Tuesday, October 21, 2014

हर्कमानको बिहे

संप्रस पौडेल दिवस
आमाको सालसंगै झरेपछि नै बेहाल जिन्दगी लिएर हालसम्म धान परालसरी बाँच्दै मर्दै गरिरहेको हुँदा अब काल करालको पर्खाई मात्र बाँकी रहेजस्तो लाग्छ भन्ने हर्कमानका जुँगा फुलेर झर्न लागे । उनका जवानीका कुरा सोध्दा आठ कक्षा पढ्दापढ्दै हाम्रो राजनीति थाङ्ने भयो त्यसैले हामी माग्ने भयौं, अब आमूल परिवर्तन ल्याउनुपर्छ भन्ने विद्यार्थी नेताका पछि लागेरै ब्रह्मचारी हुन पुगेको कुरो सुनाउँथे । प्रतिप्रश्न गर्थे, “ब्रह्मचारीका पनि केका जवानीका कुरा भाई ?” थप्थे, “कितापसिसताप बाँसा झ्याङ्गमा फालेर राज्यको झण्डाले आची पुछ्दै दलको झण्डा बोक्न गइयो । त्यत्तिले त आज घरको न घाटको भइयो ।बेलाबेलामा हुने हानाहानमा सहभागिता जनाएपछि राष्ट्रियगान बिर्सेर सानोतिनो चियापान र भट्टिगानमा समेत उनी सामेल हुन्थे अरे । सहमति, सहकार्य र सद्विश्वासलाई चारपाटा मुडेर गोर्खेलौरी लाउँदै दैलोबाट खेदे पनि राजनीतिक धर्मले जनकपुर, आम्दानीले टनकपुर, जवानीले भरपूर हुँदासम्म र एउटी जिवनसंगिनी भने जीवनमै नपाउँदा खिन्न लाग्छ भन्थे ।

Tuesday, September 23, 2014

खरायो र सिंह

लघुकथा
-संप्रस पौडेल 'दिवस'
उबेला तीन कक्षामा पढेका सिंह र खरायोको कथा । आज पूरापूर बदलिएछ ।
बाठो खरायोले स्याल पण्डितको सामिप्यतामा राजनीति सिक्न थाल्यो । 'स्याल पाठशाला' मा पढेर बाठो भएको खरायोमा राजनीतिक घमण्डको तुजुक बढ्दै गयो । खरायोले क्याम्पस गेटकै छेउमा पर्दा पछाडी धुवाँ उडाउन पाउने व्यवस्था सहितको होटेल खोलेपछि उसकोमा चिया र चुरोट खानेहरु लाइनमा बस्न लागे । व्यापार पनि चल्ने, राजनीतिक गफ पनि छाँट्न पाइने हुँदा उसलाई यो पेशा काइदाको लाग्यो ।
क्याम्पसका ठिटाहरुलाई उचालेर ठिटिहरुलाई पनि उनीहरुबाटै प्रशिक्षण दिई तीन महिनामा तीन पटक क्याम्पस प्रमुखलाई माफी माग्न बाध्य बनायो । बाठो खरायोले आफ्नो पार्टीका भन्दा अरु क्याम्पस प्रमुख भएमा नाना तरहका निहुँ झिकेर विद्यार्थी उचाल्दै गेटमा कालो तुल टाँगेर भए पनि क्याम्पस प्रमुखलाई राजिनामा दिन लगाउँन सक्ने भयो । सहर उसको गुटभित्र वाहवाही चल्यो ।

असीमित चाहना

लघुकथा
-संप्रस पौडेल 'दिवस'
एसएलसीमा राम्रो प्राप्ताङ्क ल्याएपछि रामप्रसाद अर्यालका छोरो (सुविन) साइन्स पढ्ने भयो भने छोरी (सुविना) स्टाफ नर्स ।
केही बर्षपछि दुवैले क्याम्पसको २ र ३ वर्षे पढाई पूरा गरे । छोरा सुविन इन्टरनेटमा खोजी गर्दै पढाई र पार्ट टाइम रोजगारी पनि पाइने भन्दै बेलायत या अस्ट्रेलिया गएर आएकी केटीको खोजीमा लाग्यो । छोरी सुविना पनि स्टाफ नर्सका लागि राम्रो स्यालरी पाइने भन्दै विदेश गएर आउने केटाको खोजीमा लागिन् । अर्याल जोडीले परेवाका जस्ता मायालु छोराछोरीलाई स्वदेशमा जे सुकै खर्चन तयार रहेको तर विदेश भने नपठाउने निर्णय सुनाए । विविध सिरियल चलचित्र र समसामयीक विश्व घटनाबाट प्रेरित छोराछोरी पनि के कम । आफ्ना चाहना पूरा नभएर सुसाइड नोट लेखेर आफ्नै कोठामै आत्महत्या गरिदिने धम्की दिए । अन्ततोगत्वा मन कुँडाएर छोरा छोरीलाई विदेश पठाउँन बाध्य भए अर्याल दम्पति । डिपेन्डेन्टमा जाँदा कानूनी समस्या नपर्ने र पार्ट टाइम काम पनि पाइने हुँदा बुवा आमालाई घरखर्च पठाउँने बाचा गरे सुविनले । सुविना पनि चार वर्षपछि त भेट्न आइहाल्छु नि भन्दै लाडिँदै थिइन् । अन्तमा फेसबुकमार्फत दुवैले आफ्नो इच्छा बमोजिमका केटाकेटी भेटाए । एयरपोर्टमा अर्याल दम्पति आँखा भिजाएर विदा गरे ।

खुल्ला दिसामुक्त क्षेत्र

लघुकथाः
-संप्रस पौडैल 'दिवस'
हरेक बिहान जागिरका क्रममा दौडधुप गर्दा मैले जे देखेँ...
गाउँका तुलनामा शारीरिक कार्यको कमीका कारण सहरका थुप्रै पुरुष महिलाहरु सुगर, ब्लड प्रेसर, युरिक एसिड‚ मानसिक प्रेसरले सताइएकाहरु छन् । यसैले उनीहरु काम अघि वा पछि मर्नीङ वाक‚ इभनिङ वाक गर्दछन् र जिम क्लब र एरोबिक कसरत क्लासमा सहभागी हुन्छन् ।

एकाबिहानै एक महिला पाल्तु कुकुर डोर्‍याउँदै झिसमिसेमै सडक छेउछाउ देखिन्छिन् । लाग्छ, क्या काइदा; मर्निङ वाकले जीउ तन्दुरुस्त पनि हुने र कुकुर पनि फ्रेस हुने । म पनि बिहान बिहान साँचो बोकेर अफिसतिर हानिन्छु । सँधै एकै बाटोमा देखिने हुनाले उनको कुकुरको बानी मलाई पनि राम्ररी थाहै छ । उ मलाई देखेपछि भुक्दैन, बरु यसो गोडा सुँघ्न खोज्छ, उसकी मालिक्नी सिक्री तान्दछिन् । अरुबेला कुकुर अघिअघि उनी पछिपछि । काइदाको कुकुर; बोसो घटाएको छ उनको ।

Wednesday, August 13, 2014

जुँगादाह्री महात्म्य


 – संप्रस पौडेल 'दिवस'

ती युग गए, यी युग आए, म्वाईँ खाने गालामा भुत्ला पलाए । उसै त आजकलका केटाहरु, त्यहीमाथि साउन महिना । गेरु वस्त्र धारण गरी धेरै पुरुषहरु दाह्रीकपाल समेत काट्दैनन् । बुढाहरु आफ्ना सेतै फुलेका दाह्री कैला बनाउँछन् ।  साउन महिनामा गेरु लगाएर हिँड्दा मःमः होटल साहुसँग कुम ठोकिँदा पनि बोल्दैनन् । न यिनलाई मदिरा व्यवसायीको आन्दोलनको डर छ, न त बाटा बाटामा मापसेले रोक्छ । बेलुकी बेलुकी मापसे चेक गर्ने ट्राफिकलाई उल्टै हप्काउँछन् र सिकाउँछन् गेरुधारी चालकहरु । यसैले यस महिनाभर ट्राफिकहरु चोक चोकमा निशुल्क गफ गरिरहेका भेटिन्छन् ।

Tuesday, June 3, 2014

प्रश्न सेट


Sushant Educational Center
Hetauda-2, Makwanpur

लोकसेवा आयोगद्वारा लिइने खरिदार परीक्षाका संभावित वस्तुगत प्रश्नहरु
२०७१।०२।२०
१. नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. बि.सं. २०३६ सालमा कुन देशसंग भएको सम्झौता अनुसार कायम भएको हो ?
          (A) चीन            (B) भारत              (C) अमेरिका       (D) बेलायत
२. सगरमाथा कति देशान्तरमा अवस्थित रहेको छ ?
          (A) २६ २२३०पूर्वी देशान्तर                (B) २७ २२३३पूर्वी देशान्तर    
          (C) ८६ १५३९पूर्वी देशान्तर              (D) ८७ ४१३७पूर्वी देशान्तर
३. नेपालको प्रामाणिक समय ८६० १५पूर्वी देशान्तरलाई आधार मानी कहिलेदेखि कायम भएको हो ?
          (A) २०३९।१।१        (B) २०४०।१।१          (C) २०४१।१।१     (D) २०४२।१।१
४. हिमालका आधारमा नामाकरण गरिएका नेपालका अञ्चलहरु कति वटा छन् ?
          (A)              (B)                 (C)           (D)
५. शान्ति पिक हिमालको उचाइ कति छ ?
          (A) ६५९१ मि.        (B) ७५९१ मि.         (C) ६९५१ मि.     (D) ७९५१ मि.
६. नेपालको सबैभन्दा कान्छो मानिने जिल्ला कालिकोटलाई बि.सं. २०३२।८।२६ अघि के नामले चिनिन्थ्यो ?
          (A) सिमिकोट        (B) धारकोट            (C) तिव्रीकोट      (D) मुसीकोट
७. विश्वको सर्वाधिक उचाइमा रहेको मानव बस्ती छार्का भोट र तराप गाउँ नेपालको कुन जिल्लामा पर्छ ?
          (A) हुम्ला           (B) जुम्ला             (C) डोल्पा         (D) अछाम
८. विश्वको सबैभन्दा ठूलो सागर कुन हो ?
          (A) साउथ चाइना सी (B) क्यास्पियन  सागर   (C) क्यारेबियन सागर  (D) कृष्ण सागर
९. रामसार महासन्धीले सबैभन्दा पछि सूचिकृत गरेको नेपालको सिमसार क्षेत्र कुन हो ?
          (A) बीस हजारी ताल   (B) माइपोखरी         (C) रारा ताल       (D) घोडाघोडी ताल
१०. सबैभन्दा ठूलो उपग्रह कुन हो ?
           (A) फोबे          (B) टिटान               (C) गेनिमिड       (D) डिमोस
११. हाल अत्यन्त चर्चामा रहेको बोको हरामके हो ?
           (A) अफगानिस्तानको आतंककारी जत्था         (B) नाइजेरियाको बिद्रोही समू     
           (C) पाकिस्तानको तालिवानी दंगा क्षेत्र           (D) सिरियाको विपक्षी पार्टी
१२. विभिन्न नाच र सम्बन्धित जाती सम्बन्धी जोडा मिलाउनुहोस्
           क तरबार नाच       () झाँगड
           ख कर्माधर्मा नृत्य     (आ) मगर
           ग संगिनी नाच       (इ) थारु
           घ पाङ्दुरे नाच       (ई) ब्राम्हण
           (A), , ,                   (B), , ,  
           (C), , ,                    (D), , ,
१३. नेपालमा मात्र पाइने पन्छी कुन हो ?
           (A) पोन्टिया शेर्पा  (B) आप्तोगास्तर नेपालेन्सिस  (C) स्पाइनो ब्याबलर (D) कालिस नेमिस
१४. निजामती सेवामा प्रवेश गर्ने प्रथम महिला को हुन् ?
          (A) मीना रोक्का       (B) कृती शाह    (C) वृन्दा हाडा          (D) मेलवादेवी
१५. गोरखापत्र कहिलेदेखि दैनिक प्रकाशन भयो ?
           (A) २०१५११       (B) २०१६११          (C) २०१७११  (D) २०१८११
१६. हाल नेपालका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ हुन् भने उपाध्यक्ष को हुन् ?
           (A) आरजु राणा      (B) पूर्णकुमारी सुवेदी     (C) ओनसरी घर्ती मगर   (D) चित्रलेखा यादव
(हाल संविधान सभाका अध्यक्ष ओनसरी घर्ती मगर हुनुहुन्छ ।)
१७. पशुपतिनाथको हालको मुर्ति कसले बनाएका हुन् ?
           (A) जयसिंह देव     (B) आनन्ददेव     (C) अरिदेव              (D) अभय मल्ल
१८. मल्लकालमा प्रधानमन्त्रीलाई चौतारा भनिन्थ्यो भने सैनिक अधिकृतलाई के भनिन्थ्यो ?
           (A) पञ्च थकाली     (B) कोट्टनायक         (C) छरिदार              (D) उमरा
१९. २०७० सालको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कसलाई प्रदान गरिएको छ ?
    (A) भगवती प्रसद काफ्ले                   (B) सूर्यप्रसाद गौतम        
    (C) लिलामणि पौडेल                       (D) भाइकाजी महर्जन
त्यसपश्चात् कसैलाई पनि सर्वोत्कृष्ट निजामती पुरस्कार दिइएको छैन ।
२०. विश्व प्रसिद्ध उपन्यास श्रृङ्खला ह्यारी पोर्टरका लेखक को हुन् ?
           (A) सलमान रुस्दी  (B) तसलिमा नसरिन    (C) जे.के. रोलिङ्ग       (D) इ.एन. बिल्मर्ट
२१. संविधान सभाको निर्वाचन २०७० मा सबैभन्दा कम मतदाता भएका जिल्ला कुन हो ?
            (A) मनाङ          (B) मुस्ताङ            (C) हुम्ला               (D) डोल्पा
२२. मोहरम पर्वनेपालको कुन समुदायले मनाउँने पर्व हो ?
    (A) इशाई            (B) तामाङ             (C) मैथिली              (D) मुस्लिम
२२. सन् २०११ अक्टोबर ५ मा मृत्यु भएका स्टिभ जब्स केसंग सम्बन्धित थिए ?
          (A) एप्पल कर्पोरेसन                       (B) माइक्रोसफ्ट कर्पोरेसन     
          (C) चर्चित वेभसाइट विकिलिक्स               (D) सामाजिक सञ्जाल फेसबुक
२३= हरितगृह प्रभावको अवधारणा æTheory of Greenhouse EffectÆ प्रस्तुत गर्ने विद्वान को थिए ?
          (A) आर्थिनस   (B) रबर्ट रङ्स स्मिथ    (C) वेरिनजिन फेरियर    (D) सेरउड रोल्याण्ड
२४. छैठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको लोगो कसले बनाएका हुन् ?
          (A) देविलाल मोक्तान (B) जीवन राजोपाध्याय (C) रविन्द्रमान राजभण्डारी (D) टेकवीर मुखिया
२५. विश्वमै सबैभन्दा बढी गोल गर्ने फूटबल खेलाडि को हुन् ?
          (A) डियगो फोर्लान     (B) थोमस मुलर (C) क्रिस्टियाना रोनाल्डिन्हो  (D) लियोनल मेस्सी
२६. नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको ह्यात्रुङ झरना कति मिटरको उचाइमा रहेको छ ?
          (A) ३६५ मि.       (B) ४४५ मि.           (C) ४५६ मि.            (D) ५३४ मि.
२७. वि.संं २०७० सालमा चितवनमा सम्पन्न मिस हात्ती प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने हात्ती कुन हो ?
           (A) चञ्चलकली       (B) लक्ष्मीकली         (C) चितवनकली          (D) ब्युटिकली
२८. रातो ग्रह (Red planet) भन्नाले कुन ग्रहलाई चिनिन्छ ?
           (A) बुध                           (B) शुक्र                           (C) शनी               (D) मंगल
२९. बेलायतमा महाअधिकार पत्र (Magnacarta) कहिले जारी भएको थियो ?
           (A) १२१५ जुन १५   (B) १२१५ जुन १६       (C) १२१५ जुन १७    (D) १२१५ जुन १८
३०. कर्णाली नदीको जल प्रवाह क्षमता कति घनमिटर प्रतिसेकेण्ड रहेको छ ?
           (A) १३१६ घ.मि./सेकेण्ड                                                       (B) १५६४ घ.मि. /सेकेण्ड    
           (C) १७१० घ.मि. /सेकेण्ड                                                         (D) १४५६ घ.मि. /सेकेण्ड
३१. विश्वको सवैभन्दा पहिलो महिला प्रधानमन्त्रि सिरिमाओ बन्दरानायके श्रीलंकाकी हुन् भने विश्वकै पहिलो महिला राष्ट्रपति को हुन् ?
          (A) कारमेन पेपेरा     (B) वेनेजिर भुट्टो       (C) प्रतिभा पाट्टिल       (D) इसावेल पेरो
 ३२. प्रजातन्त्रको पुनःर्स्थापना सर्वप्रथम चीन जाने नेपालका प्रधानमन्त्री को हुन् ?
          (A) गिरिजाप्रसाद कोइराला                 (B) टंकप्रसाद आचार्य     
          (C) मातृकाप्रसाद कोइराला                    (D) डा. के. आई. सिंह
३३. साम्यवाद मोटर चढेर आउँदैन ।यो भनाई कसको हो ?
           (A) कार्लमाक्र्स   (B) माओत्सेतुङ       (C) श्री ५ महेन्द्र        (D) किर्तिनिधि विष्ट
३४. कुलेखानी जलविद्युत आयोजना जापान सरकारको सहयोगमा निर्माण भएको हो भने बहुचर्चित हेटौंडा डिजेल प्लान्ट कुन देशको सहयोगमा निर्माण भएको हो ?                  
           (A) भारत           (B) चीन                (C) जर्मनी              (D) बेलायत
३५ संयुक्त राष्ट्रसंघिय आर्थिक तथा सामाजिक परिषद (ECOSOC) मा कति सदस्य रहने व्यवस्था छ? 
          (A)                (B) ३५             (C) ४९                 (D) ५४
३६. एक पटक UNO को महासचिव भएको व्यक्ति फेरि कति पटक सोही पदमा चुनिन सक्ने व्यवस्था छ ?          (A) १ पटक        (B) २ पटक   (C) बढीमा ३ पटक    (D) जति पटक पनि सक्ने
३७ अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAD) को प्रधान कार्यालय कहाँ रहेको छ ?
          (A) लण्डन, बेलायत   (B) रोम, इटाली  (C) वासिङ्टन डि.सि., अमेरिका      (D) पेरिस, फ्रान्स
३८. 'Hot money' भन्नाले के बुझिन्छ ?
           (A) बढी ब्याज कमाउने मुद्रा               (B) रेमिट्यान्सबाट भित्रिने रकम
          (C) जैविक इन्धनबाट प्राप्त रकम               (D) मदिराबापत कमाउने मुद्रा
३९. 'सात सूर्य एक फन्को' का लेखक रमेश विकल हुन् भने 'आफ्नै बाँसुरी आफ्नै गीत' का लेखक को हुन् ?
           (A) दिनेश अधिकारी   (B) भैरव रिमाल     (C) माधवप्रसाद घिमिरे   (D) सिद्धिचरण श्रेष्ठ
४०. चालु त्रिवर्षीय योजनामा नेपालको वन क्षेत्र कति प्रतिशत पु¥याउने लक्ष्य लिइएको छ ?
           (A) ४०%           (B) ४१%              (C) ४३%               (D) ४२%
४१. परमाणु संरचनाका सिद्धान्तका प्रतिपादक को हुन् ?
          (A) अलेक्जेण्डर फ्लेमिङ   (B) अटोहान      (C) जोसेफ लिस्टर        (D) निल्स बोहर
४२. पहिलो महिला अन्तरिक्ष यात्री को हुन् ?
       (A) अनुसेह अन्सारी                          (B) भ्यालेन्टिना तेरेस्कोभा    
   (C) स्वेतलाना सावित्सकावा                   (D) कल्पना चावला
४३. गुग्लिल्मो मार्कोनीले रेडियोको आविष्कार गरेका हुन् भने एफएम रेडियोको आविष्कार कसले गरेका हुन् ?
          (A) ए.जि. गार्नेरिन         (B) स्यामुअल कोल्ट        (C) एडविन आस्र्मट्रङ      (D) एडवार्ड बट्लर
४४. माहुरी पालन सम्बन्धी विज्ञानलाई एपिकल्चर भनिन्छ भने फलफूल सागपात बारे अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
          (A) हर्टिकल्चर              (B) शेरीकल्चर                  (C) फ्रुटिकल्चर    (D) पेरिकल्चर
४५. हंगेरीका इन्जिनियर कार्ल इरेलीले जैविक प्रविधि (द्यष्य(त्भअजलययिनथ) शब्द कहिले प्रयोग गरेका हुन् ?
          (A) सन् १९१७          (B) सन् १९१९       (C) सन् १९२१      (D) सन् १९२३
४६. सञ्चार क्षेत्रमा विश्वको पहिलो स्याटेलाइट कुन हो ?
     (A) World Wide Satellite                            (B) ARPANet Satellite     
     (C) Early Bird Satellite               (D) Global Satellite
४७. सुशिल कोइराला कहिले प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ?
            (A) २०७० माघ २१   (B) २०७० माघ २३      (C) २०७० माघ २७   (D) २०७० माघ २९
४८. टर्मिक तथा बेगन कस्तो प्रकृतिको कार्बोनिक कीटनाशक औषधि हो ?
            (A) कार्बामेट कार्बोनिक                    (B) अर्गानिक फस्फेट
            (C) क्लोरिनयुक्त कार्बोनिक                   (D) माथिका सबै मिश्रित
४९. २०६९ सालको नारायण गोपाल संगीत सम्मान कसलाई प्रदान गरिएको छ ?
             (A) अञ्जु पन्त      (B) स्वरुपराज आचार्य (C) शिव परियार         (D) शिशिर योगी
५०. २०७० सालको मदन पुरस्कार कसलाई प्रदान गरियो ?
             (A) शान्ता चौधरी    (B) कृष्ण धाराबासी      (C) अमर न्यौपाने    (D) राजन मुकारुङ
समाप्त

च्वास्स २