Tuesday, December 27, 2022

सहरमा जसको चर्चा छ-३

व्यङ्ग्य कविता

डायपर गलत ठाउँमा परेपछि

मार्क ट्वेन महोदय,

हामी पहिले पहिले 'लिडरफेर्दैनथ्यौं

डायपर मात्र फेर्थ्यौं

जसको नतिजा

डायपर, समयअगावै विष्फोट हुन्थ्यो ।

 

डायपर

कहिले उत्तरतिर त

कहिले दक्षिणतिर झोलिन्थ्यो

डायपर

कहिले दुतावास त 

कहिले नियोगतिर चुहिन्थ्यो ।

 

तर अब समय उस्तो रहेन

यसपाला हामीले

थुप्रै 'लिडरफेर्‍यौं

उत्तिकै थान डायपर पनि फेर्‍यौं ।

 

मुखमा पनि लगाइदिनुपर्ने रहेछ डायपर

नछुट्नुपर्ने छुट्न गएछ ।



अफसोस छ

पश्चाताप छ मार्क,

हामी अझै उस्तै तनावले पिल्सिएका छौं

जुन भर्खरै मात्रै पत्तो पायौं-

झोल्लिएको हाम्रै गोप्यता रहेछ

चुहिएको हाम्रै कुटनीति रहेछ ।



हो मार्क,

लगाउनु पर्ने ठाउँमा

लगाइएनछ डायपर

डायपर त उनीहरूका

दिमागमा पनि लगाइदिनु पर्ने रहेछ ।

संप्रस, २०७९ पौष १२ हेटौंडा

 

Monday, December 26, 2022

विण्डोज ११ का महत्वपूर्ण सर्टकर्ट कीः

विण्डोज ११ का अति महत्वपूर्ण सर्टकर्ट कीहरूः 

विण्डोज की र डब्ल्यू (windows+W)

विण्डोज ११ का प्रयोगकर्ताले मौसमसहित विभिन्न समाचार हेर्नको लागि कुनै ब्राउजर खोलिरहनु पर्दैन । विण्डोज की र डब्ल्यू थिचेमा प्रयोगकर्ताले मौसम सम्बन्धि जानकारीसहित विश्वभरका पछिल्ला समाचारहरु थाहा पाउँन सक्छन् ।

विण्डोज की र एन (Windows+N)

विण्डोज ११ अपरेटिª सिस्टम प्रयोगकर्ताहरुले कम्युटरमा भएका नोटिफिकेसनहरु हेर्न विण्डोज की र एन थिचे पुग्छ ।

विण्डोज की र ए (Windows+A)

यस सिस्टममा विण्डोज की र ए थिच्दा प्रयोगकर्ताले विण्डोज ११ मा वाईफाई, ब्लुतुथजस्तो अप्सनमा जान सक्छन् । यसले कम्युटरको सेटिङ अप्सनमा पुर्याउँछ ।

विण्डोज की र जेड (Windows+z)

विण्डाेज ११ सिस्टममा विण्डोज की र जेड थिच्दा प्रयोगकर्ता विन्डोजको लेआउट अप्सनमा पुग्छन् । जसले लेआउट कस्तो बनाउने भनेर छनोटको सुविधा दिन्छ ।

विण्डोज की र सी (Windows+C)

यस सिस्टममा माइक्रोसफ्टको टिम्स इनबिल्ट छ । विण्डोज की र सी थिचेर प्रयोगकर्ता सिंधै माइक्रोसफ्ट टिम्सको च्याटमा पुग्न सक्छन् ।

स्रोतः https://pradeshreport.com/technology/10562/

Sunday, December 25, 2022

सहरमा जसको चर्चा छ- २

 

२०७९ पौष १०

पत्रकारः नमस्कार नेताज्यू ।
नेपालः  विना देउवाके नमस्कार ।

पत्रकारः कस्तो लागिरहेको छ ?
नेपालः एकपटक चिमोटेर हेरेँ । दुख्यो । अनी हो रहेछ भनेर पत्याएँ ।

पत्रकारः अब के गर्नुहुन्छ ? 
नेपालः अब राष्ट्रपतिका लागि दाम चढाउनु पनि भएन । के गर्ने ? अब त त्यो लामिछानेले घुर्न पनि दिँदैन होला ।

पत्रकारः नेकपा यसबाट नेकपा त्यसमा जाने कुरा त छैन नि ?
नेपालः त्यस्तो कुनै योजना छैन । पर्ख र हेर अनुशरण गर्ने मान्छे हुँ ।

पत्रकारः अनी आज तपाईँले 'वर्तमान परिप्रेक्ष्यमा' थेगो भुसुक्कै हुनु भयो कि कसो ? कि एउटा देउवाले अर्को दाहालले लैजानु भयो ?
क्यामेरा म्यानः त्यसो होइन । उहाँको वर्तमान हरायो हरायो, परिप्रेक्ष्य पनि बेपत्तै भयो ।
नेपालः यो ओली गुटको परेछ कि क्या हो ?
(मिश्रित हाँसोपश्चात्)
पत्रकारः हवस् । कार्यक्रममा आइदिनु भएकोमा धन्यवाद ।
नेपालः विना ढेउवाके ?
पत्रकारः हजुर, टोलटोल मिडियाको घरघर अनलाइन पत्रिकाको अर्थशाखा कमजोर रहेकोले हामीले अन्तर्वार्तामा पाल्नुहुने पाहुनालाई विना ढेउवाके नै बोलाउने गरेका छौं ।
नेपालः लौ लौ ।

सहरमा जसको चर्चा छ - १

 

२०७९ पौष १०

Monday, December 12, 2022

साइँला रक्स || सुन साहिँली प्यारोडी

😂😂😂

(साहिँलाले अघिल्लो चुनाव जितेको पाँचौ वर्षमा...)

सुन साइँली साइँली
५ वर्ष यस्सै टारियो
डोजर र ट्रिप्पर जोडियो

सुन साइँली साइँली
डाँडोलाई सम्मै खारियो
बगरलाई विदेश तारियो ।

---
(साहिँलाले यो पटकको चुनाव हारेको पाँचौ वर्षसम्म)
सुन साइँली साइँली
संसद थ्यो सँधै हरियो
फुस्किँदा दङ्गै परियो ।

आश्वासन त दिएको परर
भोट अन्तै सर्‍यो सरर ।

कानून बनाई मान्छे कुटाउँथे
कानून सच्याई जेलबाट छुटाउँथे ।


शहरमा जसको चर्चा छ || रेशम प्यारोडी



 हे, हे, हे

आ-हा-हा-हा, हा-हा-हा

हा-हा-हो-हो, ओ-हो


रेशम, रेशम

सानोमा सानो कमलको हाँगा, रेशम...

सानोमा सानो कमलको हाँगा, रेशम...

जेलबाट छुट्छ भालाले घोचेर हो, रेशम...


अस्तिको कुरा बिर्स्यौ कि कुन्नी, रेशम....

म फिर्ने छैन तिमीलाई कुर्सी नदिई, रेशम

म फिर्ने छैन तिमीलाई कुर्सी नदिई, रेशम

तिमीलाई हो, छोडेर हो रेशम...


स्यालुट खाँदै नख्खु जेलैमा, रेशम...

गुड बनाउने हो  सरकारमा मिलेरै हो, रेशम


नक्कली अध्यादेश ल्याउँछ छुटाउँन, रेशम

यो माया सम्झी मन लाग्छ अंगालो हाल्न, रेशम

यो माया सम्झी मन लाग्छ अंगालो हाल्न, रेशम


काट्दै र किट्दै दाह्रा र खुकुरी, रेशम

मुखको तालमा सिध्धिए एसएसपि नै, रेशम


अल्लारे जनता जिस्काउँछन् मलाई, रेशम

अल्लारे जनता जिस्काउँछन् मलाई, रेशम

भोटैर नहाली काँ जालान्  उम्केर हो, रेशम

कहाँ जालान् उम्केर हो, रेशम रेशम


रेशम, रेशम्, चौधरी रेशम

रेशम, रेशम्, चौधरी रेशम


Saturday, November 12, 2022

भाइरल हिउँचितुवा तस्वीर र नेपालका वन्यजन्तु विशेष फोटोग्राफरहरू

(Viral Snow Leopard and Wildlife Photographers of Nepal)

सगरमाथा क्षेत्रको ५ हजार मिटरमाथि खुम्बु हिमालय क्षेत्रमा हिउँ चितुवा देखिएको तस्वीरले निकै चर्चा पाएको छ । वन तथावातावरण संरक्षणका क्षेत्रमा काम गर्ने अमेरिकन फोटोग्राफर कितिया पावलोभ्स्कीले सो तस्वीर यही अक्टोबर ८ मा आफ्नो क्यामेरामा कैद गरेकी थिइन् । उनले १६५ किलोमिटर यात्रापश्चात् सो दृश्य कैद गरेको बताएकी छिन् ।

Kittiya Powlowski एक अमेरिकी नागरिक हुन् । उनका बारे विविध अध्ययन गरी एक आलेख तयार गर्ने प्रयास गरिएको छ ।

फेसबुकमा कितियाः

उनको फेसबुक पेज Kittiya Pawlowski नामबाट सञ्चालित छ । यो लेख तयार पार्दासम्म पेज लाइक ३५८ र फलोअर्स ४६५ रहेका छन् ।  यसैले पनि उनको फेसबुक अकाउन्ट मलाई जस्तै सबैका लागि नौलो हुन सक्छ । साथै यो लेख तयार पार्दासम्म मेरा फेसबुक साथीमध्ये कसैले पनि उनको पेज लाइक गरेका छैनन् । ३ दिनसम्मको अनुगमनमा पनि यसमा थपघट भएको छैन/थिएन ।

उनको फेसबुक Intro मा "Photographer that captures the beauty of Earth. Pawlowski official follow me guys" लेखिएको पाइन्छ । उनी पेजमार्फत् आफूलाई फोटोग्राफरका रुपमा परिचय दिन चाहन्छिन् । पेज रिभ्यू शुन्य रहेको छ ।

उनले हालसम्म २० वटा तस्वीर अपलोड गरेकी छिन् जसमध्ये दोहोरिएका हटाउँदा कूल १३ तस्वीर हुन्छन् । सोमध्ये पनि चराको २, पोलार भालुको ३ र पानी जहाजको १ रहेका छन् । यस्तै बाँकी तस्वीरमध्ये खुम्बु हिमालय क्षेत्र तथा उनले खिचेको भनिएको चितुवा र ठूलो क्यामरा बोकेको आफ्नै तस्वीर रहेका छन् । जुन Nikkor 500mm f/4 lens क्यामेरामार्फत् खिचिएको भन्ने जानकारी उनको फेसबुक पेजमार्फत् थाहा पाउन सकिन्छ ।

अनौठो त के हो भने उनको पहिलो र हालसम्म कायम फेसबुक प्रोफाइल तस्वीर नै खुम्बु हिमालय क्षेत्रमा क्यामेरा बोकेर उभिएको तस्वीर नै हो ।

उनले सार्वजनिक गरेकी सोही तस्वीरहरू पुनः शेयर गर्दै लेखेकी छिन् -
"Thank you United States Embassy, Nepal for sharing my work! 🙂 U.S. Embassy, Nepal"

यो आलेख तयार गर्दागर्दै Kittiya Pawlowski नामको अर्को फेसबुक अकाउन्ट पनि बनिसकेको छ । जसमा ९ लाइक र १९ फलोअर्स रहेका छन्/थिए । यस्ता अरू नक्कली अकाउन्ट पनि बन्दै जालान् ।

अमेरिकी दूतावासले कितियाद्वारा खिचिएका तस्वीरहरू आफ्नो फेसबुक पेजबाट समेत शेयर गरेको थियो ।  १ हजार ३ सय बढी 
प्रतिकृया तथा १ हजार ७ सय बढी शेयर भएको यस पोस्टमा दूतावासले लेखेको थियो:-
एक अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा ५००० मिटर भन्दामाथि पुगेर हिउँ चितुवाका केही सुन्दर दृष्यहरू आफ्नो क्यामेरामा कैद गर्नुभएको छ।
These breathtaking photos are from Kittiya Pawlowski, a US photographer and storyteller, as she follows snow leopards in the mountains above 5000m in the Mt. Everest region.
यसकै कमेन्ट बक्समा चुङ्बा शेर्पाले यसरी लेखेका छन्ः
प्रतिकृयाकै क्रममा दीपेन्द्र अश्रुमाली लेख्नुहुन्छः
अनि कितिया यसरी प्रतिकृया दिन्छिन्ः
धेरै नेपालीले झैं मैले पनि हिउँ चितुवाको तस्वीरसँगै कितियाको नाम सुनेको हुँ । अनी माथिको स्क्रिनसटअनुसारको अकाउन्टलाई पछ्याउँदै जाँदा २७ हजारबढी फलोअर्स रहेको पाएँ । बल्ल पो फेसबुकमा खास कितियालाई भेट हुन पुग्यो । जुन तल देखाइएको छ ।
यस अकाउन्टमार्फत् जम्मा १३ वटा तस्वीरहरू शेयर भएका छन् । ७ वटा तस्वीरचाहिँ नेपालमा हिउँ चितुवाको तस्वीर खिच्ने क्रमकै देखिन्छन् ।
ज्वालामुखिको एक तस्वीरको क्याप्सनमा उनी आफ्नो आर्टवर्कका लागि वेबसाइट www.kittiya.art उल्लेख गर्दछिन् । साथै २०१९ डिसेम्बर २१ मा अपलोड भएको एक तस्वीरमा उनी पौडँदै गरेको देख्न सकिन्छ । GoPro Hero 6 द्वारा खिचिएको भनिएको यस तस्वीरको ३० कमेन्टमध्ये सबैजसोमा उनले प्रतिउत्तर दिएकी छिन् । साथै अचम्म त के भने ३ वर्षपछि उनले यो तस्वीर अपलोड गरेकी थिइन् । उनले सामाजिक सञ्जालबाट केही समय बिश्राम लिएको कुरा पनि कतै लेखेकी छिन् ।

साथै उनले www.kittiyapawlowski.com वेबसाइट समेत आफ्नो फेसबुक अकाउन्टबाट शेयर गरेकी छिन् ।
यही अकाउन्टमा अर्थात् तलको लिङ्कमार्फत् हाल चर्चाको तस्वीरबारे  विस्तृत जानकारी अध्ययन गर्न सकिन्छः
टाइम्स अफ लण्डनमा छापिएपछि उनको चर्चा चुलिएको हो । पत्रिकाको कटिङ यहाँ उल्लेख गरिएको छः

सन् २०१६ देखि फेसबुकमा देखिएकी उनले हातका औंलामा गन्न सकिने प्रकृतिसम्बद्ध तस्वीरहरू मात्रै फेसबुकमा शेयर गरेकी छिन् ।
फेसबुकमा दीपेश क्षेत्रीले कितियाको टोलीमा आफूसहितको एक तस्वीर शेयर गरेका छन् । यसबारे धेरै जानकार भइएन । र अन्य केही लेखिन ।



ट्वीटरमा कितियाः

उनकै नामबाट सञ्चालित कुनै ट्वीटर अकाउन्ट पनि रहेको छैन । तर उनले खिचेको भनिएको खुम्बु क्षेत्रको हिउँ चितुवाको तस्वीर भने विभिन्न मानिस, संस्थाका ट्वीटर ह्याण्डलमार्फत् शेयर भएका छन् ।

ट्वीटरमा Dr Niki Rust आफूले धेरै हिउँ चितुवाका तस्वीरहरू देखेको र हिउँ चितुवाको संरक्षणमा WWF मा काम गरेको तथा वन्यजन्तु फोटोग्राफरका रुपमा काम गरेको लेख्नु भएको छ । साथै उहाँले आफूले देखेको तस्वीरमध्ये यो निकै आकर्षक रहेको बताउनु भएको छ ।

यस्तै काश्मिरका पत्रकार ट्वीटरमा जहाँगीर अलीले दुर्लभ तस्वीर मान्नु भएको छ । उहाँजस्तै नेहा गुरुङ, मोहसिन हुसैन आदिले समेत यसबारे चर्चा गर्नु भएको छ । यस्तै Yang Jinlin (चाइनिज प्रोफाइल नाम), केही तमिल तथा अरबी नामका अकाउन्टबाट समेत यसबारे चर्चा गरिएको छ । 

Northeast Live, News18 आदि मिडियाका पेजबाट समेत शेयर उनका तस्वीरहरू भएका छन् । 

इन्स्टाग्राममा कितियाः

@girlcreure नामको इन्स्टा अकाउन्ट मा उनको नाम जोडिएको छ । ४७ हजारमाथि फलोअर्स तथा २१९३ फलोइङ रहेको छ । अन्य मिडियामा आएका जस्तै हिउँ चितुवाको तस्वीर खिच्नेक्रमका ५ वटा तस्वीर बाहेक यस अकाउन्टमा कुनै तस्वीरहरू पाइँदैनन् । उनले यस अकाउन्टमा www.studiokittiya.com वेबसाइटका साथ आफ्नो बारे अन्य जानकारी समेत लेखेकी छिन् ।

नेपालमा छैनन् त वन्यजन्तु फोटोग्राफर (Wild Life Photographer)?

छन्- अब्बल छन् । 

Kittiya Pawlowski नेपालमा भने एकाएक चर्चामा आएकी हुन् । तर के हिउँ चितुवाको तस्वीर लिने उनी पहिलो फोटोग्राफर हुन् त ? पक्कै हैनन् । नेपालका चुङ्बा शेर्पा चर्चित फोटोग्राफर हुन् । तल तस्वीरको हिउँ चितुवाको तस्वीर उनैले खिचेका हुन् । त्यो पति कितियाभन्दा ३ वर्ष पहिले खिचेका रहेछन् ।

यसबारे विस्तृतमा यस लिङ्कमार्फत् अध्ययन गर्न सकिनेछः
साथै माथि देखिएको हिउँ चितुवाको भिडियो उनको टिकटक अकाउन्टमा पनि पाइन्छ । जसको लिङ्क तल दिइएको छः

यसका लागि उनले १६ दिनको समय बिताएका थिए । तस्वीरको एक प्रतिकृया यस्तो छः

नेपालमा जङ्गली याकको तस्वीर खिच्ने एक मात्र फोटोग्राफर चुङ्बा शेर्पा नै हुन् । सोही याकको तस्वीर ५ रुपियाँको नोटमा छापिएको छ । उनी प्राय तस्वीर खिच्दा भरिया, गाइड, बन्दोबस्तीका सामान लिएर तथा हवाइजहाज, हेलिकोप्टर र गाडीको यात्रा गर्दछन् । देशमा मात्रै नभएर विदेशमा पनि फोटो खिच्नकै लागि पुग्ने उनले कुनै तस्वीर पनि व्यवसायिक तवरले बेचबिखन नगरेको बताउँछन् । तलको लिङ्कबाट विस्तृतमा अध्ययन गर्न सकिनेछ ।

https://ujyaaloonline.com/story/76321/2022/9/29/chungba-retired-life-wildlife-photographer?fbclid=IwAR3slumBWDjXCU5EfvSOUMHfGSkSmn0yFcsFnljgwi7fSuFWr_YdaVzZfQo

नेपालका चर्चित अर्का व्यक्ती छन्- टासी घले । उनी वाइल्ड लाइफ फोटोग्राफर हुन् । उनले जमिन, जलदेखि आकाशसम्मका जीव जनावरका यथेष्ट तस्वीर खिचेका छन् । जसले हिउँ चितुवाको तलको तस्वीर पनि खिचेका थिए । 



दीपक राजवंशी, विशाल गौतम, लजिक श्रेष्ठ, नारायण न्यौपाने, झापाका देवेन्द्र खरेल, पेम्बा शेर्पा आदि चर्चित वन्यजन्तु फोटोग्राफर हुन् ।  साथै मेरा जानकारी रहेसम्म चितवनका कवि ईश्वर कँडेल, हेटौंडाका कवि छवि अनित्य, वन्यजन्तु संरक्षणमा सम्बद्ध सुकराम महतो, मिलन तामाङ आदि पनि चरा लगायतका जीवहरूका फोटो आफ्नो क्यामेरामा उतार्नमा माहिर छन् । यस्तै निकिता श्रेष्ठ शाक्य, बिमिता भण्डारी नेपालमा वाइल्ड लाइफमा व्यस्त महिला फोटोग्राफरहरू हुन् । हेटौंडाका शान द‍ृष्टान्ट बिडारी अर्का चर्चित वाइल्ड लाइफ फोटोग्राफर हुन् । 

कर्मलाई उमेरले छेक्दैन भन्ने सही उदाहरणका द‍ृष्टान्तलाई फेसबुकमा यता फलो गर्न सकिनेछः 

https://www.facebook.com/vampfire.hunther

फोटोग्राफीमार्फत् नेपाललाई विदेशमा समेत चिनाउँन सफल चुङ्बा शेर्पा र हालसालै चर्चामा आएकी कितिया दुवैलाई हार्दिक बधाई । 

यस क्षेत्रमा लागिरहेका अन्य सबै सबैप्रति शुभ भाव ।

(सन्दर्भ सामग्रीः सम्बन्धित व्यक्तिसम्बद्ध सामाजिक सञ्जाल, वेबसाइट, युट्युब भिडियो आदि ।)

Monday, July 11, 2022

विभिन्न मिडियामा प्रकाशित वर्ष २०७९ का हास्यव्यङ्ग्य लेखहरू

गजुरियलः एक पराजित उम्मेदवारको दर्दभरी कहानी

https://www.gajureal.com/news/2022/05/25/9305.html

(लेखका लागि मनोज दाइले दोहोर्‍याएर फोन गर्दै बधाई दिनु भएको)

समृद्ध समाजः हावा कर

https://samriddhasamaj.com/archives/35809

समृद्ध समाजः आए आँप गए झटारो

https://samriddhasamaj.com/archives/37646

समृद्ध समाजः भुल सुधार

https://samriddhasamaj.com/archives/36050

रातोपाटीः हरिशंकर परसाईः भारतमा हास्यव्यङ्ग्य विधालाई स्थापित गर्ने साहित्यकार

https://www.ratopati.com/story/246243/2022/6/18/hari-shankar-parasai

Saturday, July 9, 2022

किताब छाप्न नभ्याउनेलाई झटारो

जनक शिक्षा सामग्री केन्द्रलाई केवल ५ प्रश्न

पहिलो प्रश्नः

माओवादी केन्द्रले यही नाम सच्याएर 'केन्द्र' राखेको हुनुपर्छ । जनक भनेको को ? जनकमान डंगोल, जनकराज पन्त, जनक माध्यमिक विद्यालय ? राजा जनक हुन् भने गणतन्त्रमा केका राजा ? ज्ञानेन्द्र शाह त महाराज बाट ज्ञानेन्द्र दाई भैसके ।

दोश्रो प्रश्नः

कुरा हप्तादिनमा मतपत्र छाप्न भ्याउने, किताब छाप्न नभ्याउने ?

तेश्रो प्रश्नः

गिनिज बुकमा नाम लेखाउन लाग्दा पाना सकिएको भन्ने खबर छ ? कि जनक शिक्षा सामग्रीले कागज उतै पठायो ? पठायो भने किन पठायो ? कसरी पठायो ? उसैगरी स्कूल स्कूलमा किताब पठाए हुँदैन ? 

चौथो प्रश्नः

जनक शिक्षा सामग्रीको टाउके कर्मचारीलाई कालो मोसो दलिएछ ? एक्काइसौं शताब्दीमा पनि कालो मोसो दल्ने हो ? स्कूलहरूमा कालोपाटी हटेर सेतोपाटी आइसकेको छ । पत्रिकामा पनि सेतोपाटी, रातोपाटी, हरियोपाटी, गुगलपाटी कुन पाटी ?

पाँचौं प्रश्नः 

स्थानीय सरकारलाई छाप्न नदिएर किन अझै राजाको पालाको बाजा बजाएर बसिरहेका होलान् ।

पुरस्कार राशीमा व्यापक घोटाला

सुलसुले मिडिया, विशेष रिपोर्ट


हेटौंडा, २५ असार

सामान्यतयाः साहित्यकारहरूलाई समाजका समस्याबारे जानकार भई समाधानका लागि विभिन्न लेखरचनामार्फत् आवाज उठाउने सचेत व्यक्तिहरुका रुपमा चिन्ने गरिन्छ । तर यहाँ भने त्यसको ठीक उल्टो भई उनीहरू आफैं पीडित भएका छन् ।

हाम्रा सुलसुले मिडिया संवाददाताले हेटौंडाका एक स्रष्टा सम्मान कार्यक्रममा घोटाला भएको तथ्य पत्ता लगाएका छन् । सुलसुले अनुसन्धान व्यूरोद्वारा गरिएको विशेष अनुसन्धानका क्रममा यस्तो तथ्य पत्ता लागेको हो । १० हजार १ रुपैयाँको पुरस्कारमा १० हजार दिइएको तर १ रुपैयाँ गायब भएको, ५ हजार १ रुपैयाँको पुरस्कारमा पनि उस्तै १ रुपैयाँ गायब भएको र १५ हजार १ रुपैयाँको पुरस्कार राशीमा समेत १ रुपैयाँ घटाइएकोले पुरस्कृतहरू न्यायका लागि कहाँ कता जाने अन्यौलमा रहेका छन् । फूलमाला लगाएर होली खेलेझैं अबिरले राताम्मै भएर हाम्रो कार्यालयमा आएका उनीहरूलाई न्याय दिलाउने कसले ? यस्तोबेला सरकार कहाँ छ ? 

आयोजक आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटासँग बुझ्दा आफूले कुनै घोटाला नगरेको र पूर्व पदाधिकारीले गरेको हुनसक्ने आशंका गर्नुभयो । यस्तै निवर्तमान अध्यक्ष अनिता न्यौपानेसँग च्याटगरी बुझ्दा त्यो १ रुपैयाँ आफूले केही गरी नदिने बरू सबै पीडितहरूलाई एक ठाउँमा राखेर २५/२५ रुपियाँको चिया र बिस्कुट क्षतिपूर्तिबापत खुवाउन सकिने बताउनु भयो ।

अन्ततः सरकारी बैङ्कमा १ लिटर पेट्रोल खर्च गरेर १ रुपैयाँको चेक लिएर जाँदा सोको भर्पाइ दिन समेत १ घण्टा धर्कामा बस्नुपर्ने बाध्यता छँदैछ । यस्ता सस्ता तथ्य पनि सुलसुले मिडियाले अन्य मिडियाको समाचारबाट पत्तो लगाएपछि यो भव्य समाचार अर्थ मन्त्रालयको सिसिटिभी फुटेजझैं सेलाउने निश्चित देखियो । काग कराउँदै गर्छ, १ रुपैयाँ हराउँदै गर्छ ।

यस्ता समाचार न्यूज २४, न्यूज ३० तथा न्यूज ३६५ कसैले पनि नबजाउने हुँदा सुलसुले मिडिया फेरि पनि खल्तिखलाँस रित्तो गिलाँस हुन बाध्य भएको र श्रीलंकाझैं टाट फर्किएको घोषणा गर्दछ ।

नोटः यो समाचार अन्य मिडियामा सार्नु परेमा सुलसुले मिडियाको खुत्रुकेमा १ रुपैयाँ खसाल्नुपर्नेछ ।

----------------------

सुलसुले मिडियाका लागि प्रकाशक, सम्पादक, संवाददाता तथा कार्यालयका एकमात्र झाडुवाला, डाडुवाला निर्देशकः सुलसुले

[हास्यव्यङ्ग्य समाचारले कसैलाई च्वास्स परेमा परिरहोस् । हामी यस्तै त हो नि ब्रो ।]

Sunday, March 27, 2022

आखिर MCC ले गरिखान दिएन नै ।

MCC घातक छ भनेर मैले पहिल्यैदेखि भन्दै आएको हो । आज पनि भन्छु MCC सबैका लागि घातक छ । MCC अमेरिकाका लागि त घातक छ भने हामीजस्तो विकासको पुच्छर समातेर खहरे खोला तर्दै गरेकाहरूका लागि घातक नहुने कुरै भएन ।



MCC ले हामीलाई सतायो । MCC ले गर्दा आज यो हालतमा आउनुपर्‍यो । हामी करोडपति थियौं, MCC ले रोडपति बनायो । MCC कारणले फ्याक्ट्री चलाउन पाइएन, बच्चा पढाउन पाइएन, अरु त अरु कुखुराका चल्ला पनि भकाभक मर्न लागे । यो MCC ले गर्दा बालबच्चाले फुर्सद पाए, आँगन पिँढीमा बङ्कर खनेरै सिध्याउने भए । हेर्नुस् फेरि भन्छु MCC सबैका लागि घातक छ । यो MCC लाई पहिल्यै हटाउनुपर्थ्यो । नरोप्नु MCC रोप्यो अहिले टोक्नु न बोक्नु भयो ।.....

-----
कृपया "MCC" को सट्टामा "लोडसेडिङ" राखेर पढ्नुहोला ।

Sunday, February 20, 2022

विभिन्न मिडियामा प्रकाशित केही नयाँ लेखहरू

२०७८ का केही चर्चित हास्यव्यङ्ग्य लेखहरू 

रातोपाटीः हाकिमको टाउकोमा वीपीको चश्मा

 https://ratopati.com/story/221486/2022/2/16/blog-?fbclid=IwAR1s1_VT1tFOn1nb70_PWhvppoRsg9RRy_a4ige5YwIvibXQfCnVTW2mNhM

नागरिकः विज्ञानको जयजकार

https://nagariknews.nagariknetwork.com/arts/731701-1643791927.html

पश्चिम प्रेसः पुरस्कारको फेरि, चुनावको जेरी

https://paschimpress.com/posts/738

समृद्ध समाजः अलपत्र-कार

https://samriddhasamaj.com/archives/30654

समृद्ध समाजः सूर्ती खानेको फुर्ती

https://samriddhasamaj.com/archives/28875

समृद्ध समाजः महिलावादी म

https://samriddhasamaj.com/archives/28075

समृद्ध समाजः एक धर्के हास्य व्यङ्ग्य

https://samriddhasamaj.com/archives/26192

समृद्ध समाजः नेपालमा संसारलाई चकित तुल्याउने घटनाक्रमहरू

https://samriddhasamaj.com/archives/25789

समृद्ध समाजः पहिचानसहितको ब्रोइलर जात्रा

https://samriddhasamaj.com/archives/24309

समृद्ध समाजः हेल्प पोस्ट

https://samriddhasamaj.com/archives/22150

समृद्ध समाजः तिउनजति तरकारी भएपछि

https://samriddhasamaj.com/archives/21010

समृद्ध समाज र अक्षय अक्षर (बुढ्यौली साहित्य समाज): बुढ्यौलीका कुरा

https://samriddhasamaj.com/archives/19961

समृद्ध समाजः नाम

https://samriddhasamaj.com/archives/15973

समृद्ध समाजः त्यसपछि दारी पालेँ

https://samriddhasamaj.com/archives/15126

समृद्ध समाजः स्यालको नेतृत्व

https://samriddhasamaj.com/archives/14607

समृद्ध समाजः सडकको गीत

https://samriddhasamaj.com/archives/14095

समृद्ध समाजः हजुरबाको फ्यासबुक

https://samriddhasamaj.com/archives/13236

समृद्ध समाजः उखान थेरापी

https://samriddhasamaj.com/archives/12780

समृद्ध समाजः ऐसा, तैसा, पैसा

https://samriddhasamaj.com/archives/12780

समृद्ध समाजः विल गेट्सलाई सम्बोधन

https://samriddhasamaj.com/archives/11814

बाह्रखरीः तलब महात्म्य

https://baahrakhari.com/news-details/343910

गजुरियलः होटलको खाना

https://www.gajureal.com/news/2022/03/05/9008.html


च्वास्स २