Wednesday, July 24, 2019

समाचारकै अपरेसन-२


 
* शुरुको समाचारमा"एराती" भएकोः हुनुपर्ने गएराती
* सोही समाचारमा भारतिय र भारतीएमै पनि फरकपन छ । सम्पादन हुनुपर्छ । नेपाली भाषा सुधारमा पत्रकारको भूमिका उल्लेखनीय हुनुपर्छ । भाषिक शुद्धाशुद्धिसम्बन्धी पत्रिकाको गल्तीलाई सामान्य मान्नु हुँदैन ।
* यस्तै अर्को समाचारमा अटो चालक सुजन ढकाल, नाम नखुलेका.... लेखिएको छ । अघिल्लो समाचारमा नाम नखुलेका भनिएका उनैको नाम सुजन ढकाल भनेर खुलाइसकेपछि कपि पेस्टलाई ध्यान नदिँदा यस्तो हुन भएको होला ।  के हो यस्तोः  "नाम नखुलेका सुजन ढकाल...... " त्यो पनि प्रहरीले जानकारी दिएका अरे । शायद गल्ती प्रहरीबाट हैन समाचारदाताबाट भएको हुनुपर्छ ।
* अन्तिमको समाचारमा भएको रजित सुर्खेति तर हुनुपर्नेः रञ्जित सुवेदी

Monday, July 22, 2019

पखाला लाउने भाषण

कोइलीले गीत गाइरह्यो,
किसानले खेति धाइरह्यो,
भाषण मात्रै के सुनेथेँ नेताको,
दिनभरि पखाला लाइरह्यो ।

महामारी गाउँमा आइरह्यो,
काग पनि खुबै कराइरह्यो,
बिजुली ल्याउँछु भनेदेखिन् नेताले,
दिनरातै औँशी छाइरह्यो ।

विदेशी डोनेसन खाइरह्यो,
भत्ता नि थपेर पाइरह्यो,
शहरमा दिनदिनै फेर्नेले,
गाउँ आउँदा थोत्रै कोट लाइरह्यो ।

आउटडेटेड नारा बजाइरह्यो,
हारेर पनि जित्ने ऊ सत्तामा फेरि छाइरह्यो,
गाउँ नआउनु, पूरानै भाषणले अहिलेसम्म,
गाउँलेलाई पखालाले सताइरह्यो ।

Sunday, July 21, 2019

प्रकृतिका ईञ्जिनीयर

संसारमा अचम्मका ईञ्जिनीयरिङ संरचनाहरू बनेका छन् । प्राविधिक गडबडीले ठूलो धनजनको क्षति पुगेका घटनाहरू पनि प्रशस्तै छन् ।

यहाँ भने मानव निर्मित नभएर प्रकृतिका इञ्जिनियर बारे चर्चा गरिएको छ ।

ब्लगर संप्रस पौडेलको आफ्नै घरबारी (मनहरी गाउँपालिका-५, मकवानपुर) मा रहेको नरिवलको बोटमा केही गुँडहरू रहेका छन् । यी चराका गुँड हुन् । जाबो चराको गुँडको के चर्चा भन्ने कुरा पनि आउला । यसलाई यहाँ प्रष्ट पारिएको छ:
भँगेरा जत्रै आकार र वजनका तोपचराले वर्षाअगावै नयाँ गुँडहरू बनाएका हुन् । यी गुँडहरू लामा आकारका छन् । यस्तै गुँडहरू पातमा झुण्ड्याइएका छन् । यहाँ बनेका सबै गुँडमा सिरू (धान जस्तै घाँस) जस्ता झारहरूबाट बनेका छन् । यी गुँडमा छिर्नका लागि तल जमिनपट्टीको भागबाट ढोका राखिएको हुन्छ । प्रत्येक गुँडभित्र कोठाहरू रहेका हुन्छन् । यस्तै अन्य चराभन्दा यसको विशेषता के भने तोपचराले राती उज्यालोको लागि जुनकिरीलाई भित्रै राख्ने गरेको छ ।
अजीवको गुँड, गुँडभित्र कोठाहरू, पातमा झुण्ड्याइएका र बुनिएका गुँड, उज्यालोका लागि जुनकीरी राखिने र धेरै समूहले एकै रूखमा गुँड बनाउँने हुँदा यस चरालाई प्रकृतिका ईञ्जिनियर भन्ने उपमा दिन मन लाग्यो ।
यी विषयवस्तु तपाईँलाई कस्तो लाग्यो? लेख्न नभूल्नु ल !
- संप्रस पौडेल 'दिवस'

Wednesday, July 17, 2019

बकम्फुसे पत्रुकारिताका केही उदाहरणहरु

हेटाैडा खबरकाे एउटा समाचार

घरमै बसेर अरुका सामाजिक सञ्जालका पोष्ट साभार गरी समाचार बनाउँदाको परिणामः
यसलाई मैले बकम्फुसे पत्रुकारिताको उपमा दिएको छु ।
उदाहरण १
जानकारीः निर्दोष मानिसलाई सिरिन्ज आक्रमणको आरोप लगाउँदाको परिणामस्वरुप शिक्षक खगेन्द्र पाठकले स्थानीयको कुटाई खाँदै प्रहरीसम्म पुग्नुपर्‍यो । आरोप प्रमाणित नहुँदासम्म कोही पनि अपराधी हुँदैनन् तर हाम्रा पत्रिकाले हतारमै उनलाई अपराधी बनाइदिए ।
--------------
बिबिसीकाे एउटा समाचार



च्वास्स २