Wednesday, January 23, 2019

अहिलेसम्मकै खतरा ज्योतिषको सनसनीपूर्ण खुलासा



नेपालमा दिनानुदिन एकपछि अर्को ज्योतिषहरू भाइरल भैराखेका छन् । यसैक्रममा अर्का ज्योतिष आइपुगेका छन् । ज्योतिष श्री 'नागार्जुन पत्रु'ले अन्य ज्योतिषले घोषणा गर्न नसकेका विषयहरू खोलेर चर्चित बनेका छन् ।

उनका घोषणाहरू:-
१. उखानसम्बन्धमा:
* ७७ सालभित्र केपी ओलीको उखान भण्डार रित्तिन्छ ।
* अन्यत्र छरिएका उखानहरूमा शनीको दोष देखिएकोले तिनले पनि कुनै काम गर्ने छैनन् ।
* उखान रित्तिएपछि बुध्दिजिवीहरूले ठाउँ पाउनेछन् ।
* ओलीको उखानले कुनै काम नगरेपछि बुध्दिजिवीहरूले उखान टुक्का हालेर ओलीलाई खुत्रुक्कै पार्नेछन् ।
२. राजा आउने सम्बन्धमा:
* मैले जस्तै अरू भाइरल ज्योतिषले पनि राजा आउँछन् भनेका छन् । राजा निकट भविष्यमै आउँछन् ।
* आजै मात्रै भुटानकी मुमा बडामहारानी आउनुभयो । स्वयम्भु दर्शन गर्नुभयो । उनले फर्केर जाँदा वस्तुस्थिति बताउँछिन् र भुटानी राजा नेपाल आउँछन् ।

Sunday, December 9, 2018

अन्तर्वार्ता कसरी छोटो बनाउँने ?

एक चर्चित व्यक्तिलाई टेलिभिजनमा लिईएको अन्तर्वार्ता:
प्रस्तोता: तपाइको नाम ?
व्यक्ति: देवदास
प्रस्तोता: तपाइंलाई एक मन पर्ने व्यक्ति ?
व्यक्ति: कालिदास
प्रस्तोता: मन पर्ने पहिरन ?
व्यक्ति: एडिडास
प्रस्तोता: एक मन पर्ने गायक ?
व्यक्ति: कर्णदास
प्रस्तोता: जीवन कसरी बिताउन पर्छ जस्तो लाग्छ ?
व्यक्ति: बिन्दास
प्रस्तोता: तपाइको बिचारमा जीवन के हो?
व्यक्ति: कपास
प्रस्तोता: तपाईलाई मन नपर्ने त्यस्तो केहि चिज ?
व्यक्ति: रुवाबास
प्रस्तोता: सेक्स के हो ?
व्यक्ति: बिहेअघि सहबास‚ बिहेपछि बकवास ।
प्रस्तोता: अन्त्यमा टेलिभिजन हेरिरहनु भएका दर्शकहरुलाई केहि  भन्न चाहनुहुन्छ कि ?
व्यक्ति: स्याब्बास!!!!!! !!
(copied)

हाम्रा मजदुर के मजदुर...


हाम्रा मजदुरहरुले विदेशी मजदुरसँग यही सिकून् ।

यहाँ मजदुर भन्नालेः देशको काम गर्ने नेता र तिनका कार्यकर्ता, विकासका काम गर्ने ठेकेदार र तिनका कर्मचारी, धार्मिक सहिष्णुता जगाउने धार्मिक सन्त महन्त, सामाजिक सद्भाव राख्नमा उद्यत सामाजिक कार्यकर्ता, टेबल वर्कर, फ्याक्ट्री वर्कर, किसान, शिक्षामा समृद्ध बनाउँन लागिपरेका शिक्षक र विद्यार्थी आदि सबैलाई बुझ्नुपर्छ ।

Thursday, September 20, 2018

पदक खोसएकोमा आपत्ति



बिस्तारै नेपालमा महिला अधिकारकर्मी र मानव अधिकारवादीहरुको संगठन बन्दै गयो ।
काठमाण्डौंबाट ठूलै महिलावादी नेतृ  आफ्नो टोलमा आउनासाथ कालो झण्डा देखाए एकजना अधबैंशे पुरुषले ।
कारण सोधिएन । पुलिसले पक्रियो र थुन्दियो । केही दिनपछि छुटेपछि पत्रकारहरु र उनीबीच भएको कुराकानी जस्ताको तस्तैः
पत्रकारः कालो झण्डा किन देखाको ।
मानिसः आजकल शान्तिपूर्ण विरोध गर्न यै झण्डा देखाउने गरिएको छ । यति पनि थाहा छैन तपाईँहरुलाई ?
पत्रकारः के कुरामा विरोध जनाउनु भएको हो ?
मानिसः महिलाहरुले गर्दा देशकै नाम बेइज्जत भैसक्यो ।
पत्रकारः किन नि ? कसरी नि ?
मानिसः पहिले पहिले नेपाल अमेरिका, जापान, स्वीजरल्याण्डभन्दा नि अगाडि थियो... आजकल कुनै पदक नै पाउन छोडिसक्यो ।
पत्रकारः (बीचैमा रोक्दै) केमा अगाडी ।
मानिसः स्वास्नी पिट्ने र्‍याङ्किङमा नि ।
पत्रकारः त्यसमा पनि रजत कास्य आदि पदक पाइन्छ त ?
मानिसः हास्य पदक त पाइन्छ नि ।

पत्रकार अवाक् । सोध्ने प्रश्न सिध्धिए ।

प्रश्नै प्रश्न

प्रश्नः राणाकालमा जातिच्यूत गरिएको व्यक्तिले हाल गणतन्त्र नेपालको न्यायिक निकायमा पूरानै जाति कायम गराई पाउँ भनी निवेदन हालेमा के हुन्छ ?
यदि ब्राह्मण क्षेत्रीलाई जातिच्यूत गराई दलित बनाइएको थियो भने उसको थर पछाडी जाति दलित ब्राह्मण लेखिनुपर्छ ।
जस्तैः नेपाली ब्राह्मण, परियार ब्राह्मण, विश्वकर्मा ब्राह्मण
----------------
प्रश्नः अन्य ब्राह्मण र यी ब्राह्मणबीच विभेद हुन्न ? सबैलाई सुहाउने थर के हो ?
उत्तरः सबैलाई एकै थर दिन सकिन्छ । त्यो हो "नेपाली" । मानिसहरुको फरक-फरक नाम हुन सक्छ त्यसका पछाडी सबैका थर नेपाली राख्न सकिन्छ ।
---------------
प्रश्नः हिन्दु धर्मशास्त्रमा ब्रह्माको मुखमा ब्राह्मण, बाहुमा क्षेत्री, तिघ्रामा वैश्य र पाउमा शुद्र बस्छन् भनिएको  छ । नेताले कुर्सी नछोडे जस्तो कत्ति टाँसिनु पर्ने ? तिनीहरुको रोटेशन हुँनु पर्दैन ?
उत्तरः
मुखमा बस्ने ब्राह्मणलाई केही समयका लागि पाउमा पठाउँने, पाउमा बस्ने शुद्रलाई मुखमा पठाउने, क्षेत्री र वैश्यलाई क्रमशः तिघ्रा र बाहुमा पठाउने कार्य गरिनुपर्दछ । यसो गर्दा वैश्यले तरुनीको तिघ्रामा मात्रै बस्न चाहने हुनाले त्यहाँ अन्य समूहलाई पनि रोलक्रममा राख्नुपर्दछ।
---------------
प्रश्नः आजकल जनजाति शोषित खस ब्राह्मण शोषक भन्ने नयाँ मान्यताको प्रस्ताव गरिएको छ । यो सही हो ?
उत्तरः कसैको थर वा जात विभेद होइन । दलित शब्द पनि जात होइन । ब्राह्मण शब्द पनि जात होइन । अब जात केही होइन । केही जात होइन । 
--------------
प्रश्नः उच्च र निच जाति किन भनियो होला ?
उत्तरः सामान्यतया ब्राह्मण क्षेत्रीले जाँडरक्सी नखाने र अन्य जातिले खाने भएर पनि ब्राह्मणलाई उच्च जात भनिएको हुनुपर्छ । कारण छ कि, रक्सी खानेहरुले आफ्ना सबै भेद खोलिदिने हुँदा उच्च जातका भनिएकाहरुले आफ्ना भेद खुल्ने डरले रक्सी खाएनन् । कालान्तरमा रक्सी अन्य जातिभन्दा बढी ब्राह्मणले नै खाने हुन थालेपछि भने खाने परम्पराका हिसाबले उचो निचो जाति हुँदो हो त ब्राह्मण नै सबैभन्दा निचो जाति बनेको हुनुपर्छ ।
-------------
प्रश्नः  आजकल जाँडरक्सी खानेमा ब्राह्मण क्षेत्री नै बढी देखिन्छन् । पहिले किन यस्तो नभएको होला ?
उत्तरः पहिले पहिले ब्राह्मणले गाउँघरमै बनेका जाँड रक्सी खाएनन् । आजकल विदेशमा बनेर आउने हुनाले कस्तो बनेको हो, कसरी बनेको हो र केले बनेको हो भन्ने पत्तो नपाउने हुनाले अब जाँडरक्सी खानेमा कुनै जात भन्ने नै हुन छोडिसक्यो । 
****************************
निश्कर्षमाः रुखपिच्छेका पात, मान्छेपिच्छेका जात, जुत्तापिच्छेका लात, चामलपिच्छेका भात हुने हुँदा जातपातमा विभेद गर्न छौडौं । सूर्ती चुरोटसँगै जातपातका विभेद छोडौं अघि बढौं ।

Friday, September 14, 2018

पालोको पैँचो

पहिले म बाआमासँग बस्दथेँ ।
मेरा बाआमा पनि मसँग बस्दथेँ ।
कतै जानुपर्दा आमासँग अनुमती माग्थेँ ।
आमा "बालाई सोधेर जा" भन्नुहुन्थ्यो ।
बालाई सोध्थेँ "जा" भन्नुहुन्थ्यो ।
जान्थेँ ।
----------
यसै पनि बालाई सोधेरै जानुछ भने आमालाई किन सोध्ने भन्ने लाग्न थाल्यो ।
अब आमालाई नसोधी बालाई मात्रै सोध्न थालेँ ।
बा "जा" भन्नुहुन्थ्यो ।
अब म हुर्किएँ ।
आखिर मैले कमाएकै बा आमाले खानु छ भने कसलाई किन सोध्नु पर्यो र ?
आफ्नै सूरले हिँड्न थालेँ ।
आमा बाले पनि सोध्नलाई कुनै हिम्मत राखेनन् "तँ कहाँ जाँदै छस् ?" भनी सोध्नलाई।
-----------
जब घर बनाउँदा लाजैले पनि बाआमाका लागि कोठा पनि बनाएँ ।
त्यही कोठामा बस्दै बा आमाले खोक्दा पनि चोर भागेका थाहा पाएँ । श्रीमती र छोरा छोरीलाई ढुक्कले घरमा छोडेर देश विदेश जान पाएको पनि त रहेछु ।
एक दिन आफ्नै मनले मलाई भन्योः "तैँले बाआमालाई जुन थप्पड लगाएको छस् । भोलीपर्सी तैँले पनि छोराछोरीबाट उही थप्पड फिर्ता पाउँछस् ।"
त्यही दिनदेखि म फेरि बाआमालाई नसोधी घरको आँगन छोड्ने गरेको छैन ।
(यस लेखलाई प्रेरणादायक लेखका रुपमा यहाँ प्रस्तुत गरिएको हो । कसैको जीवनमा मेल खाएमा धन्य ठानिनेछ ।)

श्रीमतीसँग एक घण्टा

एक जना व्यक्ति एक घण्टादेखि मोबाइलमा कुरा गर्दै थियो ।

दोश्रोले सोध्योः कोसँग कुरा गर्दै छस् ?
पहिलोः श्रीमतीसँग ।
दोश्रोः श्रीमतीसँग नि यति लामो कुरा गर्छन् त ?
पहिलोः थोडी मेरी श्रीमती हो र ? अर्काकी श्रीमतीसँग पो त ।

Tuesday, September 11, 2018

फेसबुक अपडेट


बिहा गरेको बेलुका नै एकजना युवकले फेसबुकमा यस्तो पोस्ट राखेछ ।
"सुहागरातमें घुँघट उठारहा हुँ में ।"

तिनका साथीले कमेन्ट गरे ।
"हर आधी घण्टामा अपडेट गर्दै रहनू ।"
:-P :-P :-P :-P :-P
-------------------------
फेसबुकमा बाउछोराको झगडा ।
छोराको पोष्ट "फादर्स डेमा मेरा चारैवटा पिताहरुलाई शुभकामना ।"
बुबाको कमेन्ट "तेरा चारवटा बाउ कसरी भए ? तेरा चारवटा भए मेरा कतिवटा ???"
छोराः मेरा ४ वटा, तपाईँका चाहिँ ५ वटा ।
बुबाः ४ वटा छन् ? को को हुन् त ती तेरा बाउहरु ।
छोराः
1.यस धर्तीमा जन्म दिने तपाईँः १
2. श्रृष्टीकर्ता परमपिता परमेश्वरः १
3. राष्ट्रपिताः १
4. गाइ माता भए गाइका पोइ गोरु पिताः १


बुबाः तेरा ४ अनी मेरा ५ कसरी ?
छोराः तपाईँको बिहे भएको र म अविवाहित छु अनी मेरी आमाको पितालाई तपाईँ पनि पिता भन्नुहुन्छ ।
---------------------------------
बेहुलीको फेसबुक अपडेटः

समय दिनको १२ बजेः "I've married with Pandeet Jee and 45 other."
समय बेलुकी ५ बजेः "Got married and going home with Rajesh and 35 other."
समय बेलुकी १० बजेः "Celebrating Suhagrat with Rajesh and 23 other."
समय भोलीपल्ट बिहान ७ बजेः "Feeling: shame with Rajesh and 11 other."
सात दिनपछिः "Traveling to: Goa with Rajesh and 7 other"
तीन महिनापछिः "Feeling awesome "
नौ महिनापछिः "Happy to be a mother of with Pandeet Jee and 11 other."
--------------------------------
साइँला बाले फेसबुक खोलेः
पहिलो दिनः फोटो पोस्ट गरे ।
दोश्रो दिनः लाइक गर्न जाने ।
तेश्रो दिनः नेपाली कमेन्ट खोजी खोजी पढ्न सक्ने भए ।
चौथो दिनः उनका हजुर्बा "Premnath" को श्राद्धको अपडेट यसरी गरे ।
-Feeling pregnant!

देउवाको दोषी चश्मा

देउवाजी घरमा सँधै गुनासो गर्ने । धमलाले सुइँको पाएर जनता जान्न चाहन्छन् भन्दै घरमै पुगेछन् ।
देउवा पत्नीले भन्नुभो "आज पनि गुनासो गर्नुभो । पहिले यस्ता थिएनन् । बुढेसकाल भो झनै गुनासो गर्ने ।"

धमला भन्छन् "आजकल के भएछ त उहाँलाई ?"

कुरा यस्तो रहेछः
बेलुकी पत्नीले एक गिलास दुध दिनु भएछ । देउवाजीले फालिदिनु भएछ ।
एकछिनपछि फेरि अर्को गिलास दिनु भएछ । त्यो पनि फालिदिनु भएछ ।
निदाउँनै लाग्दा एक गिलास दुध दिनु भएछ । त्यो पनि फाल्न जाँदै गर्दा..
देउवा पत्नीः किन दुध फाल्नु भएको ? अब मिठो हुन छाड्यो ?
देउवाः हैन जति पटक ल्याए पनि दुधमा झिँगा भेटियो ।
देउवा पत्नीः खै खै यता हेर्नु त । हत्तेरिका चश्मा उतार्नुस् र दुध पिउनुस् । चस्मामा झिँगा बसेको थाहा पाउनु छैन बुढा ।
#गाइजात्रा२०७५

Sunday, September 2, 2018

दर खाँदा खाँदा थर चेन्ज नहोस्

तीजमा साडी लाउने महिलालाई प्रश्नै प्रश्न

* फेसबुकमा फोटो पोष्टिँदा साडी‚ चोलो‚ घाँटी‚ कानर हातमा गरगहना देखाइसकेपछि खुट्टामा लगाको जुत्ता देखाउनु पर्दैन?
*  आफू दर खाएर मोटाउँदै जाने‚ घरमा छोराछोरी दुब्लाउँदै जाने नहोस् ।
* दर यसरी ढुक्क भएर खानोस् कि सुगर‚ प्रेसरको औषधी खान पतिले सम्झाउनु नपरोस् ।
* २ महिनाअघिदेखि दर खाने कार्यक्रममा घरबाट टाढा जाँदा जाँदा पराई मुलुकाँ पुगेर श्रीमती बेपत्ता भएको खबर एफएम र पत्रपत्रिकाले छाप्दा छाप्दा श्रीमानले अर्कै ब्या गर्दा आफ्नो पनि केही उपाय नलागेर दरले थर नबद्लियोस् नि ।
------------------
यी सामग्रीहरु केवल हास्यव्यंग्यात्मक हिसाबले लेखिएको हो । कसैको जीवनसँग मेल खाएरमा सानोतिनो ज्योतिष भएको ठानिनेछ । धन्यवाद ।

Wednesday, August 22, 2018

जन्म र मृत्यु बारे नयाँ तथ्य पत्ता लाग्यो

जन्म र मृत्यु बारे नेपालमै नयाँ तथ्य पत्ता लाग्यो‚ विश्वलाई चुनौति...
--------------------------------------------------------------------------------
साधारणतया यस्तो भनाईहरु सुनिन पाइन्छः 
भनाई १ : "मानिस एकै पटक जन्मिन्छ ।"
यो झूठो भनाई हो ।
भनाई २ : "मानिसहरु एकै पटक मर्छन् ।"
यो पनि झूठो भनाई हो ।
भनाई ३ : "मानिसहरुको जन्म र मृत्यु एकै पटक हुन्छ ।"
यो झनै विल्कुलै गलत भनाई हो ।
नेपालमै पत्ता लागेको तथ्य भने यस्तो छः
* मानिसहरु एक पटक मात्र जन्मन्छन् । 
तर्कः कोही कोहीचाहिँ जुम्ल्याहा‚ तिम्ल्याहा र चम्ल्याहा गरी एकै पटक जन्मन्छन् । तर पनि उनीहरुको जन्माईमा समयको अन्तर भने पक्कै हुन्छ ।

*  मानिसहरु एक पटक मात्र मर्छन् ।
तर्कः सामान्यतया जोकोही मानिसहरु एक पटक मर्छन् । दुर्घटना‚ विपत्ती आदिका कारण कहिलेकाहिँ धेरै मानिसहरु एकै पटक मर्छन् । यो भनाई आधा सत्य र आधा असत्य रहेको प्रमाणित भएको छ ।

* मानिसहरु एकै पटक जन्मन्छन् र एकै पटक मर्छन् ।
तर्कः  एकै पटक जन्मिने र मर्ने यो सम्भव छैन । यसो भएमा श्रृष्टी नै समाप्त भैसक्थ्यो होला ।
यस्ता कुराहरुको कल्पना पनि नगरौं । 
------------
बुझे हाँस्नोस् हैन भने अब हाँस्ने बेला भयो भन्ने ठानेर काउकुती लगाएर भए पनि हाँस्नोस् ।

Tuesday, August 21, 2018

छोरो प्यारो कि कुकुर

एक धनाढ्य बिहान बिहानै कुकुर डुलाउँदै हिँडिरहेका थिए ।
उक्त कुकुरलाई उनी आफै‌ंभन्दा धेरै खाने‚ छोरालाई भन्दा बढी माया गर्ने‚ बहर साँढेभन्दा धेरै डाइट खुवाउने गर्दथे ।  



एक्कासी कुकुरले सिक्री चुँडाएर भाग्यो ।
खोज्दै खोज्दै हिँडे ।
बाटामा एकजना बुज्रुकलाई सोधे "मेरो च्यान्टु देख्नु भयो ?" 
बुज्रुकः "जेठो कि कान्छो छोरो?"
धनाढ्यः "छोरो हैन क्या मेरो पप्पी"
बुज्रुकः "ए त्यो नालायक कुकुर? उ हेर्नुस् त्यहाँ नालीमा आची सोहोर्दैछ ।" 
-----------
कुकुर नजिक पुग्नासाथः
(फोनमा) श्रीमतीः "ए हजुर छोरो घरबाट हिँडेको ३ दिन भैसक्यो । खोजी गर्नु परेन ? कि कुकुरलाई नै धर्मपूत्र राख्ने शूर छ ?"
धनाढ्यः (बाटोमा उही बुज्रुकलाई सोध्दै) "भाइ तपाईँले मेरो नालायक कुकुर देख्नु भयो?"
बुज्रुकः "ह्या अघि उ त्याँ "आची घिच्दै गरेको देख्नु भएन ?"
----------------------
(आजकल शहरीया समाजमा यस्तो  सँस्कृति देखेर सिर्जना गरिएको हो‚ कसैको जीवनमा मेल खाएमा संयोग मात्रै हैन उनकै कुरा लेखिएछ भन्ने ठानी ढुक्कै भइनेछ ।)
-Sampras Paudel  (2075.5.05)

Wednesday, August 15, 2018

संघियता र सरकार दुवै फेल योजना पारित :-D :-D :-D

सरकारले कर लगाउन सकिने नयाँ क्षेत्रहरुको पहिचान गरेको छ । जसमा निम्न क्षेत्रहरु समावेश गरिएका छन् । विचार गर्नोस्‚ पिसाब गर्दा पनि ध्यान पुर्‍याएर मात्रा मिलाएर गर्नोस् ।
------------------
* आफ्नै शौचालयमा दिसा र र पिसाब गर्दा कर प्रणाली शुरु गर्ने (यसका लागि सुविधासम्पन्न होटलमा जलपान‚ लजपान र खानपान सहितको सेमिनार गर्ने)
* करेसाबारी र गमलामा रोपिएका तरकारीका गाँठा र स्याउलामा कर लगाउने
* पाइला हिँड्नेमा निश्चित मापदण्ड राख्दै मापदण्डभन्दा धेरै हिँड्नेलाई कर बढाउने
* बिउँझदा केही प्रतिशत कर र निदाउँदा सोको शतप्रतिशत कर थोपर्ने
* साइकलमा यात्रा गर्नेलाई कर लगाउने र सोको नियमन गर्न स्कार्पियोमा अनुगमन गर्ने
* यी सबै कार्यका लागि "स्वाहा" कर प्रणाली शुरु गर्ने र जनताबाट सरकार तथा संघियता फेल योजना पारित गराउने ।
कार्टुन साभार स्रोतः रविन सायमी
 

Wednesday, August 8, 2018

मुखको तितो (हेटौंडा कपडा उद्योग)

"नेपाल बन्द कारखाना सञ्चालन गर्ने देश हुँदै होइन मन्त्री र प्रधानमन्त्री उत्पादन गर्ने कारखाना हो ।"
विभिन्न समयमा बनेका सरकारका प्रधानमन्त्री‚ उद्योगमन्त्री‚ अर्थमन्त्रीहरुमध्ये बाबुराम भट्टराई‚ केपि शर्मा वली‚ कर्णबहादुर थापा‚ महेश बस्नेत‚ नविन्द्रराज जोशी आदिले बन्द कपडा कारखाना सूचारु हुने बताएकै हुन् । उद्योग तथा वाणिज्य मन्त्री मात्रिका यादव पनि त्यही मेसो बुनिरहेकै छन् । विगतमा झैं प्रतिवेदनले पनि उद्योग सुचारु गर्न सकिने बेहोरा सार्वजनिक गरेकै छ । कपडा उद्योग पुन सञ्चालनसम्बन्धमा धेरैवटा समिति बनेर सञ्चालन गर्न सकिन्छ भन्ने आशयको प्रतिवेदन प्रकाशन हुन्छ । यो पटक पनि त्यस्तै भएको छ ।
सबैले सञ्चालन हुन्छ‚ गर्न सकिन्छ भन्दाभन्दै गर्न नदिनेचाहिँ को रहेछ ? बुझ्नै सकिएन ।
यो देशमा कारखानाका मेसिनभन्दा धेरै नेता चल्छन्‚ मेसिनले भन्दा धेरै नेताले हानिकारक ग्यास उत्सर्जन गर्छन्‚ फ्याक्ट्री र मेसिनभन्दा धेरै नेता नै बिक्छन् ।
नेपला सरकारका पूर्व अर्थसचिव रामेश्वर खनाल भन्नुहुन्छ "संसारकै उत्कृष्ट सिइओ पाए पनि बुटवल धागो कारखाना‚ विराटनगर जुटमिल वा गोरखकाली रबर उद्योग ठाडै घाटामा जान्छन् ।" यस भनाइले नेपालमा सरकारी लगानी वा विदेशी सहयोगको कसरी अपचलन भैरहेको छ प्रष्टै हुन सकिन्छ ।
विदेशीले दिएका कलकारखाना सञ्चालन गर्न पनि हामीलाई कति गाह्रो भएको होला । पकाइवरी ल खाउ भन्दा "जाँगर छैन भुँडीमै पुग्नेगरी कोच्याइदे न" भन्ने हाम्रो परम्परा बन्न लागिसकेछ ।
अन्त्यमा "नेपाल बन्द कारखाना सञ्चालन गर्ने देश हुँदै होइन मन्त्री र प्रधानमन्त्री उत्पादन गर्ने कारखाना हो ।" सबैजना मिलेर हानिकारक नेता उत्पादन गर्ने कारखाना चलाइरहेका छौं । यसैमा हामी मख्ख छौं । कल्प कल्प टिक्नुपर्ने विकास अल्प अल्पमै टुंग्याइनुले कुन नेपालीलाई भलो होला र ?

तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे

  तिम्ले मिस कल गर्दा , भक्कानो सङ्गालिएको खाङ्ग्रे यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली स...