Saturday, April 4, 2020

पहिलेvsअहिले

*जिजुबा/जिजुआमाको पालामा: दूरं तिष्ठति
*हजुरबा/हजुर‌आमाको पालामा: अतिथी देवो भव:
*बा/आमाको पालामा: स्वागतम्
*छोराछोरीको पालामा: कुकुरदेखि सावधान
*नातिनातिनाको पालामा: सामाजिक दूरी कायम राखौँ
#पहिलेvsअहिले
www.sampraspaudel.blogspot.com

Wednesday, April 1, 2020

उता कृष्ण कृष्ण यता राधे राधे


नेता बोल्छ आधी कार्यकर्ता आधी,
उता कृष्ण कृष्ण यता राधे राधे ?

नेता भन्छ कमिशन कति पाउँछु मैले,
कार्यकर्ता भन्छ सुध्रिसके अहिले ।

नेताकै बाटोमा गर्दै ताते ताते,
उता‌ कृष्ण कृष्ण यता राधे राधे ?

सेवा गर्ने बेला इमान्दारी देखाऊ,
राजनीतिक कोट फुकालेर आऊ ।

भजन घन्के उता, यता खैँजडी ताते
उता‌ कृष्ण कृष्ण यता राधे राधे ?
२०७६ चैत्र १८, मनहरी-५ (डिल्लिपुर), मकवानपुर

(आदरणीय चट्याङमास्टरसँग प्रभावित भै कोर्ने हिम्मत गरेको छु ।)

कोरोना आतंक समापनपछि यसो गरौँ

कोरोना आतंकले धनी र गरीबलाई छुट्याएन । धनी देश र व्यक्तीको पैसाले पनि कुनै काम गरिरहेको छैन । यो आतंकको अन्त्य त एकदिन हुनु नै छ । यसबाट पाठ सिक्दै अघि बढ्नुको विकल्प नै के छ र ?

यस आतंकको अन्त्यपछि हामीले हाम्रैलाई विशेष स्थान दिउँ, आफूसँगै र अरूको पनि स्तर उकासौँ ।

* पैसा बचाउँनलाई घरपरिवारसँगै खानुहोस् ।
* गाउँमा घर हुनेहरूले शहरबाट गाउँ आउजाउ गरी स्थानीय उत्पादन खरीद गरी पैसा बचाउनुहोस् ।
* मजदूरलाई टिप्स दिन नबिर्सनुहोस् ।
* फूटपाथमा सामान किन्नुहोस् ।
* इन्डक्सन लगायत बिजुलीबाट चल्ने उपकरणको प्रयोगले आयातित ग्यास, पेट्रोलियम पदार्थ कम गर्नुहोस् ।
* होटलमा खाना खानु परेमा नेपाली होटल नै रोज्नुहोस् ।
* नेपाली खाद्य पदार्थ प्रयोग गर्नुहोस् । जसले गर्दा नेपाली किसान, मजदूरहरुले  आम्दानी गर्न सक्छन् ।
* मिलेसम्म डोको, ठेलामा बोकेर ल्याउने किसानहरूको साग, केरा, अनाज आदि उत्पादन खरीद गर्नुहोस् ।
* भ्रमणका लागि विदेशभन्दा नेपालका स्थानहरूलाई प्राथमिकता दिनुहोस् ।
कृपया तपाईँहरू पनि थप्नुहोस् र शेयर गर्नुहोस् ।

च्वास्स २