Sunday, March 31, 2019

कपी-पेस्ट


सामाजिक सञ्जालमा मनमा लागेका कुराहरू पोष्ट गरिन्छ । फेसबुकमा कसैले फोटोमाथि फोटो, फोटोमुनी फोटो, दायाँ फोटो, बायाँ फोटो, फोटो अनी फोटो... मात्रै पोस्ट गर्छन् । कसैले टेक्स्ट (अक्षर), साहित्य, विचार, सिध्दान्त, समाचार आदि पोस्ट गर्छन् । कोही सबै मिलाएर पोस्ट गरिरहेका हुंझझजझझझन्छन् । तीमध्ये कोही भिडियो, टिकटक आदित्यादीमा अल्मलिन्छन् । कोही स्रोत नलेखी अरूकै पोस्ट कपि गर्छन् र आएको कमेन्टमा फुर्किन्छन् । कोही कपि पेस्ट मात्रै लेख्छन्, स्रोत राख्नु आवश्यक ठान्दैनन् । यूट्युब पनि यसमा अछुतो छैन । गीत, फिल्म, विविध भिडियो कपी गर्दै पोष्ट गरिएका हुन्छन्, जहाँ सर्जक वा अधिकारवालाको कुनै सहमति नै हुँदैन ।
कपि गर्दा के के हुँदोरैछ, तल पढौँ है त ।
१. ओरिजिनल: इन्जिनियर हुँ भन्दै बिहा गरेको केटो १० कक्षा मात्रै पास
कपी: नयाँ वर्ष २०७५ अफर:- १० कक्षा पास गर्नुहोस्, इन्जिनियर केटी बिहा गर्नुहोस्
२. ओरिजिनल: अनमोल केसीसँग फुलन्देकी आमाको रोमान्स
कपी हुँदा: अनमोल केसीले फुलन्देकी आमालाई बिहा गर्ने, फुलन्दे पनि खुशी
३. ओरिजिनल: भिटेनले आफूभन्दा कान्छोलाई दाई भने
कपी हुँदा: वेनटेन र भिटेन दाजुभाई
४. ओरिजिनल: चिया पसलबाट म्यासेन्जरमा SEE प्रश्नोत्तर
कपी हुँदा: परिक्षा हलबाट म्यासेन्जरमा चिया पठाउँदै
५. ओरिजिनल: लालबाबु राउतले थरको पछाडी गद्दी थपे
कपी हुँदा: लालबाबु पण्डितद्वारा गद्दी आरोहण
६. ओरीजिनल: परीक्षा दिन जाँदा करिष्माको गाडी पञ्चर
कपी हुँदा: करिष्माको पञ्चर हुुँदा परीक्षा दिन ढिला ।

च्वास्स २