Sunday, July 21, 2019

प्रकृतिका ईञ्जिनीयर

संसारमा अचम्मका ईञ्जिनीयरिङ संरचनाहरू बनेका छन् । प्राविधिक गडबडीले ठूलो धनजनको क्षति पुगेका घटनाहरू पनि प्रशस्तै छन् ।

यहाँ भने मानव निर्मित नभएर प्रकृतिका इञ्जिनियर बारे चर्चा गरिएको छ ।

ब्लगर संप्रस पौडेलको आफ्नै घरबारी (मनहरी गाउँपालिका-५, मकवानपुर) मा रहेको नरिवलको बोटमा केही गुँडहरू रहेका छन् । यी चराका गुँड हुन् । जाबो चराको गुँडको के चर्चा भन्ने कुरा पनि आउला । यसलाई यहाँ प्रष्ट पारिएको छ:
भँगेरा जत्रै आकार र वजनका तोपचराले वर्षाअगावै नयाँ गुँडहरू बनाएका हुन् । यी गुँडहरू लामा आकारका छन् । यस्तै गुँडहरू पातमा झुण्ड्याइएका छन् । यहाँ बनेका सबै गुँडमा सिरू (धान जस्तै घाँस) जस्ता झारहरूबाट बनेका छन् । यी गुँडमा छिर्नका लागि तल जमिनपट्टीको भागबाट ढोका राखिएको हुन्छ । प्रत्येक गुँडभित्र कोठाहरू रहेका हुन्छन् । यस्तै अन्य चराभन्दा यसको विशेषता के भने तोपचराले राती उज्यालोको लागि जुनकिरीलाई भित्रै राख्ने गरेको छ ।
अजीवको गुँड, गुँडभित्र कोठाहरू, पातमा झुण्ड्याइएका र बुनिएका गुँड, उज्यालोका लागि जुनकीरी राखिने र धेरै समूहले एकै रूखमा गुँड बनाउँने हुँदा यस चरालाई प्रकृतिका ईञ्जिनियर भन्ने उपमा दिन मन लाग्यो ।
यी विषयवस्तु तपाईँलाई कस्तो लाग्यो? लेख्न नभूल्नु ल !
- संप्रस पौडेल 'दिवस'

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २