Wednesday, August 28, 2013

चौतारिको वरै ढलेछ


– संप्रस पौडेल ‘दिवस’
 पहिलो सम्बोधन,
 घिटिक घिटिक बाँचिरहेको वृद्ध बा आमाको आँशु पिएर विदाई भई जाने, फर्केर घर बनाउने, डल्लीका गलामा सुनका गहना ढल्काउने, शहर पसेर राम्रो मोबाइल, ल्यापटप  चलाउने र पल्सर हाँक्दै छोराछोरीलाई अंग्रेजी बोर्डिङ्ग दिनहुँ ओसार्ने रहरले बर्षेनी विदेशिएका होनहार युवा साथीहरु ।
 तिम्रा इमेल र च्याटमा मेसेज दिनहुँ पाइरहन्छु । सकेर कतिका जवाफ दिन्छु, कतिका जवाफ दिने उत्तरहरु भेट्टाउँदिन म । दिनहुँ ‘गाउँ कस्तो छ ?’ भन्दै सोध्ने जवाफ मसँग उहिल्यैदेखि रित्तिएको छ । किसान, गरिब, निमुखा र मजदुर वर्गलाई  नबाँड्दै सिध्धिएको सरकारी राहत जस्तो रहेका जवाफहरु धेरै सवालहरुले मिचेका छन्, उठ्ने जाँगर छैन तिनमा ।

Wednesday, August 14, 2013

मकवानपुर जिल्लाः एक परिचय


परिचय
देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण सेनवंशी पराक्रमी राजा मुकुन्द सेनको नामले यस स्थानको नाम मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर अपभ्रंश हुँदै मकवानपुर भएको भन्ने जनश्रुति प्रचलित रहेको छ ।

Sunday, August 11, 2013

दातासँग माग्ने

-संप्रस पौडेल 'दिवस'
(हाँस्यव्यंग्य कविता)

बस्ने पिर्का भाँचियो
दातासँग हात थाप्ने,
सुत्ने थाङ्ना च्यातियो
दातासँग हात थाप्ने ।

निद छैन मिठो
दातासँग रात माग्ने‚
घरमा छैन पिठो
दातासँग भात माग्ने ।

बाँझो छ खेत जोत्नलाई
दातासँग ज्याला माग्ने,
जोतियो खेत रोप्नलाई
उसैसँग फेरि माग्ने ।

सेते लाग्यो गिँदरीले कामै गरेन
लाइ लाग्यो खरानीले छुँदै छोएन,
रुदिलो र धुर्सुलले केको किरा भाग्ने ?
'विषादी दान देऊ' भन्दै दातासँग माग्ने ।

हलो, फाली, कचिया, धारो चाहियो अनि
भारी कस्दा चुँडियो खुइते कन्दनी,
चतिएछ टोपी, चुडिएछ जनै
किस्तामै भए पनि देऊ सनैसनै ।

बुट्टेदार खुर्पेठ्याक कतातिर गयो ?
गौवा र सिङ्वाङ् बेपत्ता नै भयो,
चरेस थाल हराए, काठको ठेकी खोई ?
गाइ पाल्न अल्छी भयौं, ल्याऊ दहि मोही ।

मन्दिर र डम्पिङ सँगै
हाम्रै शहर गाउँमा,
भान्छा चर्पी जोडिएको
आधुनिकताको नाउँमा ।

दाता भन्छ भान्छासँगै चर्पी बनाउनु
मर्नुभन्दा पहिल्यै चिहान खनाउनु,
पितृ पूजा छोडेर रक डान्स गर्नु
मर्ने बेला ब्याण्ड बाजाले शोक मनाउनु ।

डलर ल्याउँला धेर,
जाओस् आधा खेर,
सुत्या बाहेक अरु कामको
रिपोर्ट बनाउनु हेर ।

ल्याउला र खाउँला सुत्दै जप्दै डलर
विलासी भैं वास्ता छैन जंगे पिल्लर
सगरमाथा आधा चीनको, बुद्ध भारतमा रे
भास्सिदैछ वीरता हाम्रो दिन रातमा हरे ।

सगरमाथा पूरै देउ दाता तिम्ले अब
बुद्ध यहीँ जन्मे भन दाता तिम्ले अब
डर देखाई ख्वाउन छोड नेपाल माता तिम्ले अब
घुक्र्याउँदा कोखाई ख्वाउनु दाता तिम्ले अब ।

शान्ति छैन चैन छैन
हात फैलाई माग्ने
माग्ने हातै भाँचिए
दातासँग माग्ने
हालः सिद्धार्थ उच्च मा.वि.‚ हेटौंडा
(2070 जेठ 20)

Thursday, August 8, 2013

दामदेवको चर्तिकला


राजनीतिमा ओझेल परिसकेका बामदेवका चर्तिकला बारे धेरैले व्याख्या गरे । उता भक्तजन लिएर भविष्यमा राजनीति गर्न भोटर र कार्यकर्ता बटुलेको कुरोले रामदेवको चर्तिकला उदाङ्गो भएको छ । धनी ट्रष्ट पतञ्जली मार्फत् खरबौं कमाएका रामदेवको आफ्नो आम्दानी सम्हालि नसक्नुको छ ।  ब्रम्हाण्डका रोगी बटुलेर पैसा कुम्लाएका दामका भोगी रामदेव आपूmलाई जोगी भन्न निकै रुचाउँछन् । आफ्नै हिसाबकिताबको पत्तो नराख्ने उनी सरकार र सदनमा भ्रष्टाचार भयो भन्दै रामलिला मैदानमा बेलाबेलामा अपान वायु फाल्दै सभा बिट्ल्याउँछन् । अनी भन्छन् “भक्तो पेट साफ करो, जो होगा योगा से होगा” कामसुत्रका कामदेव, राजनीतिका वामदेव, योगका रामदेवभन्दा दामदेवको चर्तिकला पनि थरीथरीको छ । हेरौं के के रहेछन् दामदेवको चर्तिकला ?

चतुर्मानको चातुर्यता

चलाख र चर्चाका शिखर व्यक्तित्व चतुर्मान चौरेलका चातुर्‍याइँ तीन त्रिलोक चौध भुवनबाट चार चतुर्लोक चौध भुवनमा ढपक्क ढाकेका छन् । ताक परे कांग्रेस नपरे माओवादी हुँदै हालसालै मधेशी दल फुटाएर एमाले प्रवेश लगत्तै पार्टि परित्याग गरेर नयाँ जनजाति पार्टि खोलेका चतुर्मानका चातु¥याइका अगाडि जस्तै इन्द्रजाल पढेका विद्वान पनि निहुरिन्थे । कुरा काट्ने पत्रकारलाई ढाल्नेदेखि गुण्डागर्दी पाल्नेसम्मका काममा चातुर्यता बायाँ हातको खेल बनाउने नेताहरुले पनि उनका विचारका अघि चुँक्क चुइकिन सक्ने आँट गर्दैनथे ।

विश्व तथा नेपालको इतिहास


[बहुवैकल्पीक वस्तुगत प्रश्नहरुः         प्रश्न संख्या: ३०          मिति: २०७०।४।२]
१) मिश्रको सभ्यता नाइल नदीको किनारमा विकसित भएभैंm मेसोपोटामियाको सभ्यता कुन नदीको किनारमा विकसित भएको थियो?
युफ्रेटस र टिग्रिस
२) ब्रिटेनका प्रथम प्रधानमन्त्री (सबैभन्दा लामो समय पदमा रहने, २१ वर्ष) को थिए?
रवर्ट वालपोल
३) विश्वको सबैभन्दा पहिलो विकास योजना पापतिलेका रुसमा कहिले लागू भएको हो?
सन् १९२९
४) रुसमा जार शासनको अन्त्य कहिले भएको हो?
१९१७।३।१५
५) फ्रान्सको राज्यक्रान्तीसँग सम्बद्ध विद्वान तलकामध्ये को होइनन्?
A. रुसो                B. मन्टेस्क्यु           C. भोल्टेयर          D. दिदेरो
उत्तरः D. दिदेरो
६) ग्यादरिङ स्टर्म, हिस्ट्री अफ इङ्लिश स्पिकिङ पिपुल का रचनाकार को हुन्?
विस्टन चर्चिल
७) कार्यकालमा हत्या गरिएका पहिलो राष्ट्रपति अब्राहम लिंकनको हत्यारा को थिए?
विकल्स वुथ
८) सन् २०१३ को म्यागासेसे पुरस्कार कसले प्राप्त गरेको छ?
शक्ति समुह, नेपाल
९) चीन गणराज्यको पहिलो राष्ट्रपति को थिए?
डा. सन्यात्सेन
१०) भारतमा अंग्रेज विरुद्धको सशक्त सिपाही विद्रोह र जलियाँवाला हत्याकाण्ड क्रमशः कहिले भयो? सन् १८५७ र सन् १९१९
) भारत कहिले गणतन्त्रात्मक मुलुक घोषणा भयो?
सन् १९४७।८।१
) देशको कूल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको योगदान धेरै हुने मुलुक कुन हो?  भारत
१३) ह्यारी पोर्टरकी लेखिका जे.के. रोलिङको पछिल्लो निम्नमध्ये पुस्तक कुन हो?
        A. Torture killing me softly         B. Tippy of Africa    
       C. The casual vacancy          D. Jackson Height
            उत्तरः C. The casual vacancy
१४) निजामती सेवा ऐन, २०४९ को तेश्रो संशोधन कहिले भएको हो?
२०६९।१२।३०
१५_ कार्लमाक्र्सद्वारा प्रतिपादित सिद्धान्त तलकामध्ये कुन होइन?
A. नौलो समाजवाद      B. द्वन्द्वात्मक भौतिकवाद
C. वर्ग संघर्ष           D. अतिरिक्त मूल्यको सिद्धान्त
उत्तरः A. नौलो समाजवाद
समाप्त

च्वास्स २