Thursday, May 16, 2013

ढाका टोपी




रोएर फकाइएको आँखा जस्तो
धोएर सुकाइएको लुगा जस्तो
स्त्री नगरिएको मुजा परेका
अझ भनौं मिल्काउन नसकिएका
थोत्रै भएर धुजा परेका मेरो ढाका टोपी
आज एक्लै मसानघाटमा
अन्तिम सँस्कार गरिदिने
'किरियापुत्री चाहिएको' विज्ञापन गरिरहेछ ।
 (मितिः २०६९ मङ्सिर १९ गते२०६९)

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे

  तिम्ले मिस कल गर्दा , भक्कानो सङ्गालिएको खाङ्ग्रे यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली स...