कलमको जीत हुने वक्तृत्व गाउँदा गाउँदै
तरबारको भीडमा उभेर तरबारै भई
मैले तँलाई छिनालेँ भने
मेरो देशको संविधान‚
तँ आँखा चिम्लेर बस्
तैले नेताको गल्ती
कर्मचारीको भ्रष्टाचार
चाकरी र चाप्लुसी सहन सकिस् भने
मेरो तरबारको कथाको मौन पात्र बनेर
बस्दा तेरो पुस्ताले धन्यवाद भन्दा हुन्
नपत्याए पृथ्वीनारायण र भीमसेनलाई सोध्
अझ बलभद्र र अमरसिंहसंग बुझ्
नपुगे जंगबहादुर र लखनथापासंग सिक्
तरबार ठूलो कि कलम ?
म बम्बैमा बेचिएका चेली‚
अफगानिस्तानमा हेलिएकी चेली‚
इराकमा मरिरहेका दाजुभाइहरु‚
भारतमा जुत्ता खाइरहेका साथीहरुको पक्षमा
कलमको बिट मार्दै
तरबारको वक्तृत्व गाउँन चाहन्छु ।
तैले देखेकै हो‚
नेताको ओठे भाषणले देश चल्दोरहेछ
कलमको कोठे रासनले साहित्य बन्दोरहेछ
तरबारको करामत खै नेताले भन्दै भनेन
तरबारको कविता खै कलमले लेख्दै लेखेन
म उही तरबार लिएर अपराधीहरुको अस्तित्व मेटाउन
लागिरहेछु लागिरहेछु‚
खबरदार ! कोही पिछा गर्ने होइन
म तरबार भैसकेको छु ।
(मितिः २०६९ मङ्सिर १९ गते‚ २०६९)
No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।