–संप्रस
पौडेल ‘दिवस’
नेपालीहरु जात्रैजात्रा मनाएर बिग्रिए । भन्नलाई काठमाण्डौका नेवार जातिले
रीति स“स्कृति धानेका छन् भने पनि दिनैपिच्छेको चाडबाड, स“स्कृति
र जात्राले गरिबलाई ऋणको भारीले थिचेको थिच्यै छ । ब्राम्हण क्षेत्रीहरुले दशैं
तिहारको ऋण तिर्न भ्याइसकेका छैनन् । राउटेहरुलाई सरकारले जात्रा मनाइदिनु परेको छ
। अरु जातजाति पनि आफ्नै स“स्कृति र चाडबाडमा देखावटी र भड्किलो
परम्पराले गर्दा ऋणको खाडलमा जाकिइरहेका छन् । यस्तैमा सबै जातजातिको लागि नया“ जात्राको
शुरुवात भइसकेको छ, लोडसेडिङ जात्रा । नमनाई सुखै छैन ।
गाउ“ शहर, डा“डा“ पाखा, लेक बेशी जता बिजुली गएको छ, त्यहा“ लोडसेडिङको जात्रा मनाइएकै छ । जे होस् नेपालमा आजकल लोडसेडिङले जात्रामय भएको छ । विदेशीहरु पनि लोडसेडिङ जात्रा मनाउ“न नेपालै ताक्ने क्रममा छन् । चौबिसै घण्टा बल्ने बत्ति र तीन सय पैसठ्ठी दिनै हुने मेसिनको क्वारक्वारले दिक्क विदेशीहरु नेपालमा लोडसेडिङ मनाउ“न आउनु हाम्रो पर्यटन क्षेत्रको लागि गौरवको विषय पनि हो । भिरमा फलेको फर्सी जस्तो आज कि भोली भएको सरकारले भने लोडसेडिङ जात्रालाई चौबिस घण्टाको सट्टा बाह्र घण्टामा सीमित गर्ने योजना बुनिरहेको छ । यसमा स्वयम् विद्युत प्राधिकरणको घोर आपत्ति पनि रहेकै छ ।
बिहानै उठ्ने बेलामा बत्ति छैन, बेलुकी सुत्ने बेलामा पनि छैन । दिउ“सो काम गर्दा हुने कुरै भएन । यस्तै लोडसेडिङले गर्दा निन्द्रा नलागे पनि निदाउ“न बाध्य हुनुपर्छ । अब प्राधिकरणले पनि लोडसेडिङको बार्षिक तालिका जनतासामु ल्याउनुपर्छ भन्नेहरु बढेका छन् । हिजो प्रकाशित सेड्युल आजै नमिल्ने भएपछि प्राधिकरणप्रति लोडसेडिङ गरेको भन्दा पनि तालिकामा झुक्याएको आरोपमा धारे हात लाउनेहरु ज्यादा छन् । “लाइन पनि नदिने, तालिका नि नदिने भएपछि महिनाको असी रुप्या किन दिने ?” भन्दै गाउ“लेहरु तातेका छन् । जति ताते पनि हाकिमहरु दिउ“सै मातेका छन् ।
घोरिएर हेर्ने हो भने लोडसेडिङले फाइदाभन्दा पनि कृषि, पर्यटन, व्यापार, शिक्षा, विज्ञान, उद्योग, सञ्चार सबै क्षेत्रमा कुप्रभाव पारेको छ । देशमा भैरहेका विकासमा यसले ठूलै असर गरेको छ । नत्र नेपालमा पनि प्लेन बन्थ्यो होला, गाडी र यसका पार्टपूर्जाहरु यतै बन्थे होलान्, हेटौंडा सिमेन्ट जनताले सस्तैमा सुलभ तरिकाले पाउ“थे होलान्, हाम्रा शहरहरुमा ठूला उद्योग र लिफ्टवाला गगनचुम्बी महलहरु बन्थे होलान् । यस्तैमा एउटा गगनचुम्बी महल बारे गरिएको टिप्पणी पढौंः
नेपालमा लिफ्टको सुविधा हुने महल, सपिङ सेन्टरहरु थोरै छन् । अझ नेपालमा सयौं तलाका बिल्डिङ्गहरु त छ“दै छैनन् । सात आठ तलाका बिल्डिङ्गहरुमा भ¥याङबाटै आउजाउ हुन्छ । यदि नेपालमा लोडसेडिङ नभएको भए सयौं तलाका बिल्डिङ्ग बन्थे, त्यसमा भ¥याङबाट आउजाउ गर्दा हाम्रा बाजेबज्यैले जस्तो सातु सामलको व्यवस्था गर्नुपथ्र्यो । अर्थात् दिनरात नै भ¥याङ चढेको चढ्यैमा बित्थ्यो । कति गर्भिणीहरुले भ¥याङमै बच्चा कोरल्थे त कति माथिका निम्तालुहरु भ¥याङमै परमधाम हुन्थे । यसैले त्यस्ता बिल्डिङमा लिफ्टको व्यवस्था जरुरी हुन्थ्यो । नेपालीको बानी चाडबाड र स“स्कृति बिर्सने कुरै भएन । त्यसमाथि लोकतन्त्रको दारु पिउ“दै गणतन्त्रको ढाडमा पिसाब गर्ने आदत । लोडसेडिङ चाड मनाउ“न भए पनि कहिलेकाहीँ विद्युत प्राधिकरणमा ज्ञापनपत्र दि“दै बिजुली रोक्न लगाइन्थ्यो । (लिङ्गो ढलेर कैयौं मान्छे मर्दा पनि हामी काठमाण्डौंको जात्राहरु त्राशैत्राशमा मनाइरहेका छौं ।) यसै क्रममा लोडसेडिङ नै भयो भने त आफ्नै हात जनार्दन भनेर्भैm एघार नम्बरमा (हि“डेर) भ¥याङ चढ्नुको अर्को विकल्प पनि हुन्थेन ।
मेरालागि हा“स्यमा तातेताते थिरथिर गर्दै गर्दा विभिन्न कार्यक्रममा उपस्थिति जनाउ“नु लोडसेडिङको सही सदुपयोग हुनेछ । एक दिन गगनचुम्बी महलको पचासौं तलाको थिएटरमा हुने हा“स्य प्रहसन हेर्न जाने टिकट हात प¥यो । लोडसेडिङ्गकै कारण लिफ्ट नचलेकाले भुइ“तलामै आदरणीय आर.सी. रिजाल सर र आदरणीय हाँस्यव्यंग्यकार लक्ष्मण गाम्नागेसंग भेट भयो । बिर्सने बानी र प्रहरीको बेकारको जा“चबुझले गर्दा उहा“हरुले आफ्नो टिकट पनि मलाई नै जिम्मा लाउनुभो । उहा“हरुको पान खाने रहर मेट्न एकौटा मिठ्ठापान खुवाए“ । उहा“हरुसंग हि“ड्न पाउ“नु मेरो अहोभाग्य ठान्दै भ¥याङ चढ्दै गर्दा तीनै जनाले केही न केही कथा गुथेर बाटो कटाउने सल्लाह भयो । चालिसौं तलासम्म आर.सी. सरले “हाकिमको खप्पर” को कथा गुथ्नुभो । असीऔं तलासम्म पुग्दा गाम्नागेले “तातो न भुत्लो” को हाँस्य कविता वाचन गर्नुभो । हा“स्य विधाका चर्चित राष्ट्रिय नायकहरुका अगाडि काउकुति लगाई हँसाउनु बाहेक अर्थोकमा मेरो पित्ताम चल्ने कुरै भएन । बरु मनमा गुन्दागुन्दै पचासौं तलामा पुगेर मैले एउटा वास्तविक घटना भने“ । एक्कासी मैले भनेको वास्तविक घटनाले दुवै हा“स्यव्यंग्यकारहरु मर्माहत भएर रुन थाल्नुभो । मैले भनेको कुरो यस्तो थियो, “दुवै हाँस्य विधाका नायकहरु म तपाइहरुसंग माफी माग्दछु, कुरो के भने प्रहसन हेर्नका लागि काटिएको टिकट त पान पसलमै छुटेछ ।”
दुवै जनाले रीसले लाल लाल आँखा बनाउँदै गर्दा डरले लुगलुग काम्न लागिछु । बिहान ढिलासम्म सुतेकोमा आमाले कुचो मच्चाएपछि पो लोडसेडिङको करामत बारे वास्तविकता पत्तो भएछ । म त भन्छु “एक सय पच्चिस जातैलाई लोडसेडिङ जात्रा चाहि“दैन, देशमा नपुग्ने बिजुली विदेशमा बेच्न पाइँदैन ।” अस्तु । Sambridha Samaj Daily, Hetauda 2069-08-27

No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।