Thursday, August 8, 2013

चतुर्मानको चातुर्यता

चलाख र चर्चाका शिखर व्यक्तित्व चतुर्मान चौरेलका चातुर्‍याइँ तीन त्रिलोक चौध भुवनबाट चार चतुर्लोक चौध भुवनमा ढपक्क ढाकेका छन् । ताक परे कांग्रेस नपरे माओवादी हुँदै हालसालै मधेशी दल फुटाएर एमाले प्रवेश लगत्तै पार्टि परित्याग गरेर नयाँ जनजाति पार्टि खोलेका चतुर्मानका चातु¥याइका अगाडि जस्तै इन्द्रजाल पढेका विद्वान पनि निहुरिन्थे । कुरा काट्ने पत्रकारलाई ढाल्नेदेखि गुण्डागर्दी पाल्नेसम्मका काममा चातुर्यता बायाँ हातको खेल बनाउने नेताहरुले पनि उनका विचारका अघि चुँक्क चुइकिन सक्ने आँट गर्दैनथे ।

गरिबका घरमा बिजुली बल्न पौने तीन करोड नेपालीको रख्खे गर्ने तेत्तीस कोटी देउदेउतालाई तेत्तीस कोटी होम कति चोटी गराउनु पर्ने हो ? त्यो पनि दिनबन्धुजीलाई गरे त फत्ते भैहाल्छ भन्ने हाम्रो मान्नेता । नेपाली जन हुन्, भजन कीर्तन र घण्टा शंख जता बज्यो, नखाई नखाई ओइ¥याउने चलन हाम्रो सात दुना पन्ध्र पुस्तादेखिको । हुन त लोकतन्त्रका देवी देवता हुन्, पन्ध्रलाई छोडेर सात पुस्ता त के बाँचिरहेको पुस्तालाई पनि नेताले भैंm सत्ता र सडकमा संघर्ष गरे जस्तो मन्दिर नधाइकन आशिक दिने होइनन् । त्यसैले आजकल मत्र्यलोकमा भन्दा ज्यादा स्वर्गलोकमा चाकरीको बेइमान राजनीति हावी छ । आशा गरौं त्यहाँ राम्रो कामको लागि प्रतिपक्षले पनि सत्तापक्षको सम्मान गर्न जान्दो होला । मन्दिरै मन्दिरको यो देश आज विरोधै विरोध र बन्द हड्तालको देश भाको छ । यहाँ कि ‘विरोध’ नाम भएकाहरुले चुनाउ जित्छन्, कि सरकारमा हुँदा सडकको, सडकमा हुँदा सरकारको विरोध गर्नेले मात्र चुनाउ जित्छन् । कानून पनि सरकार र सदनभन्दा बाहिर हुनेलाई लाग्ने गर्दछ । बालकृष्ण ढुंगेल र बबनसिंह यसका दन्ते उदाहरण मात्र हुन् । त्यसैले यहाँ नेताभन्दा ज्यादा ‘डन’ हरु राजनीति गर्दछन् । यस्ता चर्चाका विषयमा ज्यादा चासो दिन्थे चतुर्मान चौरेल ।
चिया पसलमा चतुर्मानका टि–टक सुन्न जम्मा हुनेहरु बढेका थिए । वन, शिक्षा, धर्म, राजनीति, परराष्ट्र, कुटनीतिदेखि संविधानमा नभएको सहमतिको कुरा पनि उनी कण्ठाग्र गरेभैंm सुनाउँथे । “सहमतिको दस्तावेज नै नेपालको अन्तरिम संविधान भएकोले जे कुरामा सहमति हुन्छ, त्यो नै हाम्रो संविधान हो । न्यायाधीशलाई प्रधानमन्त्री बनाउने सहमति पनि त्यसकै उपज हो । अहिले के के न पाउँला भनी फुरुङ्ग भएकाहरु भरे सहमति भंग भएर भुरुङ्ग हुन पनि के बेर । यसैले शर्त टुटेपछि केका सहमति ?” चतुर्मानले आफैंले प्रतिपादन गरेझैं बके र थपे, “जान्नेले त्यसै भनेनम् नेपालको कानून जसले लेख्यो, उसैले जानून् ।”
उनका अनुसार लाटो लड्छ एक बल्ढ्याङ, बाठो लड्छ सत्र बल्ढ्याङ भन्ने उखान रामचन्द्र पौडेललतर्पm तेर्सिन्छ । नवआगन्तुक जनजाति पार्टिका स्वेच्छिक नेताहरु आपूmलाई लोकतान्त्रिक नेपालको पहिलो गौतम बुद्ध मान्नुहुन्छ । अझ फेसबुकका भित्ताहरुमा जनजाति पार्टिका नेताहरु पृथ्वीनारायण शाहभन्दा महान भनेर फोटो पूजिन थालेछ । यस्ता चम्चे राजनीतिज्ञको कुरा सर्वसाधारणलाई सुनाउछन् चतुर्मान । ताक परे तिवारी नत्र गोतामे भने भैंm धुलोमा माटो भैदिने, ठोसमा ढुंगा हुन जानेकाहरुले सदियौंदेखि देशलाई पोल्टोमा पोको पारेर बन्धक बनाएका छन् भन्ने प्रतिभाशाली व्यक्तित्व थिए त उनै चतुर्मान थिए । धर्म, अर्थ, वातावरण, जैविक विविधता, वायुमण्डल, अन्तरीक्ष, चराघोर सबै विषयमा पिएचडी भ्याए भैंm लाग्छन यी चतुर्मान ।
हामीले भाङ धतुरो खाने जोगीहरुलाई बाबा भन्यौं, राजालाई  विष्णुका अवतार मान्यौं, रामबहादुर बम्जनलाई त झनै लिटिल बुद्ध भनेरै डलर समेत झार्न लगायौं । घरघर र सवारीमा उनको फोटो पूजिन थालेको थियो । सक्नेले बैंकमा कुहेको करोडौं धन उनका पाइतालामा खन्याए, नसक्नेले दश रुपियाँको सिन्केधुप र दुई गेडा स्याउ चढाए । हामी हाम्रो धर्म सँस्कृतिमाथि कसैले आँखा लगाए पनि श्रीमान गम्भीर नेपाली हुन्छौं । यसैले अमेरिकाको चप्पलमा ज्यादा ध्यान दिन्छौं । आजकल त तीन टाउके सर्पको फोटोसप एनिमेसन पनि फेसबुकका भित्ताहरुमा नाग देवताको नाममा चर्चिन्छन् । हामीले वेद बेच्यौं, रामायण बेच्यौं र स्वस्थानी माता पूकारेर बयोवृद्ध शिब भट्टहरुले नाबालिका गोमा ब्राम्हाणीलाई बलात्कार गरेको कुरा पूजेर आपूmलाई महान् ठान्यौं । नांगै हिँड्ने, भष्म दल्ने, वीष भाङ धतुरो खाने, अश्लिललाई अंगाल्नेलाई देवता मान्नेहरुले आज बाटामा आँखा जुध्दा यौन दुव्र्यवहार भन्न सुहाउने कि नसुहाउने उनै जानुन् । छोराको दाइजोमा कडा माग तेस्र्याउनेहरुले दाइजो सँस्कारको विरोध गर्दै सार्वजनिक भाषण दिँदा कति पत्याउने, के के पत्याउने ? यस्ता कुरा चतुर्मानले एकै शाशमा बोल्थे ।
चौध अञ्चलमा चौध एनजिओ भए तिनका कर्मचारीलाई प्रतिवेदनमा मात्र नभै कामै गरेर पनि चारा पुग्ने बताउँछन् उनी । महिनैपिच्छे चौहत्तर जिल्ला सरकारले चलाउनु, एउटा जिल्ला एनजिओलाई दिनु अनी तिनका काम देखिन्छन् भन्छन् उनी । देशै ह्वात्तै विकास गरुँ भन्दा विदेशी डलर बालुवामा पानी भैंm खेर गएको बताउँछन् । वन, वातावरण, जंगली जनावर संरक्षण, स्वास्थ्य, खानेपानी, चर्पी इत्यादि बारे सहयोग गर्ने आइएनजिओदेखि रुष्ट छन् उनी । चर्पी जाँदा गन्हाउँछ भन्दै बाटो बिगार्नेहरुले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्दै हिँड्नु कति जायज कति नाजायज ? लामो यात्रामा जंगलका बीच खुल्ला दिसामुक्त क्षेत्रको बोर्ड देख्दा त्यसै बोर्डमुनि सुचि गर्नेहरुलाई खोई सार्वजनिक शौचालय ? नजानेका भन्ने केही नभएका चतुर्मानले चर्पीमा चुइँगम चपाउँदै बनाइएका हावादारी योजनाले देशमा छिल्लिएका र इज्जत चिप्लिएका चुनावी बोकाहरु विदेशी डोनरको आँखा छलेर बैधानिक रूपले चोरेको पैसाले चेपिएका बारे गद्य पद्यमा चौध हरफको चर्चा गरे ।
भन्नलाई साइकल चलाउँदा शरीरलाई फाइदा गर्छ भने पनि सल्लाह दिने डाक्टर र योगका गुरु जति सप्पै भारतबाट आयातित चिल्ला गाडी चढ्ने भए । अझ लचकदार कम भो भन्दै मर्सिडिज, प्राडो र फोर्डतिर नजर लगाका छन् । आफ्नो भने मोटर साइकल पनि रेल बराबर भएको छ । “हुन त जाबो मोटर साइकल त जसले नि किन्छन् नि । बरु पेट्रोल हाल्ने हिक्मत पो हुनुप¥यो । त्यसैले आफ्नो इज्जतमा खती होला भनेर ओखती जति पेट्रोल भए पनि बोत्तलमा हाली राख्नु परेको छ ।” अब त चतुर्मानले चिया पसलमै बसेर पेट्रोल सम्बन्धी शोधपत्र नै तयार गर्न लागे । साँच्चै अघिल्लो दिन ट्यांकी भरिएको पेट्रोल पम्पले भोलिपल्टै संकट लागेको बताउँछन् । “बरु बोत्तलमा हालेर भए पनि दुर्लभ पेट्रोल राख्नु परेको छ । दुर्लभ चीज वस्तुको संरक्षणमा नेपाल सरकार जति विश्वकै कुनै सरकार चिन्तित छैन । यसैले गोडा एकदोटा थान गैंडा, हात्ती, बाघ, मयुर, मुनाल, डाँफे, धनेश सप्पै चिडियाखानामा राखिएका छन् । त्यतिले नपुगे हाम्रा नोटहरुमा दुर्लभ जनावरका चित्रहरु छपक्कै भरिएका छन् । यस्ता सरकार र नेताहरुको कोटी कोटी प्रणाम गर्न छोडेर हामी नंगा बाबाहरुको हेरीसाध्य नभएका अङ्गको खरानीको टिका लाएर भाग्यमानी अनुभूत गरिरहेका छौं ।” धाराप्रवाह वक्तव्यबाजी गर्थे चतुर्मान ।
एकदिन चतुर्मानले वातावरण दिवसको बारेमा चर्चा गरे । “हाम्रा सार्वजनिक सवारी भन्नु मात्रै हो, सबै कवाडीमा थन्काउनु पर्ने खालका । युरोपतिर भए युरो ५ को मापदण्डले उहिल्यै रिसाइकल भइहाल्थे होला । यो देशमा त्यस्ता सवारीदेखि रित्ता भकारी बाहेक केही देखिन्नन् । हरिया तुलमा सेता अक्षर लेखेर हरिया कमिज र हरियै साडी लगाएर वातावरण दिवस मनाउने थोत्रा परम्परा बन्द गर्नुपर्छ ।” 
यहाँ राजनीतिज्ञभन्दा थोत्रा इतिहासै भेट्न छोडिसकियो । आमाद्वारा पिटिएको बालक आमाकै पछि लागेर रुन्छ भनेभैंm राज्यले मार्कसिटे शिक्षा दिलाएर डिग्रीको मार्कसिट पाएको विद्यार्थी जागिरका लागि नेताकै पछि लागेर रोइरहेको गुनासो थियो चतुर्मानको । उनी भन्थे कार्यकर्तालाई पनि मासिक तलब र हड्ताल बन्दको छुट्टै भत्ता दिनुपर्छ दलहरुले । सित्तैमा स्टिल गिलास दन्काउन पाएका गाउँका दुइचार युवाहरुलाई चित्त बुझ्थेन यी कुराहरु ।
“मोटा बुद्धिमा लागेको बिर्को खोलेर हेर्ने हो भने यो एमालेले सुर्ति बनाएर चेप्यो, कांग्रेसले चपायो अनि माउवादीले खायो” भन्दै गाउँका चिया पसलका गन्नेमान्ने ठालु माक्र्सवाद र समाजवादका चिन्तक चतुर्मान चौरेलले भन्दा परजीविसमान मुखियाका चौंतीस मुजा परेको गाला चाउरिएको चाउरियै भयो । यो देशमा नैतिकता भएको दल कि एमाले छ कि अभैmसम्म कुमारै रहेको ऊ त्यो रातो भाले छ भन्दै कुखुराको भालेलाई नै प्रधानमन्त्री बनाउँनु पर्छ भन्ने सुझाउ दिने चतुर्मानको अगाडि कुनै पञ्चमान, षष्ठमानले कुरा काट्यो कि उनको दशदान गर्न बाध्य बनाइदिने । धन संकलनमा माओवादी जति माडवारी पनि छैन भन्दै खुल्ला रुपमा बोल्ने चतुर्मानले मधेसीका नाउँमा राजधानी बसेर राजनीति गर्नेहरु ठूलो दलसँग चम्चे बनेर सरकार चलाउन मात्र काम लाग्छन् भन्थे । सूर्यबहादुर थापा र पशुपति शमशेरसँगै रा.प्र.पा. को दुई वटा खेमा सती जाने कुरो पनि उनले लुकाएनन् । भविष्यमा पूर्व राजा र कमल थापा नै प्रतिद्धन्द्धी हुने अनुमान गर्ने यिनले निजामती र शिक्षकहरुले अवकाशपश्चात् राजनीतिक पार्टी खोल्ने भविष्यवाणी पनि गरिदिए । संघियताको झगडामा निजामतीको टेबल सरकार नै एउटा राज्यको सरकार भैसकेको भन्थे । राजनीति सिक्न परे शिक्षकहरुसँग साइनो गाँस्नु, सरकार ढाल्नु परे पत्रकारसँग मीत लाउनु, अर्थमन्त्री बन्नु परे व्यापारीसँग कर नलिनु भन्थे । जनता त भोट दिनकै लागि जन्मिएका हुन्, चुनाउको महिना दिनअघि कुहिएको चामल र राहत एनजिओबाट पठाउँनु, झाडापखालाले गावै सोत्तर भएपछि सरकारी ध्वजाबाहकको धज्जी उडाउँदै राहतको पोको बाँड्नु भन्ने दिव्योपदेश दिन्थे । चतुर्मान चौरेल चिया पसलमा चना र चिया खाँदै चुकेका चोइटिएका दलदेखि गरिबको चुल्हामा चिम्टा चोरीको आरोपमा दलले छुटाएका, चाङका चाङ काम थन्क्याएर, सेवाग्राहीलाई चिढाएर राजनीति गर्न थालेका निजामती कर्मचारीको चिरफारमा चातुर्यता चम्काउँथे । कुनैबेला चेलीको अपमान गर्ने पुरुषलाई चोलो लगाएर बर्षैभरी चिउराको भारी चुइँचुइँ बोक्न लगाउने उनका अगाडि गल्ती गर्नेहरुले चुँसम्म बोल्न सक्दैनथे । कतै राजनीतिमा नटाँसिएका कारण चउन्न हण्डर खाएका चवालिस बर्षका चतुर्मान चौरेल देशकै दुर्लभ र लोपोन्मुख चोखो राजनीतिक विश्लेषक भन्दै पत्रकार चिरन चित्रकारले पत्रिकामा चौध चोटी चर्चा पनि गरे ।
यसैले कसैले हम्मेसी चतुर्मानको कुरा काट्ने आँटै गर्दैनथे । गर्थे त केवल उनको अनुपस्थितिमा चिया पसलहरुमा पाँच रुपियाँको उधारो खाएर पाँच अरबको धक्कु लाउने, गाँजा लगाउन दिएर ढोड फडाँनी गर्नेहरु, आलुबारीको उत्खनन र पाइखानाका उद्घाटकहरु । सरकारलाई हावा र कावा बनाइराखेका कहाँ जालिस् मछली मेरै ढडिया भन्दै सडकमा उफ्रिरहेकाहरुले पनि चतुर्मानलाई अबको प्रधानमन्त्री छान्नुपर्ने हो । होइन भने उनलाई दुई वर्ष न्यायाधीश बनाएरै भए पनि प्रधानमन्त्रीका लागि योग्य बनाउँनुप¥यो । चार्ली चाप्लिनभैंm जोशिला, चुनाउ चाडबाडका नेताभैंm तर सँधै हँसिला, चिनीभैंm गुलिया, चाभेज भैंm निर्भिक, चार चतुर्लोक चौध भुवनका ज्ञाता, चवालिस बर्षे जवान, चाणक्य भैंm चातुर्यका धनी चतुर्मान चौरेललाई कोही कम खर्चालु, ज्यादा चालु नेता छ दलीय कोटाबाट प्र.म. का लागि दर्ता चलानी गर्ने ? अस्तु । २०७० असार (समय चित्रण साप्ताहिक‚ मकवानपुरमा प्रकाशित)

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २