Thursday, August 8, 2013

दामदेवको चर्तिकला


राजनीतिमा ओझेल परिसकेका बामदेवका चर्तिकला बारे धेरैले व्याख्या गरे । उता भक्तजन लिएर भविष्यमा राजनीति गर्न भोटर र कार्यकर्ता बटुलेको कुरोले रामदेवको चर्तिकला उदाङ्गो भएको छ । धनी ट्रष्ट पतञ्जली मार्फत् खरबौं कमाएका रामदेवको आफ्नो आम्दानी सम्हालि नसक्नुको छ ।  ब्रम्हाण्डका रोगी बटुलेर पैसा कुम्लाएका दामका भोगी रामदेव आपूmलाई जोगी भन्न निकै रुचाउँछन् । आफ्नै हिसाबकिताबको पत्तो नराख्ने उनी सरकार र सदनमा भ्रष्टाचार भयो भन्दै रामलिला मैदानमा बेलाबेलामा अपान वायु फाल्दै सभा बिट्ल्याउँछन् । अनी भन्छन् “भक्तो पेट साफ करो, जो होगा योगा से होगा” कामसुत्रका कामदेव, राजनीतिका वामदेव, योगका रामदेवभन्दा दामदेवको चर्तिकला पनि थरीथरीको छ । हेरौं के के रहेछन् दामदेवको चर्तिकला ?


    दाम र देव मिलेर बनेको एउटै शब्द दामदेव हो । पैसा, दक्षिणा, भेटी, तलब, ज्याला, घुस सबैलाई दाम भन्न सकिन्छ । क्याँट, कान्छीनानी, नगद नारायण, दाम नाम पनि पैसाकै साली पट्याउने र तरुनी फकाउने छद्मभेषी नाम हो । प्रचलनमा पैसा भनिए पनि यो वास्तवमा कोही खुशी पार्नका लागि दिइने वा लिइने दाम पनि हो ।
दाइजो मागेर ससुरालीलाई घर न घाट पार्ने घरपक्षहरु दामको दुरुपयोग गर्छन् । गाउँकी बालिका र केटी बेचेर नपुगेर घरकी बुहारीसम्म बेच्न भ्याएकाहरु पनि धर्मका नाउँमा तुलादान गर्दै खुद्रादेखि होलसेल पाप पखाल्न लागेपछि पैसा नै भगवान, पैसा नै धर्म, पैसा नै सर्वलोक रहेछ भन्ने लाग्यो । काठमाण्डौं शहर र तराइको क्यान्सर दाइजो प्रथा दाममै अडेको छ । समाजसेवाको नाउँमा कालाबजारी गर्नेले सामाजिक संस्थालाई १ हजार सहयोग गर्दा संस्थाले दुई हजारको विज्ञापन छपाउनु पनि दामप्रथाकै निरन्तरता रहेछ । ठेकेदारले सित्तैमा मन्दिर बनाइदिने भन्दै समाज सेवाको नाममा, ठेक्कापट्टा र ज्याला मजदुरी तथा सामानमा लाग्ने कमिशन र मिसावटमा चातुरी प्रयोग गरी शिलापत्रमा नाउँ लेखाउँन पनि भ्याएपछि पैसा भन्ने चिजको व्याख्या गरिसाध्ये रहेनछ भन्ने मनमा लागेको छ । दाममै समाजसेवी र ठालुहरुको नाम हुँदोरहेछ ।
केही किन्न प¥यो, पैसा नभई नहुने । बनाउन, भत्काउन, सपार्न, बिगार्न, पढ्न, जागिर खान, विदेश जानदेखि मुखमा माड हाल्नसम्म पैसा नभई नहुने भएपछि पैसा सर्वथोक हो, पैसा सर्वलोक हो भन्न बाध्य हुनुपरेको छ । यदि पैसा नहुँदो हो त यो दुनियाँमा विकास पनि नहुँदो हो । विज्ञान, प्रविधि, बौद्धिकता, प्रयोग सबै पैसाकै कारणले सफल भए । पैसा आपूmमा कहिल्यै कंगाल तत्व नभएकोले यसलाई धन पनि भनिन्छ । नेपालीमा उखानै छ, “धन भनेपछि महादेवको पनि तीन नेत्र” भन्ने । भगवानका पालामा मात्र नभई मानवका पालामा समेत धनसम्पत्ति, पैसाको ज्यादै महत्व छ । धार्मिक युगमा कुवेर धनी हुनु र विज्ञान युगमा कार्लोस स्लिमहेल धनी हुनुमा यही दामकै कारण हो । पैसालाई सहि सदुपयोग गरे पैसा बढाउँछ त दुरुपयोग गरे भएको पनि रित्तिन्छ । यसैले त “धन भएको बुद्धि नभएको” भनी धनवान तर त्यसको उपयोग नगर्नेहरुलाई उपमा दिइन्छ । हाम्रा साहित्यकारहरुले पनि पैसाको निकै प्रशंसा गरे । महाकवी देवकोटाले पैसाको चर्चा यसरी गर्नुभयो ।
पैसा छ क्या चमकदार र मोलवाला
आँखा हुने जगतका यसमै उज्याला ।

“हे भगवान यो खल्तीको घाउ अब धेरै नचर्काउ” भन्दै हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले गीत नै गाउनु भयो । यस बारेमा कथा कविता कति लेखिए लेखिए । ठूला रोग लाग्दा दाम हुनेले जीवन पाउँछन् भने नहुनेले मर्नुपर्छ ।
आजकल खान, लाउन, पढाउन, घुम्नदेखि हरेक समयमा दाम अत्यावश्यक भैसकेको छ । स्वास्नी फकाउनदेखि साली पट्याउन यो नभई भाछैन । पण्डितले गणेश र भेटी, जजमानले दक्षिणा, धनसम्पत्ति, दाम जे भने पनि त्यो पैसाकै रुप हो । पण्डितवाददेखि रण्डिवाजसम्म पैसा पेशा भएकाले निहुरिमुन्टी न को “हाकिमी नमस्कार” र बाआमा मार्न अनि दिदीबहिनी बलात्कार गर्न तम्तयार हुने “कार्जेकर्ते लम्पसार” पनि पैसाकै उपज हुन् ।
जसरी गान्धीको नाम बेचेर गान्धीकी नातिनी बुहारी राजनीति गर्छिन् यो पैसा पनि आफ्नो इज्जत हुर्मत केही नराखी आफ्नो बा आमादेखि सात पुस्तासम्म बेचिदिन्छ । अमेरिकाको साम्राज्यवाद, भारतको प्रभुत्ववाद, जापान जर्मनको पूँजीवाद पनि पैसासंग नै अनुचित सम्बन्ध राख्दछ ।
कहिलेकाहीँ फोहोरमा परेको पैसा पनि टिप्ने खालको भनी मानिसको व्यक्तित्व र पैसालाई जोडेर भने पनि फोहोर मात्र के नालीमा, आलीमा, ढिंडाको गाँसमा, मान्छेको रासमा, भैंसीको थासमा जता भेटे पनि यो पैसा पवित्र हुन्छ । त्यसैले पूजाआजामा पैसा नभए धर्म नहुने पाँडे पण्डितहरुको धारणा रहेको छ । उनका पीडित जजमानले गाईको सट्टा गाई पैसाको प्रयोग गर्दा गर्दै पाँच रुपेबाट दश रुपे हुँदै बीस रुपेको प्रयोग गर्न पाँडे पण्डितको उर्दि सुन्नु परिरहेकै छ । पेट्रोल (खानेतेल अर्थात कोदोकोला) को भाउ बढेकोले पण्डितको बाउले बीसको सट्टा पचास रुपे गौदान गर्न भनी प्रेस विज्ञप्ती जारी गरेका रछन् ।
पैसाको लिला अपरम्पार घुम्दछ जसमा सब सन्सार । उत्तर कोरियाले बम हान्दा अनैतिक हुने र अमेरिकाले मिसाइल फ्याँक्दा नैतिक हुने कुरा जस्तो पैसा कमाउने तरिकामा नैतिक र अनैतिक मान्यताहरु छन् । पण्डितको कुशखोरी, कर्मचारी प्रशासनको घुसखोरी, राजनीतिक कार्जेकर्ता विद्यार्थीको चन्दाखोरी, व्यापारी र दलालको कमिशनखोरी र नेताको ढुकुटी फोरी जस्ता फोहोरी खेल दामसंग नै सम्बन्धित भई किसान मजदुरको जनहित नभई सानालाई बर्जित र ठूलाठालुको चिल्लो तालुसंग गन्धित पैसा अनुबन्धित छन् ।
यहाँ पैसाले पिछा गर्नेहरु र पैसालाई पिछा गर्नेहरुबीच द्वन्द्व चलिरहेको छ । आपूmलाई भगवानको औतार मान्ने स्वामी महाराज, श्री १००८, श्री १०८ स्वामीहरुलाई पैसाले पिछा गरिरहेको छ भने तामसीदेखि सात्विकसम्मका भजन सुन्न भ्याएका र चरण कमलमा आफ्नो शिर राख्दै आफ्नो धर्म नै दोषी भन्न भ्याएका भक्तजनहरु पैसाको पिछा गरिरहेका छन् । धर्मको किनबेच पनि भैरहेको छ । हामीकहाँ स्वामी महाराजका प्रिय पात्र (प्रिय कि प्रिये ?), चेली गीता माता, सीता माता, पवित्रा माता, अञ्जली माता, पुष्पाञ्जली मातासम्मलाई पैसाले पिछा गरिरहेकै छ । बच्चा नजन्माई माता हुने र बिहे नै नगरी बाबा हुने जोगीहरुको भोगी विलासिता पनि अपरम्पारको रहेछ । मुर्ख बनाई पैसा असुल्ने जादुगरी, चटकी उपाय भईकन को पसिना बगाएर दुख गरोस् । नेताको पेट दुखेर पाइखाना गएको कुरामा सुस्वास्थ्यको कामनाको विज्ञापन छपाउने कार्यकर्ता जस्तै भक्तजनहरुलाई पनि धार्मिक दामको कुरा बिझ्नुपर्ने हो । स्वामी कहलिएकाहरुले “श्रीरामले सीता माताको परीक्षा गर्नुभयो, श्रीकृष्णले सोह्रहजारलाई भुलाउन सके, बिष्णु भगवानले लक्ष्मी मातालाई चुम्बन गर्नुभयो” भन्दा प्याटट ताली पिट्ने भक्तजनहरु घरैपिच्छे छन् । जे छन् चाप्लुसी चुकुलीहरु अघोषित पैसाकै लागि छन् ।
पैसा पैसा कर्ते हे, फिर पैसे पे क्यू मर्ते हे ? भन्दै हिन्दीमा गीत पनि गाइएको छ । विश्व ब्रम्हाण्डमै चर्चित पैसाको चर्चा गरेर अलिकति पैसा कमाउने मेरो पनि चोखो धोको मनमा पोको परेर पानीको फोको भैंm टलपल टलपल बसिरहेछ । त्यसैले “त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुस्च सखा त्वमेव” भन्दै पैसाको जपध्यान गर्नुपर्ने बेला भइसकेछ । यस्तो बेला कता मन्दिर खोज्न जाउँ, खल्तिबाट पाँच रुपे झिक्दै जप गरौं । आजकल चण्डि पाठ गर्नेहरुले “या देवी सर्वभूतेसु..., दामदेवाय नमो नमः” भन्दै पाठ गर्न थाले हुने भएछ । प्रभो, दामदेवको चर्तिकला बुझि नसक्नुको रहेछ । अस्तु । (संमृद्ध समाज दैनिक‚ मकवानपुरमा प्रकाशित)

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २