Sunday, November 10, 2019

देश बनाउने कविता

दुई दिन लाउँदैमा गन्हाउने
मोजा बनाइन्नँ
बर्षामा भिजेपछि आइँ गर्ला झै गर्ने
जुत्ता बनाइन्नँ ।

चिनले बनाओस् कि रूसले
यसले ठड्याओस् कि उसले
उद्योगधन्दा त बन्द गरेका ग-यै गर्ने हो
झुत्रे किसान र कृषि बन्दै गरेर छोड्ने हो ।

मजदूर कोही हुन्नन यहाँ,
सबै मालिकै हुने हो,
कुखुरो मरे पनि राजनीतिमा
आखिर सालिकै हुने हो ।

झरेको सुन्नासाथ सत्ताबाट
आन्दोलन मच्चाई हाल्नुपर्छ,
मरेको सुन्नासाथ आन्दोलनमा
दश लाख दिई हाल्नुपर्छ ।

घाँटी न्याँकी ढाले पनि
घुएँत्रो बनाई फाले पनि
हाम्लाई सत्ता मिलिरहोस्
सीमा मिचे पनि मिचिरहोस् ।

तपाईँले भने जस्तै मैले सोचे जस्तै
यसै उसै बनाउने हो
अर्थोक केही बनाइन्नँ
अब त देशै बनाउने हो ।

च्वास्स २