Wednesday, August 22, 2018

जन्म र मृत्यु बारे नयाँ तथ्य पत्ता लाग्यो

जन्म र मृत्यु बारे नेपालमै नयाँ तथ्य पत्ता लाग्यो‚ विश्वलाई चुनौति...
--------------------------------------------------------------------------------
साधारणतया यस्तो भनाईहरु सुनिन पाइन्छः 
भनाई १ : "मानिस एकै पटक जन्मिन्छ ।"
यो झूठो भनाई हो ।
भनाई २ : "मानिसहरु एकै पटक मर्छन् ।"
यो पनि झूठो भनाई हो ।
भनाई ३ : "मानिसहरुको जन्म र मृत्यु एकै पटक हुन्छ ।"
यो झनै विल्कुलै गलत भनाई हो ।
नेपालमै पत्ता लागेको तथ्य भने यस्तो छः
* मानिसहरु एक पटक मात्र जन्मन्छन् । 
तर्कः कोही कोहीचाहिँ जुम्ल्याहा‚ तिम्ल्याहा र चम्ल्याहा गरी एकै पटक जन्मन्छन् । तर पनि उनीहरुको जन्माईमा समयको अन्तर भने पक्कै हुन्छ ।

*  मानिसहरु एक पटक मात्र मर्छन् ।
तर्कः सामान्यतया जोकोही मानिसहरु एक पटक मर्छन् । दुर्घटना‚ विपत्ती आदिका कारण कहिलेकाहिँ धेरै मानिसहरु एकै पटक मर्छन् । यो भनाई आधा सत्य र आधा असत्य रहेको प्रमाणित भएको छ ।

* मानिसहरु एकै पटक जन्मन्छन् र एकै पटक मर्छन् ।
तर्कः  एकै पटक जन्मिने र मर्ने यो सम्भव छैन । यसो भएमा श्रृष्टी नै समाप्त भैसक्थ्यो होला ।
यस्ता कुराहरुको कल्पना पनि नगरौं । 
------------
बुझे हाँस्नोस् हैन भने अब हाँस्ने बेला भयो भन्ने ठानेर काउकुती लगाएर भए पनि हाँस्नोस् ।

Tuesday, August 21, 2018

छोरो प्यारो कि कुकुर

एक धनाढ्य बिहान बिहानै कुकुर डुलाउँदै हिँडिरहेका थिए ।
उक्त कुकुरलाई उनी आफै‌ंभन्दा धेरै खाने‚ छोरालाई भन्दा बढी माया गर्ने‚ बहर साँढेभन्दा धेरै डाइट खुवाउने गर्दथे ।  



एक्कासी कुकुरले सिक्री चुँडाएर भाग्यो ।
खोज्दै खोज्दै हिँडे ।
बाटामा एकजना बुज्रुकलाई सोधे "मेरो च्यान्टु देख्नु भयो ?" 
बुज्रुकः "जेठो कि कान्छो छोरो?"
धनाढ्यः "छोरो हैन क्या मेरो पप्पी"
बुज्रुकः "ए त्यो नालायक कुकुर? उ हेर्नुस् त्यहाँ नालीमा आची सोहोर्दैछ ।" 
-----------
कुकुर नजिक पुग्नासाथः
(फोनमा) श्रीमतीः "ए हजुर छोरो घरबाट हिँडेको ३ दिन भैसक्यो । खोजी गर्नु परेन ? कि कुकुरलाई नै धर्मपूत्र राख्ने शूर छ ?"
धनाढ्यः (बाटोमा उही बुज्रुकलाई सोध्दै) "भाइ तपाईँले मेरो नालायक कुकुर देख्नु भयो?"
बुज्रुकः "ह्या अघि उ त्याँ "आची घिच्दै गरेको देख्नु भएन ?"
----------------------
(आजकल शहरीया समाजमा यस्तो  सँस्कृति देखेर सिर्जना गरिएको हो‚ कसैको जीवनमा मेल खाएमा संयोग मात्रै हैन उनकै कुरा लेखिएछ भन्ने ठानी ढुक्कै भइनेछ ।)
-Sampras Paudel  (2075.5.05)

Wednesday, August 15, 2018

संघियता र सरकार दुवै फेल योजना पारित :-D :-D :-D

सरकारले कर लगाउन सकिने नयाँ क्षेत्रहरुको पहिचान गरेको छ । जसमा निम्न क्षेत्रहरु समावेश गरिएका छन् । विचार गर्नोस्‚ पिसाब गर्दा पनि ध्यान पुर्‍याएर मात्रा मिलाएर गर्नोस् ।
------------------
* आफ्नै शौचालयमा दिसा र र पिसाब गर्दा कर प्रणाली शुरु गर्ने (यसका लागि सुविधासम्पन्न होटलमा जलपान‚ लजपान र खानपान सहितको सेमिनार गर्ने)
* करेसाबारी र गमलामा रोपिएका तरकारीका गाँठा र स्याउलामा कर लगाउने
* पाइला हिँड्नेमा निश्चित मापदण्ड राख्दै मापदण्डभन्दा धेरै हिँड्नेलाई कर बढाउने
* बिउँझदा केही प्रतिशत कर र निदाउँदा सोको शतप्रतिशत कर थोपर्ने
* साइकलमा यात्रा गर्नेलाई कर लगाउने र सोको नियमन गर्न स्कार्पियोमा अनुगमन गर्ने
* यी सबै कार्यका लागि "स्वाहा" कर प्रणाली शुरु गर्ने र जनताबाट सरकार तथा संघियता फेल योजना पारित गराउने ।
कार्टुन साभार स्रोतः रविन सायमी
 

Wednesday, August 8, 2018

मुखको तितो (हेटौंडा कपडा उद्योग)

"नेपाल बन्द कारखाना सञ्चालन गर्ने देश हुँदै होइन मन्त्री र प्रधानमन्त्री उत्पादन गर्ने कारखाना हो ।"
विभिन्न समयमा बनेका सरकारका प्रधानमन्त्री‚ उद्योगमन्त्री‚ अर्थमन्त्रीहरुमध्ये बाबुराम भट्टराई‚ केपि शर्मा वली‚ कर्णबहादुर थापा‚ महेश बस्नेत‚ नविन्द्रराज जोशी आदिले बन्द कपडा कारखाना सूचारु हुने बताएकै हुन् । उद्योग तथा वाणिज्य मन्त्री मात्रिका यादव पनि त्यही मेसो बुनिरहेकै छन् । विगतमा झैं प्रतिवेदनले पनि उद्योग सुचारु गर्न सकिने बेहोरा सार्वजनिक गरेकै छ । कपडा उद्योग पुन सञ्चालनसम्बन्धमा धेरैवटा समिति बनेर सञ्चालन गर्न सकिन्छ भन्ने आशयको प्रतिवेदन प्रकाशन हुन्छ । यो पटक पनि त्यस्तै भएको छ ।
सबैले सञ्चालन हुन्छ‚ गर्न सकिन्छ भन्दाभन्दै गर्न नदिनेचाहिँ को रहेछ ? बुझ्नै सकिएन ।
यो देशमा कारखानाका मेसिनभन्दा धेरै नेता चल्छन्‚ मेसिनले भन्दा धेरै नेताले हानिकारक ग्यास उत्सर्जन गर्छन्‚ फ्याक्ट्री र मेसिनभन्दा धेरै नेता नै बिक्छन् ।
नेपला सरकारका पूर्व अर्थसचिव रामेश्वर खनाल भन्नुहुन्छ "संसारकै उत्कृष्ट सिइओ पाए पनि बुटवल धागो कारखाना‚ विराटनगर जुटमिल वा गोरखकाली रबर उद्योग ठाडै घाटामा जान्छन् ।" यस भनाइले नेपालमा सरकारी लगानी वा विदेशी सहयोगको कसरी अपचलन भैरहेको छ प्रष्टै हुन सकिन्छ ।
विदेशीले दिएका कलकारखाना सञ्चालन गर्न पनि हामीलाई कति गाह्रो भएको होला । पकाइवरी ल खाउ भन्दा "जाँगर छैन भुँडीमै पुग्नेगरी कोच्याइदे न" भन्ने हाम्रो परम्परा बन्न लागिसकेछ ।
अन्त्यमा "नेपाल बन्द कारखाना सञ्चालन गर्ने देश हुँदै होइन मन्त्री र प्रधानमन्त्री उत्पादन गर्ने कारखाना हो ।" सबैजना मिलेर हानिकारक नेता उत्पादन गर्ने कारखाना चलाइरहेका छौं । यसैमा हामी मख्ख छौं । कल्प कल्प टिक्नुपर्ने विकास अल्प अल्पमै टुंग्याइनुले कुन नेपालीलाई भलो होला र ?

च्वास्स २