Monday, July 22, 2019

पखाला लाउने भाषण

कोइलीले गीत गाइरह्यो,
किसानले खेति धाइरह्यो,
भाषण मात्रै के सुनेथेँ नेताको,
दिनभरि पखाला लाइरह्यो ।

महामारी गाउँमा आइरह्यो,
काग पनि खुबै कराइरह्यो,
बिजुली ल्याउँछु भनेदेखिन् नेताले,
दिनरातै औँशी छाइरह्यो ।

विदेशी डोनेसन खाइरह्यो,
भत्ता नि थपेर पाइरह्यो,
शहरमा दिनदिनै फेर्नेले,
गाउँ आउँदा थोत्रै कोट लाइरह्यो ।

आउटडेटेड नारा बजाइरह्यो,
हारेर पनि जित्ने ऊ सत्तामा फेरि छाइरह्यो,
गाउँ नआउनु, पूरानै भाषणले अहिलेसम्म,
गाउँलेलाई पखालाले सताइरह्यो ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २