने?
१२. अन्त्यमा,
चुरोटको गोलोगोलो धुवाँ, गाँजा खाने दिन गए, ट्याब 'हान्छु' जस्ता गीत बजिरहँदा स्कूले भाइबहिनीमाथि परेको मानसिक असर नदेख्दा पशुपतिलाईचाहिँ शत्रु नै लागेको हो भन्न पाइने कारण नपाइने?
यसो भनिराख्दा जातियता हावी भयो भन्ने आरोप पनि लाग्न सक्छ, यो नेपाल हो, यहाँ जतिखेर जे पनि हुन सक्छ । जनतासामू निर्लज्ज भैराख्दा जो भाको साख पनि गुम्ला होश गरेकै राम्रो ।
#पशुपति_शर्मा #pashupati_Sharma
भिडियोकालागि यहाँ क्लिक गर्नुहोस् ।

2 comments:

  1. कुरा ठीक हो। स्वतन्त्रता र स्वाधीनता मूलभूत मानवीय अधिकार हो। यसमा अंकुस लगाउन खोज्नु आजको सभ्य र स्वतन्त्र समाजमा पटक्कै सुहाउँदैन। राम्रो र नराम्रो छुट्याएर राम्रो कुरा ग्रहण गर्ने सामर्थ्य समाज र यसका सदस्यमा छँदैछ। एउटा मानिसले हजारौं मानिसहरूको विरुद्ध बोल्छ भने पनि उसलाई चुप गराउने अधिकार कसैलाई छैन।

    ReplyDelete
    Replies
    1. मिठा प्रतिकृयाका लागि आभार ।
      कृपया रचनात्मक सुझावको अपेक्षा गर्दछु ।

      Delete

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २