जोक भण्डार


बुधलालको पहिलो भाषण
एक विकट ठाउँमा चुनावमा एनेकपा माओवादीले आफ्नो पार्टीबाट उठ्ने उम्मेदवार नै भेटेनन् । धेरैलाई उम्मेदवार बन्न आग्रह गरियो, तर कसैले मानेनन् । धेरै प्रयत्नपछि एक युवक भेटिए, जो बलिया र हट्टाकट्टा थिए ।
तर, मलाई भाषण गर्न आउँदैन,’ केन्द्रबाट उम्मेदवार खोज्न खटाइएका नेतालाई युवकले आफ्नो समस्या राखे ।
डराउनु पर्दैन । जे आउँछ त्यही बोल, तर भाषणको अन्त्यमा चाहिँ आफ्ना लागि भोट माग्न नबिर्स,’ नेताले युवकलाई सिकाए ।
भाषण गर्ने दिन आयो । मानिस जम्मा भए । युवकले दिएको भाषण यस्तो थियो- मेरो नाम बुधलाल हो । मलाई भाषण गर्न आउँदैन । भाषण त गर्नुहुन्छ हाम्रा पार्टीका अध्यक्ष प्रचण्डज्यू जसको कोटको खल्तीमा सधैँ गुलाबको फूल हुन्छ गुलाबबाट गुलकन्द बन्छ गुलकन्द कब्जियतको ओखती हो …. कब्जियत सम्पूर्ण रोगको मुख्य जरा हो …. जरा खरबुजाको राम्रो हुन्छ खरबुजाले खरबुजालाई देख्दा आफ्नो रंग बदल्छ ….रंग जर्मनीको राम्रो हुन्छ…. जर्मनीमा एउटा शासक थियो, जसले धेरै वार गराएको थियो ….जस्तो सम्झनुहोस् कि आइतबार, सोमबार, मंगलबार, बुधबार….बुधबारलाई सम्झनुहोस्, बुधलाललाई भोट दिनुहोस् ।

दिलदार पौडेल
लोभी नेताका रूपमा सुपरिचित रामचन्द्र पौडेलकहाँ केही स्थानीय युवा चन्दा माग्न आए ।
नेताज्यू, हाम्रो ठाउँमा अति गर्मी हुने भएकाले हामीले एउटा स्विमिङपुल बनाउने योजना बनाएका छौँ । तपाईंले सहयोग गर्नुपर्‍यो,’ पौडेलसँग सहायता मागियो । उनले एकछिन सोचे र भने, ‘यस्तो सामाजिक काममा म सहयोग गरिहाल्छु नि ।
पौडेल घरभित्र पसे र एकछिनपछि दुई बाल्टिन पानी लिएर आए । चन्दा माग्न आएकामध्ये एकलाई दुवै बाल्टिन थमाउँदै उनले भने, ‘भाइहरूले गर्न लागेको काम एकदमै सराहनीय छ । अहिलेलाई स्विमिङपुलका लागि चाहिने दुई बाल्टिन पानी लिएर जानूस्, पुगेन भने फेरि आउनुहोला ।
 
वामदेवको बठयाइँ
चुनावका बेला थियो । आफ्नो चुनावी क्षेत्रका केही स्थानमा वामदेव गौतमलाई भाषण गर्नु थियो, भोट माग्नु थियो । तर, उनको घाँटी नराम्ररी दुखिरहेको थियो । त्यसैले उनी धेरै बोल्न चाहँदैनथे ।
एक ठाउँमा आमसभा सुरु भयो । ठूलो भीड थियो । वामदेव बोल्न थाले, ‘आदरणीय जनसमुदाय, आज म यहाँ जुन विषयमा बोल्न गइरहेको छु, तपाईंहरू सबैलाई थाहै छ ।
थाहा छ, थाहा छ,’ भीडबाट आवाज आयो ।
जब तपाईंहरूलाई सबै थाहा छ भने मैले किन बोल्नु ? धन्यवाद !यति भनेर वामदेव गए ।
भोलिपल्ट अर्का ठाउँमा आमसभा थियो । भीडमा हिजो वामदेवले बोलेको कुराको चर्चा थियो । वामदेवजीले म के विषयमा बोल्न गइरहेको छु, तपाईंहरूलाई थाहै होलाभनेर सोध्दा थाहा छभन्यो भने भाषण गर्दैनन् । सबैले थाहा छैनभन्नुपर्छ,’ मानिसले सल्लाह गरे ।
वामदेव आए । र, भाषण सुरु गरे- आज म जुन विषयमा बोल्दै छु, त्यसबारे तपाईंहरू सबैलाई थाहै होला ।
थाहा छैन, थाहा छैन,’ सम्पूर्ण भीडले एकै आवाजमा भन्यो ।
अब तपाईंहरूको यत्रो भीडलाई त थाहा छैन भने मलाई कसरी थाहा हुन्छ ? धन्यवाद !’ वामदेव यति बोलेर हिँडे ।
तेस्रो दिन अर्का ठाउँमा कार्यक्रम थियो । चर्चा थियो वामदेवकै भाषणको ।
थाहा छ भन्यो पनि जान्छन्, थाहा छैन भने पनि जान्छन्,’ भीडमा सल्लाह हुन थाल्यो, ‘त्यसैले अब वामदेवले सोध्दा आधाले थाहा छ भन्ने, आधाले थाहा छैन भन्ने । हेरौँ के गर्दारहेछन् ?’
वामदेव बोल्न थाले, ‘आदरणीय जनसमुदाय, आज म कुन विषयमा बोल्दै छु, तपाईंहरूलाई थाहै होला ।
थाहा छ, थाहा छ,’ भीडको आधा हिस्साबाट जवाफ आयो ।
थाहा छैन, थाहा छैन,’ भीडको अर्का भागले भन्यो ।
वामदेवले एकछिन दायाँ-बायाँ हेरे । र भने, ‘थाहा हुनेले थाहा नहुनेलाई भनिदिनुहोला । धन्यवाद !
---------------------------------------------
(joke प्रस्तुतिः दीपक सापकोटा) नेताजी भाषण गर्थे :
"आदरणीय जनसमुदायहरु, म तपाइहरुलाइ अति सम्मान गर्दछु । मानिस भएर जन्मेपछि अरुको पनि सम्मान गर्न जान्नुपर्छ ।"
जनताहरु ताली बजाउँथे । "महान नेताज्यू महान" भन्दै ।
नेता भन्थे "जनता महोदय सहमति नभै केही हुँदैन । सत्ता भन्ने कुरो घर चलाउन जस्तो सजिलो छैन ।" जनता फेरि ताली बजाउँछन् । "महान् नेताज्यू" भन्दै ।
"खाने कुरो कुकुरले नि खान्छ । हामी त मान्छे । वार्ता र सहमतिको लागि तारे होटलमा खाइएको र पिइएको कुरा ल्याउने पत्रकारलाइ कारबाही गर्नुपर्छ । कि कसो ?" जनता फेरि ताली बजाउँछन् ।

नेपालीले जानेकै ताली बजाउन त हो नि कि कसो ?
-------------------------------------------

गाइड

एकचोटी एउटा गाइडले एउटा अङ्रेज पर्यटकलाई काठमाडौं घुमाउँदैथ्यो ।
गाइडले एउटा ठूलो बिल्डिङ देखाएर भन्यो
यो संसद भवन हो !
अङ्रेज:
यति सानो ? यत्रो त हामीकहाँ पिज्जा हुन्छ !
गाइडले फेरी नारायणहिटी देखाएछ

अङ्रेज:
यत्रो त हामीकहाँ बर्गर हुन्छ !
गाइडलाई धेरै रिस उठेपनि चुप लागेर बस्यो
, फेरी उसले धरहरा देखायो
अङ्रेज:
यो खे हो ?”
गाइड:
यो तिम्रो बर्गर र पिज्जाको लागि टोमाटो ससको बोतल हो !

डाक्टर र पागलको जोक

एउटा पागल उपचारपछि घर फर्कन्छ र केही समयपछि आफूलाइ उपचार गर्ने डाक्टरकोमा जान्छ । पागल डाक्टरलाइ किताब दिँदै,
डाक्टरले पागललाई सोधे :- यो के हो ?
पागल:- यो मैले लेखेको ५०० पेज को किताब हो डाक्टर साप ।
डाक्टर- ५०० पेजमा के लेख्यौ त्यस्तो?
पगल: पहिलो पेज मा एक राजा घोडामा चढेर जंगल गएछन्, अनी लास्ट पेजमा ती राजा जंगल पुगेछन् ।
डाक्टर- तेसो भए बीचको ४९८ पानामा के लेख्यौ त ?
पागल- टकडक टकडक टकडक टकडक टकडक

************************************************************
सासु : तेरा दुई दुई वटा आँखा के काम ? चामलबाट ढुंगा पनि केलाउन सक्दीनस् ?
बुहारी : तिम्रा बत्तीस् वटा दातका के काम...? एक दुई वटा ढुंगा चपाउन सक्दीनौं ?

************************************************************

एउटा डाक्टरले श्रीमती बिरामी हुँदा अरु डाक्टर बोलाउन लगाए,
श्रीमती: आफै डाक्टर भएपछि किन अरुलाई बोलाउने ?
डाक्टर: मैले उपचार गरेको फि अरुको भन्दा अलि महँगो छ, त्यसैले ।
 ************************************************************
मुन्द्रे राति हरेक घण्टामा उठेर चिनीको भाँडो हेर्दे फेरि सुत्दो रैछ
यो देखेर राता मकै अचम्ममा परेछन
र के गरेको भनेर सोधेछ
मुन्द्रेले जबाफ दिएछ:म डाक्टरको मा गएको थिए,उनले हरेको घण्टामा सुगरको लेबल हेर्नु भनेका छन्।
सपन श्रीमतीलाई लिएर डाक्टरकोमा पुगेछ ।
डाक्टरः अँ, के भएको रे तपाइँको श्रीमतीलाई ?
सपनः मेरी श्रीमतीको स्मरण शक्तिको कारणले मलाई एकदमै टेन्सन भयो, डाक्टर ।
डाक्टरः के उहाँको बिर्सने बानी छ ?
सपनः हैन डाक्टर साब । सबैथोक सम्झने बानी छ । 
 ************************************************************
बिरामी: मेरो किराले खाएको दाँत निकाल्नलाई कति लाग्छ ?
डाक्टर : एउटा दाँतको ५०० रुपैँया लाग्छ ।
बिरामी: कति समय लाग्छ नि ?
डाक्टर : १५ मिनेटमै सकिन्छ ।
बिरामी: ओहो, १५ मिनेटकै पाँच सय ! तपाईलाई के थाहा ? मैले ५-५ दिन लाएर कमाएको यो पाँच सय ।
डाक्टर : नआतिनुस न, तपाई चाहनुहुन्छ भने म पनि पाँच दिनमा मात्र तपाँईको दाँत निकालिदिन्छु ।
 ************************************************************

रेखा थापाको जोक

रेखा थापाले एक बाबालाई सोधेछिन्: "बाबा म नुहाउने बेलामा के लगाउ जसले गर्दा मेरो यौवन सधै सुरक्षित रहोस "
बाबाले भने: ढोका 

रेखा थापा विदेशमा कन्सर्टको लागि एयरपोर्ट पुग्छिन्
चेकजाँचमा सोधिन्छ : हैन, सलाइको बट्टा पो ल्याउनुभाछ त । यो त लान पाइदैन है ।
रेखा : कहाँ सलाइको बट्टा हुनु नि सर ? भित्र हेर्नुस् न, मेरा स्कर्टहरु छन् क्या ।
हि हि हि
************************************************************

नेपाली राजनितिको जोक :
नरिवल फुट्दा - पानी पो निस्कियो !!
 
फूटबल फुट्दा - हावा पो निस्कियो !!
 
जमिन फुट्दा - लाभा निस्कियो !!
 
हाम्रो नेताको टाउको फुट्दा - रगत, गिदी ? 
.
.
.
.
.
.
.
.
हैन हैन गोबर निस्कियो !!!!!!
 ************************************************************

सोझो गाउलेको जोक्स

कहिल्लै चिया नखाएको गाउँको दुइटा मान्छे शहर गएछ। र चिया पसलमा बसेछन्।
पहिलो:- ओई! यी सबै मान्छेले के खाएको हो हामी पनि खाऔ न।
दोस्रो:- हुन्छ नि (अडर गर्दै) दाई हामीलाई पनि त्यो १—१ गिलास दिनुस् त्
(पसलेले चिया दिन्छ)
पहिलो:- ओई यसको झोल त यति मिठो छ भने , झन चोक्टा त कति मिठो होला हगि।
दोस्रो:- हो त नी।
************************************************************
एक जना गाउँले बिरामीलाई चेक गरेर डाक्टरले सोधेछ:
डाक्टर: तपाँईले के खाजा खानुहुन्छ ?
बिरामी: भैगो डाक्टरसाब, दु:ख नगर्नुस । मैले घरमै टन्न खाएर आएको छु । 
  ************************************************************

अन्तरवार्ता Joke


एउटा मान्छे जागिरको लागि अन्तरवार्ता दिन गएछ तर उसलाइ केहिपनि आउदैन रैछ र उसले भर्खरै अन्तरवार्ता दिएर बाहिर निस्केको मान्छेलाइ के के सोधयो भनेर सोधेछ...
उसले भनेछ ...
१) नेपालको प्र म को हुन?
उत्तर: झलनाथ खनाल
२) नेपालमा प्रजात्रन्त कहिले आएको थियो?
उत्तर: पहिले २००७, अनि २०४७ मा ; फेरी २०६३ मा पनी
३)मंगल ग्रहमा मान्छे छन् ?
उत्तर: बैज्ञानिक (साइन्टिस्टहरु) तेसै भन्छन, अनुसन्धान भै रहेको छ !

जब उसको पालो आयो उ गएछ र उसलाइ प्रश्न सोधिएछ ...
१)तपाइको नाम?
उत्तर: झलनाथ खनाल
२) हो र कहिले जन्मनु भो?
उत्तर: पहिले २००७, अनि २०४७ मा ; फेरी २०६३ मा पनी
३) तपाइ पागल होकि के हो?
उत्तर: बैज्ञानिक (साइन्टिस्टहरु) तेसै भन्छन, अनुसन्धान भै रहेको छ !!!!
  ************************************************************

जेल पुलिस र चोर

जेलको नयाँ चौकीदारलाई हाकिमले सम्झाउदै - यी कैदीहरु बदमास र दुःख दिने छन् के तिमी उनीहरुलाई सम्हाल्न सक्छौ ?
चौकीदार - धन्दा नमान्नुहोस् हजुर, दुःख दिएमा तिनीहरुलाई निकाली दिन्छु ।
************************************************************
सरदार पोलिस स्टेसन गएछ। त्यहा लेखीएको थियो "मोबाइल प्रयोग गर्न मनाही छ"।
सरदारले मोबाइल निकालेर सबै साथीहरुलाई फोन गरेर मलाई फोन नगर्नु म पुलिस स्टेसनमा छु भनेछ।
************************************************************
फैसला सुनाउन भन्दा पहिले जर्जले अपराधीसगँ सोध्यो-‘तिमी पहिला कहिले जेल गएका थियौ?
अपराधीको आखाँमा आशुँ आउन सुरु भयो। उसले रुदै रुदै जवाफ दियो-छैन हजुर ,म पहिला कहिले जेल गएको छैन।
ठीकै छ। जर्जले सहयोगको भावनामा भन्यो-रुन्छस् किन? म अब पठाइदिउँला।
source : different blogger, websites & jokes books...
 

छोरीलाई चिठी: यो देश बस्न लायक भएन ।

प्रिय छोरी दुखको कुरा सुनाऔँ भनेर नि ! ४ नम्बर वडा कार्यालयमा हिजै मात्र फाइल बुझाएर आएको । आज कार्यालय डढेर सबै खरानी भइगयो । नगरपालिकामा आ...