संप्रस पौडेलको यस ब्लगमा तपाईँहरुलाई हार्दिक स्वागत छ । कथा‚ कविता‚ गजल तथा हास्यव्यंग्यात्मक लेखरचना‚ विभिन्न फोटो‚ समाचार, लोकसेवा सामग्री तथा मनमा लागेका विभिन्न भावनाहरुलाई समेटिएको एकै झमेटमा अध्ययन गर्न सकिने यो ब्लग किताब लेख्ने जाँगर नचलेर तयार गरिएको हो । :-D कृपया ब्लग भिजिट गरेपछि कमेन्ट गर्न नबिर्सनु नि ।
Monday, August 24, 2015
बन्द र माग्ने ।
Magne Poem by : Chatyangmaster
माग्ने ।।।
....
....
माग्ने अब यस्तरी माग्ने
विश्व थर्काई माग्ने,
ऋण दान अनुदान जे पाइन्छ
त्यै माग्ने
माग्दा माग्दा; धनी हामी
दिने बन्नेछ माग्ने ।.....
विश्व थर्काई माग्ने,
ऋण दान अनुदान जे पाइन्छ
त्यै माग्ने
माग्दा माग्दा; धनी हामी
दिने बन्नेछ माग्ने ।.....
Banda ra Magne Poem by : Divas
बन्द हो बन्दले गर्छ,
बन्दले धेरै गर्यो,
इतिहासले यही भन्छ,
बन्दले नै काइतेलाई चर्चित बनायो,
सडकमा चोरेर खानेहरू सदनमा पुगे,
लुटेर खानेहरू सत्तामा पुगे,
Thursday, August 6, 2015
निन्द्रै परेन
– दिवस
उमेरले तीन दशक पूरा गर्न लागेपछि निकै
ठूलो सपना देख्ने जमर्को गरियो, अब्दुल कलामले भनेजस्ता । त्यसैले मत
मिलेकै आधारमा त कलामलाई सलाम गरियो नि । तर खै ठूलो सपना मरिगए देखिएन ।
रातभर निदाउँने प्रयास निकै गरियो ।
उत्तानो परियो, सिलिङ फ्यान झर्यो भने त पानी
भन्न पाइन्नँ भन्ने ठानेर निन्द्रै परेन । कोल्टो फेरियो, भुइँचालोले यो
भित्तो ढल्यो भने आत्था पनि भन्न नपाइएला भनेर निन्द्रा परेन । घोप्टो परुँ न त
भन्दा आफूभन्दा पहिले भुँडी अघि बढ्छ र श्वासनली ख्याप्प पार्छ । पचासको उमेर
कटेपछि कुर्सीमा बसेर निदाउँने हाकिम जस्तो कुर्सीमा क्वाँ क्वाँ घुरेर निन्द्रै
पर्दैन । गाडीमा बसुँ भने आजकल चारपटिका टायर कता छन् यात्रुले ध्यान दिनु जरुरी छ
। गाडी खसेको कुरो ड्राइभरले बाँच्यो भने मात्रै पत्तो पाउँछ । केही गरे निन्द्रा
परेन । घरमा होस् कि सहरमा, कतै जाँदा निन्द्रै परेन ।
Friday, May 15, 2015
लघुकथाः कानून
संप्रस पौडेल
कानून र व्यवहारिक
घटनालाई केलाउँन मज्जा आउँथ्यो । व्यवहारिक समस्यालाई प्राकृतिक कानूनले निदान गराउँथ्यौँ
। प्रथा परम्परा र सँस्कृतिलाई पनि ख्याल गर्नुपर्छ भन्थ्यौँ । कुप्रथा र कुसँस्कारका
विरुद्ध समाजमा चेतना दिलाउन नसकी अन्जानमा भएका सानातिना गल्तीले पीडक र पीडितले अदालत
धाउँदा धाउँदै मर्नु नपरोस् भन्थ्यौँ ।
हामी कानून
पढ्थ्यौँ, कानूनकै हरफहरुलाई दशैंमा अघोषित रुपमा बढेको
गाडी भाडाका कुरामा सवाल जवाफ गर्थ्यौँ । मास्टरहरुले साना साना लालाबालालाई कान समातेर
चुईचुईँ उठबस गराएकामा कानूनका दफाका बहस गर्थ्यौँ । किसानले सुई लगाएर काँक्रो बढाएकोमा उसलाई चेतना दिनुपर्छ
भन्थ्यौँ । अवैध विषादी बेच्नेलाई कारबाही हुनुपर्छ भन्थ्यौँ । कानून पढेकैले व्याजप्रसादहरुसँग
मुखामुख गर्न सक्ने भयौँ ।
कानूनले अवैध
भनेको काम कसरी वैध हुन्छ ? पढेका र जानेकाहरु
पनि हुन्छ भनेसि हुन्छ भनिदिन्थे । फागु पूर्णीमामा रमाइलो गर्ने नाउँमा उछिल्लिएकाहरु
गल्ली गल्लीमा विदेशी केटिहरुका छातिमा हात पुर्याउँथेँ । बेचेर दशैं मनाउँला भनी
फलाएका काँक्रा, कागति, फलफूल तरकारीहरु तिजको चौथीका दिनमा चोरेर खाइदिन्थे । सोमलाल बिहानै दशैंलाई जग्गा धितो राखी सयकडा १० को व्याज तिरी ऋण
पाउँन अनुरोधका लागि मुखियाँकहाँ पुग्थ्यो । चौथीमा दलिनै अगाडि प्लास्टिकमा पोको पारेर
राखिदिन्थे मानव मलमूत्र । "रमाइलो गर्ने पनि हद हुन्छ नि, अरुलाई दुख दिएर के रमाइलो गर्नु ?" यस्तै भन्दै मुखिनी बज्यै सरसफाई गर्थिन् ।
रोजगारीका
लागि शहर छिरेपछि हाम्रो कानूनको पढाई बेकामे जस्तै भएको छ । साथीहरु कोही गाउँमै चक्रीय
खेतीमा लागेका छन् । कोही खाजाघर चलाउँछन् । कानून पढेको कोही सामाजिक विषय पढाउँदैछन्
। कोही प्रोजेक्टमा जागिरे छन् ।
शहरमा कतिपय
पेशा देखादेखी अवैध देखिन्छन् । खाना खाने होटलमा १२ बर्षे केटो भाँडा माझ्दैछ । संविधानमा
प्रदत्त बालबालिका सम्बन्धी मौलिक हकका धाराले उसलाई रोजगारी दिलाउँदैन बरु खोस्छ ।
सडक विभागले सडक पिच गर्ने जिम्मा दिएकामा काम गर्ने केटो आफ्नो उमेर १५ वर्ष बताउँछ
। फुटपाथमा दुई हात फैलाएर हिड्ने बालबालिकालाई वैध माग्ने बनाउँन गाविसले सिफारिस
दिएर माग्न पठाउँछ ।
रेडलाइटको
मागको कुरा चर्काचर्की सुनिन्छन् बजारमा । गृहमन्त्री फेरिनासाथ संसद अवरुद्ध भए जसरी
अवरुद्ध हुन्छन् रात्री जीवनहरु । विभिन्न सम्झौतापछि चल्छन् । चलिरहेका छन् । कानून
बेश्यावृत्तिलाई अवैध भन्छ । पत्रकारहरु वैध बनाउँछन् र भन्छन् केही समयका लागि आफ्ना
ज्यान र पैसा साट्ने यस्ता हर्कतलाई 'यौन व्यवसाय'
।
आज पनि बार,
अदालत, सरकारी कार्यालयहरुमा
टाँसिएका नागरिक बडापत्रको बोर्ड र भित्ताहरुमा हामी कानून पढिरहेका छौं । लेखे जस्तो
भैदिए.... भन्दै कल्पना गरिरहेका छौं । कानुन पढ्ने विषय हो कि व्यवहारमा लाद्ने
विषय हो अझैसम्म अनभिज्ञ छु ।
Wednesday, January 28, 2015
चाहिएको पहिचान कि परिचय पत्र ?
-संप्रस पौडेल 'दिवस'
साराका सारा पहिचान खोज्ने धुनमा छन् । धर्म–सनातन वा परिवर्तित (किनेको वा बेचेको), सँस्कृति– आयातित वा निर्यातित, जात– मूलवासी वा अन्य, भाषा– मातृभाषा वा आर्जित, झण्डा– राष्ट्रको वा दलको, राष्ट्रियता– संघको कि सिंगो देशको, भूगोल–मधेशको वा पहाडको, बसाइ– पिछडिएको वा सुगम..... इत्यादिको पहिचान चाहिएको छ । भनौं परिचयपत्र चाहिएको छ ।
आधुनिक नेपालको अढाई सय वर्षको सुस्पष्ट इतिहास नभएको अवस्थामा हामी जातजाति, उपजातिको चिन्तनमननमा तल्लिन छौं । मगर जातिको इतिहास हँगेरीका ‘मग्यार’ सँग माग्दै छौं । जिरीबासी मगरलाई जिरेल र सिन्धुपाल्चोकबासी तामाङलाई ह्योल्म्यो बनाइयो भन्दै जनजातिको राजनीति टुस्याएर रोपिसकेका छौं । वनमा जीविका गर्ने चेपाङलाई समाजमा ल्याएर वनकरिया भनी दिएका छौं । पहिचानको बिल्ला भिराएर असामाजिक कृयाकलाप धानेका राउटेलाई भत्ता दिएर वनमै छोडेका छौं । तिनका नाउँमा बनेका थेसिस र डकुमेन्टरी विदेश पठाएर डलर कमाउँने बाटो पहिल्याउँदै छौं ।
अब कर्णालीका क्षेत्रीलाई खसको दर्जा दिँदा आदिवासीको सूचीमा चढाइदिने जस खोजिरहेका छन् कोही । लिम्बुसहित सबैको परिचय भएको गाउँ लिम्बुवान भई अन्यको पहिचान विलिन गरिरहेका छौं । तामाङ बाहेक अन्यको परिचय गुगललाई जिम्मा लगाएर ताम्सालिङ नाउँमा मिडिया हाँकिरहेका छौं । मधेश आन्दोलनका नाउँमा पहाडिया खेद्ने राजनीति कसले सिकायो ? अष्ट्रेलियामा जस्तो आदिवासी समुदाय नै नष्ट गरिएको थिएन, पहिचान सबैको एक थियो हामीकहाँ । अब हामीलाई हरेकको छुट्टाछुट्टै पहिचान चाहिएको छ, उही पहिचानको परिचयपत्र चाहिएको छ । परिचयपत्रमा सीमित हुन चाहन्छौं हामी ।
नेता र नेतृत्व, आस्था र अस्तित्व टुक्रिएर छिया छिया परेको छ । अदुवा खानेलाई त्यागेर मुला खानेलाई सभामा प्रवेश गराएका छौं । भोटका लागि लाखौंलाई आँखा चिम्लेर नागरिकता बाँडेका छौं । पशुपतिमा विदेशी नै भए पनि भट्ट ब्राह्मण, मनकामनामा मगर, गढिमाईमा थारु, हलेसीमा राई,
यतिखेर हग्नेले भन्दा पाद्नेले देश हाँकेको छ । त्यही हँकाई हामीलाई प्रिय पनि छ । यसैले हामीलाई देशकोभन्दा संघको ज्यादा चासो छ, संघको भन्दा नेताको ज्यादा चर्चा छ, हामीजति पनि विवेक र बुद्धि नभएका हामीमध्येकै छनौटालाई नेतृत्व दिएर आफ्नो पहिचानको खोजीमा छौं । हामी एक एक राष्ट्रियता भूलेर परिचयपत्रमा सीमित हुन चाहेका छौं ।
नेता र नेतृत्व, आस्था र अस्तित्व टुक्रिएर छिया छिया परेको छ । अदुवा खानेलाई त्यागेर मुला खानेलाई सभामा प्रवेश गराएका छौं । भोटका लागि लाखौंलाई आँखा चिम्लेर नागरिकता बाँडेका छौं । पशुपतिमा विदेशी नै भए पनि भट्ट ब्राह्मण, मनकामनामा मगर, गढिमाईमा थारु, हलेसीमा राई,
यतिखेर हग्नेले भन्दा पाद्नेले देश हाँकेको छ । त्यही हँकाई हामीलाई प्रिय पनि छ । यसैले हामीलाई देशकोभन्दा संघको ज्यादा चासो छ, संघको भन्दा नेताको ज्यादा चर्चा छ, हामीजति पनि विवेक र बुद्धि नभएका हामीमध्येकै छनौटालाई नेतृत्व दिएर आफ्नो पहिचानको खोजीमा छौं । हामी एक एक राष्ट्रियता भूलेर परिचयपत्रमा सीमित हुन चाहेका छौं ।
यतिखेर विदेशीले हाम्रै मथिङ्गलमा बिष्ट्याएका छन्, हामी आपूm गन्हाएर चन्दनको व्यापार गरिरहेका छौं । हाम्रो राष्ट्रियता घटेको हो कि, घटाइएको हो हामीमा विवेक कसले भरिदिने हा ? अब देशको पहिचान खोज्ने बेलामा नारा लगाइरहेछौं, ‘ए फलानो तिम्ले दिएर हुने भए हाम्रो पहिचान खै ?’
विदेशी दाताको लगानी भित्र्याउँन धर्म परिवर्तनको नदेखिँदो बाढीलाई आफैंमाथि बगाएका छौं । बसेको पिर्का पनि बाँकल वा चुरोको भन्नेमा विवाद गर्न लागेका छौं । दुई लोभी बिराला दाजुभाईको रोटीको भागबण्डामा बाँदरको रजाईँ पनि हामीलाई हाम्रै पहिचान पो लाग्न थालेको छ । पहिचान शुरुदेखि गर्ने वा अन्त्यदेखि ? इतिहासबाट गर्ने वा विज्ञानबाट ? पहिचानको निर्धारण भूगोलले गर्ने वा आस्थाले गर्ने ? शिक्षाले गर्ने वा विवेकले ? कुनै न कुनै निहुँ झिकेर पहिचान सबैलाई चाहिएको छ राष्ट्रियता मिचेर वा त्यागेर, अंगालेर वा आकार फेरेर ।
Tuesday, October 21, 2014
हर्कमानको बिहे
– संप्रस पौडेल ‘दिवस’
आमाको सालसंगै झरेपछि
नै बेहाल जिन्दगी लिएर हालसम्म धान परालसरी बाँच्दै मर्दै गरिरहेको हुँदा अब काल करालको पर्खाई मात्र बाँकी रहेजस्तो लाग्छ भन्ने
हर्कमानका जुँगा फुलेर झर्न लागे । उनका जवानीका
कुरा सोध्दा आठ कक्षा पढ्दापढ्दै हाम्रो
राजनीति थाङ्ने भयो त्यसैले हामी माग्ने भयौं, अब आमूल
परिवर्तन ल्याउनुपर्छ भन्ने विद्यार्थी नेताका
पछि लागेरै ब्रह्मचारी हुन पुगेको कुरो
सुनाउँथे । प्रतिप्रश्न गर्थे, “ब्रह्मचारीका पनि केका जवानीका कुरा भाई ?” थप्थे, “कितापसिसताप
बाँसा झ्याङ्गमा फालेर राज्यको झण्डाले आची पुछ्दै
दलको झण्डा बोक्न गइयो । त्यत्तिले त आज घरको न घाटको भइयो ।” बेलाबेलामा
हुने हानाहानमा सहभागिता जनाएपछि राष्ट्रियगान बिर्सेर सानोतिनो चियापान र भट्टिगानमा समेत उनी सामेल हुन्थे अरे । सहमति,
सहकार्य
र सद्विश्वासलाई चारपाटा मुडेर गोर्खेलौरी
लाउँदै दैलोबाट खेदे पनि राजनीतिक धर्मले
जनकपुर, आम्दानीले टनकपुर, जवानीले भरपूर हुँदासम्म र एउटी जिवनसंगिनी भने जीवनमै नपाउँदा खिन्न लाग्छ भन्थे ।
Tuesday, September 23, 2014
खरायो र सिंह
लघुकथा
-संप्रस पौडेल 'दिवस'
उबेला तीन कक्षामा पढेका सिंह र खरायोको कथा । आज पूरापूर बदलिएछ ।
बाठो खरायोले स्याल पण्डितको सामिप्यतामा राजनीति सिक्न थाल्यो । 'स्याल
पाठशाला' मा पढेर बाठो भएको खरायोमा राजनीतिक घमण्डको तुजुक बढ्दै गयो ।
खरायोले क्याम्पस गेटकै छेउमा पर्दा पछाडी धुवाँ उडाउन पाउने व्यवस्था
सहितको होटेल खोलेपछि उसकोमा चिया र चुरोट खानेहरु लाइनमा बस्न लागे ।
व्यापार पनि चल्ने, राजनीतिक गफ पनि छाँट्न पाइने हुँदा उसलाई यो पेशा
काइदाको लाग्यो ।
क्याम्पसका ठिटाहरुलाई उचालेर ठिटिहरुलाई पनि
उनीहरुबाटै प्रशिक्षण दिई तीन महिनामा तीन पटक क्याम्पस प्रमुखलाई माफी
माग्न बाध्य बनायो । बाठो खरायोले आफ्नो पार्टीका भन्दा अरु क्याम्पस
प्रमुख भएमा नाना तरहका निहुँ झिकेर विद्यार्थी उचाल्दै गेटमा कालो तुल
टाँगेर भए पनि क्याम्पस प्रमुखलाई राजिनामा दिन लगाउँन सक्ने भयो । सहर
उसको गुटभित्र वाहवाही चल्यो ।
असीमित चाहना
लघुकथा
-संप्रस पौडेल 'दिवस'
एसएलसीमा राम्रो प्राप्ताङ्क ल्याएपछि रामप्रसाद अर्यालका छोरो (सुविन) साइन्स पढ्ने भयो भने छोरी (सुविना) स्टाफ नर्स ।
केही बर्षपछि
दुवैले क्याम्पसको २ र ३ वर्षे पढाई पूरा गरे । छोरा सुविन इन्टरनेटमा
खोजी गर्दै पढाई र पार्ट टाइम रोजगारी पनि पाइने भन्दै बेलायत या
अस्ट्रेलिया गएर आएकी केटीको खोजीमा लाग्यो । छोरी सुविना पनि स्टाफ नर्सका
लागि राम्रो स्यालरी पाइने भन्दै विदेश गएर आउने केटाको खोजीमा लागिन् ।
अर्याल जोडीले परेवाका जस्ता मायालु छोराछोरीलाई स्वदेशमा जे सुकै खर्चन
तयार रहेको तर विदेश भने नपठाउने निर्णय सुनाए । विविध सिरियल चलचित्र र
समसामयीक विश्व घटनाबाट प्रेरित छोराछोरी पनि के कम । आफ्ना चाहना पूरा
नभएर सुसाइड नोट लेखेर आफ्नै कोठामै आत्महत्या गरिदिने धम्की दिए ।
अन्ततोगत्वा मन कुँडाएर छोरा छोरीलाई विदेश पठाउँन बाध्य भए अर्याल दम्पति ।
डिपेन्डेन्टमा जाँदा कानूनी समस्या नपर्ने र पार्ट टाइम काम पनि पाइने
हुँदा बुवा आमालाई घरखर्च पठाउँने बाचा गरे सुविनले । सुविना पनि चार
वर्षपछि त भेट्न आइहाल्छु नि भन्दै लाडिँदै थिइन् । अन्तमा फेसबुकमार्फत
दुवैले आफ्नो इच्छा बमोजिमका केटाकेटी भेटाए । एयरपोर्टमा अर्याल दम्पति
आँखा भिजाएर विदा गरे ।
खुल्ला दिसामुक्त क्षेत्र
लघुकथाः
-संप्रस पौडैल 'दिवस'
हरेक बिहान जागिरका क्रममा दौडधुप गर्दा मैले जे देखेँ...
गाउँका तुलनामा शारीरिक कार्यको कमीका कारण सहरका थुप्रै पुरुष महिलाहरु सुगर, ब्लड प्रेसर, युरिक एसिड‚ मानसिक प्रेसरले सताइएकाहरु छन् । यसैले उनीहरु काम अघि वा पछि मर्नीङ वाक‚ इभनिङ वाक गर्दछन् र जिम क्लब र एरोबिक कसरत क्लासमा सहभागी हुन्छन् ।
एकाबिहानै एक महिला पाल्तु कुकुर डोर्याउँदै झिसमिसेमै सडक छेउछाउ देखिन्छिन् । लाग्छ, क्या काइदा; मर्निङ वाकले जीउ तन्दुरुस्त पनि हुने र कुकुर पनि फ्रेस हुने । म पनि बिहान बिहान साँचो बोकेर अफिसतिर हानिन्छु । सँधै एकै बाटोमा देखिने हुनाले उनको कुकुरको बानी मलाई पनि राम्ररी थाहै छ । उ मलाई देखेपछि भुक्दैन, बरु यसो गोडा सुँघ्न खोज्छ, उसकी मालिक्नी सिक्री तान्दछिन् । अरुबेला कुकुर अघिअघि उनी पछिपछि । काइदाको कुकुर; बोसो घटाएको छ उनको ।
Wednesday, August 13, 2014
जुँगादाह्री महात्म्य
– संप्रस पौडेल 'दिवस'
ती युग गए, यी युग आए, म्वाईँ खाने
गालामा भुत्ला पलाए । उसै त आजकलका केटाहरु, त्यहीमाथि साउन
महिना । गेरु वस्त्र धारण गरी धेरै पुरुषहरु दाह्रीकपाल समेत काट्दैनन् । बुढाहरु आफ्ना सेतै फुलेका दाह्री कैला बनाउँछन् । साउन महिनामा गेरु लगाएर हिँड्दा मःमः होटल साहुसँग कुम ठोकिँदा पनि बोल्दैनन् । न यिनलाई
मदिरा व्यवसायीको आन्दोलनको डर छ, न त बाटा बाटामा मापसेले रोक्छ । बेलुकी
बेलुकी मापसे चेक गर्ने ट्राफिकलाई उल्टै हप्काउँछन् र सिकाउँछन् गेरुधारी चालकहरु । यसैले यस महिनाभर ट्राफिकहरु चोक चोकमा निशुल्क गफ
गरिरहेका भेटिन्छन् ।
Tuesday, June 3, 2014
प्रश्न सेट
Sushant Educational Center
Hetauda-2, Makwanpur
लोकसेवा
आयोगद्वारा लिइने खरिदार परीक्षाका संभावित वस्तुगत प्रश्नहरु
२०७१।०२।२०
१. नेपालको क्षेत्रफल १,४७,१८१
वर्ग कि.मि. बि.सं. २०३६ सालमा कुन देशसंग भएको सम्झौता अनुसार कायम भएको हो ?
(A)
चीन (B)
भारत (C) अमेरिका (D) बेलायत
२. सगरमाथा कति देशान्तरमा अवस्थित रहेको छ ?
(A)
२६० २२’ ३०” पूर्वी देशान्तर (B) २७०
२२’ ३३” पूर्वी देशान्तर
(C)
८६० १५’ ३९” पूर्वी
देशान्तर (D)
८७० ४१’ ३७” पूर्वी देशान्तर
३. नेपालको प्रामाणिक समय ८६० १५’ पूर्वी
देशान्तरलाई आधार मानी कहिलेदेखि कायम भएको हो ?
(A)
२०३९।१।१ (B) २०४०।१।१ (C) २०४१।१।१ (D)
२०४२।१।१
४. हिमालका आधारमा नामाकरण गरिएका नेपालका अञ्चलहरु
कति वटा छन् ?
(A)
२ (B) ४ (C) ६ (D) ८
५. शान्ति पिक हिमालको उचाइ कति छ ?
(A)
६५९१ मि. (B) ७५९१ मि. (C)
६९५१ मि. (D) ७९५१ मि.
६. नेपालको सबैभन्दा कान्छो मानिने जिल्ला कालिकोटलाई
बि.सं. २०३२।८।२६ अघि के नामले चिनिन्थ्यो ?
(A)
सिमिकोट (B) धारकोट (C)
तिव्रीकोट (D)
मुसीकोट
७. विश्वको सर्वाधिक उचाइमा रहेको मानव बस्ती छार्का
भोट र तराप गाउँ नेपालको कुन जिल्लामा पर्छ ?
(A)
हुम्ला (B) जुम्ला (C)
डोल्पा (D)
अछाम
८. विश्वको सबैभन्दा ठूलो सागर कुन हो ?
(A)
साउथ चाइना सी (B)
क्यास्पियन सागर (C) क्यारेबियन सागर (D)
कृष्ण सागर
९. रामसार महासन्धीले सबैभन्दा पछि सूचिकृत गरेको
नेपालको सिमसार क्षेत्र कुन हो ?
(A)
बीस हजारी ताल (B)
माइपोखरी (C)
रारा ताल (D)
घोडाघोडी ताल
१०. सबैभन्दा ठूलो उपग्रह कुन हो ?
(A)
फोबे (B) टिटान (C)
गेनिमिड (D)
डिमोस
११. हाल अत्यन्त चर्चामा रहेको ‘बोको हराम’
के हो ?
(A)
अफगानिस्तानको आतंककारी जत्था (B)
नाइजेरियाको बिद्रोही समूह
(C)
पाकिस्तानको तालिवानी दंगा क्षेत्र (D) सिरियाको विपक्षी पार्टी
१२. विभिन्न नाच र सम्बन्धित जाती सम्बन्धी जोडा
मिलाउनुहोस्
क तरबार नाच (अ)
झाँगड
ख कर्माधर्मा नृत्य (आ) मगर
ग संगिनी नाच (इ) थारु
घ पाङ्दुरे नाच (ई) ब्राम्हण
(A)
क–इ, ख–अ,
ग–ई, घ–आ (B) क–अ,
ख–इ, ग–ई, घ–आ
(C) क–इ,
ख–आ, ग–ई, घ–अ (D) क–इ,
ख–ई, ग–अ, घ–आ
१३. नेपालमा मात्र पाइने पन्छी कुन हो ?
(A) पोन्टिया
शेर्पा (B)
आप्तोगास्तर नेपालेन्सिस (C)
स्पाइनो ब्याबलर (D)
कालिस नेमिस
१४. निजामती सेवामा प्रवेश गर्ने प्रथम महिला को हुन् ?
(A)
मीना रोक्का (B) कृती शाह (C) वृन्दा हाडा (D)
मेलवादेवी
१५. गोरखापत्र कहिलेदेखि दैनिक प्रकाशन भयो ?
(A) २०१५।११।७ (B) २०१६।११।७ (C)
२०१७।११।७ (D) २०१८।११।७
१६. हाल नेपालका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ
हुन् भने उपाध्यक्ष को हुन् ?
(A) आरजु
राणा (B)
पूर्णकुमारी सुवेदी (C)
ओनसरी घर्ती मगर (D)
चित्रलेखा यादव
(हाल संविधान सभाका अध्यक्ष ओनसरी घर्ती मगर हुनुहुन्छ ।)
१७. पशुपतिनाथको हालको मुर्ति कसले बनाएका हुन् ?
(A)
जयसिंह देव (B)
आनन्ददेव (C) अरिदेव (D) अभय मल्ल
१८. मल्लकालमा प्रधानमन्त्रीलाई चौतारा भनिन्थ्यो भने
सैनिक अधिकृतलाई के भनिन्थ्यो ?
(A) पञ्च
थकाली (B)
कोट्टनायक (C) छरिदार (D)
उमरा
१९. २०७० सालको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार
कसलाई प्रदान गरिएको छ ?
(A) भगवती प्रसद काफ्ले (B)
सूर्यप्रसाद गौतम
(C) लिलामणि पौडेल (D)
भाइकाजी महर्जन
त्यसपश्चात् कसैलाई पनि सर्वोत्कृष्ट निजामती पुरस्कार दिइएको छैन ।
२०. विश्व प्रसिद्ध उपन्यास श्रृङ्खला ‘ह्यारी
पोर्टर’ का लेखक को हुन् ?
(A) सलमान
रुस्दी (B) तसलिमा
नसरिन (C)
जे.के. रोलिङ्ग (D)
इ.एन. बिल्मर्ट
२१. संविधान सभाको निर्वाचन २०७० मा सबैभन्दा कम
मतदाता भएका जिल्ला कुन हो ?
(A)
मनाङ (B)
मुस्ताङ (C)
हुम्ला (D)
डोल्पा
२२. ‘मोहरम पर्व’ नेपालको
कुन समुदायले मनाउँने पर्व हो ?
(A) इशाई (B) तामाङ (C) मैथिली (D)
मुस्लिम
२२. सन् २०११ अक्टोबर ५ मा मृत्यु भएका स्टिभ जब्स
केसंग सम्बन्धित थिए ?
(A)
एप्पल कर्पोरेसन (B)
माइक्रोसफ्ट कर्पोरेसन
(C)
चर्चित वेभसाइट विकिलिक्स (D) सामाजिक
सञ्जाल फेसबुक
२३= हरितगृह प्रभावको अवधारणा æTheory of Greenhouse EffectÆ प्रस्तुत गर्ने विद्वान को थिए ?
(A)
आर्थिनस (B) रबर्ट
रङ्स स्मिथ (C)
वेरिनजिन फेरियर (D)
सेरउड रोल्याण्ड
२४. छैठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको लोगो कसले
बनाएका हुन् ?
(A)
देविलाल मोक्तान (B) जीवन
राजोपाध्याय (C) रविन्द्रमान राजभण्डारी (D)
टेकवीर मुखिया
२५. विश्वमै सबैभन्दा बढी गोल गर्ने फूटबल खेलाडि को हुन् ?
(A)
डियगो फोर्लान (B) थोमस
मुलर (C) क्रिस्टियाना रोनाल्डिन्हो (D)
लियोनल मेस्सी
२६. नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको ह्यात्रुङ
झरना कति मिटरको उचाइमा रहेको छ ?
(A)
३६५ मि. (B)
४४५ मि. (C) ४५६ मि. (D) ५३४ मि.
२७. वि.संं २०७० सालमा चितवनमा सम्पन्न मिस हात्ती
प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने हात्ती कुन हो ?
(A) चञ्चलकली (B)
लक्ष्मीकली (C)
चितवनकली (D)
ब्युटिकली
२८. रातो ग्रह (Red planet) भन्नाले
कुन ग्रहलाई चिनिन्छ ?
(A) बुध (B)
शुक्र (C) शनी (D)
मंगल
२९. बेलायतमा महाअधिकार पत्र (Magnacarta)
कहिले जारी भएको थियो ?
(A)
१२१५ जुन १५ (B)
१२१५ जुन १६ (C) १२१५ जुन १७ (D)
१२१५ जुन १८
३०. कर्णाली नदीको जल प्रवाह क्षमता कति घनमिटर
प्रतिसेकेण्ड रहेको छ ?
(A)
१३१६ घ.मि./सेकेण्ड (B)
१५६४ घ.मि. /सेकेण्ड
(C) १७१०
घ.मि. /सेकेण्ड (D)
१४५६ घ.मि. /सेकेण्ड
३१. विश्वको सवैभन्दा पहिलो महिला प्रधानमन्त्रि
सिरिमाओ बन्दरानायके श्रीलंकाकी हुन् भने विश्वकै पहिलो महिला राष्ट्रपति को हुन् ?
(A)
कारमेन पेपेरा (B) वेनेजिर भुट्टो (C)
प्रतिभा पाट्टिल (D)
इसावेल पेरो
३२. प्रजातन्त्रको पुनःर्स्थापना सर्वप्रथम चीन जाने नेपालका
प्रधानमन्त्री को हुन् ?
(A)
गिरिजाप्रसाद कोइराला (B)
टंकप्रसाद आचार्य
(C)
मातृकाप्रसाद कोइराला (D)
डा. के. आई. सिंह
३३. “साम्यवाद मोटर चढेर आउँदैन ।”
यो भनाई कसको हो ?
(A)
कार्लमाक्र्स (B) माओत्सेतुङ (C)
श्री ५ महेन्द्र (D)
किर्तिनिधि विष्ट
३४. कुलेखानी जलविद्युत आयोजना जापान सरकारको सहयोगमा
निर्माण भएको हो भने बहुचर्चित हेटौंडा डिजेल प्लान्ट कुन देशको सहयोगमा निर्माण
भएको हो ?
(A)
भारत (B)
चीन (C) जर्मनी (D)
बेलायत
३५ संयुक्त राष्ट्रसंघिय आर्थिक तथा सामाजिक परिषद (ECOSOC)
मा कति सदस्य रहने व्यवस्था छ?
(A)
९ (B) ३५ (C) ४९ (D)
५४
३६. एक पटक UNO को महासचिव भएको व्यक्ति फेरि कति
पटक सोही पदमा चुनिन सक्ने व्यवस्था छ ? (A)
१ पटक (B)
२ पटक (C) बढीमा ३
पटक (D) जति पटक
पनि सक्ने
३७ अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAD) को प्रधान कार्यालय कहाँ रहेको छ
?
(A)
लण्डन, बेलायत (B)
रोम, इटाली (C)
वासिङ्टन डि.सि., अमेरिका (D)
पेरिस, फ्रान्स
३८. 'Hot money' भन्नाले के बुझिन्छ ?
(A)
बढी ब्याज कमाउने मुद्रा (B)
रेमिट्यान्सबाट भित्रिने रकम
(C)
जैविक इन्धनबाट प्राप्त रकम (D)
मदिराबापत कमाउने मुद्रा
३९. 'सात सूर्य एक फन्को'
का लेखक रमेश विकल हुन् भने 'आफ्नै बाँसुरी आफ्नै गीत'
का लेखक को हुन् ?
(A) दिनेश
अधिकारी (B) भैरव
रिमाल (C)
माधवप्रसाद घिमिरे (D)
सिद्धिचरण श्रेष्ठ
४०. चालु त्रिवर्षीय योजनामा नेपालको वन क्षेत्र कति
प्रतिशत पु¥याउने लक्ष्य लिइएको छ ?
(A)
४०% (B) ४१% (C)
४३% (D)
४२%
४१. परमाणु संरचनाका सिद्धान्तका प्रतिपादक को हुन् ?
(A)
अलेक्जेण्डर फ्लेमिङ (B)
अटोहान (C) जोसेफ
लिस्टर (D)
निल्स बोहर
४२. पहिलो महिला अन्तरिक्ष यात्री को हुन् ?
(A) अनुसेह
अन्सारी (B)
भ्यालेन्टिना तेरेस्कोभा
(C) स्वेतलाना सावित्सकावा (D)
कल्पना चावला
४३. गुग्लिल्मो मार्कोनीले रेडियोको आविष्कार गरेका
हुन् भने एफएम रेडियोको आविष्कार कसले गरेका हुन् ?
(A)
ए.जि. गार्नेरिन (B)
स्यामुअल कोल्ट (C)
एडविन आस्र्मट्रङ (D) एडवार्ड बट्लर
४४. माहुरी पालन सम्बन्धी विज्ञानलाई एपिकल्चर भनिन्छ
भने फलफूल सागपात
बारे अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
(A)
हर्टिकल्चर (B)
शेरीकल्चर (C)
फ्रुटिकल्चर (D)
पेरिकल्चर
४५. हंगेरीका इन्जिनियर कार्ल इरेलीले जैविक प्रविधि
(द्यष्य(त्भअजलययिनथ) शब्द कहिले प्रयोग गरेका हुन् ?
(A)
सन् १९१७ (B)
सन् १९१९ (C)
सन् १९२१ (D)
सन् १९२३
४६. सञ्चार क्षेत्रमा विश्वको पहिलो स्याटेलाइट कुन हो
?
(A) World Wide Satellite (B) ARPANet Satellite
(C)
Early Bird Satellite (D) Global Satellite
४७. सुशिल कोइराला कहिले प्रधानमन्त्रीमा निर्वाचित
भएका हुन् ?
(A) २०७० माघ
२१ (B) २०७० माघ
२३ (C)
२०७० माघ २७ (D)
२०७० माघ २९
४८. टर्मिक तथा बेगन कस्तो प्रकृतिको कार्बोनिक
कीटनाशक औषधि हो ?
(A)
कार्बामेट कार्बोनिक (B)
अर्गानिक फस्फेट
(C)
क्लोरिनयुक्त कार्बोनिक (D) माथिका
सबै मिश्रित
४९. २०६९ सालको नारायण गोपाल संगीत सम्मान कसलाई
प्रदान गरिएको छ ?
(A) अञ्जु पन्त (B)
स्वरुपराज आचार्य (C)
शिव परियार (D)
शिशिर योगी
५०. २०७० सालको मदन पुरस्कार
कसलाई प्रदान गरियो ?
(A) शान्ता चौधरी (B) कृष्ण धाराबासी (C) अमर न्यौपाने (D) राजन मुकारुङ
समाप्त
Subscribe to:
Posts (Atom)
तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे
तिम्ले मिस कल गर्दा , भक्कानो सङ्गालिएको खाङ्ग्रे यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली स...
-
प्रिय छोरी दुखको कुरा सुनाऔँ भनेर नि ! ४ नम्बर वडा कार्यालयमा हिजै मात्र फाइल बुझाएर आएको । आज कार्यालय डढेर सबै खरानी भइगयो । नगरपालिकामा आ...
-
संप्रस पौडेल कात्रो भन्नाले " मनुस्यले होस हराएर संसार त्याग्दा अन्तिममा पहिर्याइदिने लासपोस भन्ने जनाउँछ । " हुन त घाट अनि क...
-
युगले नचिनेको दार्शनिक : रुपचन्द्र विष्ट बि.सं. १९९० पौष २६-२०५६ “केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग...


