Saturday, July 9, 2022

किताब छाप्न नभ्याउनेलाई झटारो

जनक शिक्षा सामग्री केन्द्रलाई केवल ५ प्रश्न

पहिलो प्रश्नः

माओवादी केन्द्रले यही नाम सच्याएर 'केन्द्र' राखेको हुनुपर्छ । जनक भनेको को ? जनकमान डंगोल, जनकराज पन्त, जनक माध्यमिक विद्यालय ? राजा जनक हुन् भने गणतन्त्रमा केका राजा ? ज्ञानेन्द्र शाह त महाराज बाट ज्ञानेन्द्र दाई भैसके ।

दोश्रो प्रश्नः

कुरा हप्तादिनमा मतपत्र छाप्न भ्याउने, किताब छाप्न नभ्याउने ?

तेश्रो प्रश्नः

गिनिज बुकमा नाम लेखाउन लाग्दा पाना सकिएको भन्ने खबर छ ? कि जनक शिक्षा सामग्रीले कागज उतै पठायो ? पठायो भने किन पठायो ? कसरी पठायो ? उसैगरी स्कूल स्कूलमा किताब पठाए हुँदैन ? 

चौथो प्रश्नः

जनक शिक्षा सामग्रीको टाउके कर्मचारीलाई कालो मोसो दलिएछ ? एक्काइसौं शताब्दीमा पनि कालो मोसो दल्ने हो ? स्कूलहरूमा कालोपाटी हटेर सेतोपाटी आइसकेको छ । पत्रिकामा पनि सेतोपाटी, रातोपाटी, हरियोपाटी, गुगलपाटी कुन पाटी ?

पाँचौं प्रश्नः 

स्थानीय सरकारलाई छाप्न नदिएर किन अझै राजाको पालाको बाजा बजाएर बसिरहेका होलान् ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २